Author: Editor

काठमाण्डौं । परराष्ट्रमन्त्री शिशिर खनालले सिमानासम्बन्धी विषय नेपाल र भारतबीचको घनिष्ठ सम्बन्धको मर्म र भावनाअनुरुप ऐतिहासिक सन्धि, सम्झौता र नक्साका आधारमा कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। मंगलबार राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न शीर्षकमाथिको छलफलमा सांसदका प्रश्नको जवाफ दिँदै उनले मित्रराष्ट्रसँग पारस्परिक लाभ सम्मान र बहुपक्षीय सहकार्यमा आधारित सम्बन्ध विस्तार गरिने उल्लेख गरे। मन्त्री खनालले मुलुकको सार्वभौमसत्ता, अखण्डता, राष्ट्रिय हितलाई केन्द्रमा राखी संयुक्त राष्ट्रसङ्घको बडापत्र, असलग्नता र पञ्चशिलको सिद्धान्तमा आधारित सन्तुलित कूटनीतिक अवलम्बन गरिने बताए। नेपालको मौलिक पहिचान, भाषा, कला र सम्पदालाई विश्व मञ्चमा स्थापित गर्दै सौम्य शक्ति विस्तार गर्ने तथा विदेशस्थित नेपाली…

Read More

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा थप ८ जना सदस्यहरू मनोनीत भएका छन् । उपसभापति एवं प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले मंगलबार थप ८ जना सदस्यहरू मनोनीत गरेका हुन् । मनोनीत हुने सदस्यहरूमा केन्द्रीय सदस्य प्रकाश पन्थ, अल्पसंख्यक ह्योल्मो समुदायबारे अध्ययन गरेका डा. प्रेमध्वज लामा, नेपाली जनसम्पर्क समिति बेलायतका पूर्वसंयोजक विज्ञान प्रसाईं, आदीवासी जनजाती प्रतिष्ठानका पूर्वकार्यकारी अध्यक्ष रेशम गुरुङ, कृषि अभियन्ता सीताराम काफ्ले, एलजीबीटीक्यू आईए समूदायबाट प्रतीक्षा चापागाईं, आमसञ्चार क्षेत्रबाट मोहन गजुरेल र अनुपा श्रेष्ठ छन् । पार्टीको नीति निर्माण, अनुसन्धानमूलक कार्य र प्रशिक्षणलाई थप सुदृढ, समावेशी र प्रभावकारी बनाउनका लागि पार्टीले विभिन्न क्षेत्रका विज्ञ तथा प्रतिनिधिहरूलाई…

Read More

काठमाडौं । संघीय संसद्को दुवै सदनबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको छ । प्रतिनिधि सभाका सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८३ राष्ट्रिय सभाबाट पनि मंगलबार पारित भएको हो । राष्ट्रिय सभा बैठकमा अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले निर्णयार्थ पेश गरेका थिए । उक्त प्रस्ताव बहुमतले पारित भएको हो । यसअघि प्रतिनिधिसभा बैठकबाट पनि विनियोजन विधेयक पारित भइसकेको छ । यो सँगै संघीय संसद्का दुवै सदनबाट बजेट पारित भएको हो । बैठकमा अर्थमन्त्री डा= वाग्लेले आर्थिक विधेयक, २०८३ पनि पेश गरे ।

Read More

काठमाण्डौं । राष्ट्रियसभामा सांसदहरूले हात्तीको आक्रमणबाट भएको जनधनको क्षति, शान्ति सुरक्षा, चुरे दोहन, तराई–मधेसमा घट्दै गएको भूमिगत पानीको स्रोतलगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा भाग लिँदै सांसद गीता देवकोटाले चितवनको भरतपुर महानगरपालिका २३ मा यही असार २० गते ध्रुवे नामको जङ्गली हात्तीको आक्रमणबाट सुतिरहेको अवस्थामा आमाछोराकोे ज्यान लिएको घटनाप्रति गम्भीर हुन र पीडित परिवारलाई क्षतिपूर्ति दिन सरकारको ध्यानाकर्षण गराइन्। सांसद धर्मेन्द्र पासवानले पछिल्लो समय मधेसमा असुरक्षा बढ्दै गएको, पीडक खुलेआम घुमिरहेकामा चिन्ता व्यक्त गर्दै शान्ति सुरक्षाको प्रत्याभूति दिन सरकारको ध्यानकर्षण गराए। सांसद महन्थ ठाकुरले चुरेभावरको विनासले मधेसमा पानीको स्रोत सुकेको, पिउने पानीको अभाव भएको र…

Read More

काठमाण्डौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सरकारले सदाचार नीति जारी गरेको छ। असार १८ गतेको मन्त्रिपरिषदले स्वीकृत गरेको सदाचार नीति कार्यालयले आफ्नो वेबसाइटमा प्रकाशित समेत गरिसकेको छ। सरकारले सदाचारिता प्रवर्द्धनका लागि संवैधानिक, कानूनी, नीतिगत तथा संस्थागत व्यवस्थाहरू भए पनि प्रभावकारी कार्यान्वयन, समन्वय र एकीकृत दिशानिर्देशनको अभाव भएकोले सिंगो प्रणाली सोचे जति परिणाममुखी हुन नसकेकाले यो नीतिको आवश्यकता देखेको जनाएको छ। ‘यस्तो अवस्थामा समग्र शासन प्रणालीलाई मार्गदर्शन गर्ने, स्पष्ट दृष्टिकोण, लक्ष्य, प्राथमिकता र कार्यान्वयन ढाँचा सहितको एकीकृत सदाचार नीति अपरिहार्य भएको छ,’ सदाचार नीतिको आवश्यकता सम्बन्धी शीर्षकमा भनिएको छ। सदाचार प्रवर्द्धन सरकारी निकायको मात्र दायित्व नभई निजी क्षेत्र, नागरिक समाज, सञ्चार…

Read More

काठमाण्डौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आफ्ना कर्मचारीका लागि ११ बुँदे आचारसंहिता जारी गरेको छ। असार १६ गते मन्त्रीस्तरीय निर्णयबाट जारी आचारसंहितामा कर्मचारीहरूले सामाजिक सञ्जालमा के के गर्न नपाउने भन्ने उल्लेख छ। ११ बुँदे आचारसंहिताको आठौं बुँदामा सामाजिक सञ्जाल तथा सार्वजनकि सूचना संयन्त्रको प्रयोगसम्बन्धी व्यवस्था छन्, जस अनुसार नेपाल सरकार वा मन्त्रालयबाट भएका निर्णयको गलत अर्थ लाग्ने गरी भ्रामक सूचना प्रचार–प्रसार रोक लगाइएको छ। आफूलाई परेको पीरमर्का वा गुनासो पनि सामाजिक सञ्जाल तथा सञ्चार माध्याममा होइन, मन्त्रालयको सुपरीवेक्षक वा गुनासो सुनुवाई संयन्त्रमा राख्नुपर्ने आचारसंहितामा उल्लेख छ। त्यस्तै, मन्त्रालयका कर्मचारीले कुनै पनि निकायका पदाधिकारीले सम्पादन गरेका…

Read More

काठमाडौँ । कीर्तिपुरस्थित राधास्वामी सत्संग होल्डिङ सेन्टरमा आश्रय लिइरहेका भूमिहीन दलित, सुकुमवासी तथा अव्यवस्थित बसोबासीहरूले सरकारले घोषणा गरेको राहत रकम अस्वीकार गरेका छन्। नेपाल सरकार र अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले असार २२ गतेभित्र राहतका लागि निवेदन दिन गरेको आह्वानलाई चुनौती दिँदै उनीहरूले निवेदन नदिने निर्णय गरेका हुन्। वैकल्पिक व्यवस्थाविना उठिबास लगाइएका प्रभावित परिवारहरूले संयुक्त विज्ञप्ति जारी गर्दै सरकारसँग राहत रकमभन्दा पनि सम्मानजनक पुनर्स्थापनाको माग गरेका छन्। होल्डिङ सेन्टरमा बसोबास गरिरहेका झन्डै आधा परिवारले राहतका लागि निवेदन नदिने अडान लिएका छन्। आफूहरूको मुख्य आवश्यकता केही थान रुपैयाँ नभई राज्यले भत्काएको बासको दीर्घकालीन र न्यायोचित व्यवस्थापन भएको उनीहरूको भनाइ…

Read More

काठमाडौँ । ‘संविधान संशोधन बहसपत्र कार्यदल–२०८२’ को कार्यक्षेत्र र वैधतामाथि प्रश्न उठाउँदै चार राजनीतिक दल बाहिरिएका छन् । कार्यदलको औचित्य स्पष्ट नभएको भन्दै उनीहरूले बहसपत्र लेखनको अन्तिम चरणमा प्रक्रियाबाट अलग हुने निर्णय गरेका हुन् । यसरी बाहिरिने दलहरूमा नेपाली कम्युनिस्ट पार्टी ( नेकपा ) , जनता समाजवादी पार्टी ( जसपा) , लोकतान्त्रिक समाजवादी पार्टी ( लोसपा ) र राष्ट्रिय जनमोर्चा ( राजमो )  छन् । सरकारले कुन विषयमा संविधान संशोधन गर्न खोजेको हो भन्ने स्पष्ट नभएकाले कार्यदलमा बसिरहनुको औचित्य नदेखिएको लोसपाका तर्फबाट कार्यदल सदस्य रहेका लक्ष्मणलाल कर्णले बताए । ‘संविधानको प्रस्तावना, संघीयता र समावेशिताको मूल मर्ममा असर पर्ने गरी संशोधन…

Read More

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३र८४ को मौद्रिक नीति सार्वजनिक गरेको छ । सार्वजनिक मौद्रिक नीतिले निजी क्षेत्रमा प्रवाह हुने कर्जा ११ प्रतिशतले बढाउने लक्ष्य लिएको छ । त्यस्तै मुद्रास्फीति दर ५।५ प्रतिशत भित्र राख्ने लक्ष्य लिएको छ । मौद्रिक नीतिको लचिलो कार्यदिशालाई आगामी आर्थिक वर्षका लागि पनि निरन्तरता दिएको गभर्नर प्रा।डा। विश्वनाथ पौडेलले बताए ।पश्चिम एसियामा बढेको राजनीतिक तनावका कारण इन्धनको मूल्य बढेर मुद्रास्फीती चाप बढेपनि युद्धविरामले हाल अवस्था सहज हुँदै गएको उनले बताएका छन् । सरकारले यस आधारमा सो प्रक्षेपण गरेको हो । त्यस्तै, नयाँ मौद्रिक नीतिमा यसअघि अवलम्बन गरिएको लचिलो नीतिलाई पनि निरन्तरता दिएको…

Read More

काठमाडौँ । संघीय संसद्‌अन्तर्गत प्रतिनिधि सभाको दोस्रो अधिवेशनको ३१ औं बैठक सोमबार बस्दैछ। संसद् सचिवालयले बिहान ११ बजे बस्ने उक्त बैठकको सम्भावित दैनिक कार्यसूची सार्वजनिक गरेको हो। सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले सार्वजनिक गरेको कार्यसूचीअनुसार बैठकमा विभिन्न मन्त्रालयका विधेयक र अन्तर्राष्ट्रिय महासन्धिमाथि छलफलका प्रस्तावहरू पेस हुनेछन्। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची छ। मन्त्री गौतमले सुरुमा उक्त विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेस गर्नेछिन् भने त्यसलगत्तै संसद्‌मा विधेयक प्रस्तुत गर्ने कार्यक्रम छ। यसैगरी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नेपाल…

Read More