Author: Editor

काठमाण्डौं । निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका लागि सुझाव संकलन गर्न गठित नेकपा ( एमाले )  को कार्यदलको बैठक आज बस्दैछ। पार्टी उपाध्यक्ष रामबहादुर थापाको संयोजकत्वमा गठित उक्त कार्यदलको बैठक यसअघि असार २२ गतेका लागि तय गरिएको थियो। पार्टीभित्र सचिवालय तहबाटै अध्यक्ष ओलीले मार्गप्रशस्त गर्नुपर्ने विषय उठेपछि कार्यदल गठन गरी तल्लो तहबाट सुझाव लिने निर्णय गरेको थियो। यो कार्यदलले विभिन्न सातै प्रदेशबाट सुझाव संकलन गरेको छ। कार्यदलले प्राप्त सुझावहरूलाई एकीकृत गरी पार्टी नेतृत्वलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ।

Read More

कास्की । पोखरा महानगरपालिका–३३ मा निर्माण सम्पन्न भएको २२ मेगावाट क्षमताको सेतीखोला जलविद्युत् आयोजनाले बिजुली उत्पादन सुरु गरेको छ । सेती खोला हाइड्रोपावर लिमिटेडद्वारा प्रवर्द्धित आयोजना २०७८ मङ्सिरमा सुरु भएको हो । नेपाल विद्युत् प्राधिकरणको प्राविधिक टोलीले आयोजनाको निरीक्षण तथा परीक्षण गरेपछि उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा परीक्षणका रूपमा प्रवाह गर्न थालिएको कम्पनी निर्देशक दीपक बरालले जानकारी दिए । उनका अनुसार प्रारम्भिक रुपमा १५ दिन आयोजना परीक्षण अवधिमा रहनेछ । त्यसपछि नियमित व्यावसायिक उत्पादन सुरु हुनेछ । यो अवधिमा उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा प्रवाह गरिनेछ भने आयोजना र उपकरणको प्राविधिक परीक्षण गरिने छ । आयोजनाले २०८२ मङ्सिरदेखि नै…

Read More

काठमाडौँ । राहदानी विभागले राहदानी सेवालाई नयाँ प्रणालीमा रूपान्तरण ( माइग्रेसन )  गर्न लागिएकाले दुई दिन राहदानी सेवा बन्द हुने जनाएको छ। विभागले आज जारी गरेको सूचनाअनुसार हाल सञ्चालनमा रहेको प्रणालीबाट नयाँ प्रणालीमा सेवा स्थानान्तरण गरिने भएकाले यही असार २५ र २६ गते ९तदनुसार जुलाई ९ र १०० राहदानीसम्बन्धी सेवा बन्द रहनेछ। यसअघि विभागले असार १९ गते सार्वजनिक सूचना जारी गर्दै प्रणाली परिवर्तनका कारण उक्त दुई दिन सेवा अवरुद्ध हुने जानकारी गराएको थियो। यद्यपि, राहदानीसम्बन्धी अन्य सेवा बन्द रहे पनि विभागमा तयार भइसकेका राहदानी भने वितरण गरिने विभागले जनाएको छ। मोबाइलमा राहदानी सङ्कलनका लागि एसएमएस प्राप्त गरेका सेवाग्राहीले विभागमा सम्पर्क…

Read More

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त तथा निर्वाचन आयुक्त पदका लागि सिफारिस भएका उम्मेदवारको संसदीय सुनुवाइ प्रक्रिया आजदेखि सुरु हुने भएको छ। आज बस्ने संसदीय सुनुवाइ समिति ( संयुक्त ) को बैठकमा निर्वाचन आयुक्तहरूको सुनुवाइ प्रक्रिया अगाडि बढाउन लागिएको संसद सचिवालयले जनाएको छ। बैठक आज बिहान ९ः३० बजे सिंहदरबारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्षमा बस्ने तय भएको छ। बैठकले प्रस्तावित उम्मेदवारको सुनुवाइ प्रक्रिया अगाडि बढाउने र आवश्यक कार्यतालिका तय गर्ने समितिकी उपसचिव सावित्रा शर्माले जानकारी दिइन्। १९ असारमा बसेको संवैधानिक परिषद्को बैठकले प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्कीलाई सिफारिस गरेको थियो। त्यस्तै, निर्वाचन आयुक्त पदका लागि राजीब सुब्बा र गुरुप्रसाद…

Read More

दाङ । लुम्बिनी प्रदेश सभाले आर्थिक वर्ष २०८३/ ०८४ का लागि प्रदेश सरकारले प्रस्तुत गरेको विनियोजन विधेयक बहुमतले पारित गरेको छ । प्रदेश सभाको आठौं अधिवेशन अन्तर्गत बसेको १७ औं बैठकले आगामी आर्थिक वर्षको बजेट बहुमतले स्वीकृत गरेको हो । आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले आर्थिक वर्ष २०८३/ ०८४ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट रकम विनियोजन तथा खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सभामा प्रस्तुत गर्नुभएको थियो । सभामुख तुलाराम घर्तीले उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दै बहुमतले पारित भएको घोषणा गर्नुभएको थियो । प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि…

Read More

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन २०८१–२०८२’ पेस गर्नेछिन् । ‘अख्तियार दुरूपयोग अनुसन्धान आयोगको ३५औँ वार्षिक प्रतिवेदन २०८१/ २०८२’ पनि मन्त्री गौतमले पेस गर्नेछिन् । बैठकमा मन्त्री गौतमले ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’लाई समेत प्रस्तुत गर्ने कार्यसूची छ । “नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि आजकै बैठकमा प्रस्तुत हुने संसद् सचिवालयले जनाएको छ ।

Read More

काठमाण्डौं । सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सञ्चारकर्मीसँग बैठकका निर्णय सार्वजनिक गरेका छन्। मन्त्रिपरिषद्को आजको निर्णय अनुसार काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्त पदमा काठमाडौंका सुरज शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको छ। त्यस्तै कैलालीस्थित गेटा अस्पताललाई शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न स्वीकृति प्रदान गरिएको छ। बैठकले शिक्षा क्षेत्रसँग सम्बन्धित दुई महत्वपूर्ण नियमावली पनि स्वीकृत गरेको छ। मन्त्रिपरिषद्ले विदेशी शैक्षिक कार्यक्रम ९सञ्चालन र नियमन० नियमावली, २०८३ तथा शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा ९सञ्चालन र व्यवस्थापन०नियमावली, २०८३ स्वीकृत गरेको हो। यसैगरी,…

Read More

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले उद्योग व्यवसाय, लगानी वातावरण तथा आर्थिक सुधारसम्बन्धी विषयमा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार भएको छलफलमा प्रधानमन्त्री शाहले मुलुकको आर्थिक गतिविधिलाई चलायमान एवं सशक्त बनाउने, उद्योग व्यवसाय सञ्चालनलाई थप सहज बनाउने, लगानीमैत्री वातावरण निर्माण गर्ने, नीतिगत तथा प्रक्रियागत अवरोध हटाउने, निजी क्षेत्रको मनोबल अभिवृद्धि गर्ने तथा रोजगारी सृजना र उत्पादन वृद्धि गर्ने विषयमा विस्तृत छलफल गरेका हुन्। सो अवसरमा प्रधानमन्त्री शाहले देशको आर्थिक विकास, लगानी विस्तार, रोजगारी सृजना र उत्पादन वृद्धिमा निजी क्षेत्र सरकारको महत्त्वपूर्ण साझेदार रहेको उल्लेख गर्दै उद्योगी व्यवसायीले भोगिरहेका व्यावहारिक समस्या समाधान गर्न सरकार तयार रहेको बताए…

Read More

काठमाडौं । नेपाल र स्विट्जरल्याण्डबीच संसदीय कूटनीतिलाई प्रभावकारी बनाइने भएको छ । बुधवार बसेको नेपाल–स्विट्जरल्याण्ड संसदीय मैत्री समूहको परिचयात्मक बैठकमा यसबारे छलफल भएको हो । प्रतिनिधिसभा सदस्य तथा समूहकी संयोजक खुश्बु ओलीको अध्यक्षतामा बुधबार संघीय संसद भवनमा सम्पन्न भएको बैठकमा नेपालका लागि स्विट्जरल्याण्डका राजदूत डा। डेनियल मेउली, स्विस दूतावासका प्रतिनिधि, संसदीय मैत्री समूहका सदस्य, परराष्ट्र मन्त्रालय तथा संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध शाखाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। बैठकमा नेपाल र स्विट्जरल्याण्डबीच करिब सात दशकदेखि कायम रहेको मैत्रीपूर्ण सम्बन्धलाई संसदीय कूटनीतिमार्फत थप सुदृढ बनाउने विषयमा विचार आदानप्रदान भएको संयोजक ओलीले नेपाल प्रेसलाई बताइन् । छलफलका क्रममा सुशासन, जलवायु परिवर्तन, पर्वतीय ९माउन्टेन० कूटनीति,…

Read More

काठमाडौं । सत्तापक्ष र प्रतिपक्षीबिच नोकझोक चल्दा १५ मिनेट स्थगित भएको संसद फेरि शुरु भएको छ । सभामुख डोलप्रसाद अर्यालले एमालेका सांसद राजेन्द्रकुमार राईको अभिव्यक्ति रेडर्कबाट हटाउन निर्देशन दिए । बुधबार प्रतिनिधिसभा बैठकमा सांसद राईले बैठकमा ‘सभामुखज्यू तपाईं कान सुन्नुहुन्छ कि हुन्न ?  भन्ने अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिपछि विवाद हुँदा स्थगित भएको प्रतिनिधिसभा बैठक पुनः सुरु भएपछि सभामुख अर्यालले सांसद राईले बोल्ने क्रममा प्रयोग गरेका सम्पूर्ण शब्दहरू संसदीय अभिलेख बाट हटाउन सचिवालयलाई निर्देशन दिएका हुन् । बैठकमा सांसद राईले कहिलेकाहीँ आवेशमा आएर बोल्दा समस्या हुने गरेको स्वीकार गर्दै संसद्को विधि र थितिलाई सम्मान गर्ने बताए। आफूहरुले लामो समय…

Read More