Author: Editor
काठमाडौं । सभामुख डिपी अर्यालले एमाले सांसद राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन निर्देशन दिएका छन्। सांसद राईले सभामुखलाई तपाईँ कान सुन्नुहुन्छ कि हुन्न ? भन्दै प्रश्न सोधेका थियो। राईले भनेका थिए, ‘तपाईँले ५ वर्ष सदन चलाउन सक्नुहुन्न, मैले खुट्टी हेरिसकेँ, तपाईँले कुरा सुन्न पर्दैन ? ’ यो अभिव्यक्तिपछि सदनमा विवाद उत्पन्न भएको थियो। १५ मिनेट स्थगित भएपछि बसेको बैठकमा सभामुखले सांसद राईको सबै अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन दिए ।
काठमाण्डौं । प्रतिपक्षी दल नेकपा एमालेका सांसद राजेन्द्र राईले सभामुख र सभाको अपहेलना गरेको भन्दै भएको विवादले आज प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ। सभामुख डोलप्रसाद अर्यालले सभामुख र सभाको अपहेलना भएको बताएका हुन्। साथै उनले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन्। यसरी १५ मिनेटका लागि स्थगित गरिएको बैठक फेरि सुचारु भएको छ । एमाले सांसद राईले तपाईंले कान सुन्नु हुन्छ कि हुन्न भनेर प्रश्न सोधेका थिए। त्यसपछि सभामुख अर्यालले सभामुख र सभाको अपहेलना भएको भन्दै राईलाई बोल्न समय नदिने बताएका थिए। एमाले सांसद राई उठिरहेका थिए, सभामुखले अर्का सांसद परशुराम तामाङलाई बोल्न समय दिएका थिए।…
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई ( हर्क साम्पाङ) ले संसद्मा फेरि प्ले कार्ड देखाएका छन् । विगतमा पनि उनले विभिन्न माग राख्दा प्ले कार्ड देखाएका थिए । बुधबार प्रतिनिधिसभाको बैठक सुरु भए लगत्तै विपक्षी दलका सांसदहरू उठे । त्यसक्रमा साम्पाङले भने हातमा प्ले काड लिएर देखाएका हुन् । संसद् बैठक बस्दा हरेक दिन विपक्षीले विरोध गर्दै आएका छन् । प्रधानमन्त्री बालेन्द्र शाह ९बालेन०का सीमा विवादबारेको अभिव्यक्तिलाई लिएर विपक्षीले विरोध गर्दैआएका हुन् । गत १७ जेठमा प्रधानमन्त्री बालेनले प्रतिनिधिसभामा सांसदहरूका प्रश्नको जवाफ दिएका थिए । त्यसक्रममा उनले भनेका थिए, ‘तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति…
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी प्रधानमन्त्रीले बैठक बोलाएका हुन्। बैठक दिउँसो ३ः३० बजे सुरु हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
काठमाडौं । अमेरिकाले इरानको दक्षिणी क्षेत्रका विभिन्न स्थानहरूलाई लक्षित गरी हवाई आक्रमण सम्पन्न गरेको दाबी गरेको छ। अमेरिकी सेन्ट्रल कमाण्ड ( सेन्टकम ) का अनुसार स्ट्रेट अफ होर्मुजमा यात्रा गरिरहेका तीनवटा व्यापारिक जहाजहरूमाथि इरानले गरेको आक्रमणको जवाफमा यो कारबाही गरिएको हो। मंगलबार सुरु भएको उक्त हवाई आक्रमण झन्डै चार घण्टासम्म चलेको र त्यस क्रममा ‘सटिक हतियार’ प्रयोग गरेर ८० भन्दा बढी लक्ष्यहरूमा प्रहार गरिएको सेन्टकमले जनाएको छ। अमेरिकी आक्रमणमा इरानको वायु रक्षा प्रणाली, तटीय निगरानी प्रणाली, सतहबाट हावामा प्रहार गर्ने मिसाइल, एन्टि–शिप क्रुज मिसाइल र ड्रोन प्रक्षेपण स्थलहरूलाई निशाना बनाइएको रोयटर्सले उल्लेख गरेको छ। यस आक्रमणको जवाफमा इरानी सैन्य नेताहरूले…
काठमाडौं । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री, पूर्वगृहमन्त्रीसहितका प्रतिवादीहरूलाई दोषी ठहर गरेको छ । अदालतले टोपबहादुर रायमाझी, टेकनारायण पाण्डे, टेकनाथ रिजाल, सानु भण्डारी, केशव दुलाल, सन्देश शर्मा, गोविन्द चौधरी, सागर राई, शम्सेर मियाँ, आङटावा शेर्पा, डा. इन्द्रजीत राई, नरेन्द्र केसी, हरिभक्त महर्जन र निरञ्जनकुमार खरेलसहित अधिकांश अभियुक्तलाई दोषी ठहर गरेको हो । जसमध्ये पूर्व उपप्रधानमन्त्री तथा एमालेका नेता टोपबहादुर रायमाझी तीन वटा कसुरमा दोषी ठहर भएका छन् । सजाय निर्धारणका लागि भने आउँदो असार २९ गतेका लागि पेसी तोकिएको छ । न्यायाधीश तेजबहादुर खड्काको इजलासले मंगलबार उक्त मुद्दामा प्रतिवादीहरूलाई विभिन्न कसुरमा दोषी ठहर गर्दै सजाय निर्धारण ९सुनुवाइ०…
काठमाण्डौं । फिफा विश्वकप २०२६ मा ४८ टोलीको ऐतिहासिक सहभागिता रहेकोमा अब रोमाञ्चक मोडमा खेल पुग्दै अन्तिम आठ अर्थात् क्वार्टरफाइनल चरणमा प्रवेश गरेको छ। उत्तर अमेरिकाका तीन राष्ट्रहरू अमेरिका, क्यानडा र मेक्सिकोमा जारी यस महाकुम्भको दुई हप्ता लामो तीव्र प्रतिस्पर्धापछि ४० राष्ट्रहरू प्रतियोगिताबाट बाहिरिएका हुन्। सह(आयोजक तीनै टोली बाहिरिएपछि अब विश्वकपको उपाधि दौड केवल युरोप, दक्षिण अमेरिका र अफ्रिकाका आठ उत्कृष्ट शक्तिहरू बिच खुम्चिएको छ। यस पटक क्वार्टरफाइनलमा स्थान सुरक्षित गर्न सफल टोलीहरूमा मोरक्को, फ्रान्स, नर्वे, इंगल्याण्ड, स्पेन, बेल्जियम, अर्जेन्टिना र स्विट्जरल्याण्ड रहेका छन्, जो अब सुनौलो ट्रफी उचाल्ने एउटै लक्ष्यका साथ मैदानमा उत्रिँदैछन्। विश्वभरका फुटबल प्रेमीहरूको नजर अब मैदानमा…
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्ने भएको छ । बिहान ११ बजे बस्ने बैठकमा वार्षिक प्रतिवेदन पेसदेखि विभिन्न विधेयकमाथिको छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले दुईवटा महत्त्वपूर्ण वार्षिक प्रतिवेदनहरू पेस गर्ने कार्यसूची छ। मन्त्री गौतमले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ वार्षिक प्रतिवेदन सदनसमक्ष प्रस्तुत गर्नेछिन् । व्यवस्थापन कार्य अन्तर्गत आज विभिन्न नयाँ विधेयकहरू सदनमा दर्ता र छलफलका लागि लगिनेछन् । कानुन मन्त्री सोबिता गौतमले राष्ट्रिय सेवा दल विधेयक, २०८३ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्नुका साथै उक्त…
काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सूचनाको हक मन्त्रालयको उच्च प्राथमिकतामा रहेको बताएका छन्। सूचनाको हकका लागि राष्ट्रिय महासङ्घ केन्द्रीय समितिका पदाधिकारी एवं केन्द्रीय सदस्यहरुसँगको आजको भेटमा उनले सूचनाको हक संरक्षण र संवर्द्धनमा मन्त्रालयले काम गरिरहेको जानकारी गराए। सूचनाको हकसम्बन्धी ऐन, २०६४, नियमावली २०६५ र यससम्बन्धी अन्य कानुनले व्यवस्था गरेका संयन्त्रलाई चुस्तरुपमा परिचालन गरी यस क्षेत्रमा काम गरिने मन्त्री तिमिल्सिनाको प्रतिबद्धता छ। सुशासनको मुख्य एजेण्डामा सरकारले काम गरिरहेकाले सूचनाको हकका माध्यमबाट भ्रष्टाचार न्यूनीकरणमा उपयोग गर्ने गरी व्यवस्था गरिने उनले सुनाए। राष्ट्रिय सूचना आयोगमा पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु गर्न लागिएको पनि मन्त्री तिमिल्सिनाको भनाइ छ। महासङ्घका अध्यक्ष उमीद बागचन्दले…
चक्तपुर । प्रधानमन्त्री बालेन्द्र शाह मंगलबार भक्तपुरको ऐतिहासिक तथा सांस्कृतिक सम्पदाका रूपमा परिचित नवदुर्गा द्योछें ९देवता० घर पुगेका छन्। नवदुर्गा देवगणको विशेष पूजाको दिन प्रधानमन्त्री मन्दिर पुगेका हुन्। मन्दिरमा बिहानैदेखि विशेष पूजा भएको थियो। प्रधानमन्त्रीलाई स्थानीयवासी, गुठियार, नवदुर्गा देवगणका नाइकेहरूले विशेष महत्वका साथ स्वागत गरेका थिए। भ्रमणका क्रममा प्रधानमन्त्रीले नवदुर्गा द्योछेंको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्वबारे जानकारी लिएका थिए। नवदुर्गा देवगण जात्रा, परम्परागत नाच, तान्त्रिक संस्कार तथा स्थानीय समुदायले पुस्तौँदेखि जोगाउँदै आएको अमूर्त सांस्कृतिक सम्पदाको संरक्षणका विषयमा समेत छलफल भएको जनाइएको छ। स्थानीय गुठियारहरूले नवदुर्गा परम्परा संरक्षणका लागि आवश्यक पूर्वाधार, द्योछेंको संरक्षण तथा जात्रा सञ्चालनका क्रममा देखिएका चुनौतीबारे प्रधानमन्त्रीलाई जानकारी…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क