Author: ट्रान्सपेरेन्टखबर

काठमाडौं। प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले निजामती सेवा विधेयकमा केही प्रावधान परिवर्तन भएको भन्ने सम्बन्धमा उठेका विषय छानबिन हुनुपर्ने बताएका छन् । सिंहदरबार परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सभापति खतिवडाले भने, ‘विधेयकको दफा ८२ को ( ४ )  को व्यवस्थालाई पछिबाट ( ५ )  को ( क ) खण्डित गर्ने दफा थपेको देखिएकाले त्यसको छानबिनका लागि सभामुखलाई अनुरोध गरेका छौँ ।’ समितिले उक्त दफामा सेवानिवृत्त कर्मचारीले अवकाश पाएको वा राजीनामा गरेको दुई वर्षसम्म कुनै पनि संवैधानिक र कूटनीतिक निकायमा नियुक्त नहुने व्यवस्था गरेको थियो । प्रतिनिधिसभाबाट आइतबार पारित सङ्घीय निजामती सेवा विधेयकमा केही शब्दमा भएको फेरबदल गर्ने…

Read More

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ वनहरा नदी तटीय क्षेत्रमा झुपडी बनाएर बस्दै आएका भूमिहीन परिवार सुरक्षित स्थानमा सर्ने तयारीमा जुटेका छन्। कोही झोपडी बनाउन व्यस्त छन् भने कोही झोपडीमा च्यातिएका त्रिपाल र कपडा राख्नमा व्यस्त छन्।बस्दै आएको ठाउँमा बाढी पस्न सक्ने जोखिमलाई मध्यनजर गर्दै भूमिहीन परिवार पूर्वपश्चिम राजमार्ग छेउमा सर्न थालेका हुन्। लगातार दुई दिनदेखि अविरल वर्षा भइरहेकाले नदीमा पानीको बहाव बढ्न थालेपछि जीउज्यान जोगाउनका लागि सुरक्षित स्थानमा सर्नुपरेको कलावती दमाईले बताइन्। ‘गत वर्ष रातिका बेला सुत्ने तरखर गरिरहेका बेला बाढीले शिविर डुबाउँदा एकसरो लुगामा भागेर ज्याउन जोगाएका थियौँ’, उनले भनिन्, ‘यो वर्ष पनि त्यो पीडा खेप्नु नपरोस् भनेर निरन्तरको…

Read More

काठमाडौं । राष्ट्रियसभाको बैठक आज अपराह्न १२ः१५ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा विनियोजन विधेयक, २०८२ का विभिन्न शीर्षकहरूमध्ये सात मन्त्रालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयका विनियोजन शीर्षकमाथि छलफल हुनेछ । त्यस्तै, ११ वटा मन्त्रालयको छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ । राष्ट्रियसभाका सचिव डा सुरेन्द्र अर्यालले ‘नागरिकता विधेयक–२०८२’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभा समक्ष टेबुल गर्नेछन् । त्यस्तै, प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरिनेछ । सम्भावित कार्यसूचीमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रका बारेमा सदनलाई जानकारी संसद् सचिवालयले…

Read More

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आज रातिदेखि लागू हुने गरी पेट्रोलमा ५ र डिजेल तथा मट्टीतेलमा ४ रुपैयाँ मूल्य बढाएको हो । इन्डियन आयल कर्पोरेशनबाट मूल्य बढेर आएको भन्दै निगमले पनि मूल्य बढाएको हो । नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १६५ पुगेको छ भने डिजल र मट्टितेल प्रतिलिटर १४९ पुगेको छ । इण्डियन आयल निगमले आज पठाएअनुसार यहाँ मूल्यवृद्धि गरिएको जनाइएको छ । यस्तै, हवाई इन्धन अन्तरराष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ५१ ले वृद्धि भएको निगमले जनाएको छ ।

Read More

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । राज्य व्यवस्था तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो । बिहान ९ बजे सुरु हुने विधायन व्यवस्थापन समितिको बैठकमा भन्सार विधेयक, २०८० को मस्यौदा प्रतिवेदनमाथि छलफल हुनेछ । बिहान १० बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल प्रहरी सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराउने सांसदहरूसँग छलफल गर्ने कार्यसूची छ ।

Read More

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी नेतृत्व, विशेषगरी सभापति शेरबहादुर देउवाप्रति लक्षित गर्दै प्रश्नैप्रश्नको वर्षा गरेका छन् ।सोमबारदेखि सुरु भएको पार्टी केन्द्रीय समिति बैठकमा आक्रामक रूपमा प्रस्तुत भएका कोइरालाले गठबन्धन निर्माण, अनुशासन समितिको कार्यशैली, भ्रातृ संस्थाको अलपत्र अवस्था र पार्टी सञ्चालन प्रक्रियामाथि गम्भीर प्रश्न उठाउँदै आफ्नो सहनशीलता र भद्रतालाई कमजोरीको रूपमा नठान्न चेतावनी दिएका हुन् । उनले पार्टीलाई एकढिक्का बनाउने नाममा भएका अपारदर्शी निर्णय र गुटगत पूर्वाग्रहको अन्त्य हुनुपर्नेमा जोड दिए । कोइरालाले माओवादीसँगको गठबन्धन तोडेर एमालेसँग सत्ता सहकार्य गर्नुको ठोस कारण सम‍ेत माग गरे । कांग्रेस एमाले गठबन्धनको सरकार बन्नुपर्छ भन्ने म नै हुँ, तर मैले…

Read More

काठमाडौँ । सम्पत्ति शुद्धीकरणको मुद्दामा नागार्जुन नगरपालिकाका निलम्बित मेयर मोहनबहादुर बस्नेतलाई ८ वर्ष तीन महिना कैद सजाय तोकिएको छ । सोमबार विशेष अदालतका न्यायाधीश टेकनारायण कुँवर र रामबहादुर थापाको इजलासले बस्नेतलाई दोषी ठहर गर्दै ‍भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३९१० बमोजिमको कसुरमा ८ वर्ष र दफा ३०९१० बमोजिम थप ३ महिना कैद सजायको फैसला गरेको हो । अदालतले बस्नेतबाट २६ करोड २५ लाख रुपैयाँ सम्पत्ति जफतको फैसला गरेको छ । बस्नेतले पद्मा कोलोनी र पद्मा मर्चेन्ट कम्पनी प्रालिका सञ्चालक तथा अध्यक्ष राजुप्रसाद कँडेलबाट ९ करोड २२ लाख ४६ हजार ३२ रुपैयाँ ३३ पैसा घुस लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान…

Read More

स्पेन । संयुक्त राष्ट्रसंघको ‘विकासका लागि वित्त’ सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन स्पेनको सेभियास्थित फेबिस प्रदर्शनी केन्द्रमा आजेदखि सुरु भएको छ। सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित विश्वका राष्ट्रप्रमुख तथा सरकार प्रमुख र प्रतिनिधिहरू सहभागी छन्। उद्घाटनसत्रमा स्पेनका नरेश फिलिप द्वितीय, स्पेन सरकारका अध्यक्ष ९प्रधानमन्त्री० पेड्रो साञ्चेज, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसले सम्बोधन गरे। उद्घाटन सत्रमा प्रधानमन्त्री ओलीका साथ प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगका स्थायी प्रतिनिधि लोकबहादुर थापा, परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल कुमारराज खरेल सहभागी छन्। ‘इन्टरनेसनल कन्फरेन्स अन फाइनान्सिङ फर डेभलपमेन्ट अफ युनाइटेड नेसन्स् ९एफएफडी–४०० का लागि राष्ट्रसङ्घका महासचिव गुटेरेस…

Read More

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक डेढ घण्टा ढिलो गरी सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा साढे दुई बजेबाट बैठक सुरु भएको हो । दिउँसो एक बजेका लागि बोलाइएको बैठक डेढ घण्टा ढिलो सुरु भएको हो । सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले बैठक केही बेर अघि सुरु भएको जानकारी दिइन् । गत साउनमा सुरु भएर भदौमा सकिएको केन्द्रीय समिति बैठकपछि बल्ल कांग्रेस केन्द्रीय समिति बैठक बसेको हो । बैठकका लागि आइतबार सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले ६ एजेन्डा तय गरेको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बैठकका लागि पदाधिकारी बैठकले पार्टीले सञ्चालन गरेको…

Read More

काठमाडौँ । विद्यालय शिक्षा विधेयकका विषयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले थप समय माग गरेका छन्। विद्यालय शिक्षा विधेयक पारित गर्ने विषयमा मन्त्री पन्तले आज नै गर्न नहुने बताउँदै थप समय माग गरेका हुन्। महासङ्घसँग छलफल भएको थियो। छलफलका क्रममा समितिमा भएको सहमतिको विषय जानकारी गरायौ। उहाँहरू सहमत हुनुभएन त्यसैले आजको बैठक स्थगित गरौँ,’ मन्त्री पन्तले भने।

Read More