काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा ) का सांसद ज्ञानबहादुर शाहीले मुगुका गणेश नेपालीको घटनामा गृहमन्त्री सुधन गुरुङले स्टन्ट गरेको भन्दै आपत्ति जनाएका छन् । उनले प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रश्न गरेका छन् – तपाईं गृहमन्त्री हो कि कन्टेन्ट क्रियटर ?
गणेश नेपालीको मृत्यु प्रकरणलाई लिएर उनले भने, ‘गृह मन्त्रीले हिजो फिल्मको नायक जस्तै मिडिया घेरेर, चलचित्रको नायक जस्तै कहिले एयरपोर्ट, कहिले कता, कहिले उता दौडिरहनुभएको थियो पुरै क्यामरा बोकेर। यदि साँच्चै उपचार गर्ने उद्देश्य यदि थियो भने, आज गणेश नेपालीको मृत्यु हुँदैनथ्यो।’ उनले गृहमन्त्री क्यामरा र युट्युब बोकेर हिँडेको आरोप लगाए। उनले थपे, ‘आज युट्युबमा कन्टेन्ट कति क्रिएटर ग¥यो त्यो महत्त्वपूर्ण कुरा होइन।
महत्त्वपूर्ण कुरा गृह मन्त्रीको आदेशबाट जनताको जीवन बाँच्यो कि बाँचेन भन्ने कुरा हो। आज सुविधा सम्पन्न अस्पतालमा बेलैमा उपचार गर्दिएको भए, एयर एम्बुलेन्सहरू पुर्याइदिएको भए, त्यो एयरपोर्टमा दौडिनुको सट्टा एउटा प्लेन मात्र एयरपोर्टमा पठाएर दिल्ली जान कति लाग्छ रु ’ सरकारले पछिल्लो समय जनताको जीवन कठिन बनाउँदै लगेको आरोप लगाए।
