सुर्खेत । कर्णाली प्रदेशमा नेपाली कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा दिएका छन् । आर्थिक मामिला तथा योजना मन्त्रीमा राजीवविक्रम शाह, सामाजिक मन्त्री घनश्याम भण्डारी, जलस्रोत तथा ऊर्जा मन्त्री विजया बुढा र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले संयुक्त रूपमा दिएका हुन् ।
उनीहरू ०८१ साउनमा मन्त्री बनेका थिए । पार्टीभित्र उनीहरूको कार्यसम्पादनप्रति निरन्तर प्रश्न उठिरहेको थियो । यद्यपि मुख्यमन्त्री यामलाल कँडेलले स्वीकृत भने गरिसकेको अवस्था छैन । मुख्यमन्त्री मन्त्रिपरिषद्को बैठकमा रहेकाले स्वीकृत हुन बाँकी रहेको स्रोतले रातोपाटीलाई बताएको छ। कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले पनि कांग्रेसका मन्त्रीले राजीनामा दिएको बताए ।
हाल कर्णाली प्रदेश सरकारको नेतृत्व एमालेले गरिरहेको छ । कँडेल मुख्यमन्त्री बन्दा आलोपालो सरकारको नेतृत्व गर्ने सहमति दुई दलबीच भएको थियो । तर सो सहमति पालना नभएकाले राजीनामा दिएको मन्त्रीहरुले बताएका छन् ।
