काठमाडौं । इङ्ल्यान्डमाथि नाटकीय जित निकाल्दै अर्जेन्टिना फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ। एटलान्टा स्टेडियममा भएको दोस्रो सेमिफाइनलमा अर्जेन्टिनाले इङ्ल्यान्डलाई २–१ गोलले पराजित गर्यो।
गोलरहित बराबरीमा सकिएको पहिलो हाफपछि इङ्ल्यान्डले ५५औँ मिनेटमा एन्थोनी गोर्डनको गोलबाट अग्रता लिएको थियो। खेलको ८५औँ मिनेटमा एन्जो फर्नान्डेजले गोल गर्दै अर्जेन्टिनालाई बराबरीमा फर्काए।
इन्जुरी समयको दोस्रो मिनेटमा लाउटारो मार्टिनेजले निर्णायक गोल गर्दै अर्जेन्टिनाको फाइनल यात्रा सुनिश्चित गरे। अर्जेन्टिनाका दुवै गोलमा कप्तान लियोनल मेसीले असिस्ट गरे। अब उपाधिका लागि अर्जेन्टिनाले स्पेनसँग प्रतिस्पर्धा गर्नेछ।
