Author: Editor

काठमाण्डौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा पराजयका कारणहरुसहित चुनावी समीक्षा प्रतिवेदन बुझाउन परिपत्र गरेको छ। पार्टीका मातहत समिति र सबै उम्मेदवारलाई गर्दै फागुन २१ गतेको निर्वाचनपछि प्राप्त निर्वाचन परिणामको समीक्षा, पराजयका कारणहरू, अनुभव, सुझाव तथा आगामी दिनमा सुधार गर्नुपर्ने विषयहरू समेटी स विस्तृत समीक्षा प्रतिवेदन तयार गरी केन्द्रीय कार्यालयमा पठाउन कांग्रेसले अनुरोध गरेको हो। कांग्रेस महामन्त्री प्रदीप पौडेल र गुरुराज घिमिरेद्वारा जारी विज्ञप्तिमा अनुशासन समितिको विवरण र निर्वाचन समिक्षा प्रतिवेदन चैत्र ३ गतेभित्र केन्द्रीय कार्यालयमा पठाउन भनिएको छ। पार्टी संगठनलाई अझ सुदृढ एवं प्रभावकारी बनाउने उद्देश्यले दिइएको कार्य उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्न महामन्त्रीद्वयको अनुरोध छ। पार्टी सदस्यहरूको व्यापक सहयोग,…

Read More

काठमाडौँ । सरकारले फागुनसम्म कुल ७ खर्ब ५१ अर्ब राजस्व संकलन गरेको छ। चालू आर्थिक वर्षमा १४ खर्ब ८० अर्ब आम्दानी गर्ने लक्ष्य राखेको सरकारले ७ खर्ब ५१ अर्ब ८५ करोड ६५ लाख राजस्व संकलन गरेको हो। गत आवको सोही अवधिसम्म ७ खर्ब २९ अर्ब ६५ करोड ८८ लाख संकलन भएको थियो। समीक्षा अवधिमा भ्याट, अन्तःशुल्क भन्सार महसुल लगायत शीर्षकको राजस्व संकलन बढेको छ भने अन्य शीर्षकमा भने सरकारले राजस्व सोचेअनुसार उठाउन सकेको छैन। अर्थ मन्त्रालयका अनुसार आयकर, ब्याजकरसहितका शीर्षकमा अघिल्लो वर्षको तुलनामा राजस्व उठाउन सकेको छैन। आयकरतर्फ फागुनसम्म १ खर्ब ७० अर्ब ९० करोड रुपैयाँ आयकर संकलन भएको छ।…

Read More

काठमाडौं । गैरआवासीय नेपाली संघ ( एनआरएनए ) को १२औँ ग्लोबल कन्फ्रेन्स र इन्टरनेसनल कन्फ्रेन्स ( विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय अधिवेशन)  सुरु भएको छ । काठमाडौंस्थित सोल्टी होटलमा परराष्ट्र मन्त्री बालानन्द शर्मा र पूर्वप्रधानमन्त्री झलनाथ खनालले अधिवेशनको उद्घाटन गरेका हुन् ।अधिवेशनको उद्घाटन गर्दै परराष्ट्रमन्त्री शर्माले गैरआवासीय नेपालीको अनुभव, सीप, अन्तर्राष्ट्रिय सम्पर्क नेपालको विकास र रुपान्तरणका लागि महत्त्वपूर्ण बताए । यसले औद्योगिक विकास, रोजगारी सिर्जनामा योगदान पुर्याउने उनको भनाइ थियो । उद्घाटन समारोहमा स्वागत मन्तव्य राख्दै कार्यकारी अध्यक्ष महेशकुमार श्रेष्ठले प्रवासमा रहेका नेपालीको मनमा मातृभूमिका लागि केही गरौ भन्ने भावना रहेको बताए । उनले संघभित्रको विवाद अन्त्य गर्दै एकता स्थापित भएको…

Read More

काठमाडौं । पितृशोकमा रहेका पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री सुशीला कार्की गुण्डु पुगेकी छन् ।कार्कीले दिवंगत पिता मोहनप्रसादप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गरिन् । केपी ओलीका पिताको ९७ वर्षको उमेरमा शुक्रबार भक्तपुरस्थित नेपाल(कोरिया मैत्री अस्पतालमा निधन भएको थियो ।

Read More

काठमाडौं । श्रम संस्कृति पार्टीले ४ जना समानुपातिक सांसदको नाम सार्वजनिक गरेको छ । हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत् निर्वाचन आयोगमा पठाइएको नामावली सार्वजनिक गरेका हुन् । श्रम संस्कृति पार्टीले आदिवासी जनजाति महिलातर्फ पूर्णप्रसाद लिम्बू, खस आर्य महिलाबाट अम्बिकादेवी संग्रौला, दलित महिलाबाट राधिका रम्तेल र मधेशी महिलाबाट रुवीकुमारी ठाकुरको नाम बुझाएको छ । यो पार्टीले प्रत्यक्षमा ३ सीट जितेको छ ।

Read More

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ । प्रतिनिधिसभाको समानुपातिकतर्फ सांसदको नाम निर्वाचन आयोगमा सिफारिश गर्नको लागि बैठक बसेको हो । राप्रपाले समानुपातिकतर्फ ४ सिट प्राप्त गरेको छ । प्रत्यक्षमा भने जुम्लाबाट ज्ञानबहादुर शाहीले जितेका छन् । अब प्रतिनिधिसभामा राप्रपाको जम्मा ५ जना सांसदको प्रतिनिधित्व हुनेछ । ०७९ को निर्वाचनमा राप्रपा १४ सिटसहित पाँचौ स्थानमा थियो । यसपटक भने जम्मा ६ दलले मात्रै राष्ट्रिय दलको मान्यता पाएका छन् । जसमा राप्रपा सबैभन्दा पुछारमा छ । राप्रपाभन्दा माथि हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी छ । उसको ७ सिट छ ।

Read More

म्याग्दी । २२.५ मेगावाट क्षमताको ‘अपर ठूलोखोला’ जलविद्युत् आयोजनाबाट उत्पादन भएको विद्युत् केन्द्रीय लाइनमा जोडिएको छ । रघुगङ्गा गाउँपालिका–७ मा ठूलोखोला हाइड्रोपावर लिमिटेडले निर्माण गरेको आयोजनाको भौतिक संरचना निर्माण, उपकरण जडान र आन्तरिक परीक्षण सकेर केन्द्रीय लाइनमा विद्युत् जोडिएको हो । आयोजनाका प्रमुख शिवसागर यादवले फागुन २९ गते साँझ ६ बजेदेखि परीक्षणका लागि केन्द्रीय लाइनमा पठाउन थालिएको जानकारी दिए । ‘नेपाल विद्युत् प्राधिकरणको प्राविधिक टोलीको उपस्थितिमा पाँच दिनसम्म गरिएको परीक्षण सफल भएपछि केन्द्रीय लाइनमा विद्युत् जोडिएको हो,’ उनले भने, ‘परीक्षण सफल भएपछि १५ दिनपछि व्यावसायिक उत्पादन सुरु हुन्छ ।’ हालको सुक्खायाममा १३.८६ मेगावाट विद्युत् उत्पादन भएको आयोजना प्रमुख यादवले बताए…

Read More

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आइतबार बस्दै छ । उपसभापति डोलप्रसाद अर्यालका अनुसार प्रतिनिधि सभाको समानुपातिकतर्फको सूची तय गर्नका लागि सचिवालय बैठक बस्ने भएको हो । उहाँले बैठकले समानुपातिकतर्फ सूची तय गरेपछि निर्वाचन आयोगमा बुझाउने जानकारी दिनुभयो । सभापति रवि लामिछानेको स्वास्थ्य प्रतिकूल भएपछि शनिबारका लागि आह्वान गरिएको सचिवालय बैठक आइतबार सारिएको हो । रास्वपाले प्रत्यक्षतर्फ १२५ स्थानमा विजयी हासिल गर्दा समानुपातिकतर्फ ५७ सिट प्राप्त गरेको छ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने भएको छ । कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिक सूची तय गर्न केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्न…

Read More

भक्तपुर । नेकपा ९एमाले०ले समानुपातिक सांसद चयन गरेको छ। शनिबार भक्तपुरको गुण्डुस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको केन्द्रीय सचिवालय बैठकले सामानुपातिक सांसद चयन गरेको एमलो सचिव महेश बस्नेतले जानकारी दिए। बैठकले सबै क्लस्टरबाट नाम छनोट गरेको हो। भदौ २३ र २४ गते भएको घटनासहितका विभिन्न राजनीतिक घटनाक्रम तथा पार्टी नेतृत्वमाथि भएको आक्रमणलाई जनतामाझ स्पष्ट रूपमा राख्न नसक्दा जनमत प्रतिकूल गएको बुझाइ बैठकमा व्यक्त भयो । उनले भने, ‘हामीले गरेका काम जनतासम्म पुर्‍याउन सकेनौँ । भदौ २३ गतेको घटना पनि जनतासँग प्रस्ट पार्न सकेनौँ, त्यसैले हार बेहोर्नुपर्‍यो । ती घटनाक्रममा पार्टी नेतृत्वको भूमिका के थियो र पार्टीमाथि कसरी आक्रमण…

Read More

काठमाडौं । परराष्ट्रमन्त्री बालानन्द शर्माले प्रवासमा हासिल गरेको ज्ञान, सीप र अनुभव मातृभूमिको उन्नयनका निम्ति उपयोग गर्नुपर्नेमा जोड दिएका छन् ।गैरआवासीय नेपाली सङ्घको १२औँ विश्व सम्मेलनको आज यहाँ शुभारम्भ गर्दै उनले र प्रवासी नेपालीलाई मुलुकको आर्थिक, सामाजिक विकासमा साझेदार हुन आह्वान गरे । प्रविधिका कारण विकास तीव्र रुपमा अगाडि बढिरहेको बताउँदै उनले अन्तरराष्ट्रिय तहमा शक्ति सन्तुलनमा फेरबदल आएकाले देशको भूराजनीतिक सम्बन्ध तथा सौम्य शक्ति वृद्धि गर्न सङ्घले सेतुको काम गर्नुपर्नेमा जोड दिए । नेपालका सांस्कृतिक दूतका रुपमा गैरआवासीय नेपालीले पारस्परिक विश्वास अगाडि बढाएर नेपाली माटोमा योगदान पु¥याउने विचार व्यक्त गर्दै उनले सङ्घको संरक्षण तथा प्रवर्द्धनका लागि सरकारले आवश्यक ऐन परिमार्जन…

Read More