Author: ट्रान्सपेरेन्टखबर

काठमाडौं । उज्बेकिस्तानमा जारी एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह एफको आफ्नो दोस्रो खेलमा नेपालले आज श्रीलंकासँग खेल्दै छ । खेल उज्बेकिस्तानको तास्केन्तस्थित बुनयोदकोर स्टेडियममा नेपाली समय अनुसार साँझ सवा ६ बजेदेखि सुरु हुनेछ । नेपालले पहिलो खेलमा लाओसमाथि ९–० को फराकिलो जित निकालेको थियो । नेपाली महिला टोलीको १००औं अन्तर्राष्ट्रिय खेल समेत रहेको उक्त खेलमा नेपालको नयाँ कप्तानको रूपमा सावित्रा भण्डारी साम्बाले जिम्मेवारी सम्हालेकी थिइन् र एक्लैले ४ गोल पनि गरिन् । यस्तै लाओस विरुद्धको खेलबाटै मुख्य प्रशिक्षक प्याट्रिक डि वाइल्डले पनि सिनियर राष्ट्रिय टिममा डेब्यु गरेका छन् । पहिलो खेलकै लयलाई दोस्रो खेलमा कायम राख्ने लक्ष्यमा नेपाल…

Read More

काठमाण्डौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज ( असार १८, बुधबार ) को सम्भावित वर्षाबारे जानकारी दिएको छ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले बुधबार बिहान कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा छिटपुटदेखि हल्का वर्षा भएको छ। बुधबार दिउँसो देशभर साधारणतया बदली रहने पूर्वानुमान छ। दिउँसो कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागका धेरै स्थानहरूमा तथा बाँकी भू–भागका केही स्थानहरूमा मेघगर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको…

Read More

काठमाडौँ । सङ्घीय संसद् राष्ट्रियसभाको बैठक आज अपराह्न ११ः१५ बजे सङ्घीय संसद भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न शीर्षकहरूमध्ये राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयसहित विभिन्न मन्त्रालयको छलफलका क्रममा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ । यस्तै, उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८२ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् भने पौडेलले नै प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘आर्थिक विधेयक, २०८२’, प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘भन्सार विधेयक, २०८०’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। यसैगरी, राष्ट्रियसभाका सचिव…

Read More

काठमाडौँ । सर्वोच्च अदालतले ५२ संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको फैसला आज सुनाउँदै छ । २०७७ माघ र २०७८ असार गरीदुई चरणमा गरिएका संवैधानिक नियुक्तिविरुद्ध दायर १५ वटा रिटमाथिको सुनुवाइ गत जेठ १ गते नै सकिएको थियो । सुनुवाइ सकिएपछि गत जेठ २८ गते निर्णय सुनाउने मिति तय भएको थियो । त्यस दिन अन्य मुद्दाहरू हेर्न नभ्याइनेमा राखेर न्यायाधीशहरुले छलफलमा समेत जुटेका थिए । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुँडाल र नहकुल सुवेदीबिच ६ घण्टा लामो छलफल भए पनि निर्णय सुनाइएको थिएन । घण्टौँ छलफल गरेर निर्णय सुनाउने मिति असार १८ गतेका लागि सारिएको थियो । २०७७…

Read More

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास सहायतालाई ‘च्यारिटी’ का रूपमा मात्र नलिई गरिबीको अन्त्य र नागरिकको क्षमता अभिवृद्धिका लागि उपयोग गर्न विश्व समुदायसमक्ष अपिल गर्नुभएको छ । संयुक्त राष्ट्रसङ्घीय ‘विकासका लागि वित्त’ सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा स्पेन सरकारका अध्यक्ष एवं प्रधानमन्त्री पेड्रो सान्चेजद्वारा आयोजित ‘अन्तर्राष्ट्रिय विकास सहयोगलाई पुनर्जीवित गर्दै’ शीर्षकमा आयोजित उच्चस्तरीय ‘राउन्ड टेबल’ छलफलमा मङ्गलबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विश्वमा कोही पनि पछाडि नपरून् भन्ने सोचका साथ विकास सहायतालाई दिगो शान्ति र विकासका लक्ष्य हासिलनिम्ति उपयोग गर्न साझा पहलका लागि अपिल गर्नुभएको हो । उहाँले विकास सहायता र विश्व साझेदारीको ऐक्यबद्धतामा नयाँ अवधारणाका बारेमा नेपालको धारणा व्यक्त…

Read More

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले एमालेसँगको गठबन्धनको विकल्प नरहेको बताएका छन् । विभिन्न खाले सत्तासमीकरणको परीक्षण भइसकेको बताउँदै उनले कसैको बहुमत नभएको खण्डमा धेरै विकल्प खोज्न नहुने बताए । ‘गठबन्धनको बारेमा समग्रमा अब धेरै विकल्प हामीसँग छैन, कसैको बहुमत छैन । विभिन्न खाले परीक्षण भइसक्यो सत्ता समीकरणको,’– उनले भने । गठबन्धन भन्ने बित्तिकै सबैकुरा आफूले भनेको जस्तो नहुने नउले बताए । अहिले कांग्रेसभित्र गठबन्धनका विषयमा प्रतिकूल विचार केही नआएको उनको दाबी छ । सरकारमा सहभागी मन्त्रीहरुले डेलिभरी अझ राम्रो हुनुपर्ने, मन्त्रीहरूले राम्रो काम गर्नुपर्ने उनको भनाइ छ ।

Read More

काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा प्रमुख प्रतिपक्षी दल कन्भिन्स हुँदा पनि अन्य दलले कुरा नबुझेको बताएका छन् । आज ( मंगलबार ) पार्टीेको केन्द्रीय समिति बैठकमा आफ्ना धारणा राख्दै उनले भिजिट भिसा प्रकरणमा आफूमाथि राजनीतिक प्रतिशोध साधिएको बताए । उनले भिजिट भिसा प्रकरणमा अध्यागमनका तत्कालीन प्रमुखमाथि अहिले छानविन चलिरहेको उनले जानकारी गराए । ‘प्रमुख प्रतिपक्षी दल यसमा कन्भिन्स भएको छ। अरुले कुरा बुझ्नु भएको छैन। राजनीतिक ढंगले अघि बढाउनु उचित हुँदैन,’– उनले भने । उनले भिजिट भिसा प्रकरणमा आफूमाथि राजनीतिक प्रतिशोध साँधिएको दाबी गरे । अख्तियारले भिजिट भिसा प्रकरणमा अनुसन्धान सुरु गर्ने वित्तिकै आफूमाथि संलग्न भएको जसरी…

Read More

काठमाण्डौं । सशस्त्र प्रहरी परिवार महिला संघको २४औँ वार्षिकोत्सवको अवसरमा देशभर विविध सामाजिक कार्यक्रमको आयोजना गरिएको छ । सशस्त्र प्रहरी परिवार महिला संघले २४औँ वार्षिकोत्सवको अवसरमा असार १५ गते नेपाल एपीएफ स्कुल कीर्तिपुरमा अध्यनरत छात्रछात्राहरुलाई विभिन्न सांस्कृतिक तथा बाध्यवादनका सामाग्री हस्तान्तरण गरेको हो । सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीको आयोजना र नं। ७ गण सिरहाको समन्वयमा असार १४ गते जिल्लाको वरियारपट्टि गाउँपालिका– ३ स्थित जनता माध्यमिक विद्यालयको परिषरमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । शिविरमा ५ सय २२ जना सर्वसाधारणको निःशुल्क स्वास्थ्य जाँच गर्नुकासाथै औषधी समेत वितरण गरिएको हो । त्यस्तै सशस्त्र प्रहरी परिवार…

Read More

काठमाडौं। साबिक विजेता नेपालले अपराजित रहँदै एसिसी यु(१६ इस्ट जोन कपको समूह चरणका खेल सकाएको छ। मंगलबार सम्पन्न समूह चरणको अन्तिम खेलमा भुटानलाई २९८ रनले पराजित गरेको हो। योसँगै नेपाल चार खेलमा आठ अंक जोड्दै समूह ‘ए’ को विजेता बन्यो। चारै खेलमा पराजित भुटान अंकविहीन रहँदै प्रतियोगिताबाट बाहिरियो। नेपालले दिएको ३५९ रनको लक्ष्य पछ्याएको भुटान ३२।४ ओभरमा ६० रनमै समेटियो। भुटानका शेजाङ दावाले सर्वाधिक १४ रन बनाए। उगेन केल्जाङ चोपेलले १० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। नेपालका कप्तान विपिनप्रसाद शर्माले सर्वाधिक ४ विकेट लिए। सूर्य भट्टराई र सचिन भट्टले समान २ विकेट लिए। नेपाल रहेको समूहबाट…

Read More

काठमाडौँ । सांसदहरुले देशभर लगातार वर्षा हुन थालेपछि बाढीपहिरो र डुबानबाट सम्भावित क्षति न्यूनीकरणका लागि सचेत गराउँदै उद्धार र राहतको तयारीबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।राष्ट्रियसभाको आजको बैठकमा शून्य समयमा सांसदहरुले वर्षायाममा सतर्कता अपनाउन सुझाव दिँदै किसानलाई पर्याप्त रासायनिक मल उपलब्ध गराउनसमेत सभाअध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराए । सांसद उदयबहादुर बोहराले देशभर किसानलाई आवश्यक मल उपलब्ध नभएकोतर्फ सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराए । “झन्डै १३ लाख मेट्रिक टनसम्म मलको माग छ । सरकारले जम्मा चार लाख मेट्रिक टन मात्र आयात गर्न सकेको छ । किसानलाई पर्याप्त मल उपलब्ध गराउन सकिएको छैन,” उनले भने । सांसद नरबहादुर विष्टले निरन्तर वर्षाका कारण सुदूरपश्चिम प्रदेश…

Read More