काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा युएईलाई नेपालले २ सय १ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपाल ४८.२ ओभरमा २ सय रनमा अलआउट भयो। नेपालका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरिले उत्कृष्ट ब्याटिङ गरे। उनले ९० बलमा ५ चौका र २ छक्काको मद्दतमा सर्वाधिक ७५ रन बताए।
नेपालका ओपनर कुशल भुर्तेल २४ रनमा आउट भए। बसिर अहमदले २०, आरिफ शेख र सोमपाल कामीले समान १५ र भिम सार्कीले १० रन थपे। आशिफ शेखले ७ र कप्तान रोहित पौडेलले २ रन बनाए। करण केसीले २२ रन जोडे। युएईका लागि अजय कुमारले ३ विकेट लिए। खुजैमा तनविर र जुनैद सिद्दिकीले समान २ विकेट लिए। हैदर अली र मुहम्मद सहदादले समान एक विकेट लिए।
अब युएईले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ। आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत युएईविरुद्ध नेपालका उपकप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतक पूरा गरेका छन् । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालका लागि दीपेन्द्रले ५९ बलमा अर्धशतक पूरा गरेका हुन् । यो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा दीपेन्द्रले प्रहार गरेको छैटौं अर्धशतक हो ।
