काठमाडौं । सुकुमवासी बस्तीका बासिन्दाहरुलाई पहिला दशरथ रंगशाला लगिने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भुसालका अनुसार सुकुमवासी बस्तीबाट हटाइएका वासिन्दालाई सुरुमा रंगशाला लगिने भएको हो ।
सुरुमा रंगशाला लगिन्छ । त्यहाँ लगेर स्क्रिनिङ गरेपछि बल्ल होल्डिङ सेन्टेरमा लाने तयारी छ’, भुसालले भने । उनका अनुसार अहिले रंगशाला लाने काम पनि भइरहेको छ । रंगशाला लगेर को वास्तविक सुकुमवासी हो भन्ने पहिचान भएपछि वास्तविक सुकुमवासीलाई अहिले अस्थायी रुपमा होल्डिङ सेन्टरमा लगेर राखिने बताइएको छ ।
