Author: ट्रान्सपेरेन्टखबर
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज पनि जारी रहने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा पार्टीका साङ्गठनिक गतिविधि, अधिवेशन, राजनीतिक, समसामयिक विषयवस्तुहरूमा छलफल जारी छ । बैठकमा बोल्ने नेताहरूले सरकार र सरकारले ल्याएको बजेटको समीक्षा पनि गरिरहेका छन् । अधिकांश केन्द्रीय सदस्यहरूले केपी शर्मा ओली नेतृत्वको सरकार प्रभावकारी हुन नसकेको भन्दै सात बुँदे सहमति अनुसार काम अघि नबढेको गुनासो गरेका छन् । देउवा पक्षधर सदस्यहरूले भने गठबन्धनको विकल्प खोज्नु कांग्रेसका लागि हानिकारक हुने तर्क गरेका छन् । बैठकमा पार्टीको १५औँ महाधिवेशन र भ्रातृ सङ्गठनको महाधिवेशन छिटो गर्नुपर्ने माग समेत बैठकमा उठेको छ ।
काठमाडौं । नेपालले एसीसी यू(१६ इस्ट जोन कपको फाइनल प्रवेशका लागि नेपालले आज मलेसियासँग खेल्दै छ । नेपालले एसिसी यु–१६ इस्ट जोन कपअन्तर्गत मलेसियाविरुद्धको सेमिफाइनल खेलमा टस जितेको छ। नेपाली टोलीका कप्तान विपिनप्रशाद शर्माले टस जितेका हुन्। योसँगै उनले बलिङ रोजेका छन्। नेपाल र मलेसियाबीचको सेमिफाइनल खेल विहान पौने ८ बजेदेखि सेलांगर टर्फ क्लबमा सुरु भएको छ । प्रतियोगिताको समूह ए मा रहेको नेपाल समूहविजेता हुँदै सेमिफाइनल खेल्न लागेको हो । मलेसिया भने समूह बी को उपविजेता हो । मंगलबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले भुटानलाई २९८ रनको फराकिलो अन्तरले हराउँदै समूहविजेता बनेको थियो । त्यसअघि नेपालले सिंगापुर, जापान…
म्याड्रिड । प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनका उद्यमी तथा लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न स्पष्ट आह्वान गरेका छन् । नेपाली राजदूतावास म्याड्रिडद्वारा बुधबार आयोजित लगानी प्रवर्द्धन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नेपालमा लगानीको अनुकूल वातावरण तयार भइसकेको जानकारी गराउँदै व्यवसायीहरूलाई नेपाल प्रवेशका ढोका खुला रहेको सन्देश दिए । ‘नेपाल अब लगानीका लागि पूर्ण रूपमा तयार छ’, प्रधानमन्त्री ओलीले भने, ‘हामीले विभिन्न कानुनहरू संशोधन गरेका छौँ, लगानीमैत्री नीतिहरू कार्यान्वयनमा ल्याएका छौँ। अहिले नेपालमा स्थायित्वयुक्त सरकार छ, जसले दीगो र पारदर्शी आर्थिक वातावरणको ग्यारेन्टी गर्छ।’ प्रधानमन्त्री ओलीले नेपाल आर्थिक रुपान्तरणतर्फ स्पष्ट लक्ष्यसहित अगाडि बढेको र आर्थिक वृद्धिको इन्जिनको रूपमा निजी क्षेत्रलाई आत्मसात् गरिसकेको स्पष्ट…
नवलपुर । नारायणघाट–बुटबल सडक खण्डअन्तर्गत दुम्किवासस्थित विनयी खोलाको पुल बिहीबारदेखि सञ्चालना आउने भएको छ । सडक आयोजना पूर्वी खण्डका प्रमुख इश्वरबहादुर रिजालका अनुसार आज बिहान ११ बजेदेखि नयाँ पुलबाट सबै खाले सवारी साधनले यात्रा गर्न पाउने भएका हुन् । पुलको ढलान भएको करिब चार हप्तापछि पुल भएर नियमित रूपमा यातायात सञ्चालन हुने भएको हो । चिनियाँ निर्माण कम्पनी, परामर्शदाता तथा आयोजनाबिच भएको छलफलअनुसार पुल मार्ग खुला गरिने जानकारी दिनुभयो । गत २६ पुस गते भारतीय हेवी ट्रक पास हुने क्रममा दुम्किवासको पुरानो फलामे पुल भाचिँएपछि डाइभर्सनको भरमा यातायात सञ्चालन हुँदै आएको थियो । डाइभर्सन पनि खोलाले पटक–पटक बगाएपछि यो मार्ग…
काठमाडौँ । नेकपा माओवादी केन्द्रले सङ्घीय निजामती सेवा विधेयक–२०८० मा व्यवस्था भएको ‘कुलिङ पिरियड’ लाई निष्प्रभावी बनाएको विषयमा छानबिन गर्न माग गरेको छ । बुधबार केन्द्रीय कार्यालय पोरिसडाँडामा प्रवक्ता अग्निप्रसाद सापकोटाले पत्रकार सम्मेलन गरी विधेयकमा भएको चलखेलबारे छानबिन गर्न माग गरेको हो । विधेयकमा ‘कुलिङ पिरियड’ लाई प्रभावित पार्न रहस्यमय चलखेल भएको सापकोटाले आरोप लगाए । ‘यो एकदम रहस्यमय छ । कहिले संसद् अवरुद्ध छ भनेर पर सारियो । कहिले ‘अल अफ सडेन’ कार्यसूचीमा राखियो । समितिले सर्वसम्मत पास भएको विधेयकमा दुई वर्ष ‘कुलिङ पिरियड’ राख्ने छ । पुलिस, सेना, प्रशासन क्षेत्रका कुनै पनि व्यक्तिलाई दुई वर्ष नियुक्त गर्न नपाइने…
काठमाडौं। ऊर्जा जलस्रोत तथा सिचाईँमन्त्री दीपक खड्काले सरकारले सन् २०३५ सम्म २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको बताएका छन् । आज ९बुधबार० राष्ट्रिय सभामा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिनेक्रममा उनले आगामी १० वर्षमा २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने र १३ हजार ५ सय मेगावाट देशमै खपत हुने, बाँकी १५ हजार मेगावाट भने निर्यात गरिने बताए । ‘सरकारले अहिले २८ हजार ५ सय मेगावाट विद्युत २०३५ सम्ममा उत्पादन गरिसक्ने लक्ष्य लिएको छ । १३ हजार ५ सय मेगावाट आन्तरिक खपत हुनेछ । १५ हजार मेगावाट चाहिँ हामीहरुले निर्यातको लागि व्यवस्था हुनेगरीको कार्यक्रम…
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आजैबाट राज्यको तर्फबाट प्राप्त गर्दै आएको सेवा सुविधा त्यागेकी छन् । नेकपा एमालेको राजनीतिमा सक्रिय हुने घोषणा गरेलगत्तै भण्डारीले सो निर्णय गरेकी हुन् । पूर्वराष्ट्रपति भण्डारीले सरकारले पूर्वराष्ट्र प्रमुखलाई प्रदान गर्दै आएको सेवा सुविधा त्यागेको पत्र गृहमन्त्रालयमा बुधबार दर्ता भएको छ । भण्डारीको सचिवालयबाट आएको पत्र दर्ता भई सम्बन्धित शाखामा पठाइएको गृह मन्त्रालयले जनाएको छ । सरकारले प्रदान गरेको सेवा सुविधा परित्याग गर्ने भण्डारी सम्भवतः पहिलो नेता बनेकी छन् । प्रधानमन्त्री र सभामुख भइसकेका नेताहरू सरकारी सेवा सुविधा लिएरै पार्टीको कार्यकारी भूमिकामा छन् । भण्डारीको हकमा पूर्व राष्ट्र प्रमुखको हैसियतमा दिइने सुरक्षा प्रोटोकल भने उनले…
काठमाण्डौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले पनि संघीय निजामती कर्मचारी विधेयकमा ‘कुलिङ अफ पिरियड’माथिको किर्ते काम गर्नेलाई कारबाही हुनुपर्ने बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको अनुपस्थितिमा सरकारको बागडोर सम्हालिरहेका उपप्रधान एवं सहरी विकास मन्त्री सिंहले निजामती विधेयकमाथिको छेडखानी क्षम्य नहुने बताएका हुन्। बुधवार काठमाडौंमा कागेश्वरी मनोहरा नगरपालिकाको नवनिर्मित प्रशासनिक भवन उद्घाटनपछिको समारोहलाई सम्बोधन गर्दै विधेयकमा भएको तलमाथि छानबिन गरेर दोषीमाथि कारबाही हुनुपर्ने धारणा व्यक्त गरेका छन्। ‘छानबिन गरेर दोषी जोसुकै भेटियोस् कारबाही हुनुपर्छ,’ उनले भने।
काठमाडौं । नेकपा ९एकीकृत समाजवादी० को अनुशासन आयोगले नेतृ रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधेको छ । पार्टी अध्यक्ष माधव कुमार नेपालको पतञ्जली योग पीठको जग्गा प्रकरणमा दिएको अभिव्यक्तिलाई लिएर झाँक्रीलाई अनुशासन आयोगले स्पष्टीकरण सोधेको हो । पार्टीसम्बद्ध युवा संघ नेपालको लुम्बिनी प्रदेश भेलालाई सम्बोधन गर्दै नेतृ झाँक्रीले अध्यक्ष नेपालमाथि भ्रष्टाचार मुद्दा लागेको विषयमा संकेत गर्दै अब मरेको सिनो काँधमा हालेर हिड्न नसक्ने टिप्पणी गरेकी थिईन् । उनले अध्यक्ष नेपालको विकल्प खोज्नुपर्ने आवश्यकता औंल्याएकी थिईन् । ‘पार्टी बनाउने हो भने अब यस्तै संकटहरूबाट हामी उठ्नुपर्छ । पार्टीमा अर्को ठूलो संकट छ । तपाईंहरू सबैलाई थाहा छ, पार्टीमा संकट छ । अध्यक्षकै बारेमा…
रुपन्देही । लुम्बिनी प्रदेशको बजेट आजै पास गर्ने तयारी रहेको छ । प्रदेश सभाको छैटौँ अधिवेशनको १६ औँ बैठकमा बजेटको विभिन्न शीर्षकहरूमाथि समूहकृत छलफल र जवाफ दिने समय निर्धारण गरिएको छ । बुधवार दिउँसो १२ बजे बस्ने बैठकमा ‘आर्थिक वर्ष २०८२/०८३ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ को विभिन्न मन्त्रालय एवं सो सँग सम्बन्धित निकायका शीर्षकहरूमाथि समूहीकृत छलफल हुने र छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ मुख्यमन्त्री चेतनारायण आचार्य र आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले दिने कार्यसूचीमा समावेश गरिएको प्रदेश सभा सचिव दुर्लभ कुमार पुनमगरले जानकारी…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रबन्ध निर्देशक: बिजय प्रकाश मिश्र
प्रधान सम्पादक: जनक राज पण्डित
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क