Author: ट्रान्सपेरेन्टखबर

काठमाण्डौँ । काठमाण्डौँ महानगरपालिका–१६ सोह्रखुट्टेस्थित सिग्मा कलेजको क्यान्टिमा आज बिहान आगलागी भएको छ। सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले दिएको जानकारीअनुसार ग्यास लिक भई आगलागी हुँदा क्यान्टिनमा रहेका सामान जलेर करिब ३ लाख रुपैयाँ बराबरको क्षति भएको छ। आगलागी सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दाले दमकलको सहयोगमा बुधबार बिहान करिब ८ बजे पूर्ण रूपमा नियन्त्रणमा लिएको उनले बताए। घटनाबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं। २४ बाघभैरव गुल्म काठमाडौँबाट सशस्त्र प्रहरी नायब उपरीक्षक अशोककुमार न्यौपाने र कमाठमाडौँ महानगरपालिका वारुणयन्त्र कार्यालय न्युरोडबाट सशस्त्र प्रहरी नायब निरीक्षक धनबहादुर सुवेदीको कमान्डमा खटिएको सुरक्षा फौज आगलालगी नियन्त्रणमा जुटेको थियो।

Read More

हेटौडा । बागमती प्रदेशसभाको बैठक आज बिहान ११ः०० बजे बस्दैछ। बैठकमा आर्थिक वर्ष २०८२र८३ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता ( कर प्रस्तावबाहेक ) माथि छलफल गर्ने कार्यसूची छ । मङ्गलबारको बैठकमा आन्तरिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले आव २०८२/८३ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए ।

Read More

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले नगर प्रहरी प्रमुख राजु पाण्डेलाई स्पष्टीकरण सोधेका छन्। प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले मंगलबार नगर प्रहरी प्रमुख वरिष्ठ नगर प्रहरी उपरीक्षक पाण्डेमाथि स्पष्टीकरण सोधेका हुन्। सात दिनभित्र रितपूर्वक स्पष्टीकरणको जवाफ पेश नगरे वा स्पष्टीकरण चित्तबुझ्दो नभए कानून बमोजिम कारवाही गर्ने उल्लेख छ । गत चैत २१ गते आफू कार्यालय जाँदा हुलहुज्जत गरेको भन्दै प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले नगर प्रहरी प्रमुख पाण्डेलाई स्पष्टीकरण सोधेका छन्। ‘नगर प्रहरी प्रमुख वरिष्ठ नगर प्रहरी उपरीक्षक पाण्डेलाई स्पष्टीकरण सोधिएको छ। प्रमुख प्रशासकीय अधिकृत गुरागाईंको कार्यकक्षको ताला खोल्ने क्रममा किन अवरोध पुर्‍याएको हो, स्पष्टीकरण दिन भनिएको छ। नगर…

Read More

काठमाडौं । गभर्नर छनौट सिफारिस समितिको बैठक अहिले अर्थ मन्त्रालय सिंहदरवारमा बसिरहेको छ ।  प्रधानमन्त्री केपी ओली र देउवाबीचको बालुवाटार भेटमा नयाँ गभर्नरको सहमति जुटेसँगै अर्थमन्त्री विष्णु पौडेलले सिफारिस समितिको बैठक राखेका हुन् । दुई नेताको सहमतिसँगै गभर्नरमा डा. विश्व पौडेल नियुक्त हुने लगभग निश्चित भएको बताइएको छ । अहिले बसिरहेको सिफारिस समितिको बैठकले उनी र डेपुटी गभर्नर नीलम ढुंगानासहित ३ जनालाई गभर्नरमा सिफारिस गर्न लागेको स्रोतले बतायो । नेपाल राष्ट्र बैक करिव एक महिनादेखि गर्भनर बिहिन रहेको छ । गभर्नर छनौट सिफारिस समितिको सदस्य समेत रहेका विश्व पौडेलले केही दिनअघि मात्रै समितिवाट राजीनामा दिएका थिए । उनि आफै गर्भनरको…

Read More

काठमाण्डौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० सांसद ज्ञानेन्द्र शाहीले सरकारलाई कर्णालीबाट राज्य व्यवस्था सार्न चुनौती दिएका छन्। मङ्गलबार ( आज )  बसेको संसद् बैठकमा भाग लिँदै शाहीले यस्तो बताएका हुन्। हुम्लाको नाम्खा गाउँपालिका ६ मा गत जेठ १ गतेयता गइरहेको हिमपहिरोको सन्दर्भलाई जोड्दै उनले भने, ? के कर्णालीलाई हेपेको हो ?  यदि हेपेको हो भने म सिधा भन्न चाहन्छु म निर्वाचित हो कर्णालीबाट । कर्णालीलाई अलग बनाउनुस्, तपाईंको राज्य व्यवस्था सार्नुस्, हामी चलाएर देखाइदिन्छौँ। उनले हिमपहिरोबाट प्रभावित घर परिवारहरू हेलिकोप्टरको पर्खाइमा बसेको तर, सरकार भने नसुनेको नसुन्यै बसेको उनले बताए। उनले सरकारले अपराध गरिरहेको बताए। यस्तो पनि अपराध गर्न पाइन्छ…

Read More

पर्सा । पर्सा जिल्लाको बिरगंज महानगरपालिका–२भगुवास्थित सीमा ईलाकाबाट जेठ ६ गते सशस्त्र प्रहरीले ८१ हजार ४ सय ९० ट्याब्लेट ( ८ हजार १ सय ४९ पत्ता )  ट्रमाडोल हाईड्रोक्लोराईड नामक लागूऔषध बरामद गरेको छ । उक्त लागूऔषध सशस्त्र प्रहरी बल नपाल नं. १३ गण पर्साबाट सशस्त्र प्रहरी नायव उपरीक्षक देवेन्द्र बहादुर सिंहको कमाण्डमा खटिएको सुरक्षा फौजले बरामद गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेका दुई व्यक्तिले भगुवा नाकास्थित सिर्सिया नदिको बाटो कार्टुनमा राखेर लागूऔषध ल्याउँदै गर्दा गस्तीमा रहेको सुरक्षा फौजलाई देख्नासाथै सो लागूऔषध छाडी फरार भएका थिए । बरामद लागूऔषध आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाईएको छ ।

Read More

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गभर्नर सिफारिस समितिको बैठक बोलाएका छन् । आजै ६ बजे प्रधानमन्त्रीले मन्त्रीपरिषद् बैठक पनि डाकेका छन् । गभर्नर सिफारिस समितिमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारी र अर्थविद् डा.पोषराज पाण्डे सदस्य छन् । यसअघिका सदस्य डा. विश्व पौडेलको राजीनामापछि समिति पुनर्गठन गरिएको थियो । बैठक नबसेको भन्दै पहिलो पटक बनेको समितिको सदस्यबाट डा. विजयनाथ भट्टराईले राजीनामा दिएका थिए । डा. पौडेल पनि राजीनामा दिएर आफैँ गभर्नरको दौडमा छन् । गभर्नर सिफारिस समितिको एकजना डेपुटी गभर्नरसहित ३ जनाको नाम सिफारिस गर्ने छ । लामो समयदेखि गभर्नर सिफारिस समितिको बैठक बस्न सकेको थिएन । पहिलो पटक बनेको…

Read More

पोखरा । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले वर्तमान सरकार ढल्ने अवस्थामा पुगिसकेको बताएका छन् । मंगलबार पोखरामा पत्रकारहरूसँग कुरा गर्दै उनले वर्तमान केपी ओली नेतृत्वको सरकार ढलेमा नयाँ सरकारको नेतृत्व कांग्रेसले गर्नुपर्ने बताए । ‘सरकार ढल्यो भने पहिलोले दाबी गर भनेका छौँ । तेस्रो पार्टीले १८ महिना सरकार चलाएर रेकर्ड बनाएका छौँ, दोस्रोले पनि १ वर्ष चलाएको छ’, उनले भने, ‘अब पहिलोलाई बहुमत एमाले र माओवादी विना पनि पुग्छ । पहिलोले नेतृत्व दाबी गर भन्ने हाम्रो भनाइ हो । बहुमत नै पुगेन भने हामी सोच्छौँ ।’ पहिलो पार्टीले सरकार नचलाए फ्रेस म्यान्डेटका लागि जनतामा जानु उपयुक्त हुने उनको सुझाव…

Read More

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच भेटवार्ता भएपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । गभर्नर नियुक्ती गर्न दुई दलबिच सकस परेपछि सोमबारको मन्त्रिपरिषद् बैठक स्थगित भएको थियो । त्यस लगत्तै ओली र देउवा भेटवार्ता गर्ने भनिए पनि उक्त भेटवार्ता समेत हुन सकेको थिएन । ओलीले गभर्नरमा ‘डा.पौडेल हुन्न’ भनेपछि भाँडिएको थियो देउवासँग सोमबारको भेट गरेका थिए । तर, मंगलबार ओली र देउवाबिच करिब एक घण्टा छलफल गरेपछि आजै साँझ मन्त्रिपरिषद् बैठक बोलाएर गभर्नर नियुक्त गर्न ओली सहमत भएका हुन् । मंगलबार साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाएको…

Read More

काठमाडौं । आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा नेपाललाई घरेलु टोली थाइल्यान्डले नेपाललाई ७८ रनले पराजित गरेको छ। थाइल्यान्डको टेर्डथाई क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको थाइल्यान्डले निर्धारित २० ओभरमा दुई विकेट गुमाउदै १५८ रनको योगफल बनायो। थाइल्याण्डका लागि नान्नापात कोन्चारोएनकाइले २८ बलमा आठ चौकाको मद्दतमा ५० रन बनाइन। नटाया बुचथमले ४२ बलमा पाँच चौकाको मद्दतमा ५० रन नै बनाइन। उसका लागि अपिसारा सुवान्चोराथीले २९ रन जोड्दा नथ्थकन चन्थमले १५ रन बनाइन। नेपालका लागि राजमति ऐरी र मनिषा उपाध्यायले समान एकरएक विकेट लिए। थाइल्यान्डले दिएको १५९ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा…

Read More