Author: ट्रान्सपेरेन्टखबर

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने धारणा राखेका छन् । बैठकको विशेष समयमा सांसद नारायणदत्त मिश्रले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विकल्प राजसंस्था हुन नसक्ने उल्लेख गर्दै गणतन्त्रको रक्षाका लागि परिवर्तनकारी सबै शक्ति एकजुट हुनुपर्नेमा जोड दिए । उनले भने, “पञ्चायतकाल र राणाकालमा भएका ज्यादतीबारे अहिलेका युवापुस्तालाई थाहा हुनुपर्छ, लोकतन्त्र प्राप्तिको निम्ति राजनीतिक दलले गरेका सङ्र्घषको बारेमा पनि नयाँ पुस्तालाई जानकारी हुनुपर्छ ।” सांसद नरबहादुर विष्टले स्वास्थ्य परीक्षणको निम्ति ज्येष्ठ नागरिक घण्टौँसम्म लाइन बस्नुपरेको उल्लेख गर्दै स्वास्थ्योचारको निम्ति अनलाइनबाट टिकट लिन सकिने व्यवस्था मिलाउनुपर्ने माग गरे । “सिभिल अस्पतालसहित देशैभरिका सङ्घीय मातहतमा रहेका अस्पतालमा ज्येष्ठ नागरिकको…

Read More

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सबैमा स्वास्थ्य पहुँचका लागि श्रोत र प्राथमिकता जोड्दै विश्वव्यापी सहकार्य आवश्यक रहेकोमा जोड दिएका छन् । स्वीट्जरल्याण्डको जेनेभामा जारी ७८ औं विश्व स्वास्थ्य सम्मेलनमा सम्बोधन गरेका उनले विद्यमान स्वास्थ्य चुनौतीले सामाना गर्ने नवीन समाधानको खोजी गरिरहेको भन्दै यसमा विश्व स्वास्थ्य संगठनको भूमिका अझ महत्वपूर्ण देखिएको उल्लेख गरेका छन् । मन्त्री पौडेलले महामारी नियन्त्रण पूर्वतयारीका लागि समतामूलक स्वास्थ्य सेवा र दह्रिलो विश्वव्यापी सहकार्य आवश्यक भन्दै महामारी नियन्त्रणका लागि संगठनले गरेको सम्झौताको स्वागतसमेत गरेका थिए । मन्त्री पौडेलले यसका लागि सदस्यहरुबीच बलियो सहकार्यका लागि आह्वान समेत गरे । नेपालको स्वास्थ्य सुधारबारे विश्व समुदायलाई जानकारी…

Read More

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –५ स्वाँतमा रहेका भिरहरुमा महशिकार सुरु भएको छ । स्वाँतवासीले हरेक वर्षको जेठ महिनाको पहिलो हप्ता सामूहिक रुपमा गाउँ वरपरको भिरमा सामूहिक महशिकार गर्ने वर्षौअघिदेखिको चलनलाई निरन्तरता दिएका छन् । स्थानीय लोकबहादुर पाइजाको नेतृत्वमा मंगलबार छहरे भिरबाट ४० लिटर मह निकालिएको छ । डोरीमा झुण्डीएर मह निकाल्ने टोलीमा पाइजाको साथमा ७२ वर्षीय केशबहादुर तिलिजा पुन देखि तुलबहादुर पुर्जा, सुजन तिलिजा र सनम पाइजा लगायतका युवाहरु सहभागी भएका थिए । अक्करे भिरमा शिकारीले भाडामा झिक्ने महलाई संकलन, प्रारम्भिक प्रसोधन गर्ने र सहयोगी सहित करिब २० जना सहभागी थिए । महशिकार गर्ने चलन लोप हुन नदिनका लागि…

Read More

काठमाण्डौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले विदेशबाट फोन गरेर लोडसेडिङ भयो भन्दै दुःख दिने गरेको गुनासो गरेका छन्। बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले भ्रम फैल्याउनेहरुले राति १२ बजे समेत बत्ती गयो भन्दै आफूलाई फोन गर्ने गरेको बताए। ‘विदेशबाट फोन आउँछ, म फोन उठाउँछु, पटक पटक आएका छन्,’ खड्काले भने, ‘अनि हामी कहाँ बत्ती गयो भन्छन्। यसरी भ्रम फैल्याउने काम भएको छ। पटक पटक एउटै नम्बरबाट फोन गर्ने, राति १२ बजे फोन गर्ने, हामी कहाँ लाइन गयो भन्ने। त्यहाँ बुझ्दा सबैतिर छ। यो खालको एउटा दुष्प्रचार प्रसार गरिएको पाइन्छ।’ खड्काले कम उत्पादन भएको समयमा…

Read More

झापा । झापाको हल्दिबारी गाउँपालिकाको वडा नं ५ र १ जोड्ने भुतेनी खोलामा पुल निर्माण भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं सांसद राजेन्द्र लिङ्देनले आज पुलको शुभारम्भ गर्दै जनप्रतिनिधिसँग सपना, योजना र इमान्दारी भए विकासमा कुनै अवरोध नआउने बताए । “हल्दिबारीले यहाँको सर्वाङ्गीण विकासमा जुन फड्को मारिरहेको छ, म त्यसका लागि सबैलाई बधाइ दिन्छु”, उनले भने । हालसम्म एक सय ५० काठेपुल विस्थापित गरी पुल र कल्भर्ट निर्माण गरिएको गाउँपालिका अध्यक्ष रवीन्द्र लिङ्देन बताए । यससँगै भुसुडी खोलामा थप दुईवटा पुल निर्माण सम्पन्न हुन लागेको उनले बताए । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी ९एमाले० हल्दिबारी अध्यक्ष त्रिलोचन सपाकोटाले कम…

Read More

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेको तर्फबाट सर्वोच्च अदालतमा दायर भएको बन्दीप्रत्यक्षीकरणको रिट आज सुनुवाइ नहुने भएको छ । लामिछानेकी श्रीमती निकिता पौडेलले गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी थिईन् । उक्त बन्दीप्रत्यक्षीकरणको रिट मंगलबार न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा सुनुवाइ भएको थियो । सुनुवाइ नसकिएकाले हेर्दाहेर्दैमा राखिएको सो मुद्दाको सुनुवाई आज न्यायाधीश संवैधानिक इजलासमा बस्नुपर्ने भएकाले प्रभावित भएको हो । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा उच्च अदालतको आदेशले लामिछाने अहिले रुपन्देही कारागारमा थुनामा छन् ।

Read More

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले शपथसँगै पदभार ग्रहण गरेका छन् । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतबाट पद तथा गोपनीयताको शपथ लिए लगत्तै गभर्नर पौडेल बालुवाटारस्थि केन्द्रीय बैंकमा पुगेर पदभारग्रहरण गरेका हुन् । केन्द्रीय बैंक प्रवेशअघि उनलाई कर्मचारीहरुले स्वागत गरेका थिए । त्यसपछि कार्यकक्ष पुगेर गभर्नर पौडेलले माइन्युटमा हस्ताक्षर गरेर पदभार ग्रहण गरे । पौडेललाई मंगलबारको मन्त्रिपरिषद् बैठकले केन्द्रीय बैंकको १८औं गभर्नर नियुक्त गरेको हो । समग्र अर्थतन्त्रको इतिहासको ज्ञाताका रूपमा आफ्नो परिचय बनाएका पौडेल अब्बल युवा अर्थशास्त्री हुन् । यसअघि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष भइसकेका उनी अन्तर्राष्ट्रिय श्रम संगठन ९आईएलओ० को आर्थिक सल्लाहकार पनि भएका…

Read More

पोखरा । पोखरामा हुने नवौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरूष लिग भलिबलको सम्पूर्ण तयारी पूरा भएको छ। प्रतियोगिता भोलिदेखि पोखराको कवर्डहलमा हुने छ।पोखरामा आयोजित पत्रकार सम्मेलनमा आयोजक नेपाल भलिबल संघले सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो। संघको आयोजनामा पहिलो पटक मोफसलमा हुन लागेको पीएम कप एनभीए भलिबल प्रतियोगिताको पुरूषतर्फ हेल्प नेपाल स्पोर्टस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, कोशी प्रदेश भलिबल टिम, गण्डकी प्रदेश भलिबल संघ, सुदूरपश्चिम प्रदेश भलिबल टिम र मणिमुकुन्द भलिबल क्लव बुटबल गरी जम्मा ८ टिम सहभागी हुने छन्। महिलातर्फ नेपाल पुलिस क्लव, एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, न्यू डायमण्ड युथ…

Read More

काठमाडौँ । सङ्घीय संसदअन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दै छ । बैठक दिउँसो सवा १ बजे सुरु हुनेछ । बैठकमा अध्यक्षले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने, विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले पानीजहाज ( सञ्चालन तथा व्यवस्थापन )  विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष पेस गर्ने कार्यसूची छ । त्यस्तै राष्ट्रिय सभाका सचिव डा सुरेन्द्र अर्यालले शहिद दशरथ चन्द स्वास्थ्य विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभा समक्ष टेबुल गर्ने, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत…

Read More

काठमाण्डौं । हुम्लाको तिलगाउँनजिकै आएको बाढीको कारण पत्ता लगाउन विशेषज्ञ टोली त्यसतर्फ जाने भएको छ। हुम्लाको लिमी उपत्यकामा रहेको तिलगाउँस्थित माथिल्लो तटीय क्षेत्रमा झन्डै ५५ सय मिटर उचाइमा अवस्थित दुईवटा ससाना हिउँपोखरी फुटेर गत बुधबार बाढी आएको प्रारम्भिक अनुमान छ। माटो, हिउँ र गेग्रानसहितको उक्त ‘थर्मोकास्र्ट’ बाढीले लघु जलविद्युत् परियोजना, कुलो, खेतबारी, पानीघट्ट, ट्यांकीमा क्षति गरेको स्थानीयले बताएका छन्। तिलगाउँलाई सो बाढीले वरिपरिबाट कटान गरेको छ। राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता रामबहादुर केसीका अनुसार प्राधिकरण, गृह मन्त्रालय, इसिमोड, प्रमुख जिल्ला अधिकारीलगायत स्थानीय गाउँपालिकाको टोलीले उक्त घटनाको कारण पत्ता लगाउन केही दिनमै स्थलगत भ्रमण गर्ने तयारी गरेको छ।…

Read More