Author: ट्रान्सपेरेन्टखबर

काठमाडौँ । बुधवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएका सहसचिव तीर्थराज भट्टराईलाई बिहिवार उपस्थित हुने गरी छाडीएको छ । बिहीबार बिहान उपस्थित हुनेगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहसचिव तीर्थराज भट्टराईलाई छाडेको हो । मंगलबारमात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट जिम्मेवारी खोसिएर गृह मन्त्रालय तानिएका उनलाई अख्तियारले बुधबार नियन्त्रणमा लिएको थियो । ‘भोलि बिहीबार बिहान कार्यालय समयमा उपस्थित हुनेगरी उहाँलाई छाडिएको हो,’अख्तियार अनुसन्धान अधिकृतले भने । अख्तियार स्रोतका अनुसार उनको नेतृत्वमा भिजिट भिसामा गडबडी गरेको उजुरीका आधारमा बुधबार छापा मारिएको थियो । छापा मारिएसँगै उनलाई अनुसन्धानका लागि अख्तियारले नियन्त्रणमा लिएको हो । स्रोतका अनुसार उनले भिजिट भिसामा गडबडी गरेको गुनासो गृहमन्त्री…

Read More

काठमाडौं । नवराज सुवेदी नेतृत्वको ‘संयुक्त जनआन्दोलन समिति’ले आन्दोलनमा सहकार्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) लाई पत्र पठाएपछि रास्वपाले प्रतिक्रिया दिएको छ । समितिका संयोजक सुवेदीले रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद अर्याललाई सम्बोधन गर्दै जेठ ६ गते पत्र पठाएका थिए । कार्यबाहक सभापति अर्यालले राजावादीले पठाएको पत्रको अहिले कुनै जवाफ नदिने स्पष्ट पारे । ‘उहाँले आन्दोलनमा ऐक्यबद्धता जनाउन पत्र पार्टी कार्यालयमा पठाउनु भएको रहेछन् । मैले बुझेको पनि होइन । पत्रको जवाफ पनि हामी दिँदैनौँ । आन्दोलनमा हाम्रो समर्थन पनि हुँदैन’, उनले भने । राजावादीहरूले समर्थन गर्नका लागि पत्र पठाउनु उनीहरूको आफ्नो विषय भएको अर्यालले बताए । यद्यपि जेठ…

Read More

काठमाण्डौं । गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यमा सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा संचालित सि।सं। ६ गोताखोर तालिम जेठ ७ गते सम्पन्न भएको छ । सो तालिम २० जना प्रशिक्षार्थीहरुले सफलतापूर्वक तालिम सम्पन्न गरेका छन् । यससँगै सशस्त्र प्रहरी बल नेपालमा गोताखोर तालिम प्राप्त जनशक्ति १ सय २८ पुगेको छ । समापन कार्यक्रममा गृहमन्त्री रमेश लेखकले सफलतापूर्वक तालिम सम्पन्न गरेका प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो भने सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले गोताखोर ट्याग प्रदान गर्नुभएको थियो । सोही अवसरमा  लेखकले विपद् व्यवस्थापन सम्बन्धि सामाग्री रहेको डिजास्टर म्यानेजमेन्ट रेकर्ड एण्ड एक्जिवेशन सेन्टरको समेत अवलोकन गर्नुभएको थियो । उहाँले …

Read More

काठमाण्डौं । सगरमाथा सम्वादको सन्देशसहित विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी फिर्ता भएका सशस्त्र प्रहरी नायव निरीक्षक दन्त बहादुर छत्याललाई जेठ ७ गते एक कार्यक्रमका बीच स्वागत गरिएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौंका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक सुरेश कुमार श्रेष्ठले सशस्त्र प्रहरी बल नेपाल नं। २० विपद् उद्धार गण सिनामंगल काठमाडौंमा बुधबार सशस्त्र प्रहरी नायव निरीक्षक छत्यालको स्वागत गर्नुकासाथैं सफल आरोहणको हार्दिक बधाई समेत दिनुभएको हो । सगरमाथाको सफल आरोहण गरी साहसिक कार्य गरेवापत सशस्त्र प्रहरी बल, नेपालले उनलाई सशस्त्र प्रहरी सहायक निरीक्षकबाट सशस्त्र प्रहरी नायव निरीक्षक पदमा बढुवा निर्णय समेत…

Read More

काठमाण्डौं । मधेस केन्द्रित दलहरु आवद्ध संघीय लोकतान्त्रिक मोर्चाले सरकारले संसद्‍मा पेस गरेको ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’ असंवैधानिक रहेको बताएको छ। बुधबार जनमत पार्टीको सम्पर्क कार्यालयमा बसेको मोर्चाको बैठकले विधेयक रियल स्टेट, भू–माफिया, भूमि दलाल, भ्रष्टाचारी र वन तस्कर लाभ पुग्ने गरी ल्याइएको आरोप लगाएको छ। ‘सरकारले संसद्‍मा प्रस्तुत गरेको ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’प्रति संङ्घीय लोकतान्त्रिक मोर्चाको ध्यानाकर्षण भएको छ,’ मोर्चाको निर्णयमा भनिएको छ, ‘नेपालको संविधानको अनुसूची–६ अनुसार भूमि व्यवस्थापन र जग्गाको अभिलेख राख्ने अधिकार प्रदेशको रहेकोले प्रदेशको क्षेत्राधिकार हस्तक्षेप गरी ल्याइएको उक्त विधेयक संविधानको प्रतिकूल र असंवैधानिक समेत रहेको छ। भूमिहिन…

Read More

काठमाडौं । संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० लाई राजसंस्था पुर्नस्थापनाका लागि हुने जनआन्दोलनमा सहकार्यका निम्ति पत्र पठाएका छन् । संवैधानिक राजसंस्था, सनातन हिन्दू राष्ट्र र बहुदलीय प्रजातन्त्र पुनःप्राप्तिका लागि मिलेर अघि बढ्न उनको प्रस्ताव छ । सुवेदीले रास्वपाका कार्यवाहक सभापति डोल प्रसाद अर्याललाई सम्बोधन गर्दै हिजो पत्र लेखेका हुन् । उनले संयुक्त जनआन्द्योलन समितिले जेठ १५ गतेदखि आन्दोलन प्रारमभ गर्न लागेको अवगत गराएका छन् । पत्रमा भनिएको छ, ‘तपाईंको पार्टीका सभापति श्री रवि लामिछानेज्यूले पनि हालको व्यवस्था अन्तर्गत निष्पक्ष न्याय पाउन सकिनेमा शंका व्यक्त गर्नुभएको तथ्य सर्वविदित छ । राज्यका प्रमुख…

Read More

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले पोखरा विमानस्थल निर्माणको क्रममा भ्रष्टाचार भएको भनी उपसमितिले तयार पारेको प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोग पठाउने निर्णय गरेको छ । समितिका सभापति ऋषिकेश पोखरेलले आजको बैठकले थप अनुसन्धान गरी दोषीमाथि कारबाहीको लागि उक्त प्रतिवेदन आयोगमा पठाउने निर्णय भएको बताए । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का अध्यक्षसमेत रहेका राजेन्द्र लिङ्देन संयोजक रहेको उपसमितिले पोखरा विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार भएको प्रतिवेदन सार्वजनिक गरेको थियो । करिब २२ अर्बको लगानीमा निर्माण भएको एयरपोर्टमा १० अर्बभन्दा बढी भ्रष्टाचार भएको समितिको प्रतिवेदनमा उल्लेख छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन नेतृत्वको छानविन समितिले तयार पारेको अध्ययन प्रतिवेदनमा केही भाषा शुद्धता…

Read More

काठमाण्डौं । भारतीय जनता पार्टीका वरिष्ठ नेता विजय जोलीले नेपालमा ८१।२ प्रतिशत जनता हिन्दू राष्ट्र चाहेको दाबी गरेका छन्। नेपाल भ्रमणमा रहेका नेता जोलीले बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै नेपाली जनतामा हिन्दू राष्ट्रका लागि गहिरो भावना रहेको बताएका हुन्। चारदिने भ्रमकण क्रममा राष्ट्रपति रामचन्द्र पौडेलसहित शीर्ष नेतालाई भेटेको बताउँदै उनले भने,ु नेपालका ८१।२ प्रतिशत जनताले हिन्दू राष्ट्र चाहन्छन्। म त्यसमा साथ दिन तयार छु।’ उनले जनताको भावनाअनुसार नेताहरूले पनि पुनस्विचार गर्ने विश्वास आफूले लिएको बताए। उनले प्रधानमन्त्री केपी शर्मा ओलीको चारवर्षअघिको अभिव्यक्तिलाई पनि सम्झिए। त्यसबेला ओलीले ठोरीमा भगवान रामको जन्म भएको बताएका थिए। भारतीयहरूले उक्त अभिव्यक्तिमाथि आलोचना गरेका थिए। नेपाल–भारत…

Read More

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकका शून्य समयमा भाग लिँदै सदस्यहरुले पर्यटन क्षेत्रलाई दिनुपर्ने सुविधादेखि लिएर विपद् व्यवस्थापनतर्फ सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको सदस्य उर्मिला अर्यालले भारतीय पर्यटकलाई एक हजार र ५०० दरका भारतीय नोट चलाउने अनुमति दिएमा नेपाल आउने पर्यटक सयका धेरै नोट बोग्नुपर्ने झन्झटबाट मुक्त हुने भएकाले त्यसतर्फ सरकारको ध्यानाकर्षण गराइन् । सदस्य कमला पन्तले ‘विपद् भन्ने कुरा बाजा बनाएर आउँदैन’ भन्ने नेपाली उखानजस्तै समयमै विपद् रोकथाम गर्नुपर्ने तथा हिमताल फुटेर नागरिक प्रभावित हुनेगरेको प्रति समयमै सेचत रहन सरकारको ध्यानाकर्षण गराइन् । सदस्य कृष्णप्रसाद पौडेलले पछिल्लो पाँच वर्षमा एक हजारभन्दा बढी व्यक्तिले विद्युतीय करेन्ट लागेर ज्यान गुमाउनु परेको…

Read More

काठमाडौं। काठमाडौंको गौशालामा बस अनियन्त्रित हुँदा एकै पटक ८ वटा सवारीसाधन दुर्घटनामा परेका छन् । गौशालाबाट तिलगंगातर्फ जाँदै गरेको बा ५ ख ६७३५ नम्बरको बस अनिन्त्रित हुँदा दुर्घटना भएको बताइएको छ । उक्त दुर्घटनामा तीन जना घाइते भएका छन्। घाइते हुनेमा धादिङ ज्वालामुखी गाँउपालिका– १ का राजकुमार श्रेष्ठ, नुवाकोट टाडी गाँउपालिका वडा–२ का विकास कट्टेल र खोटाङको हलेसी टुवाचुङ नगरपालिका–५ का शैलेन्द्र राई रहेका छन् । यसरी ठोकिएका सवारी साधनहरुमा बा ५ ख ६७३५ नं को बाबा गोकर्णेश्वर यातायातका चालक भने फरार रहेका छन् । बा ५ ख ७३१ नं को हायस चालक काभ्रे घर भएका बर्ष ३४ को रक्तिम…

Read More