Author: ट्रान्सपेरेन्टखबर
काठमाण्डौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले हार्वर्ड युनिभर्सिटीलाई विदेशी विद्यार्थीहरूलाई भर्ना दिन सक्ने योग्यता खारेज गरेको छ। हार्वर्ड युनिभर्सिटीमा हाल झन्डै ६ हजार ८०० विदेशी विद्यार्थीहरू अध्ययनरत छन्। अमेरिकी होमल्यान्ड सेक्युरिटीकी सेक्रेटरी क्रिस्टी नोएमले बिहीबार अबेर राति होमल्यान्ड सेक्युरिटी विभाग ९डिएचएस० लाई हार्वर्डको स्टुडेन्ट एण्ड एक्सचेन्ज भिजिटर प्रोग्राम सर्टिफिकेशन तत्काल रद्द गर्न आदेश दिएकी हुन्। हार्वर्डले विदेशी विद्यार्थी भर्ना दिने अधिकार पुनः पाउनको लागि ७२ घण्टाभित्र हाल अध्ययनरत विदेशी विद्यार्थीहरूको विवरण पेस गर्नुपर्नेछ। अन्यथा, ती विद्यार्थीहरूले अरू संस्थामा स्थानान्तरण लिनुपर्नेछ, नत्र तिनीहरूलाई अमेरिका छोड्नुपर्ने हुन्छ। पछिल्ला केही दिनदेखि हार्वर्ड र अमेरिकी सरकारले विदेशी विद्यार्थीहरूको अभिलेख सम्बन्धी विवाद झेलिरहेका थिए।…
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका नवनियुक्त गभर्नर डा विश्वनाथ पौडेलले नीतिगत स्थायित्व र सरोकारवालासँगको छलफलका आधारमा मौद्रिकलगायत केन्द्रीय बैङ्कका नीति तय गरिने बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घको प्रतिनिधिमण्डलसँग गभर्नर डा। पौडेलले केन्द्रीय बैङ्कका निर्णय पूर्वानूमानयोग्य हुने बताउनुभयो । “निजी क्षेत्र अर्थतन्त्रको संवाहक हो । अर्थतन्त्र चलायमान हुन स्थायित्व आवश्यक छ । निर्णय पूर्वानूमानयोग्य हुनु पर्दछ । बैङ्किङ क्षेत्रमा आकस्मिक कुनै निर्णय गर्नुभन्दा सरोकारवालासँग बसेर छलफल गरेर अगाडि बढ्दा नै नीतिगत स्थायित्व कायम गर्न सकिन्छ भन्ने मेरो धारणा हा,” उहाँले भन्नुभयो । गभर्नर पौडेलले राष्ट्र बैङ्कले अर्थतन्त्र चलायमान बनाउन भूमिका खेल्ने बताउनुभयो ।नवनियुक्त गभर्नरलाई बधाई तथा शुभकामना दिँदै महासङ्घका…
काठमाडौं । जापान भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवाले त्यहाँको विदेशमन्त्री इवाया ताकेसीसँग भेटवार्ता गरेकी छन्। टोकियोस्थित विदेश मन्त्रालयमा द्विपक्षीय भेटवार्ता भएको हो। विदेशमन्त्री ताकेसीसँगको भेट फलदायी भएको बताइन्। उनले भनिन्, ‘मैले भेटको क्रममा जापान एयरलाइन्सलाई नेपालमा उडान सुरू गर्न आग्रह गरेको छु। उहाँले सहजीकरण गर्ने जनाउनुभएको छ। वार्ता फलदायी भएको छ।’ जापान र नेपालले लामो समयदेखिको र दिगो साझेदारी भइरहेकोबारे छलफल भएको बताइन्। नेपाल जापान सम्बन्धको ७० बर्षे इतिहासका विविध पक्षहरुमा छलफल गर्दै यो साझेदारीलाई अझ सुदृढ र विस्तार गर्न दुवै देश तयार रहेको बताइन्।
काठमाण्डौं । संसद सचिवालयका महासचिवले किन मुख छोपे भनी केही संचार माध्यमले समाचार सम्प्रेषण गरेपछि महासचिव पदम पाण्डेले आपत्ती जनाएका छन् । उनले आफुलाई प्रश्न गरेकोमा गम्भीर ध्यानाकर्षण भएको सामाजिक संजाल फेसबुक मार्फत लेखेका छन् । उनले संविधानको धारा धारा २८ मा व्यक्तिको गोपनियताको हकको व्यवस्था गरेको स्मरण समेत गराएका छन् । साथै पाण्डेले संविधानको धारा १६ को उपधारा १,धारा २८ मा व्यक्तिको गोपनियताको हकको व्यवस्था, मुलुकी अपराध संहिता, २०७४ को दफा २९५ को संबैधानिक ब्यवस्थाका सन्दर्भमा पनि सम्झाउँदै कानूनी उपचारमा जाने बताएका छन् । हुन पनि महासचिव पाण्डेले भने जस्तै कसैको पनि अनुमती बिना तस्बिर लिनु र खिच्नु फौजदारी…
काठमाडौँ । आईपीओ स्वीकृति सम्बन्धमा अनियमितताको आशंका गर्दै छापा मारेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल धितोपत्र बोर्डका पदाधिकारीसँग बयान लिएको छ । अख्तियारले मंगलबार बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठसहित उच्चपदस्थ कर्मचारीसँग बयान लिएको हो । केही समय अघि कार्यालयमै गएर अख्तियारले पाँच घण्टासम्म सोधपुछ गरेको थियो । मंगलबार भने ती पदाधिकारीलाई बोलाएरै सोधपुछ गरिएको स्रोतले जनाएको छ ।अहिले बोर्डले आईपीओ निष्कासनको प्रक्रियाबारे छानबिन गरिरहेको छ । लामो समयदेखि आईपीओ रोकिएका कम्पनीहरुलाई किन अल्झाएर राखिएको आरोप बोर्डमाथि छ । यसबीचमा आईपीओ स्वीकृतिका लागि पाँचदेखि सात प्रतिशतसम्म कमिसन मागेको सूचनापछि आयोगले छानबिन थालेको थियो । अहिले बोर्डले आईपीओका लागि अयोग्य भएका १४ कम्पनीको…
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले फेरि राजावादी नेताहरुसँग भेट गरेका छन् । नवराज सुवेदी नेतृत्वको राजावादी समूहले वर्तमान व्यवस्थाविरुद्ध जेठ १५ देखि अनिश्चितकालीन आन्दोलनको घोषणा गरेको सन्दर्भमा बिहीबार ज्ञानेन्द्रले सुवेदीसहित केही नेताहरुसँग भेट गरेका हुन् । सोल्टी होटलमा लन्चसहित करिब डेढ घन्टा कुराकानी भएको बुझिएको छ । पूर्व राजा ज्ञानेन्द्र शाहले राजावादीहरुसँगको भेटलाई तिब्रता दिएका छन् । पूर्व राजा यसअघि पनि राजावादी नेताहरुले कहिले समुहमा त कहिले एक्लाएक्लै पूर्वराजासँग भेटवार्ता गरिरहेका छन् । केही दिनअघि पूर्वराजा ज्ञानेन्द्र नगरकोटमा बसेर भेटघाट गरेका थिए । आउँदो १५ चैतदेखि सुरु हुने ‘संयुक्त जनआन्दोलन’ लाई प्रभावकारी र निर्णायक बनाउने दौडधुपमा रहेका राजावादी नेताहरुले यसैको…
पोखरा । जिल्ला अदालत कास्कीले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा बागलुङ ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई धरौटीमा छोड्न आदेश दिएको छ । न्यायाधीश कृष्णजंग शाहको इजलासले उनलाई २० लाख धरौटीमा छोड्न आदेश दिएको हो । धरौटी माग गरेपनि उनले धरौटी बुझाएका छैनन् । धरौटी नबुझाएपछि उनलाई अदालतले नियमाअनुसार थुनामा राख्न पत्र पठाएको छ । नेपाली हाल बागलुङ कारगारमा छन् । उनलाई ईमेज बचत तथा ऋण सहकारी संस्थाको ठगी प्रकरणमा जिल्ला अदालत बागलुङले थुनामा पठाउन आदेश दिएको थियो । सोही आदेशअनुसार कारागार पठाइएको हो । उनीविरुद्ध कास्की अदालतमा इमेज सहकारी ठगी प्रकरणको पनि मुद्दा छ । उनलाई आइतबार उपस्थित गराउने पत्र पठाइएको…
काठमाडौं । काठमाडौं जिल्ला अदालतले तीनकुने घटनाका मुख्य आरोपी दुर्गा प्रसाईंसहित ५३ जनालाई अनुसन्धानको लागि थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको छ । गत १५ चैतमा काठमाडौंको तीनकुनेमा राजावादीहरूले आयोजना गरेको प्रदर्शन हिंसात्मक बनेपछि दुईजनाको ज्यान गएको थियो भने आगजनी र लुटपाटका घटना भएका थिए । प्रहरीले सोही दिनदेखि केहीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहराले बताए। उनीहरूलाई आपराधिक उपद्रव, राज्यविरुद्धको कसुर र संगठित अपराधमा अनुसन्धान भइरहेको छ । राज्यविरुद्धको कसुरमा २८ जनामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । १५ चैतको दिन प्रसाईंले निषेधित क्षेत्रतर्फ आफैंले मोटर कुदाएर गएका थिए । प्रहरीले त्यसपछि भिड…
काठमाडौं । प्रतिनिसधभाअन्तर्गतको सार्वजनिक लेखा समितिले काभ्रेको पतञ्जली जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पठाउने निर्णय गरेको छ। आज ९बिहीबार० बसेको लेखा समिति बैठकले उक्त प्रकरणलाई लिएर गरेको अनुसन्धान प्रतिवेदन अख्तियार पठाउने निर्णय गरेको हो । सो प्रकरणमा थप अनुसन्धान र आवश्यक प्रक्रिया अघि बढाउन समितिले अख्तियारमा सिफारिश गरेको समिति सभापति ऋषिकेश पोखरेलले जानकारी दिए । यस प्रकरणमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालपनि मुछिएका छन् । उनलाई यस प्रकरणमा अख्तियारले बयानसमेत लिइसकेको छ ।
काठमाडौँ । सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेल र सदस्य अमनलाल मोदीबिच बाझाबाझ भएको छ । बिहीबार सिंहदरबारमा बसेको बैठकमा पोखरेलले मोदीलाई बोल्न नदिएपछि विवाद भएको हो । बैठकको सुरुमै मोदी बोल्न खोजेपछि पोखरेलले रोक्ने प्रयास गरेका गरेका थिए । सोही क्रममा पोखरेलले मोदीले युट्युबर ल्याएर ‘स्टन्ट’ गर्न खोजेको आरोप लगाएका थिए । ‘तपाईं युट्युबर बोकेर आउनु भएको छ । तपाईं सुटिङ गर्न आउनु हो कि बैठकमा रु’, आक्रोशित हुँदै पोखरेलले भने । त्यसपछि पोखरेल र मोदीबिच भनाभन भएको हो । सो क्रममा पोखरेलले संसदीय समिति स्टन्ट गर्ने थलो नभएको भन्दै स्टन्ट जारी राखे सञ्चारमाध्यमलाई नै कडाइ गर्ने चेतावनी दिए…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रबन्ध निर्देशक: बिजय प्रकाश मिश्र
प्रधान सम्पादक: जनक राज पण्डित
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क