Author: Editor

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि अभिमुखीकरण आजदेखि सुरुआत गर्दैछ। दुईदिने सो अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रतिनिधिको जिम्मेवारी, पार्टीले अवलम्बन गर्नुपर्ने नीति लगायतका बारेमा जानकारी गराइने पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाले प्रत्यक्ष र समानुपातिक निर्वाचनमा एक सय ८२ सिट हासिल गरेको छ। रास्वपाका महामन्त्री कबिन्द्र बुर्लाकोटीले नवनिर्वाचित सांसदहरूलाई सो अभिमुखीकरण कार्यक्रममा उपस्थित हुन छ बुँदे निर्देशन जारी गर्दै आह्वान गरिसकेका छन्। पहिलो दिन–संसदीय अभ्यास र अनुभव आदानप्रदान कार्यक्रमको पहिलो दिन आज पार्टी नेतृत्वबाट औपचारिक उद्घाटन गरिनेछ। त्यसलगत्तै पार्टीका उपसभापति डा…

Read More

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दा फिर्ता गर्ने निर्णयविरुद्ध दायर गरिएको रिट निवेदनमाथि सर्वोच्च अदालतमा हिजो ९सोमबार० पनि सुनुवाइ पूरा भएन। सुनुवाइ नसकिएपछि अदालतले मुद्दालाई पुनः ‘हेर्दाहेर्दै’मा राख्दै आजका लागि सारेको छ। सोमबार न्यायाधीश सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा यस विषयमा बहस भएको थियो। तर समय अभावका कारण बहस टुंगिन नसकेपछि अर्को सुनुवाइ मंगलबारका लागि तय गरिएको हो। यसअघि आइतबार पनि सोही मुद्दामा प्रारम्भिक सुनुवाइ भएको थियो। त्यतिबेला पनि बहस अधुरो रहेपछि मुद्दालाई ‘हेर्दाहेर्दै’मा राखेर सोमबारका लागि सारिएको थियो। यस प्रकरणमा अघिल्लो इजलासले रिटलाई नियमित सुनुवाइका लागि पेस गर्न…

Read More

काठमाडौँ । नेपालमा उपभोक्ताको हक अधिकार र हितको संरक्षण गर्ने उद्देश्यसहित स्थापना गरिएको भए पनि यसको गठनसम्बन्धी सर्वोच्च अदालतको फैसला अनुसार कार्यान्वयन हुन नसकेको गुनासो छ । उपभोक्ता संरक्षण ऐन, २०७५ कार्यान्वयनमा आएको छ वर्षपछि स्थापना गरिएको अदालतमा जनशक्ति र संरचनागत अभावले काम गर्न समस्या छ । विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा अघिल्लो वर्षको चैत २ गते स्थापना गरिएको सो अदालतमा यसबिचमा ४१ मुद्दा दर्ता भएका छन् । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश एवं उपभोक्ता अदालतका अध्यक्ष डा। दिवाकर भट्टले स्रोतसाधन सीमित भए पनि अदालतमा आएका मुद्दाको प्राथमिकताका आधारमा काम गरेको जानकारी दिनुभयो । गत फागुन १२ गते बसेको मन्त्रीपरिषद्ले उपभोक्ता…

Read More

दुबई । इरानबाट प्रहार गरिएका मिसाइल र ड्रोन आक्रमणका कारण फेब्रुअरी २८ यता संयुक्त अरब इमिरेट्स ९यूएई० मा कम्तीमा ७ जनाको मृत्यु भएको यूएई रक्षा मन्त्रालयले सोमबार जनाएको छ। मारिनेहरूमा २ जना सैनिक र ५ जना सर्वसाधारण रहेका छन् भने विभिन्न देशका १४५ जना घाइते भएका छन्। मन्त्रालयका अनुसार सो अवधिमा यूएई सुरक्षाबलले इरानबाट प्रक्षेपण गरिएका ३०४ वटा ब्यालिस्टिक मिसाइल, १५ वटा क्रुज मिसाइल र एक हजार ६२७ वटा ड्रोन अवरोध गरी नष्ट गरेका छन्। सोमबार भएको आक्रमणमा ६ वटा ब्यालिस्टिक मिसाइल र २१ वटा ड्रोन प्रयोग गरिएको थियो, जसले अबुधाबी, दुबई, फुजैराह र उम्म अल क्वैन क्षेत्रमा क्षति पुर्‍याएको…

Read More

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले परिवर्तनको नयाँ चरणमा प्रवेश गरेको नेपाल नयाँ राजनीतिक परिवेशअनकूल मुलुकलाई स्थायित्व, विकास र समृद्धितर्फ अघि बढाउने आशा जागृत भएको बताउनु भएको छ । गैरआवासीय नेपाली सङ्घको १२ औँ महाधिवेशन तथा विश्व सम्मेलन समापन समारोहलाई सोमबार सम्बोधन गर्दै उहाँले यसअनुरूप लगानी र सहकार्यका विभिन्न अवसरमा सक्रिय सहभागिताका लागि गैरआवासीय नेपालीलाई आह्वान गर्नुभएको छ । एनआरएनएको योगदानले देशको दिगो विकास, पर्यावरणीय संरक्षण र आर्थिक समृद्धिलाई सुदृढ बनाउने उहाँको भनाइ छ । नेपाललाई समृद्ध, अवसरयुक्त र उन्नतिशील राष्ट्र बनाउनु सबैको साझा लक्ष्य भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “नेपालमै अवसर सिर्जना गर्ने, नेपाली युवालाई आशावादी बनाउने र नेपाल विश्वका पर्यटकका लागि सुरक्षित…

Read More

काठमाण्डौ । इनिशा विकको हत्यामा संलग्नलाई कानुन बमोजिम कारबाही गर्न पीडित परिवारले माग गरेको छ। पीडित परिवारको तर्फबाट इनिशाका दाइहरू चन्द्रबहादुर र तपेन्द्रले सोमबार गृहमन्त्री ओमप्रकाश अर्यालसँग घटनाको सत्यतथ्य सार्वजनिक गरी दोषीलाई कानुनी दायरामा ल्याउन आग्रह गरेका हुन्। यस्ता प्रकारका महिला तथा बालबालिकामाथि हुने यौन हिंसा तथा जघन्य अपराधका घटनाहरू दोहोरिन नदिन तथा न्यायको सुनिश्चितता तथा सुरक्षित समाज निर्माणका लागि सम्बन्धित निकाय, नागरिक समाज, पत्रकार तथा सम्पूर्ण सरोकारवालाले गम्भीरतापूर्वक ध्यान दिन पीडित परिवारले माग गरेको छ । ज्ञापन–पत्र ग्रहण गर्दै मन्त्री अर्यालले घटनाको अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याइने बताए। उनले मुलुकमा दण्डहीनताको अन्त्य हुनुपर्ने भन्दै कुनै पनि प्रकारका आपराधिक…

Read More

काठमाण्डौं । जेनजी आन्दोलन छानबिन आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै जेनजी अभियन्ताहरूले काठमाण्डौको माईतीघरमा प्रदर्शन गरेका छन्। युवाहरूले आँखामा कालोपट्टी बाँधेर ‘प्रतिवेदन खै  ? ’, ‘सत्यतथ्य बाहिर ल्याऊ’, र ‘जेन जी को आवाज सुन’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् । उनीहरूले सरकारले घटनाको छानबिन गर्न आयोग गठन गरे पनि लामो समयसम्म प्रतिवेदन लुकाएर राखेको भन्दै आक्रोश व्यक्त गरेका छन् । सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा एक जाँचबुझ आयोग गठन गरेको थियो । सोमबार उनीहरूले काठमाडौँको माइतीघर मण्डलमा प्रदर्शन गरेका हुन्। जेनजी अलायन्स मुभमेन्ट, नेपाल जेनजी फ्रन्ट र जेनजी सिभिक फोरमले संयुक्त रुपमा प्रदर्शन गरेको हो। जेनजी…

Read More

काठमाण्डौं । प्रधानसेनापति अशोकराज सिग्देलसँग अमेरिकी सेनाको प्यासिफिक कमाण्डका उपप्रमुख लेफ्टिनेन्ट जनरल जोएल भोवेलले भेटवार्ता गरेका छन्। सैनिक मुख्यालय जङ्गीअड्डामा आज भएको भेटवार्तामा उनीहरूबीच द्विपक्षीय हितका विषयमा विचारविमर्श भएको थियो। पूर्वनिर्धारित कार्यक्रम बमोजिम नियमित भ्रमणका सिलसिलामा भोवेल नेतृत्वको टोली भारत, भुटान हुँदै आइतबार नेपाल आएको हो। उक्त टोलीले काभ्रेको पाँचखालस्थित नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको भ्रमण गर्नेछ। उक्त टोली भोलि मङ्गलबार थाइल्याण्डतर्फ जाने भएको जनाइएको छ। लेफ्टिनेन्ट जनरल भोवेलको भ्रमणबाट नेपाल–अमेरिकाबिचको सम्बन्ध प्रगाढ हुनाका साथै मानवीय सहयोग, विपद् व्यवस्थापन तथा अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यमा योगदान पुग्ने विश्वास लिइएको छ। रासस

Read More

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहोरको मात्रा घटाउने उद्देश्यका साथ छुट्टै सुक्खा फोहोर व्यवस्थापन शुरु गरेको छ । यसका लागि महानगरपालिकाले १० वडाबाट छुट्टै सुक्खा फोहर व्यवस्थापन शुरु गर्न थालेको छ। यसरी सुक्खा फोहर व्यवस्थापनको कार्य शुरु भएसँगै काठमाडौँ उपत्यकाबाट ल्याण्डफिल साइटमा दैनिक करिब ३।१९ मेट्रिक टन कम फोहर व्यवस्थापन हुन थालेको महानगरपालिकाको वातावरण व्यवस्थापन विभागका प्रमुख सरतिा राईले जानकारी दिइन्। महानगरपालिकाले ३२ वटै वडाबाट घरेलु फोहरसँगै उत्पादन हुने सुक्खा फोहोर बिक्री गर्न आफ्नो भौगोलिक क्षेत्रलाई सात क्षेत्रमा वर्गीकरण गरेर छुट्टाछुट्टै प्रतिस्पर्धाबाट करसहित वार्षिक ६ करोड आठ लाख ७२ हजारमा आय ठेक्का लगाएको उनले बताइन्। अहिले महानगरपालिका( ७, १२,…

Read More

काठमाडौं । काठमाडौं महानगरपालिकाको व्यवस्थापनमा धरहरा क्षेत्रमा निर्माण भएको सवारी पार्किङ क्षेत्रलाई सञ्चालनमा ल्याइएको छ। फागुन १० गतेदेखि नै महानगरले धराहरा क्षेत्रका पार्किङको व्यवस्थापन गरी सञ्चालनमा ल्याएको हो। २०८२ फागुन ९ गतेको मन्त्रिपरिषद्को बैठकले धरहरा क्षेत्रको सवारी पार्किङ व्यवस्थापन र सञ्चालनको जिम्मेवारी काठमाडौं महानगरलाई दिने निर्णय गरेको थियो। सोही निर्णयअनुसार पार्किङको जिम्मेवारी महानगरपालिकाको नगर प्रहरी बलले सम्हालेको हो। काठमाडौं महानगर प्रहरी बलका प्रमुखको विष्णुप्रसाद जोशीले सुरूआती चरणमा पार्किङ क्षेत्र पर्याप्त रूपमा व्यवस्थित नभएको बताए। महानगरले जिम्मेवारी लिएपछि आवश्यक सुरक्षा तथा पूर्वाधार सुधार गरेर पार्किङ क्षेत्र सञ्चालनमा ल्याएको उनले जानकारी दिए। उनकाअनुसार पार्किङ क्षेत्रमा पहिले अग्नि सुरक्षा उपकरणको अभाव थियो। पार्किङ…

Read More