Author: ट्रान्सपेरेन्टखबर

काठमाण्डौं । कुलिङ पिरियडमा भएको बदमासीमा प्रश्न उठेपछि राज्य व्यवस्था समिति सभापति रामहरि खतिवडाले संसदीय छानबिन समिति बनेपछि बैठकमा आफू उपस्थित नहुने बताएका छन्। नागरिक अनलाइनसँगको कुराकानीमा सभापति खतिवडाले सभामुख देवराज घिमिरेले समिति गठनको प्रक्रिया सुरु गरेको र गठन भएलगत्तै सभापतिको हैसियतमा आफू बैठकमा नजाने बताए। उनले भने, ‘आफू सभापति र समिति सदस्यको रुपमा बैठकमा उपस्थिति हुँदा प्रमाण नष्ट गर्छ भन्ने आशंका हुने भएकाले छानबिन नसकिएसम्म बैठकमा जान्न।’ सभापति खतिवडाले सो अवधिसम्म सरकारी गाडीको प्रयोग पनि नगर्ने जानकारी दिए। सभामुख घिमिरेले बिहीबार मुख्य दलका प्रमुख सचेतकसँग छलफल गर्दै संसदीय छानबिन समितिको क्षेत्राधिकार र समितिमा रहने सदस्यको बारेमा जिज्ञासा राखे। राज्य…

Read More

वागमती । सत्तापक्ष र प्रतिपक्षबीच सहमति जुटेसँगै वाग्मती प्रदेशसभाको आज बिहान ११ः०० बजे हुने बैठकमा आगामी आर्थिक वर्षको बजेट छलफल प्रारम्भ हुँदैछ । प्रदेशसभाका सचिव रामकुमार पौडेलका अनुसार प्रदेश सरकारले ल्याएको बजेटमाथि छलफल र आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेको जवाफपछि खर्च कटौतीको प्रस्तावका लागि समय प्रदान गरिने कार्यसूची छ । सत्तापक्ष र प्रतिपक्षबीच सहमति जुटेपछि बिहीबार साँझदेखि प्रदेशसभाको बैठक सञ्चालन भएको हो । बिहीबारको बैठकमा मुख्यमन्त्री बहादुरसिंह लामा ९तामाङ० र प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० संसदीय दलका नेता शालिकराम जम्कट्टेलले समसामयिक विषयमा मन्तव्य व्यक्त गर्नुभएको थियो । प्रदेश सरकारले आगामी आवका निम्ति रु ६७ अर्ब ४७…

Read More

काठमाण्डौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा ) देशव्यापी रूपमा भ्रष्टाचारविरुद्धको अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। बिहीबार ( आज )  बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए। यस्तै बैठकले आसन्न रुपन्देही ३ को उपनिर्वाचनलाई लक्षित गरेर पार्टीका उपाध्यक्ष ध्रुव प्रधानको नेतृत्वमा निर्वाचन परिचालन समिति निर्माण गरेको छ भने उम्मेदवार चयनका लागि जिल्ला कार्यसमितिलाई सूची पठाउन निर्देशन दिएको छ। राप्रपाले रुपन्देहीको क्षेत्र नं.३ मा हुन गइरहेको उपनिर्वाचनको तयारीमा लागेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले जिल्ला समितिलाई आवश्यक प्रक्रिया र तयारी गर्न जिल्ला समितिलाई निर्देशन…

Read More

काठमाण्डो. । नेकपा ( एकीकृत समाजवादी)  की स्थायी कमिटी सदस्य रामकुमारी झाक्रीले आफूलाई स्पष्टीकरण सोधेको भन्ने कुरा निराधार, कपोलकल्पित, हावा भएको टिप्पणी गरेकी छन्। बुटवलमा पार्टीसम्बद्ध युवा संघको प्रशिक्षण कार्यक्रममा अध्यक्ष माधवकुमार नेपाल लक्षित ुसिनो काँधमा बोकेर हिँड्न सकिँदैन, अध्यक्ष फेरौुं भन्ने अभिव्यक्ति दिएकी झाक्रीलाई स्पष्टीकरण सोधिएपछि उनले पार्टी बैठकमै आफ्नो कुरा राख्न समय मागेकी थिइन्। त्यसैका लागि पार्टी सचिवालय बैठक पुगेकी झाक्रीले आफूले स्पष्टीकरणको पत्र नपाएको र सोध्दा पनि नसोधेको दाबी गरेकी हुन्। ‘मलाई स्पष्टीकरण सोधेको भनेको निराधार, कपोलकल्पित, हावा कुरा हो। मलाई स्पष्टीकरण सोधिएको छैन, सोध्ने निकाय पनि थाहा छैन। कुन तहको बैठकको निर्णयले दिनुभएको हो थाहा छैन।…

Read More

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पार्टीको १५औं महाधिवेशनको मिति तोकिनुपर्ने बताएका छन् । पार्टी सभापतिदेखि पदाधिकारीसमेतले समयमै महाधिवेशन हुन्छ भनेको तर कहिले हुन्छ भनेर भन्न नसकेको अवस्था रहेको बताउँदै उनले महाधिवेशनको मिति तोकेर अगाडि बढ्नुपर्ने बताए । उनले आफू भने महाधिवेशन २०८२ भित्रै हुनुपर्ने पक्षमा रहेको पनि बताए । ‘पार्टी सभापतिदेखि पदाधिकारीहरू समयकै अधिवेशन हुन्छ भन्ने कहिले हुन्छ नभन्ने। अब मिति तोक्नै पर्ने आवश्यकता छ। समय थप्ने हो भने थपेर पनि यो समयमा महाधिवेशन हुन्छ भन्नुपर्‍यो । मेरो धारणा भन्नुहुन्छ भने त ०८२ मै हुनुपर्छ,’– केसीले भने । साथै, उनले पार्टी अनुशासन समितिको कामकारबाही पारदर्शी हुन नसकेको…

Read More

काठमाडौं। साबिक विजेता नेपाल एसिसी पुरुष यु(१६ इस्ट जोन कपको फाइनल प्रवेश गरेको छ। बिहीबार सेलाङ्गोर टर्फ क्लबको मैदानमा सम्पन्न पहिलो सेमिफाइनलमा घरेलु टोली मलेसियाविरुद्ध ९ विकेटको सानदार जित निकाल्दै नेपाल उपाधि रक्षातिर अघि बढेको हो। मलेसियाले दिएको ९१ रनको लक्ष्य नेपालले ११।४ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्‍यो । परिमार्जन यादवले अविजित अर्धशतक बनाए । उनी ३५ बलमा ५९ रनमा नटआउट रहे । शिवांश बजगाइले अविजित २३ रन बनाए । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मलेसिया नेपाली बलरले उत्कृष्ट बलिङ गरेपछि ९० रनमा अलआउट भएको थियो । मलेसियाले ४३.१ ओभरमा सबै विकेट गुमाएर ९० रन मात्र बनाएको…

Read More

पाल्पा । सडक छेउमा रहेको रुख नजिकै एउटा फलामे खोर बनाइएको छ । त्यही खोरभित्र थुनिएर जीवनका खुसी भेटाउने प्रयासमा छन्, बालक पवन कुमाल । पाल्पाको रामपुर नगरपालिका–६ स्थित तिलकपुर बस्ने ११ वर्षीय पवन करिब डेढ वर्षदेखि फलामको खोरमा जीवन बिताइरहेका छन् । उनको यो उमेर विद्यालयमा गएर लेखपढ गर्ने, साथीभाइसँग रमाउँदै नयाँ कुरा सिक्ने र जान्ने हो । बोल्न नसक्ने तर कोही मान्छे देख्यो भने मुस्कुुराउँदै हातले इशारा गरेर आफूतिर बोलाउँदै गरेको कारुणिक दृश्य देख्ने जो सुकैलाई पीडादायी बनाएको हुन्छ । नजिक कोही व्यक्ति आउन चाहेन भने आफ्नै इशारामा ९नबुझिने आवाज० आफूतिर आउन उहाँ आग्रह गर्छन् । पवनलाई खोरभित्र…

Read More

काठमाडौँ । नेपालमा विगत १० वर्षको अवधिमा मनसुनजन्य विपद्का घटनाहरू तीव्र रूपमा बढेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिरकणको तथ्याङ्कअनुसार २०७२ सालदेखि २०८१ सम्म मनसुनजन्य विपद्का घटनामा परी दुई हजार ३१७ जनाले ज्यान गुमाएका छन् । यस अवधिमा मनसुनसँग सम्बन्धित बाढी, डुबान, भूक्षय, भारी वर्षा, चट्याङ र आकस्मिक बाढीका कारण आठ हजार ४१८ विपद्का घटना भएका छन् । ती घटनाबाट ५६ हजार ७०५ परिवार प्रभावित भएका छन् । यसैगरी, ३६ हजार ४७९ घर, १९५ पुल र एक हजार ३४६ गोठमा क्षति पुगेको छ । विसं २०८१ को मनसुनजन्य विपद्को घटनाबाट ४९५ ले ज्यान गुमाएका छन् । त्यस…

Read More

काठमाण्डौं । सरकारले भिजिट भिसा प्रकरणमा छानबिन गर्न पूर्वमुख्य सचिव शंकरदास वैरागीको संयोजकत्वमा गठन गरेको उच्चस्तरीय छानबिन समितिले काम सुरू गरेको छ। बुधबार भिजिट भिसा प्रकरणमा छानबिन गर्नका लागि बबरमहलस्थित जल तथा मौसम विभागको कार्यालयमा पहिलो बैठक बसेको गृह मन्त्रालयले जानकारी दियो। समितिले कार्यादेश अनुसार आजदेखि काम थालेको हो। छानबिन समितिमा गृह, पर्यटन, श्रम र परराष्ट्र मन्त्रालयका सहसचिव सदस्य छन्। समितिलाई छानबिन गरी प्रतिवेदन पेस गर्न तीन महिनाको समय तोकिएको थियो। असार ९ गते छानबिन समिति गठन भएको थियो। यसअघि भिजिट भिसा प्रकरणलाई लिएर प्रतिनिधिसभा बैठक सञ्चालनमा अवरोध उत्पन्न भएपछि सत्ता र प्रमुख प्रतिपक्षी दलबीच जेठ ३० गते दुईबुँदे सहमतिमा…

Read More

काठमाण्डौं । सर्वोच्च अदालतले विभिन्न संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्ध दायर रिट निवेदन बहुमतले खारेज हुने फैसला सुनाएको छ। बुधबार भएको यस फैसलासँगै संवैधानिक आयोगका पदाधिकारीले पूर्ण कार्यकाल काम गर्न पाउने भएका छन्। प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरू मनोजकुमार शर्मा, डा कुमार चुडाल र डा नहकुल सुवेदीको संवैधानिक इजलासमा उक्त विवादको सुनुवाइ भएको थियो। उक्त इजलासमा भएका न्यायाधीशहरूमध्ये वरिष्ठतम् न्यायाधीश मल्ल, न्यायाधीशहरू शर्मा र डा चुडालले रिट खारेज हुने पक्षमा राय दिएका छन्। प्रधानन्यायाधीश राउत र डा सुवेदीले विसं २०७७ मङ्सिर ३० गतेको संवैधानिक परिषद्को सिफारिस र सो आधारमा भएको नियुक्ति संविधान र कानुनविपरीत भएको हुनाले उत्प्रेषणको…

Read More