Author: ट्रान्सपेरेन्टखबर
काठमाण्डौं । सङ्घीय सरकारले उत्कृष्ट नतिजा ल्याउने छ वटा स्थानीय तहलाई सम्मान गर्ने भएको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यही भदौ ६ गते आर्थिक वर्ष २०८०र८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन ९लिसा०मा उत्कृष्ट नतिजा ल्याएका स्थानीय तह घोषणा गर्दै सम्मान गर्ने भएको हो। ‘गाउँपालिकारनगरपालिकाको कार्यप्रक्रिया र उपलब्धिको लेखाजोखा गरी शासकीय प्रक्रिया र विकास व्यवस्थापनमा गर्नुपर्ने सुधारका क्षेत्रहरू पहिचान गर्ने, आवधिक समीक्षाको आधार प्राप्त गर्ने र स्थानीय सरकारबीच स्वस्थ प्रतिस्पर्धीको भावना जागृत गराउने उद्देश्यले कार्यान्वयनमा रहेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको आव २०८०र८१ को नतिजाको गुणस्तर परीक्षण’ सम्पन्न भएको मन्त्रालयले जनाएको छ। गुणस्तर परीक्षण पश्चात् कायम भएको स्वमूल्याङ्कनको…
काठमाडौँ। नेपालले जनस्वास्थ्य समस्याका रूपमा रहेको रुबेला रोग निवारण गरेको छ । विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ० ले नेपाल रुबेला रोग निवारण गर्न सफल भएको घोषणा गरेको छ । योसँगै रुबेला निवारण गर्ने विश्व स्वास्थ्य सङ्गठनको दक्षिण पूर्वी एसिया क्षेत्रमा नेपाल छैटौँ राष्ट्र बनेको छ । विश्व स्वास्थ्य सङ्गठनले नेपालले हासिल गरेको उल्लेखनीय उपलब्धि भन्दै खोपबाट बचाउन सकिने रोगविरुद्ध दिइने ‘खोप सेवामा गरेको निरन्तर एवं दृढ प्रयासको नतिजा’ प्राप्त गरेको भनेको छ । स्वास्थ्य सेवा विभाग, खोप शाखा प्रमुख डा। अभियान गौतमले विश्व स्वास्थ्य सङ्गठनका सम्पूर्ण चरण पूरा गरेर नेपालले रुबेला निवारण गर्न सफल भएको जानकारी दिनुभयो । डा। गौतमले एकले…
काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बुधबार अपराह्न १ बजे बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम सांसदहरुले सोध्नुभएको प्रश्नको जवाफ दिनुहुने कार्यसूची छ । बैठकमा महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साहले बालबालिका सम्बन्धी ९पहिलो संशोधन० विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यक्रम छ । बैठकमा मानव बेचविखन तथा ओसारपसार ९नियन्त्रण० पहिलो संशोधन विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पनि प्रस्तुत हुनेछ । रासस
काठमाण्डौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सीमा क्षेत्रबाट हुने चोरीनिकासी पैठारी र अवैध आवतजावत रोक्नको लागि थप कडाई गर्न निर्देशन दिएका छन्। मंगलबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा भर्चुअल माध्यमबाट सीमा क्षेत्रमा तैनाथ सबै तहका युनिट कमाण्डरहरुलाई सीमा सुरक्षासँग सम्बन्धी विविध विषयमा निर्देशन दिँदै उनले जवाफदेही र जिम्मेवार बन्न तथा चेनअफ कमाण्डलाई कायम राख्न मातहत सबै कमाण्डरहरुको उत्तिकै भूमिका हुने बताएका हुन्। सशस्त्रका डिएसपी एवं सह प्रबक्ता शैलेन्द्र थापाका अनुसार सीमा इलाकामा हुने अवैध चोरी तस्करी नियन्त्रणका लागि मुख्यालयले समेत सुक्ष्म रूपमा निगरानी गरिरहेको र त्यसमा कतै कमीकमजोरी देखिएमा वा शंका लाग्नसाथ कुनै पनि कमाण्डर छानविन र कारवाहीको…
काठमाडौं । १७ औं नाडा अटो शो मंगलबारदेखि भृकुटीमण्डपमा सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले अटो शोको उद्घाटन गरे। नेपाल अटोमोबाइल्स एसोसियसन९नाडा० को आयोजनामा थालिएको अटो शो भदौ ८ गतेसम्म चल्नेछ। अटो शो मा १२५ बढीले अटो र यससँग सम्बन्धित ब्रान्डको प्रदर्शनी राखेका छन्। विशेषगरी उड्ने कारमा दर्शकहरुको घुइँचो देखिएको छ।यसपटक नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल ९नाडा०ले विशेष आकर्षणको रुपमा उड्ने कार प्रदर्शनीमा राखेको छ। १७औँ नाडा अटो शोमा दिपलको उड्ने कार प्रदर्शनीमा राखिएको हो। यसबाहेक मानवीकृत रोबोट पनि प्रदर्शनीमा अवलोकनकर्ताले हेर्न पाउनेछन्।
काठमाडौँ । कलाकार मरिचमान श्रेष्ठ ९बल्छी धुर्बे० को डेब्यु निर्देशन रहेको फिल्म ‘गोबर गणेश’ को शुभमुहूर्त गरिएको छ। काठमाडौंको म्हेपी मन्दिर परिसरमा आज शुभमुहूर्त गर्दै फिल्मको सुटिङ सुरू गरिएको हो। शुभमुहूर्तमा निर्देशक श्रेष्ठसहित फिल्ममा अधिकांश कलाकारको उपस्थिति रहेको थियो। केदार घिमिरे९माग्ने बुढा० ले क्यामेरा पूजा गरेर नरिवल फोट्दै सट दिए। कलाकार रवि गिरीले क्लाप गरे। काठमाडौँबाट सुरु भएको चलचित्रको छयांकन पोखरालगायतका स्थानमा हुनेछ। करिब ३५ दिनको छायांकन सेड्युल रहेको निर्देशक श्रेष्ठले जानकारी दिए। आजबाट हामीले चलचित्रको छायांकन सुरु गरेका छौँ। हाम्रो कला र शिपले भ्याए र जानेसम्म राम्रो काम गर्ने प्रयास गर्नेछौँ। हामीलाई सानो पर्दामा जसरी दर्शकले साथ र माया…
काठमाडौं । संघीय संसद्का विपक्षी दलहरूले उपसभामुख इन्दिरा रानामगरलाई हटाउनेगरी सुरु भएको सत्तारुढ दलहरूको प्रयासको सशक्त विरोध गरेर जानुपर्ने निष्कर्ष निकालेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा भएको बैठकले यस्तो निष्कर्ष निकालेको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । कांग्रेस–एमालेका सांसदहरूले आज बिहानैबाट उपसभामुख रानालाई हटाउनेगरी हस्ताक्षर अभियान चलाएको छ । उक्त अभियानको विरोध गर्दै प्रतिपक्षी दलहरूले सशक्त प्रतिवाद गर्ने बताएको हो । ‘विपक्षी दलको हिसाबले हामीमाथि भएको आक्रमण बेठिक छ । यस्तो प्रक्रिया पहिला पनि भएको थियो,’ पाण्डेले भने, ‘संवैधानिक परिषद्को अवस्थालाई लिएर जुन प्रयास भइरहेको छ त्यसको सशक्त विरोध गरेर जान्छौं । विपक्षीहरू…
अष्ट्रेलिया । अष्ट्रेलियामा जारी टप इन्ड टि २० सिरिजमा नेपालले जितको खाता खोलेको छ । नेपाललाई ६६ रनको फराकिलो जित दिलाउन फास्ट बलर नन्दन यादवले उत्कृष्ट प्रदर्शन गर्दै ५ विकेट लिए । प्रतियोगितामा पहिलोपटक पहिलो इनिङमा ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १८० रनको बलियो स्कोर बनाएको थियो । हुरिकेन्सले अनुशासनहिन बलिङ गर्दै ३१ अतिरिक्त रन उपहार दिएर नेपाललाई सघायो । जवाफी ब्याटिङमा हुरिकेन्स १६।१ ओभरमा ११४ रनमा अलआउट भएको छ । प्रतियोगितामा दोस्रो म्याच खेलिरहेका नन्दनले घातक बलिङ गरे । उनले करिअर बेस्ट आँकडा निकाल्दै ३ ओभरमै ५ विकेट लिन सफल भएका छन् । यसका लागि उनले…
काठमाडौं। नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा सत्तारुढ गठबन्धन दलको बैठक बोलाइएको छ । बैठकमा सहभागी हुन नेताहरु पुग्ने क्रम जारी रहेको छ । बैठकमा सहभागी हुन नागरिक उन्मुक्ति पार्टी (नाउपा) कि अध्यक्ष रञ्जिता श्रेष्ठ, जनता समाजवादी पार्टी, नेपालकी सांसद रेखा यादवलगायत सिंहदरबारमा पुगिसकेका छन् । त्यस्तै, सत्तारुढ दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता पनि बैठकमा सहभागी हुन सिंहदरबार पुगेका छन् । सत्तारुढ दल कांग्रेस–एमालेले प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरलाई महाअभियोग लगाउन आ–आफ्ना दलका सांसदहरुको हस्ताक्षर संकलन गरेका छन् । सरकारलाई समर्थन गरेका र सरकारमा सहभागी साना दलको पनि सहयोगका लागि सत्ता गठबन्धन दलको बैठक बोलाइएको बताइएको छ ।…
काठमाडौं । प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आयोजनामा नेपालमा पहिलो पटक भएको हिन्दुकुश हिमालय क्षेत्रका मुलुकका सांसदको बैठक पाँच बुँदे आह्वान जारी गर्दै सम्पन्न भएको छ । ‘प्रकृतिको संरक्षण, जनताको सशक्तीकरण’ मुल विषयका साथ यही भदौ २ र ३ गते काठमाडौँमा भएको उक्त सम्मेलन आज सम्पन्न भएको हो । यस क्षेत्रका मुलुकका सांसद तथा प्रतिनिधिले काठमाडौँमा सम्पन्न ‘हिन्दुकुश हिमालय सांसद सम्मेलन २०२५’बाट क्षेत्रीय सहकार्यद्वारा जलवायु परिवर्तन, वायु प्रदूषण र जैविक विविधता संरक्षणका क्षेत्रमा तत्काल कार्यवाही गर्न आह्वान गरेका छन् । समापन कार्यक्रममा आयोजक समितिका संयोजक तथा समिति सदस्य वीरबहादुर बलायरले बैठकको निष्कर्ष बारे जानकारी गराएका थिए। सम्मेलनले साझा…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रबन्ध निर्देशक: बिजय प्रकाश मिश्र
प्रधान सम्पादक: जनक राज पण्डित
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क