Author: Editor

काठमाण्डौं । मध्यपूर्वमा बढ्दै गएको तनावका कारण नेपाली हवाई क्षेत्रले आर्थिक भार खेप्नु परेको छ। इरान लगायतका देशहरूको हवाई क्षेत्रमा आएको अवरोधका कारण नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल वायुसेवा निगमले अहिले दैनिक करिब २ करोड १० लाख रूपैयाँ बराबरको आम्दानी गुमाइरहेका प्राधिकरणले जनाएको छ। यो घाटा हवाई इन्धन बिक्री बाहेकको हो, प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भने। जहाज अवतरण, ग्राउण्ड ह्याण्डलिङ शुल्क लगायतबाट हुने यस्तो आम्दानी घटेको हो। सूचना अधिकारी भुलका अनुसार अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडान संख्यामा उल्लेख्य कमी आएको छ। इरान–इसराइल द्वन्द्वका कारण मध्यपूर्वी क्षेत्रमा तनाव बढ्दा दैनिक औसतमा १६ वटा अन्तर्राष्ट्रिय उडानहरू रद्द भइरहेका…

Read More

काठमाडौँ । महिलाहरुको स्तन र पाठेघरको मुखको क्यान्सर निःशुल्क परीक्षण गराउन र प्रारम्भिक उपचारका लागि काठमाडौँ महानगरपालिकाले वीर अस्पतालसँग सम्झौता गरेको छ । महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँको रोहवरमा स्वास्थ्य विभागका प्रमुख दिपककुमार के। सी। र अस्पतालका निर्देशक प्रा। डा। दिलिप शर्माका बिच सम्झौता पत्रमा हस्ताक्षर भयो । क्यान्सरको सम्भावना समयमा थाहा पाउन सकियो भने व्यक्तिलाई बचाउन सकिन्छ । क्यान्सर नसर्ने रोगको पहिलो समस्या हो । यसकारण महानगरपालिकाले क्यान्सर नियन्त्रणका लागि परीक्षण र प्रारम्भिक उपचारका लागि सहकार्य गरेको हो । त्यस अवसरमा कार्यवाहक प्रमुख डंगोलले कार्यालयमा काम गर्ने, गृहिणी तथा अन्य विभिन्न पेशा व्यवसायमा…

Read More

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सरकार गठनको तयारीमा लागेका बेला नेपाली कांग्रेस र नेकपा ९एमाले० भने पराजयको समीक्षामा जुटेका छन् । गत फागुन २१ गते समपन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा पार्टीले अपेक्षा गरेअनुसारको नतिजा ल्याउन नसकेको भन्दै कांग्रेस, एमाले, नेपाली कम्युनिष्ट पार्टी लगायतका पार्टी पराजयका कारणसहितको विस्तृत समीक्षामा जुटेका हुन् । कांग्रेसले प्राप्त निर्वाचन परिणामको समीक्षा, पराजयका कारणहरूबारे विस्तृत समीक्षा गर्न केन्द्रीय समिति बैठक बोलाउने तयारी गरेको छ। चुनावमा भएको पराजयको अनौपचारिक समीक्षा गरिरहेको कांग्रेसले यसै साताभित्र केन्द्रीय समितिको बैठक बोलाउने तयारी छ । यसअघि पार्टीले मातहतका सबै समिति तथा उम्मेदवारलाई निर्वाचन परिणामको समीक्षा प्रतिवेदन तयार गरी हिजो चैत…

Read More

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान पशुपतिनाथको दर्शन गर्नुको साथै रुद्राभिषेक पूजा गरेकी छिन् । निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएपछि उनले आराध्यदेव पशुपतिनाथलाई धन्यवाद स्वरुप उक्त पूजा गरेकी हुन् । मुलुकलाई शान्ति तथा स्थायित्वको मार्गमा अग्रसर गराउन सबैतर्फबाट साथ र सहयोग प्राप्त भएकोमा आफू कृतज्ञ रहेको भन्दै उनले आगामी दिनमा मुलुक थप उन्नतिको मार्गतर्फ अग्रसर होस् भनी कामना पनि गरिन् । मुलुकभर सबै नेपालीबिच एकता, सद्भाव र आत्मीयताको भावना बलियो बन्दै जाओस् भनी उनले पुकारा पनि गरिन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हा, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रकाशमणि शर्मा, कार्यकारी निर्देशक सुवास जोशीलगायत पूजामा सरिक…

Read More

रौतहट । केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका छन्। जिल्लाका विभिन्न स्थानीय तहमा लगाइएको केरा खेतीमा बिमा नहुँदा यहाँका किसान प्रकृति प्रकोपबाट मारमा परेका हुन्। सोमबार साँझ आएको भीषण हावाहुरीका कारण चन्द्रपुर नगरपालिकामा अत्यधिक क्षति पुगेको छ। विशेष गरी चन्द्रपुर–३ मा लगाइएको करिब डेढ करोड रुपैयाँ बराबरको केरा खेती पूर्ण रूपमा नष्ट हुँदा किसान आर्थिक मारमा परेका छन्। चन्द्रपुर–१ को पौराई, चन्द्रपुर–२ को जुडिबेला, वार्ड नं ३ को गैडाटार, वार्ड नं ४ को चन्द्रनिगाहपुरलगायत गाउँमा हावाहुरीले केराखेतीमा पूर्ण रूपमा क्षति पुर्याएको छ। चन्द्रपुर–३ को गैँडाटार गाउँ केरा उत्पादनको मुख्य क्षेत्रका रूपमा परिचित छ। यहाँका अधिकांश किसानले व्यावसायिक रूपमा…

Read More

काठमाण्डौं । घरेलु प्रतियोगितामा लामो समयदेखि दबदबा बनाउँदै आएको एपिएफलाई अन्य दुई विभागीयसँगै संकटा क्लबले एन्फा सहिद स्मारक महिला लिग २०८२ मा चुनौती दिने भएका छन्। अखिल नेपाल फुटबल संघ ९एन्फा० को आयोजनामा एन्फा सहिद स्मारक महिला लिग २०८२ बुधबारदेखि ललितपुरस्थित च्यासल रंगशालामा सुरु हुँदै छ । उक्त लिगमा तीन विभागीय टोलीसहित कुल ९ क्लबले प्रतिस्पर्धा गर्दैछन्। घरेलु प्रतियोगितामा एपिएफ सबैभन्दा बलियो दाबेदार रहँदै आएको छ। विपक्षमाथि पूर्ण हाबी हुँदै एपिएफले घरेलु प्रतियोगिताको उपाधिमा वर्चस्व राख्दै आएको छ। यद्यपि, पछिल्ला समय एपिएफले अन्य दुई विभागीय टोलीले चुनौती दिन थालेका छन्। त्यसमा यसपल्ट संकटा पनि थपिने संकेत देखिएको छ। संकटाले चार…

Read More

काठमाडौँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण र सञ्चालनसँगै लामो समयदेखि अन्योलमा परेको प्याराग्लाइडिङ खेल अब पुनः सुरु हुने भएको छ। साहसिक खेल र मनोरञ्जनका लागि विश्वप्रसिद्ध पोखराको आकाशमा प्याराग्लाइडिङलाई निरन्तरता दिन नेपाल हवाई खेलकुद संस्थाले यही चैत ५ गतेदेखि ७ गतेसम्म ‘२१ औं नेपाल खुल्ला पुरुष तथा महिला प्याराग्लाइडिङ च्याम्पियनसिप’ आयोजना गर्ने भएको हो। यसअघि पोखरामा दैनिक १ हजारदेखि १ हजार २०० सम्म स्वदेशी तथा विदेशी पर्यटकले प्याराग्लाइडिङको आनन्द लिने गरेका थिए। तर, अन्तर्राष्ट्रिय विमानस्थलको उडान सुरक्षाका कारण यो व्यवसाय संकटमा परेको थियो। लामो समयको बन्दले गर्दा पोखरामा दर्ता भएका ६० वटा प्याराग्लाइडिङ कम्पनीमा कार्यरत करिब ३ सय ५० पाइलट…

Read More

काठमाडौं । उज्यालो नेपाल पार्टीले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेको छ । पार्टीका प्रवक्ता डा. राजु थापाले एक विज्ञप्ति जारी गर्दै आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाइसकेको अवस्थामा पनि हालसम्म सार्वजनिक नगरिनु दुःखद, चिन्ताजनक र लोकतान्त्रिक मूल्य मान्यता विपरीत हुने पार्टीको ठहर भएको बताएका छन् । विज्ञप्तिमा भनिएको छ( यस्ता प्रकृतिका घटनासँग सम्बन्धित प्रतिवेदन सार्वजनिक नहुँदा नागरिक तहमा अन्योल, शंका, असन्तोष तथा राज्यप्रतिको अविश्वास बढ्नु स्वाभाविक हुन्छ। पीडित पक्ष, घाइते, मृतकका परिवार तथा आन्दोलनसँग जोडिएका नागरिकले सत्य, न्याय र जबाफदेहिताको अपेक्षा राखिरहेका बेला प्रतिवेदन गोप्य राखिनु उचित होइन । सत्य लुकाएर स्थायित्व आउँदैन, सत्य सार्वजनिक…

Read More

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) ले नव निर्वाचित सांसदका लागि आयोजना गरेको अभिमुखीकरण कार्यक्रमको दोस्रो दिन योगासँगै सुरुवात भएको छ । ललितपुरको ग्वार्कोस्थित होटेल रोयल टुलिपमा जारी कार्यक्रममा आज सभापतिको सम्बोधनको तालिका छन् । मंगलबारबाट जारी अभिमुखीकरणमा सभापति लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह सहभागी हुन पाएका थिएनन् । आज सभापति लामिछाने र वरिष्ठ नेता शाह समापनमा सहभागी हुन लागेका हुन् । आज सभापति रवि लामिछानेले सम्बोधन गरेसँगै अभिमुखीकरण समापन गर्ने तयारी छ । ललितपुरको ग्वार्कोस्थित होटेल रोयल टुलिपमा मंगलबार उपसभापतिद्धय स्वर्णिम वाग्ले र डीपी अर्यालले कार्यक्रमको उद्घाटन गरेका थिए ।

Read More

काठमाडौँ । काठमाडौँ उपत्यकामा बुधबार परम्परागत घोडेजात्रा पर्व मनाइँदै छ । यस पर्वलाई पिशाच चतुर्दशी पनि भनिन्छ । प्रत्येक वर्ष चैत कृष्ण औँसी तिथिमा काठमाडौँ उपत्यकामा परम्परागत घोडेजात्रा पर्व विविध कार्यक्रमसहित मनाउने गरिन्छ । किंवदन्ती अनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रुखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले सहरका बालबालिकालाई खाने गरेकाले पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे पनि उसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्न सक्ने भय तिनमा रहिरह्यो । यसै कारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो । यसै गरी सहरका बालबालिकामाथि खतरा नहोस् भनी राति त्यही…

Read More