Author: Editor
काठमाण्डौं । अध्यागमन विभागले पर्यटक भिसामा आएका विदेशी खेलाडीलाई खेल नखेलाउन अखिल नेपाल फुटबल संघ ९एन्फा०लाई पत्राचार गरेको छ। बिहीबार विभागका निर्देशक टीकाराम ढकालले पठाएको पत्रमा पर्यटक भिसामा आएका विदेशी खेलाडीलाई खेल खेलाएको उजुरी आएको उल्लेख गरेको छ। ‘त्यस संघबाट सञ्चालन भएको राष्ट्रिय महिलारपुरुष लिग फुटबल खेलमा सहभागी भएका फुटबल क्लबहरूले पर्यटक भिसा लिएका विभिन्न मुलुकका विदेशी खेलाडीहरूलाई समेत समावेश गरेको भन्ने व्यहोराको उजुरी यस विभागमा प्राप्त हुन आएको छ,’ पत्रमा भनिएको छ। अध्यागमन नियमावली अनुसार, पर्यटक भिसामा आएका व्यक्तिले अन्य काम गर्न नपाउने व्यवस्था रहेको विभागले सचेत गराएको छ। पत्रमा भनिएको छ, ‘अध्यागमन नियमावली, २०५१ को नियम २० मा…
काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले स्थानीय तह र प्रदेशसभा सदस्यको निर्वाचन एकैपटक गर्न आवश्यक रहेको बताएका छन् । बिहीबार प्रतिनिधिसभाको समानुपातिकतर्फका सांसदहरूलाई प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले २०८४ सालमा हुने स्थानीय तह र प्रदेशसभा सदस्यको निर्वाचन एकै पटक गर्नुपर्ने बताएका हुन् । उनले यसले निर्वाचन खर्च घट्ने बताए । भण्डारीकाअनुसार आगामी १३–१४ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्नुपर्नेछ भने प्रदेश सभा निर्वाचन २०८४ मंसिरमा गर्नुपर्ने छ । यी दुई निर्वाचनलाई एउटै मितिमा सम्पन्न गर्नसके मितव्ययी र प्रभावकारी हुने उनको तर्क छ । तर वर्तमान कानुनी संरचनाले संयुक्त निर्वाचनको व्यवस्था गर्न नसक्ने उनले बताए । त्यसका लागि…
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फका नवनिर्वाचित ११० सांसदलाई प्रमाण पत्र प्रदान गरिएको छ । निर्वाचन आयोगले एक विशेष समारोह आयोजना गरेर ६ दलबाट निर्वाचित भएका समानुपातिक सांसदहरूलाई प्रमाणपत्र वितरण गरेको हो । जसमा रास्वपाका ५७, कांग्रेसका २०, एमालेका १६, नेकपाका ९ साथै श्रम संस्कृति र राष्ट्रिय प्रजातन्त्र पार्टीका ४– ४ सांसद छन् । आयोगले आजै निर्वाचन परिणामसहितको पूरा प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाउँदैछ । प्रतिवेदन बुझाएपछि संसदको पहिलो बैठक साथै सरकार गठनको आव्हानको बाटो खुल्नेछ ।
काठमाडौँ । संघीय संसद् सचिवालयले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको बैठक आह्वान गरेको छ । संसद्का महासचिव पद्मप्रसाद पाण्डेले बिहीबार दिउँसो २ बजे प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक आह्वान गरिएको जानकारी दिए । ‘प्रतिनिधिसभाको निर्वाचनबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्न सफल भएका दलहरूको बैठक सचिवालयले आह्वान गरेको छ,’ महासचिव पाण्डेले भने, ‘बैठक सिंहदरबारस्थित संसद् सचिवालयमा रहेको महासचिवको कार्यकक्षमा बस्नेछ ।’ फागुन २१ गते भएको प्रतिनिधिसभाबाट ६ दलले प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले , नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभामा सिट जितेका छन् । ती दलहरूको बैठक बोलाएर सचिवालयले अब कसरी…
काठमाडौँ । जेनजी आन्दोलनमा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार बढी कैदीबन्दी अझै फरार छन् । केन्द्रीय कारागार कार्यालयका सूचना अधिकारी बैकुण्ठ रेग्मीले जेनजी आन्दोलनका क्रममा भागेका कैदीबन्दीमध्ये एक हजार २०० हाराहारीमा कैदीबन्दी अझै फरार रहेको जानकारी दिए । भदौ २४ गते बिहानसम्म केन्द्रीय कारागारमा तीन हजार ८८० कैदीबन्दी थिए, जेनजी आन्दोलनका क्रममा तीन हजार ५१७ कैदीबन्दी भागेका थिए । तीमध्ये अधिकाशं कैदीबन्दी फिर्ता भए, हाल एक हजार २०० कैदीबन्दी अझै फरार छन्, उनले भने । हाल केन्द्रीय कारागारमा तीन हजार ३१३ कैदीबन्दी छन् । जसमध्ये एक हजार ९२० कैदी, एक हजार ४९३ थुनुवा छन् । केन्द्रीय जेलमा एक हजार…
काठमाडौँ । अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला इरानले मध्यपूर्वी देशका उर्जा संरचनाहरुलाई लक्षित गर्दै आक्रमण तीब्र पारेको छ । रोयटर्सका अनुसार कतार र साउदी अरेबियाका महत्वपूर्ण ऊर्जा पूर्वाधारहरूमा आक्रमण भएको पुष्टि भएको छ ।विश्वकै ठूलो प्राकृतिक ग्यास भण्डार मानिने इरानको ‘साउथ पार्स’मा इजरायलले हमला गरेपछि इरानले कतारको रास लाफान औद्योगिक क्षेत्रमा जवाफी हमला गरेको छ। यसबाट कतारलाई ठूलो नोक्सान पुगेको छ। कतारको सरकारी पेट्रोलियम कम्पनीले एक विज्ञप्ति जारी गर्दै बुधबारको मिसाइल हमलामा मुख्य ग्यास प्लान्टमा आगो लागेको र यसबाट धेरै नोक्सान भएको उल्लेख गरेको छ। प्रतिक्रियामा कतारले इरानका दुई कूटनीतिज्ञलाई निष्कासन समेत गरेको छ।…
महोत्तरी । मुआब्जा विवादले महोत्तरीमा पूर्व–पश्चिम रेल्वेको काम रोकिएको छ। बर्दिबास नगरपालिका क्षेत्रमा १४ जनाको मुआब्जा विवादले काम रोकिएको हो। भारत सरकारको सहयोगमा भारतको जयनगरदेखि महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिकास्थित रेल्वे स्टेशनसम्म रेल सञ्चालनमा आइसकेको छ। तर मुआब्जा नदिँदा भङ्गहाबाट बर्दिबाससम्मको काम रोकिएको छ। चौध जनालाई रु सातदेखि आठ करोड मुआब्जा तिर्न बाँकी छ। विभागले रकम निकासका निम्ति भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग अनुरोध गरेको जनाएको छ। बर्दिबासका पीडितहरुले मुआब्जाका लागि पटकपटक रेल विभागमा धाइराखे पनि मुआब्जा नपाउँदा उनीहरुले यसअघि धेरै पटक काम रोक्ने चेतावनी दिए पनि रेल्वेले सुनुवाई नगरेपछि अन्ततः पीडितहरुले बर्दिबासमा रेल्वे मार्गको निर्माण कार्य रोकेका छन्। रासस
काठमाण्डौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधसम्बन्धी मुद्दा फिर्ता गर्ने निर्णयविरुद्धको रिट निवेदन मंगलबार हेर्न नभ्याएपछि ‘हेर्दाहेर्दै’मा आज ( बिहीबार ) सुनुवाइ गर्ने भएको छ। न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा आइतबारदेखि सुनुवाइ सुरु भएको थियो। मंगलबार पनि सुनुवाइ नसकिएकाले हेर्दाहेर्दैमा यही चैत ५ गते सुनुवाइ हुने सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए। यसअघि, सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको संयुक्त इजलासले उक्त निवेदनलाई नियमित सुनुवाइ गर्न यही चैत १ गतेका लागि पेस गर्न आदेश दिएको थियो। महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेविरुद्ध…
काठमाडौं । नेपाली कांग्रेसको शुक्रबार बस्ने केन्द्रीय कार्यसमिति बैठकको अध्यक्षता उपसभापति विश्वप्रकाश शर्माले गर्ने भएका छन् । बैठकमा सभापति गगनकुमार थापाले राजीनामा दिएकोबारे जानकारी गराउन कार्यसूची रहेको छ । यसका साथै निर्वाचनमा भोगेको पराजयको प्रारम्भिक विवरण पेस हुनेछ । तल्लो तहबाट विवरण बुझाउन बाँकी रहेको हुँदा उपसभापति शर्माले पराजयबारे प्रारम्भिक विवरण बैठकलाई जानकारी गराउने छन् । केन्द्रीय कार्यालयले सबै क्षेत्रमा परिपत्र गरेर निर्वाचन पराजय भएको कारण खुलाएर पत्र पठाउन भनेको छ । पराजय भएको र निर्वाचित भएको दुवैतर्फबाट कारण खुलाएर पत्र पठाउन भनेको छ । पार्टी स्रोतका अनुसार यो बैठकमा सभापति थापाको राजीनामाको बारेमै बढी केन्द्रित हुनेछ । बैठकमा उपसभापति…
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् । उनले निर्वाचन परिणामपछि नै पार्टी सभापतिबाट राजीनामा दिने मनस्थिति बनाएका थिए । उनलाई पार्टीभित्रैका केही नेताहरुले पनि नैतिकताका आधारमा राजीनामा दिन सुझाव दिएका थिए । उनले पार्टी उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन् । राजीनामा सार्वजनिक गरिएको छैन । ‘निर्वाचनमा अप्रत्याशित नतिजाको नैतिक जिम्मेवारी लिँदै उहाँले राजीनामा दिनु भएको हो,’ सहमहामन्त्री प्रकाश रसाइलीले भने, ‘राजीनामाका विषयमा भोलि छलफल हुन्छ ।’ थापा पुस २७ देखि ३० गतेसम्म भृकुटीमण्डपमा भएको कांग्रेस विशेष महाधिवेशनबाट सभापति चयन भएका थिए । थापा आफैँ पनि प्रतिनिधि सभा निर्वाचनमा सर्लाही–४ बाट पराजित भएका थिए । आमनिर्वाचन…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क