Author: ट्रान्सपेरेन्टखबर
काठमाडौं । राजनीतिमा सक्रिय हुन थालेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सम्पर्क कार्यालय आज उदघाटन गर्दैछिन् । काठमाडौंको थापागाउँस्थित लाखेचौर मार्गमा भाडामा लिइएको घरमा आज सम्पर्क कार्यालय उदघाटन गर्न लागिएको हो । यद्यपि भण्डारी पक्षले यसलाई सम्पर्क कार्यालय भनेको छैन । त्यसलाई ‘मदन भण्डारी ७५ औं जन्मजयन्ती मूल व्यवस्थापन समिति’को कार्यालय भनिएको छ । समितिको संयोजक बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल छन् । मूल व्यवस्थापन समितिकी संरक्षक समेत रहेकी विद्यादेवी भण्डारीले आज दिउँसो २ बजे कार्यालय उदघाटन गर्ने संयोजक पौडेलले जानकारी दिए । मदन भण्डारीको ७५औं जन्मजयन्ती मनाउन बागमती प्रदेशका पूर्वमुख्यमन्त्री पौडेलको नेतृत्वमा ७५ सदस्यीय मूल व्यवस्थापन समिति बनाइएको छ । समितिले…
काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभा बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ बजेको लागि बोलाइएको संसद् सचिवालयले जानकारी दिएको छ । बैठकमा अर्थ समितिका सभापति सन्तोष चालीसेले वैकल्पिक विकास वित्त परिचालन विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८२ पेस गर्ने कार्यसूचीमा उल्लेख छ । त्यस्तै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीलेुऔद्योगिक सम्पत्ति सम्बन्धी विधेयक, २०८२ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्भ न्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले राष्ट्रिय सभामा उत्पत्ति भएको पानी जहाज ( सञ्चालन तथा व्यवस्थापन ) विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत…
काठमाडौँ । भारत र चीनबिच भएको लिपुलेकलाई व्यापारिक केन्द्र बनाउने सहमतिप्रति नेपाल सरकारले आफ्नो स्पष्ट धारणा सार्वजनिक गरेको छ । ‘नेपाली भूमी लिपुलेक हुँदै भारत(चीनबीच सीमा व्यापारका बिषयमा मिडियाबाट सोधिएका प्रश्नका सम्बन्धमा परराष्ट्र प्रवक्ताको जवाफ’ मार्फत नेपालले आफ्नो स्पष्ट धारणा सार्वजनिक गरेको हो । बुधबार सार्वजनिक परराष्ट्र प्रवक्ताको जवाफमा भनिएको छ( नेपालको संविधानमा देशको आधिकारिक नक्सा समावेश भइसकेको छ र उक्त नक्सामा महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू(भाग रहेको तथ्यमा नेपाल सरकार स्पष्ट छ।ु उक्त भू–भागमा कुनै पनि किसिमको गतिविधि नगर्न भारतलाई पटक–पटक आग्रह गरेको स्मरण गराउँदै परराष्ट्र प्रवक्ताको जवाफमा भनिएको छ( नेपाल सरकारले भारत सरकारलाई उक्त…
काठमाण्डौं । नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) ले केन्द्रीय कमिटी बैठक बोलाएको छ। ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा यही भदौ १३ गते बिहान ११ बजे १०औं केन्द्रीय कमिटीको बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिए। उनका अनुसार दोस्रो विधान महाधिवेशनको तयारीका लागि बैठक बोलाइएको हो। उनले बैठकमा महाधिवेशनमा पेस गर्ने विधान संशोधन प्रस्ताव प्रतिवेदनबारे छलफल गरिने जानकारी दिए। विधान संशोधन प्रस्ताव प्रतिवेदन पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पेस गर्नेछन्। एमालेले विधान संशोधन प्रस्तावमाथिको सुझाव पठाउन मातहतका कमिटीलाई यही भदौ १० गतेसम्मको समयसीमा दिएको छ। कार्यालय सचिव डा अधिकारीले विधान संशोधनसम्बन्धी सुझावलाई समेटेर प्रतिवेदन केन्द्रीय कमिटी बैठकमा…
काठमाण्डौं । लिपुलेकको विषयमा भारत र चीनबिच भएको सहमतिमा नेपालको चासोसँगै भारतले प्रतिक्रिया जनाएको छ। भारतको विदेश मन्त्रालयले एक वक्तव्य जारी गरी लिपुलेक नाका दशकौँदेखि प्रयोगमा आएको उल्लेख गर्दै नेपालले विस्तार गरेको नक्सा तथ्यहीन भएको टिप्पणी गरेको छ। ‘हामीले लिपुलेक नाका हुँदै भारत र चीन बिचको सीमा व्यापार पुनः सुरु गर्ने सम्बन्धमा नेपालको परराष्ट्र मन्त्रालयको टिप्पणीलाई ध्यानमा राखेका छौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस सम्बन्धमा हाम्रो अडान स्थिर र स्पष्ट रहेको छ। लिपुलेक नाका हुँदै भारत र चीनबिचको सीमा व्यापार सन् १९५४ मा सुरु भएको थियो र दशकौँदेखि चलिरहेको छ।’ कोभिड र अन्य घटनाक्रमका कारण हालैका वर्षहरूमा यो व्यापार अवरुद्ध भएको…
काठमाडौँ । सङ्घीय संसद्का उपसभामुख इन्दिरा रानाले आफू अमेरिका भ्रमणमा जानुभएको बारे संसद्लाई जानकारी नदिएको सभामुख देवराज घिमिरेले बताउनुभएको छ । प्रतिनिधि सभाको बुधबारको बैठकमा सत्तारूढ दल नेपाली कांग्रेसकी रमा कोइरालाले उपसभामुख रानाको अमेरिका भ्रमणको औचित्य र विषयबारे प्रश्न उठाउनुभयो । कोइरालाले उपसभामुख संसद्को प्रतिनिधित्व गरेर अमेरिका गएको वा गैरसरकारी संस्थाको प्रतिनिधित्व गरेर गएको भन्ने प्रश्न उठाउनुभयो । कांग्रेस प्रतिनिधिहरूले बुधबारको कार्यव्यवस्था तथा परामर्श समितिमा पनि भ्रमणका विषयमा सभामुखसँग जिज्ञासा राखेका थिए । कांग्रेस सांसद रामहरि खतिवडाले कार्यव्यवस्थामा राख्नुभएको उक्त जिज्ञासामा सभामुख देवराज घिमिरेले संसद्को प्रतिनिधित्वका रूपमा उपसभामुख नगएको र अन्य विषयमा जानकारी नभएको बताउनुभएको थियो । राना साउन ३०…
काठमाडौं । लिपुलेक पासका विषयमा भारत र चीनले सम्झौता गरेको भन्दै अखिल क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ । क्रान्तिकारीले नेपाली भूमि लिपुलेकमाथि भारत र चीनले हस्तक्षेप गरेको भन्दै बुधबार काठमाडौंमा विरोध प्रदर्शन गरेका हुन् । लिपुलेक पास हुँदै भारत र चीनले द्विपक्षीय व्यापार गर्ने सहमति गरेपछि यसको विरोध भएको हो ।
काठमाण्डौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनता, आफ्नो पार्टीका सांसद र अन्य दलको सहयोगमा आफू पाँच पटक प्रधानमन्त्री बनेको बताएका छन्। दिवंगत नेता प्रदीप गिरिको स्मृतिमा बुधबार स्कुल अफ डेमोक्रेसीले काठमाडौंमा आयोजना गरेको समारोहलाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन्। ‘यहाँ धेरै साथीले कुरा उठाएका छन्, अब आफ्नै विषयमा उठाएको कुरालाई मैले के भन्ने?,’ सभापति देउवाले भने, ‘कति प्रधानमन्त्री भइरहने भन्छन् । अब जनताले भोट हाल्दिन्छन् त ! पार्टीका साथीभाइले सहयोग गरे, अरू पार्टीका साथीभाइले सहयोग गरे प्रधानमन्त्री भएको हुँ।’ त्यस कारण आफू सौभाग्यशाली व्यक्ति पनि रहेको उनले बताए। उनले भने, ‘किनभने अहिलेसम्म प्रत्यक्ष निर्वाचन प्रणाली लडेको हुँ जहिले…
काठमाण्डौं । नेकपा ( माओवादी केन्द्र ) का अध्यक्ष पुष्पकमल दाहाल राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) का सभापति रवि लामिछानेलाई भेट्न नख्खु कारागार पुगेका छन्। बुधबार साँझ दाहाल रवि लामिछानेलाई भेट्ने नख्खु कारागार गएका हुन्।
काठमाडौं । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङले सोमबारको निर्णयहरू सार्वजनिक गरेका हुन् । सरकारले जापान सरकारबाट प्राप्त हुने करिब ३० अर्ब आठ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण सहायता प्राप्त गर्ने निर्णय गरेको छ । भदौ २ गते बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता गुरुङले कोटेश्वर इन्टरसेक्सन सुधार आयोजना कार्यान्वयनका लागि जापान सरकारबाट प्राप्त हुने सहुलियतपूर्ण ऋण सहायता प्राप्त गर्ने निर्णय गरेको हो । बैठकले समृद्धिका लागि वन परियोजनाको अनुदान तथा ऋण सम्झौताको संशोधन स्वीकृत गरेको छ भने नेपाल बीमा प्राधिकरण सञ्चालक समितिका अध्यक्ष शरद ओझाले खराब आचरण प्रदर्शन गरेकाले पदबाट पदमुक्त गर्ने…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रबन्ध निर्देशक: बिजय प्रकाश मिश्र
प्रधान सम्पादक: जनक राज पण्डित
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क