Author: Editor

काठमाडौँ । आसन्न निर्वाचनलाई मध्यनजर गर्दै नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात बढाएको छ। निर्वाचनको समयमा बजारमा ग्यासको अभाव हुन नदिन निगमले भारतीय आयल कर्पोरेसन ९आईओसी० बाट ग्यासको लोडिङ उच्च दरमा गरिरहेको जनाएको छ। निगमका अनुसार हिजो ९मंगलबार० यो वर्षकै सबैभन्दा बढी परिमाणमा ग्यास लोड भएको छ। मंगलबार एकै दिन १३८ बुलेट ग्यास लोड भएको निगमले जानकारी दिएको छ। यो परिमाण करिब १ लाख ७३ हजार ८०० सिलिन्डर बराबर हुन आउँछ। नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिका भट्टले निर्वाचनको अवधिमा पनि ग्यासको आपूर्ति यसरी नै नियमित हुने भन्दै उपभोक्तालाई ढुक्क रहन आग्रह गरेका छन्। बजारमा कृत्रिम अभाव सिर्जना…

Read More

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन तयारी र सुरक्षा अवस्थाका विषयमा सबै सुरक्षा निकायका प्रमुखहरुसँग जानकारी लिएकी छिन् । प्रधानमन्त्री कार्कीले वालुवाटारमा सबै सुरक्षा प्रमुखहरुलाई बोलाएर जानकारी लिएकी हुन् । गृहमन्त्री ओमप्रकाश अर्याल, मुख्यसचिव सुमनराज अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल, गृहसचिव राजकुमार श्रेष्ठ, गृह मन्त्रालयको शान्ति सुरक्षा महाशाखा प्रमुख आनन्द काफ्ले, नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्की लगायतको उपस्थितिमा हालको सुरक्षा व्यवस्थापन, सम्भावित चुनौती र तिनको सम्बोधनका लागि अपनाइएको रणनीतिका विषयमा समीक्षा पनि भएको छ । प्रधानमन्त्री कार्कीले निर्वाचन सुरक्षाको हालसम्मको अवस्था सन्तोषजनक रहेको बताईन् । उनले चुनौती सिर्जना गर्नसक्ने…

Read More

काठमाडौं । नेपाली कांग्रेसले देशका विभिन्न पाँच स्थानमा चुनावी सभा गर्ने भएको छ । कांग्रेसले फागुन ६ गते जनकपुरमा पहिलो चुनावी सभा गरी चुनावी प्रतिज्ञापत्र सार्वजनिक गरेपछि देशका विभिन्न प्रमुख शहरमा पनि सभा गर्ने तयारी गरेको हो । कांग्रेसले काठमाडौं, सुर्खेत, बाँके, रूपन्देही, र पोखरामा चुनावी सभा गर्न लागेको हो । । कांग्रेस स्रोतका अनुसार पार्टीले ५ स्थानमा गर्ने ठूला चुनावी सभा गर्ने तयारी रहेको छ । जसअनुसार फागुन १४ गते सुर्खेत, बाँके र रूपन्देहीमा गरी तीन स्थानमा चुनावी सभा हुनेछ । त्यस्तै फागुन १५ गते पोखरामा र फागुन १७ गते काठमाण्डौंमा चुनावी सभा गर्ने कांग्रेसको तयारी रहेको छ ।…

Read More

काठमाडौं । सरकारले जेनजी परिषद् गठन गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । यस्तो २०८३ साल वैशाख १ देखि चैत मसान्तसम्म एक वर्षभरि दिइने सार्वजनिक बिदा निर्धारण गर्ने निर्णय पनि गरेको छ । साथै प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को सन्दर्भमा फागुन २० गतेदेखि २२ गतेसम्म तीन दिन मुलुकभर सार्वजनिक बिदा दिने निर्णय पनि सरकारले गरेको छ । त्यसैगरी प्रतिनिधिसभा निर्वाचनका लागि चीन सरकारबाट प्राप्त हुने प्रस्तावित ४ मिलियन अमेरिकी डलर बराबरको नगद अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि भएको सरकारका प्रवक्ता ओमप्रकाश अर्यालले बताए । मन्त्रिपरिषद्का निर्णय १. प्रतिनिधिसभा निर्वाचनका लागि चीन सरकारबाट…

Read More

काठमाण्डौं । यही फागुन २१ गते हुने ‘प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२’लाई लक्षित गरी बाँके र बर्दियाका महिलाका लागि मतदाता शिक्षा कार्यक्रम सुरु गरिएको छ। महिला, कानुन र विकास मञ्च काठमाडौंको सहयोगमा सूचना तथा मानवअधिकार अनुसन्धान केन्द्र नेपालगन्जले, बाँके र बर्दियामा निर्वाचनलाई लक्षित गरी मतदाता शिक्षा सुरु गरेको हो। बाँके र बर्दियामा विशेषगरी थारू, मधेशी, मुस्लिम, सीमान्तकृत, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका महिला र १८ वर्ष पुगेका युवायुवतीलाई मतदाता शिक्षा दिन लागिएको हो। बाँकेको जानकी गाउँपालिका–२ मा मधेशी समुदायका महिलालाई मतदाता शिक्षाबारे जानकारी दिइएको छ। अभिमुखीकरणमा निर्वाचन आचारसंहिता, मतदाताको अधिकार तथा भूमिका मतपत्रबारे जानकारी, मतदान गर्न जाँदा ध्यान दिनुपर्ने कुरालगायतका बारेमा…

Read More

काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न पाँच मुलुकका राजदूतले आज राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा आ(आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्। राष्ट्रपतिसमक्ष अस्ट्रेलियाका राजदूत साइमन अर्नष्ट, साउदी अरबका राजदूत फाद मोहम्मद आज्मी मङ्खिर र चीनका राजदूत चाङ माओमिङले ओहोदाको प्रमाणपत्र पेस गरेका हुन्। उनीहरू आवासीय राजदूत हुन्। त्यसैगरी, राष्ट्रपतिसमक्ष मालदिभ्सका राजदूत आइसाथा अजिमा र तुर्किएका राजदूत अली मुरत इस्र्वेले पनि आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्। उनीहरू नेपालका लागि गैर आवासीय राजदूत हुन्।

Read More

काठमाडौँ । चीन सरकारले आसन्न निर्वाचनका निम्ति ४० लाख अमेरिकी डलर प्रदान गर्ने भएको छ । अनुदानस्वरुप प्राप्त हुने उक्त रकम स्वीकार गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ । सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार बैठकले चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रममा उल्लेख भएबमोजिम बूढीगण्डकी जलाशययुक्त आयोजनाको वित्तीय लगानी ढाँचा स्वीकृत गर्ने निर्यण गरेको छ । साथै बैठकले काठमाडौँ जिल्ला अदालतका मुख्य न्यायाधीश दीवाकर भट्टलाई काठमाडौँ जिल्ला अदालतको कामसमेत हेर्नेगरी उपभोक्ता अदालत काठमाडौँको अध्यक्ष तोक्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले बिमा ऐन, २०७९ को दफा १४० बमोजिमको कसुरसम्बन्धी मुद्दाको कारबाही र किनारा गर्न जिल्ला अदालतलाई तोक्ने र विक्रम संवत्…

Read More

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनको दिन नजिकिँदै गर्दा देशका विभिन्न भागहरुमा भइरहेका गतिविधि तथा घटना र त्यसले देशको शान्तिसुरक्षा र आसन्न निर्वाचनमा पार्न सक्ने प्रभावप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आयोगले देशैभर प्रतिनिधिसभाको निर्वाचनपूर्वको अनुगमन गर्ने कार्यलाई तीव्रताका साथ अगाडि बढाएको पनि उल्लेख गरेको छ । आयोगले निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न अनुरोध गरेको छ । आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘पछिल्लोपटक दाङलगायतका विभिन्न जिल्लामा केही दलहरुका कार्यकर्ता बिच सिर्जना भएको विवाद तथा रौतहट पर्सालगायतका जिल्लामा विभिन्न समूह बिच भएका विवादका कारण निषेधाज्ञा समेत जारी गर्नुपर्ने अवस्था सिर्जना भएका घटनाहरुले निर्वाचनका साथै…

Read More

काठमाडौं। सर्वोच्च अदालतले नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशहरु मनोजकुमार शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले प्रसाईंलाई थुनामुक्त गर्न आदेश गरेको हो । प्रसाईंको परिवारले बन्दीप्रत्यक्षीकरणको रिट दाय गरेको थियो ।

Read More

काठमाण्डौं । निर्माण व्यवसायीहरूको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिस्ठ नेता बालेन शाहद्वारा व्यक्त ‘रुखमा बाँधेर भए पनि बाटो बनाउनुपर्छ’ भन्ने अभिव्यक्तिको कडा भर्त्सना गरेको छ। महासंघले उक्त अभिव्यक्ति अमर्यादित, उत्तेजक र निर्माण व्यवसायीहरूको मनोबल गिराउने खालको रहेको भन्दै सार्वजनिक रूपमा माफी माग्न माग गरेको हो। फागुन ६ गते धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै शाहले ‘दुई वर्षमा बन्ने बाटो बीस वर्षमा पनि बन्दैन, डेढ वर्षमा बन्नुपर्ने हाम्रो एजेन्डा हो, रुखमा बाँधेर हुन्छ कि, बाटोमा सुताएर हुन्छ कि, खोरमा जाकेर हुन्छ कि—बाटो बन्नु पर्छ’ भन्ने अभिव्यक्ति दिएका थिए। महासंघले उक्त धारणा निर्वाचन आचारसंहिता विपरीत र सस्तो…

Read More