Author: ट्रान्सपेरेन्टखबर
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० का उपमहासचिव शक्तिबहादुर बस्नेतले सरकारले ल्याएको बजेट किसानमैत्री नभएको बताएका छन् । अखिल नेपाल किसान महासङ्घ ( क्रान्तिकारी केन्द्र) ले आयोजना गरेको कार्यक्रममा उपमहासचिव बस्नेतले बजेटले किसानलाई अन्याय गरेको आरोप लगाए । ४८औँ जुगेडी किसान संघर्ष दिवसको अवसरमा पूर्वगृहमन्त्रीसमेत रहेका नेता बस्नेतले आफ्नो पार्टी जिम्मेवार प्रतिपक्षको रुपमा पेस भएर दुई बुँदे सहमति गरेको र त्यो कार्यान्वयन नभए पुनः आन्दोलन गर्ने चेतावनी दिए । उनले सरकारसँग भएको सहमतिबारे कुनै गलत धारण नबनाउनसमेत आग्रह गरे । ‘यदि ३० दिनभित्र सहमति कार्यान्वयन नगरे सरकार विरुद्ध सडक संघर्ष गर्ने बाटो खुला छ । तर, आशा गरौँ छिट्टै…
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ चक्रपथको कलङ्की–कोटेश्वर खण्डमा नवनिर्मित ग्वार्को फ्लाई ओभरको उद्घाटन गरेका छन् । चक्रपथमा हुने गरेको सवारी आवागमनको अत्यधिक चाप व्यवस्थापन गर्न ग्वार्कोमा ओभर पास निर्माण गरिएको हो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमै पहिलोपल्ट फ्लाई ओभर निर्माण भएको बताए । यस फ्लाई ओभरले अब ग्वार्कोमा जामको समस्या समाधान हुने बताए । उनले दैलेखकमा पत्ता लागेको मिथेन ग्यास नेपालको समृद्धि र विकासका लागि धेरै महत्वपूर्ण रहेको बताए । ‘हामी विकासको बाटोमा लगातार अगाडि बढीरहेका छौं । हिजोमात्रै एउटा समाचार आयो । आज अखबारहरुमा व्यापक महत्व पायो । दैलेखमा नेपालाई ५० वर्ष पुग्नेगरी मिथेन ग्यास…
काठमाण्डौं । शुक्रबारको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमको कार्यसूची थियो। तर बैठक सुरु हुने बित्तिकै राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का सांसदहरूले बैठकमा नाराबाजी गरेपछि बैठकको कार्यसूचीबाट प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हटाइयो। प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमका लागि प्रतिनिधि सभाको बैठकमा पुगेका प्रधानमन्त्री केपी शर्मा ओली यतिकै बैठकबाट फर्किए।ओली प्रतिनिधि सभाको बैठकबाट निस्किँदै गर्दा पत्रकारहरूले प्रश्न गरे जवाफ दिन पाउनु भएन नि प्रधानमन्त्री ज्यु रु त्यसको जवाफमा ओलीले भने मजा लाग्यो। शुक्रबार प्रतिनिधिसभाको बैठक सुरु हुनेबितिकै रास्वपा र राप्रपाका सांसदहरूले विरोध गरेका थिए। सभामुख देवराज घिमिरेले उनीहरुलाई बस्नका लागि बारम्बार आग्रह गरेका थिए। तर रास्वपा…
काठमाण्डौं । सांसदहरुले ठूला दलका शीर्ष नेता र मन्त्रीका जिल्लामा मात्रै आवश्यकभन्दा बढी बजेट विनियोजन गरिएको दाबी गरेका छन्। प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न मन्त्रालयको विनियोजनमाथिको छलफलका क्रममा उनीहरुले समानुपातिक रुपमा बजेट विनियोजन नभएकोमा असहमति प्रकट गरे। छलफलमा भाग लिँदै सांसद दीपक गिरीले विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै दाङको टरिगाउँ विमानस्थलको निर्माणका लागि रु एक करोड बजेट विनियोनजन गरिएकामा असहमति जनाए। उनले सरकारले रु तीन करोडभन्दा कमको बजेट विनियोजन नगर्ने भन्ने व्यवस्था गर्ने भनेर प्रचार गरिएको भएपनि विमानस्थलको जग्गा अधिग्रहणका लागि आवश्यकभन्दा कम बजेट विनियोजन गरेर सांसदहरुको भावनालाई सम्बोधन गर्न नसकेको बताए। सांसद मेनकाकुमारी पोखरेलले टरिगाउँ विमानस्थल निर्माणका सम्बन्धमा प्रधानमन्त्रीले नै…
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूबीच छलफल सुरु भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादीका अध्यक्ष पुष्पकमल दाहालसहित शीर्ष नेताहरुबीच भेटवार्ता जारी छ। तीन नेताबीच सदनको जारी अवरोध, सदनमा पेस भएका विभिन्न विधेयक, समसामयिक गतिविधिलगायत विषयमा छलफल भइरहेको जनाएको छ। छलफल सङ्क्रमणकालीनको विषयमा केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवायले जनाएको छ । तीन शीर्ष नेतासहित कांग्रेसबाट गृहमन्त्री रमेश लेखक, माओवादीबाट उपमहासचिव वर्षमान पुनलगायत सहभागी छन् ।
काठमाडौं । संयुक्त राज्य अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन ( एमसिसी ) नेपालमा निरन्तर रहने भएको छ। गत फेब्रुअरीमा अमेरिकी विदेशमन्त्रीले वैदेशिक सहायतासम्बन्धी समीक्षा चलिरहेकै बेला लागू गरिएको ९० दिने रोकमा एमसिसी नेपाल कम्प्याक्टका लागि विशेष अपवाद प्रदान गर्दै एमसिसीको निरन्तर कार्यान्वयनलाई स्वीकृति प्रदान गरिएको हो। यसले एमसिसी नेपाल कम्प्याक्टको कार्यान्वयनलाई समीक्षा अवधिमा पनि निरन्तर अगाडि बढाउन स्वीकृत प्रदान गरेको नेपालमा रहेको अमेरिकी दूतावासले जनाएको छ। एमसिसी र नेपालस्थित अमेरिकी दूतावास सरोकारवालासँग सहकार्य तथा संवाद गर्दै यस समीक्षाको सकारात्मक परिणामका लागि प्रयत्नरत रहेको दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। एमसिसीले नेपाल सरकारको अर्थ मन्त्रालय र एमसिए९नेपालसँग निकट सहकार्य गर्दै कम्प्याक्टअन्तर्गत गरिएका…
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणीकरण गर्नुभएको छ । संघीय संसद् का दुवै सदन—प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भई प्रमाणीकरणको लागि पेस गरिएको उक्त विधेयकलाई राष्ट्रपति पौडेलले संविधानको धारा ११३ को उपधारा ( २ ) बमोजिम बुधबार प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिनुभयो । यस विधेयकले नेपाल सरकारलाई चिकित्सा शिक्षा अध्ययन र अध्यापन गराउनका लागि विश्वविद्यालय स्थापना गर्न कानुनी अधिकार प्रदान गर्दछ । सरकारको योजनाअनुसार, सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लास्थित गेटामा अवस्थित गेटा मेडिकल कलेजको संरचनालाई प्रयोग गर्दै शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गरिनेछ ।…
काठमाडौं। घरेलु टोली स्कटल्यान्डविरुद्ध कठिन तर रोमाञ्चक जित निकालेको नेपालले टी–२० त्रिकोणात्मक सिरिजअन्तर्गत बिहीबार नेदरल्यान्ड्सलाई चुनौती प्रस्तुत गर्दैछ। खेल नेपाली समयअनुसार ७.४५ बजे हुनेछ। पहिलो खेलमा नेपालले दुर्भाग्यजनक हार बेहोरेको थियो। तीन सुपर ओभरसम्म पुगेको खेलमा नेदरल्यान्ड्सले नेपाललाई २ विकेटले पराजित गर्यो। तर, दोस्रो खेलमा भने नेपालले घरेलु टोलीलाई २ विकेटले नै पराजित गर्दै प्रतियोगितामा पुनरागमन गरिसकेको छ। यता, नेदरल्यान्ड्स भने लगातार दोस्रो जितसहित प्रतियोगितामा बलियो स्थितिमा पुगेको छ। पहिलो खेलमा स्कटल्यान्डसँग ३९ रनले पराजित भएको थियो। तर, दोस्रो खेलमा नेपालालाई पराजित गर्दै पुनरागमन गर्न सफल रह्यो। तेस्रो खेलमा अन्तिम बल अगाबै २ विकेटको जित निकाल्दै नेदरल्यान्ड्सले आत्मविश्वास बढाएको छ।…
काठमाण्डौं । देशभर साधारणतया मनसुनी वायुको प्रभाव रहेको छ। सबै प्रदेशका केही स्थानहरुमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक– दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ। देशका उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरू हल्का वर्षारहिमपातको सम्भावना रहेको छ। महाशाखाका अनुसार आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, मधेस प्रदेश, गण्डकी…
काठमाडौँ । मितेरी बचत तथा ऋण सहकारीको रकम अपचलनमा संलग्न आरोपी ज्योतिबहादुर भण्डारीलाई प्रहरीले कम्बोडियाबाट काठमाडौँ ल्याएको छ । रकम अपचलनमा मुछिएपछि कम्बोडिया भागेका ज्योतिबहादुर भण्डारीलाई नेपाल ल्याइएको हो । रेड कर्नर नोटिसका आधारमा उनी कम्बोडियामा पक्राउ परेका उनलाई लिन नेपाल प्रहरीको टोली कम्बोडिया पुगेको थियो । इन्टरपोलको सहयोगमा उनलाई कम्बोडियाबाट पक्राउ गरेर काठमाडौँ ल्याइएको हो । भण्डारीलाई ल्याउन नेपाल प्रहरीका अधिकृत कम्बोडिया गएका थिए । सिंगापुर एयरलाइन्सको उडानमार्फत उनलाई काठमाडौँ ल्याइएको हो । कम्बोडियाको कानुन उल्लङ्घन गरेको आरोपमा उनी त्यहाँ पक्राउ परेका थिए । पक्राउ परेको सूचना पाएसँगै उनलाई नेपाल ल्याउन इन्टरपोल मार्फत पत्राचार गरिएको थियो । ललितपुर महानगरपालिका…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रबन्ध निर्देशक: बिजय प्रकाश मिश्र
प्रधान सम्पादक: जनक राज पण्डित
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क