Author: ट्रान्सपेरेन्टखबर

वीरगञ्ज ( पर्सा)  । चालु आर्थिक वर्षको ११ महिनामा वीरगञ्ज नाका भएर एक खर्ब ७४ अर्ब ९ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास ( एलपिजी) , एभिएसन टर्बाइन फ्युल ९एटिएफ० र मट्टितेल आयात भएको हो । समग्रमा गत आवको ११ महिनाको तुलनामा चालु आवको सोही अवधिमा पाँच थरिका पेट्रोलियम पदार्थ आयात भने एक अर्ब ६ करोडले घटेको छ । सो अवधिमा मूल्यका आधारमा पेट्रोलियम पदार्थको आयात घटे पनि सोबाट प्राप्त हुने राजस्व भने ११।६६ प्रतिशत अर्थात् सात अर्ब ६४ करोडले बढेको छ । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख दीपक लामिछानेका अनुसार कार्यालयले चालु…

Read More

काठमाण्डौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहँदा आंशिकदेखि साधारणतया बदली रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर देशका पहाडी भागका केही स्थानमा तथा बाँकी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। उच्चपहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाव्दारा जारी बुलेटिनमा उल्लेख छ। वर्षाले नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षयजस्ता जोखिम हुनसक्ने भएकाले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुनसक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता…

Read More

काठमाडौँ । इजरायल–इरान युद्धका कारण इरानमा रहेका नेपालीलाई उद्धार गरिने भएको छ । भारत सरकारको सहयोगमा उनीहरूको उद्धार गरिने परराष्ट्रमन्त्री डा। आरजु राणा देउवाले बताउनुभयो । इरानमा रहेका १६ जना नेपालीको उद्धारका निम्ति आफूले भारत सरकारसँग आग्रह गरेको जानकारी दिँदै उहाँले त्यसप्रति भारत सकारात्मक रहेको बताउनुभयो । परराष्ट्रमन्त्री डा। राणाले भन्नुभयो, “इरानमा केही नेपाली हुनुहुन्छ । आफ्ना नागरिकको उद्धार गर्दा नेपालीको पनि उद्धारका निम्ति मैले भारत सरकारसँग आग्रह गरेकी छु । हामी भारतबाट सकारात्मक जवाफ आउनेमा विश्वस्त छौँ ।” भारतका लागि नेपाली राजदूत डा शङ्कर शर्मा पनि नेपालीको उद्धारका निम्ति भारत सरकारसँग निरन्तर सम्पर्क एवं समन्वयमा हुनुहुन्छ । तेहरानस्थित भारतको…

Read More

काठमाण्डौं ।  प्रतिनिधि सभाको बैठक आज बिहान ११ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दै छ। आजको बैठकमा विनियोजन विधेयक, २०८२ को विभिन्न शीर्षकहरूमाथिको छलफल जारी रहने छ। सङ्घीय संसद् सचिवालयले तयार पारेको सम्भावित कार्यसूचीअनुसार आजको बैठकमा युवा तथा खेलकुद, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, अर्थ, सहरी विकास मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपति कार्यालय एवं उपराष्ट्रपति कार्यालयको विनियोजनमाथिको छलफल हुनेछ। यस्तै, सांसदहरूले राखेको खर्च कटौतीको प्रस्तावसमेत पेस हुनेछ। यसैगरी, सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा अन्तर्गतको विषयगत समितिमा सदस्यहरूको नाम हेरफेर गर्ने छन्। उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची तय भएको…

Read More

काठमाडौं । सरकारले गत जेठ १५ गते संसद्मा प्रस्तुत गरेको ‘विनियोजन विधेयक, २०८२’ माथिको छलफल जारी छ । प्रतिनिधिसभाको आज विहान ११ बजेका लागि तय गरिएको बैठकमा विभिन्न १० वटा मन्त्रालयको बजेट प्रस्ताव माथि छलफल हुने सम्भावित कार्यसूची तय भएको संसद् सचिवालयले जनाएको छ । आजको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, रक्षा मन्त्रालय, खानेपानी मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको वार्षिक विनियोजन माथि छलफल हुनेछ । त्यस्तै, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, गृह मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आगामी आर्थिक वर्षको बजेट प्रस्ताव…

Read More

काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहालसँग नेकपा महासचिव नेत्रविक्रम चन्दको भेट गरेका छन्। शनिबार बिहान खुमलटारस्थित निवासमा भएको भेटमा नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा पनि सहभागी थिए।

Read More

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । पार्टी स्थापना दिवसको अवसरमा सो पार्टीका नेता कार्यकर्ता माइतीघरमा भेला भएर प्रदर्शन गरेका हुन् । सो क्रममा नेता कार्यकर्ताहरूले सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोध साँधिएको सन्देश दिएका थिए । उनीहरुले विभिन्न किसिमका प्लेकार्ड बोकेर प्रतिशोधको विरोध जनाएका हुन् । पार्टी स्थापनाको तेस्रो वर्ष प्रवेश गरेको अवसरमा आज रास्वपाले देशभर विभिन्न कार्यक्रमको आयोजना गरेको छ । ‘लुटतन्त्रको खारेजी एवम् सुसंस्कृत राजनीतिको संवर्धनका लागि सडक र संसदमा’ भन्ने मूल नारासहित पार्टीले आजबाट देशव्यापी अभियान सञ्चालन गरेको छ ।

Read More

काठमाण्डौं। निर्वाचन आयोगले डा. मुकुल ढकाल अझै राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को महामन्त्री तथा प्रवक्ता रहेको जनाएको छ। ढकालले यसअघि पार्टी पदाधिकारी तथा केन्द्रीय समितिका सम्बन्धमा आयोगमा अद्यावधिक रहेको सूचीबारे जानकारी माग गरेका थिए। त्यस क्रममा आयोगले महामन्त्रीमा उनकै नाम पठाएको हो। आयोगले रास्वपाको केन्द्रीय पदाधिकारी तथा केन्द्रीय समिति १५ महिनाअघि हेरफेर भएको र त्यसयता केही पनि अद्यावधिक नभएको पत्रमार्फत जनाएको छ। आयोगका अनुसार २०८० चैत २० यता पदाधिकारी तथा केन्द्रीय समितिमा कुनै हेरफेर भएको छैन। ढकाललाई २०८१ असार २५ गते बसेको रास्वपाको केन्द्रीय समिति बैठकले केन्द्रीय सदस्य, प्रवक्ता तथा महामन्त्रीको जिम्मेवारीबाट हटाउने निर्णय गरेको थियो। त्यही दिन पार्टीका पदाधिकारीहरूको…

Read More

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजरायल र इरानमा विकसित परिस्थितिअनुसार त्यहाँ रहेका नेपाली नागरिकहरूको सुरक्षा र उद्धारका लागि नेपाल सरकारले सम्भव भएका सबै उपायहरु अवलम्बन गर्ने र नेपाल फर्कन चाहनेलाई उद्धार गर्ने तयारीमा रहेको बताएकी छिन्। आज परराष्ट्र मन्त्रालयमा सम्पन्न श्रम रोजगार तथा सामाजिक सुरक्षा, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र गृह मन्त्रालयसँगको संयुक्त बैठकमा मन्त्री डा राणाले इजरायल र इरानमा जारी रहेको युद्धका कारण उत्पन्न परिस्थिति र त्यसको तयारीबारेमा छलफलका क्रममा सो जानकारी गराइन्। मन्त्री डा राणाले परराष्ट्र मन्त्रालयको समन्वयमा इजरायलस्थित नेपाली दूतावासले सक्रिय रुपमा काम गरिरहेको, स्वदेश फर्कन चाहने नेपालीका लागि रजिष्ट्रेसन पनि खुलेको र उनीहरू…

Read More

काठमाडौं । स्कटल्याण्डमा जारी त्रिदेशीय टी– २० आई सिरिजको अन्तिम खेलमा नेपालले घरेलु टोलीविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।ग्लास्गोमा टस हारेपछि नेपालले पहिले बलिङ गरेको छ । स्कटल्याण्डले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिले बलिङ गरेको हो । आजको खेलमा नेपाली टिममा एक परिवर्तन गरिएको छ । करण केसीको स्थानमा रिजन ढकाल पहिलो रोजाईँमा खेलिरहेका छन् । नेपालको पेस अट्याक रिजन र यसै सिरिजबाट डेब्यु गरेका रुपेश सिंहले सम्हालेका छन् ।

Read More