Author: Editor

काठमाडौ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले पार्टीको निर्वाचन परिचालन कमिटीको बैठक बोलाएका छन् । आसन्न प्रतिनिधिसभाको निर्वाचनको तयारी र समिक्षा गर्न नेकपाले बैठक बोलाएको हो । बैठक भोलि ९बिहीबार० दिउँसो २ बजे पेरिसडाँडामा बस्नेछ । योबीचमा दाहालले पार्टीको तल्लो कमिटीबाट प्राप्त रिपोर्टको समिक्षा गरिसकेका छन् । नेकपाले भोलि नै पार्टीको अपिल पनि जारी गर्ने भएको छ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनमा नेकपाले ६५ भन्दा धेरै सिट जित्ने दाबी गरेका छन् । उनले नेकपाले ६५ देखि ७० सीटसम्म प्रत्यक्षमै जित्ने अनुसन्धानको रिपोर्ट आउन थालेको दाबी गरेका हुन् ।आज…

Read More

काठमाडौँ । नेपाल राष्ट्रबैंकले ९आज० बुधवार ४० अर्ब निक्षेप खिच्दै छ। अधिक तरलता कायमै रहेपछि ८८ दिनका लागि राष्ट्रबैंकले आज फेरि निक्षेप संकलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो। अहिले कुल निक्षेप ७७ खर्बभन्दा बढी पुगेको छ। केन्द्रीय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको छ। बोलकबोलमा राष्ट्रबैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्। दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँड गर्दा काउण्टर पार्टीहरूले बोल गरेका ब्याजदरअनुसार सबैभन्दा कम दर बोल गर्ने रकम प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँड गरिनेछ। निक्षेप…

Read More

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले गलत मान्छेलाई भोट हाल्दा पाप लाग्ने बताएका छन्। मधेश यात्राको क्रममा सिरहामा पार्टीका नेता कार्यकर्तालाई सम्बोधन गर्दै यसपटक आफूहरूलाई अवसर दिन आग्रह गरे। उनले भने, ‘दुइटै छाप घण्टीमा हो समानुपातिक पनि प्रत्यक्ष पनि। नत्र हामीलाई सिट पुग्दैन। सरकार बनाउनको लागि सङ्ख्या चाहिन्छ, सिट चाहिन्छ। भोट आधी आधी गर्‍यो भने सङ्ख्या पुग्दैन त्यसैले दुवैतिर जसले जे भनेपनि।’ पैसा खर्च गरेर मधेसको भोट किन्ने मान्छेहरूप्रति खबरदारी गर्न आग्रह गरे। उनले भने, ‘पैसाले भविष्य बेच्ने होइन। पैसामा आफ्नो भविष्य नबेच्नुहोला। कसैले दिएछ भने लिए हुन्छ त्यो हाम्रो भविष्य चोरेको पैसा हो। आफ्नो पैसा चोरेर लिएर गएर हामीलाई…

Read More

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं थुनामुक्त भएका छन् । उनि यसअघि फागुन ४ गते काठमाडौंबाटै पक्राउ परेका थिए । मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र न्यायाधीश मेघराज पोखरेलको इजलासले प्रसाईंको हकमा बन्दीप्रत्यक्षीकरणको आदेश गरेको थियो । उनलाई जिल्ला प्रहरी परिसरको हिरासतमा गैरकानुनी रुपमा थुनामा राखिएको दाबीसहित उमा प्रसाईंले गतसाता सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् । निर्वाचन भाँड्ने गतिविधिमा संलग्न रहेको आरोपसहित प्रसाईंलाई कारबाही गर्न निर्वाचन आयोगले प्रहरीलाई पत्राचार गरेको थियो । सोहीआधारमा प्रहरीले प्रसाईंलाई फागुन ४ गते काठमाडौंबाटै पक्राउ गरेको थियो । उनलाई मंगलबार नै छोड्न आदेश जारी भए पनि कार्यालय…

Read More

काठमाण्डौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी इजरायल गएका छन्। मोदी स्थानीय समय अनुसार दिउँसो पौने १ बजे बेन गुरियन विमानस्थलमा अवतरण गर्ने समाचार संस्था अलजजिराले जनाएको छ। यो भ्रमणको क्रममा प्रधानमन्त्री मोदीले इजरायली संसदमा पनि सम्बोधन गर्ने कार्यक्रम छ। परम्परागत रूपमा संसदको विशेष सत्रमा यसरी सम्बोधन गर्न दिने चलन छ। विपक्षीले मोदीको यो सम्बोधनमा सर्वोच्च अदालतका अध्यक्ष आइज्याक अमीतलाई निमन्त्रणा गर्न माग गरेका छन् तर बेन्जामिन नेतान्याहु सरकारले अमीतलाई बोलाएको छैन। अमीतसँग नेतान्याहु सरकारको टकराव चलिरहेको छ। यस्तो अवस्थामा इजरायलका पूर्व प्रधानमन्त्री र प्रमुख विपक्षी नेता याएर लैपिडले मोदीको सम्बोधन बहिष्कार गर्ने घोषणा गरेका छन्। वेष्ट बैंकमा इजरायलका गतिविधिलाई लिएर…

Read More

काठमाण्डौं । सरकारले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिने क्रममा घाइते हुने सुरक्षाकर्मीको सम्पूर्ण उपचार खर्च बेहोर्ने निर्णय गरेको छ।मन्त्रिपरिषद्को पछिल्लो बैठकका निर्णयहरू सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन सुरक्षामा खटिएका सुरक्षाकर्मी र निर्वाचन प्रहरी घाइते भएमा उनीहरूको उपचार खर्च नेपाल सरकारले बेहोर्ने जानकारी दिए। प्रवक्ता अर्यालका अनुसार निर्वाचन अवधिमा कुनै सुरक्षाकर्मीको मृत्यु भएमा निजको आश्रित परिवारलाई सरकारले आर्थिक सहायतासमेत उपलब्ध गराउने निर्णय भएको छ। सरकारले निर्वाचनलाई मध्यनजर गर्दै मुलुकभर तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका सन्दर्भमा फागुन २० देखि २२ गतेसम्म देशभर सार्वजनिक…

Read More

काठमाण्डौं । फरक राजनीतिक दल वा उम्मेदवारलाई निर्वाचन प्रचारप्रसारमा कुनै अवरोध गरेको पाइए दुई लाख रुपैयाँ बराबरको जरिवाना हुने भएको छ । सङ्घीय कानुन बमोजिम निर्वाचनको प्रचारप्रसार गर्न वा मतदानको अधिकार प्रयोग गर्नबाट बञ्चित गर्ने उद्देश्यले वाधा अवरोध पुर्‍याउने वा पुर्‍याउन लगाउने वा थुनछेक गर्ने वा गराउने कार्य गरेमा दुई लाख जरिवाना वा तीन वर्षसम्म कैद वा दुवै सजाय हुने कानुनी व्यवस्था रहेको निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी राजनीतिक दल वा उम्मेदवारको चुनावी प्रचारप्रसारलाई आयोगले विभिन्न माध्यमबाट अनुगमन गरिरहेको उल्लेख छ । कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन प्रचारप्रसारको कार्यलाई अन्य कुनै राजनीतिक दल वा उम्मेदवार…

Read More

‘बागलुङ्ग । ट्रयाक’ खुलेको २६ वर्षपछि ग्रामीण सडक कालोपत्र भएपछि स्थानीय खुसी भएका छन्। जिल्ला सदरमुकामसँग जोडिएको मूलपानी–तितौरे, ओडारचौर–ढोडेनी र गणेशघुम्ती–निरयघाट सडक कालोपत्र भएको हो। सडक कालोपत्र भएपछि यात्रा र सामान ढुवानी गर्न सहज भएको छ। सहरी शासकीय तथा पूर्वाधार विकास कार्यक्रममार्फत मूलपानी–तितौरे सडकको ८।५ किलोमिटर, ओडारचौर–ढोडेनीसम्मको २।५ किमी र गणेशघुम्ती–निरयघाटअन्तर्गत १।५ किमी गरी १२।२ किमी सडक कालोपत्र गरिएको छ। विश्व बैंकको रु ४८ करोड अनुदानमा सडक निर्माण गरेको बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिए। सडकले ग्रामीण जनतालाई यात्रा गर्न र स्थानीय उत्पादनको बजारीकरण गर्न सहज भएको उनको भनाइ छ। बागलुङ नगरपालिकाका तीनवटा वडामा पर्ने उक्त सडकले नागरिकको जीवनस्तर…

Read More

काठमाण्डौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको उपचारका लागि २४ घण्टामै झण्डै डेढ करोड रूपैयाँ संकलन भएको छ। दाहिने घुँडामा चोट बोकेकी साम्बाले आफ्नो उपचार गराउनका लागि सरकार र अखिल नेपाल फुटबल संघ ९एन्फा० को सहयोग नपाएको भन्दै सोमबार सहयोगका लागि आह्वान गरेकी थिइन्। उनको आह्वानपछि नेपाली बैंक खातामा एक करोड रुपैयाँभन्दा बढी र विदेशी प्लाटफर्ममा ४५ लाख नेपाली रुपैयाँ ९५२ हजार न्युजिल्यान्ड डलर० जम्मा भएको छ। साम्बाको उपचारमा एक करोड रुपैयाँ लाग्ने बताइएको छ। ‘मेरो उपचारका लागि नेपाली बैंक खातामा एक करोड रुपैयाँभन्दा बढी र विदेशी प्लाटफर्ममा ४५ लाख नेपाली रुपैयाँ ९५२ हजार न्युजिल्यान्ड डलर०…

Read More

चितवन । आसन्न प्रतिनिधिसभा निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूलाई अभिमुखीकरण कार्यक्रम सुरु गरिएको छ । चितवनका तीन निर्वाचन क्षेत्रमा रहेका ४९४ मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई मंगलबारदेखि अभिमुखीकरण सुरु गरिएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज चितवन क्षेत्र नम्बर २ मा खटिने कर्मचारीहरूलाई अभिमुखीकरण तालिम दिएको छ । बुधबार क्षेत्र नम्बर ३ को रामपुरमा र बिहीबार क्षेत्र नम्बर १ मा खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई खैरहनीमा अभिमुखीकरण तालिम दिइने छ । अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले निर्वाचनलाई निष्पक्ष र मर्यादित बनाउन मतदान अधिकृत र सहायक मतदान…

Read More