Author: Editor

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ का लागि सरकारले घोषणा गरेको सार्वजनिक विदा तथा अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा समेत सर्वोच्च अदालत खुला रहने भएको छ। विशेषगरी बन्दीप्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइलाई निरन्तरता दिन अदालतले तोकिएको अवधिमा निश्चित समयका लागि सेवा सञ्चालन गर्ने जनाएको छ। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार यही फागुन २० गतेदेखि २३ गतेसम्म तथा २४ गते अन्तर्राष्ट्रिय महिला दिवसका दिन बन्दीप्रत्यक्षीकरणका रिट निवेदनको सुनुवाइका लागि बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म अदालत खुला रहनेछ। बन्दीप्रत्यक्षीकरणको रिट निवेदन व्यक्तिको व्यक्तिगत स्वतन्त्रता तथा मौलिक हकसँग प्रत्यक्ष सम्बन्धित विषय भएकाले सार्वजनिक बिदाका दिनसमेत सुनुवाइको व्यवस्था गरिएको सर्वोच्च अदालतले जनाएको छ। अदालतले…

Read More

पाँचथर। जिल्ला प्रशासन कार्यालयले भारतसँग सीमा जोडिएका स्थानमा निर्वाचन अवधिभर सीमाबाट आवतजावतमा रोक लगाएको छ । प्रशासनले फागुन १८ गते मध्यराति फागुन २१ गते मध्यरातिसम्म नेपाल–भारत सीमाक्षेत्रको आवागमनमा रोक लगाएको हो । यही फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र सुरक्षित वातावरणमा सम्पन्न गर्ने उद्देश्यसहित सीमानाका पूर्ण रूपमा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले जानकारी दिए । पाँचथरको भारतको सिक्किम र पश्चिम बङ्गाल राज्यसँग करिब ४४ किलोमिटर सीमा जोडिएको भए पनि सीमानाका भने छैन । तर यहाँ दुवैतर्फका बासिन्दा पारिवारिक, व्यापारिक, पर्यटन तथा पशुचौपायाको चरिचरनका लागि सीमा वारपार गर्ने गरेका छन् । दुवैतर्फ…

Read More

काठमाडौं । बिहीबार हुने प्रतिधिसिभा सदस्य निर्वाचनअन्तर्गत मौन अवधि सुरु भएको छ । राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसारको अवधि आज मध्यरातदेखि सकिएको छ । निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारलाई यही फागुन ४ गतेदेखि सोमबार मध्यरात १२ः०० बजेसम्म प्रचारप्रसारको समय दिएको थियो । मतदान हुनु ४८ घण्टाअघिदेखि मतदान सम्पन्न नभएसम्म कायम हुने मौन अवधिमा प्रचारप्रसार, भाषण, भेला, छलफल, समीक्षालगायत निर्वाचनलाई प्रभाव पार्नेगरी कुनै पनि गतिविधि गर्न नपाइने व्यवस्था छ । मौन अवधिमा मत माग्न, पोष्ट गर्न, निर्वाचनलाई प्रभाव पार्नेगरी हिँडडुललगायतका क्रियाकलाप गर्न नपाइने आयोगले जनाएको छ । मौन अवधिमा निर्वाचनलाई प्रभाव पार्ने हिसाबले आर्थिक कारोबार गरिएको भेटिएमा उम्मेदवारी खारेजीमात्रै नभई…

Read More

नवलपरासी। रङहरूको पर्व होली आज तराईका जिल्लाहरूमा हर्षोल्लासपूर्वक मनाइँदैछ । हिमाली एवं पहाडी जिल्लामा फागु पूर्णिमा मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार आज यस क्षेत्रमा यो पर्व हर्षोल्लासपूर्वक मनाउन लागिएको हो । आज नवलपरासी ९बर्दघाट सुस्तापूर्व०, नवलपरासी ९बर्दघाट सुस्तापश्चिम०, झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरलगायत जिल्लामा होली मनाइँदैछ । मगर, थारू समुदायको बाक्लो बसोबास रहेको नवलपरासी ९बर्दघाट सुस्तापूर्व०मा होली पर्वलाई विशेष महत्वका साथ मनाउने गरिएको छ । सबै प्रकारका भेद्भावलाई भष्म गरी परस्परमा रङ हाल्दै सबैलाई रसरङ्गले तरङ्गित तुल्याउने होली उल्लास र रङ्गीचङ्गीको पर्वका रूपमा लिने…

Read More

काठमाडौं । नेपालमा आज राति खण्डग्रास चन्द्रग्रहण देखिने भएको छ । नेपाल एष्ट्रोनोमिकल सोसाइटीले दिएको जानकारी अनुसार सन् २०२६ मा विश्वभर लाग्ने दुई चन्द्रग्रहण र दुई सूर्यग्रहणमध्ये नेपालबाट देखिने यो खण्डग्रास चन्द्रग्रहण हो । चन्द्रोदयसँगै सुरु हुने उक्त ग्रहण राति ७ः०२ बजेसम्म रहनेछ । ग्रहणले दिउँसो ३ बजेर ३४ मिनेटमा स्पर्श गर्ने छ । मौसम अनुकूल भए देशका सबै भागबाट स्पष्ट रूपमा देख्न सकिने छ । चन्द्रग्रहण अवलोकन गर्न कुनै विशेष उपकरण आवश्यक नपर्ने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । पृथ्वीले सूर्यलाई परिक्रमा गरिरहँदा चन्द्रमाले पृथ्वीलाई परिक्रमा गर्ने क्रममा पृथ्वी सूर्य र चन्द्रमाबीच पर्दा पृथ्वीको छायाँ चन्द्रमामा पर्छ । चन्द्रमाको…

Read More

काठमाडौँ । इजरायली सेनाले सोमबार लेबनानभर सक्रिय इरान समर्थित सशस्त्र समूह हिजबुल्लाहका ठेगानाहरूमा भीषण सैन्य आक्रमण सुरु गरेको छकाठमाडौँ । इजरायली सेनाले सोमबार लेबनानभर सक्रिय इरान समर्थित सशस्त्र समूह हिजबुल्लाहका ठेगानाहरूमा भीषण सैन्य आक्रमण सुरु गरेको छ। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार लेबनानको राजधानी बेरुतको दक्षिणी सहरमा शक्तिशाली विष्फोटका आवाजहरू सुनिएका छन्। इजरायली सेनाले सोमबार बिहानैदेखि लेबनानका विभिन्न क्षेत्रमा रहेका हिजबुल्लाहका सैन्य संरचनाहरूलाई निशाना बनाउन थालेको पुष्टि गरेको छ। जुन क्षेत्र हिजबुल्लाहको बलियो गढ मानिन्छ । बेरुत र दक्षिण लेबनानका विभिन्न भागमा धुवाँको मुस्लो देखिएको प्रत्यक्षदर्शीहरूले बताएका छन्। यसअघि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानमाथि कठोर प्रहार गर्ने चेतावनी दिएको र…

Read More

काठमाण्डौं । निर्वाचनको महत्व र मतदान प्रक्रियाका बारेमा जानकारी गराउने र बदर मत घटाउने उद्देश्यका साथ निर्वाचन आयोगले देशभर सञ्चालन गरेको मतदाता शिक्षा कार्यक्रम सम्पन्न भएको छ। आयोगले देशभरका ६ हजार ७४३ वटै वडामा एकैपटक मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको थियो। आयोगको स्वीकृत कार्यक्रमअनुसार यही फागुन ३ गतेदेखि सुरु भएको मतदाता शिक्षा देशभरका ७५३ स्थानीय तहका सबै वडामा आइतबार सम्पन्न भएको हो। हरेक वडामा मतदाता शिक्षा कार्यक्रमका लागि मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिएको थियो। निर्वाचन आयुक्त डा जानकीकुमारी तुलाधरले मतदाताको घरदैलोमा पुग्न सक्ने र आमनागरिकबीच भिजेका इमान्दार स्वयंसेवकका कारण यो कार्यक्रम भव्य रुपमा सम्पन्न भएको बताइन्। उनले महिला स्वास्थ्य स्वयंसेविकाको…

Read More

काठमाण्डौं । मुलुकभर चुनावी रौनक छाइरहेका बेला कञ्चनपुरको दोधारा चाँदनी–३ स्थित बादी बस्ती सुनसान छ। निर्वाचनको मिति नजिकिँदा दल तथा उम्मेदवार मतदाता रिझाउन व्यस्त छन्। तर गरिबी, अशिक्षा, बेरोजगारी जस्ता समस्याले आक्रान्त बडुवाल टोलस्थित सीमान्तकृत समुदायमा न राज्यको प्राथमिकतामा पर्यो, न त दल र उम्मेदवारका। झन्डै तीन दशकदेखि बसोबास गर्दै आएको यो बस्तीमा बादी समुदायसहित अन्य समुदायका एक सय बढी घर परिवारको बसोबास छ। भारतमुखी रोजगारी र दैनिक मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका यहाँका मतदाताको आशा थियो, निर्वाचनमा दल तथा उम्मेदवारहरूले आफ्ना प्रतिबद्धतामा बादी समुदायलाई छुने खास योजना तथा कार्यक्रम ल्याउनेछन्। तर त्यो आश निराशामा परिणत मात्रै भएन, भोट माग्नसमेत…

Read More

काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरूको विशेष पर्व फागुपूर्णिमा ९होली०ले समाजमा आपसी सद्भाव कायम राख्न थप प्रेरणा मिलोस् भनी कामना गरेका छन्। होली पर्वको सुखद अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा समृद्धिका लागि मङ्गलमय शुभकामना व्यक्त गरेका हुन्। राष्ट्रपति पौडेलद्वारा जारी सन्देशमा भनिएको छ, ुहोली पर्वले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवम् कुरीतिलाई निर्मूल गर्दै मौलिक संस्कृतिको संरक्षण र संवर्द्धन गर्न तथा समाजमा आपसी सद्भाव कायम राख्न थप प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु।ु असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको, दूराचारमाथि सदाचारको र अधर्ममाथि धर्मको विजय…

Read More

काठमाण्डौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले युद्ध, हिंसा र सशस्त्र मुठभेडको सट्टा अन्तर्राष्ट्रिय कानुनको सम्मान गर्दै वार्ता, संवाद र कूटनीतिक उपायमार्फत समस्याको समाधान खोज्न विश्व समुदायलाई आग्रह गरेकी छन्। उनले भनेकी छन्, युद्धग्रस्त क्षेत्रमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई सतर्कता अपनाउन अनुरोध गर्दछु। साथै, नेपाल सरकारलाई आफ्ना नागरिकको सुरक्षाको लागि आवश्यक पहल तथा तयारी गर्न म ध्यानाकर्षण गराउँदछु। उनले पर्व फागुपूर्णिमा ९होली० को पावन अवसरमा आज शुभकामना व्यक्त गर्दै यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा राष्ट्रको सर्वोपरि हितलाई केन्द्रमा राखी सम्पूर्ण मतदाताले आफ्नो विवेक प्रयोग गर्दै मतदान प्रक्रियामा सक्रिय सहभागिता हुने विश्वास पनि व्यक्त गरेकी छन्। नेपालमा राजनीतिक…

Read More