Author: ट्रान्सपेरेन्टखबर

काठमाण्डौं ।   अत्यधिक  गर्मी बढेसँगै अण्डाको उत्पादन घटेकाे छ। उत्पादन घटेपटि माग बढेर मूल्यवृद्धि भएको छ। विगतको तुलनामा २५ प्रतिशत हाराहारी उत्पादन घटेसँगै मूल्य बढेको हो। कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका उपप्राध्यापक डा अनन्त दाहालका अनुसार गर्मीका कारण कुखुराले दाना कम खाँदा अण्डा उत्पादन पनि कम भएको छ। पच्चीस प्रतिशत हाराहारी उत्पादन घटेको छ। यो मौसममा रोग देखिने गर्दछ, पानी परेर आद्रता बढ्दा कुखुरालाई गर्मीको तनाव झन् बढ्छ। जसले उत्पादन घटाउँछ। नेपाल लेयर्स कुखुरापालक सङ्घका केन्द्रीय अध्यक्ष विनोद पोखरेलका अनुसार उत्पादन घटेपछि माग धान्न कठिन भएको छ। सङ्घले आजबाट लागू हुनेगरी समर्थन मूल्य तोकेको छ । बढेको समर्थन मूल्यअनुसार…

Read More

काठमाडौं । प्रत्येक वर्षको असार १० गते स्थानीय तहले अनिवार्य रूपमा बजेट ल्याउनु पर्ने कानूनी व्यवस्था छ । सोही व्यवस्थाअनुसार मंगलबारसम्म ४४५ गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेका छन् । गाउँपालिका राष्ट्रिय महासंघका अनुसार देशभर ४६० गाउँपालिका रहेका छन् । जसमध्ये ४४५ वटा गाउँपालिकाले असार १० गतेभित्र आगामी आर्थिक वर्ष २०८२र८३ को बजेट पेश गरेका छन् । जुन ९७ प्रतिशत हो । अन्य १५ गाउँपालिकाको बजेट सार्वजनिक हुन बाँकी रहेको छ । महासंघका कार्यकारी निर्देशक राजेन्द्रप्रसाद प्याकुरेलले दुई प्रदेशका सबै गाउँपालिकाले आगामी आवका लागि बजेट ल्याएका छन् । जुन कोशी र सुदूरपश्चिम प्रदेशका सबै गाउँपालिका हुन् । आगामी आवको…

Read More

काठमाडौँ। सधैँ जसो खेतबारीमा माटो खेलाउने किसान मङ्गलबार भने सुटबुटमा चिटिक्क परेर राष्ट्रपति कार्यालय शीतलनिवासमा आए । लामो समयदेखि व्यावसायिक रूपमा कृषिकर्म गरेका किसानले राष्ट्रपति रामचन्द्र पौडेलबाट उत्कृष्ट कृषक पुरस्कार ग्रहण गरे । पहिलो पटक राष्ट्रपतिको हातबाट नगद दुई लाखसहित प्रमाणपत्र पाउँदा किसान उत्साही देखिने नै भए । प्रत्येक प्रदेशबाट दुई जना कृषकका दरले कृषि व्यवसायमा उत्कृष्ट काम गरी छनोटमा परेका १४ किसान पुरस्कृत भए । कृषिकर्म गरी आफ्नो ठाउँमा नमुना कृषक बनेका उनीहरू कर्मको फलस्वरूप राष्ट्रपतिबाटै पुरस्कृत हुँदा हर्षित मात्र होइन, थप उत्साही देखिए । शिक्षण पेसा त्यागेर तीन दशकअघिदेखि कृषि पेसामा संलग्न सल्यानका भरतनाथ योगी पुरस्कार पाउँदा ठुलो…

Read More

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट यथार्थपरक रहेको र बजेटले लिएको आर्थिक वृद्धिको लक्ष्य हासिल हुने दाबी गरेका छन् । प्रतिनिधि सभाको मंलगबारको बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री पौडेलले शिथिलतामा रहेको अर्थतन्त्रलाई वर्तमान सरकारले चलायमान बनाएको दाबी गरे । उनले बजेटमा स्रोत व्यवस्थापन र खर्चको बाँडफाँड यथार्थपरक गरिएको बताउँदै संविधानको अधिकारको सूची, कार्य विस्तृतिकरण प्रतिवेदन तथा आयोजना वर्गीकरण मापदण्डअनुरुप अपवादबाहेक तीन करोडको सीमालाई पालना गर्ने दृढता व्यक्त गरेको स्पष्ट पारे । ‘केही अपवादबाहेक यसपटक सरकारले स्पष्टसँग संविधानको अधिकारको सूची, कार्यविस्तृतिकरण प्रतिवेदन र आयोजना वर्गीकरण मापदण्डको आधारमा तीन करोडको सीमालाई पालना गर्ने दृढता व्यक्त गरेको हो…

Read More

काठमाडौँ । सर्वोच्च अदालतले टिकटकर रमा बस्नेतलाई थुनामा राख्नुको कारण माग गरेको छ । रमाका बुवा बलदेव बस्नेतले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश कुमार रेग्मीको इजलासले कारण देखाऊ आदेश जारी गरेको हो । प्रधानमन्त्रीसहित राजनीतिक नेतृत्वलाई गाली गरेको र मधेसी समुदायलाई होच्याउने गरी बोलेर साम्प्रदायिक खलल पुर्‍याएको आरोपमा उनी गत असार १ गते पक्राउ परेकी थिइन् । खोटाङ स्थायी घर भएर भक्तपुर बस्दै आएकी रमालाई विद्युतीय कसुर गरेको आरोपमा पक्राउ गरिएको थियो । रमालाई पक्राउ गरी गैरकानुनी थुनामा राखिएको भन्दै सोमबार बन्दी प्रत्यक्षीकरण रिट दायर भएको थियो ।

Read More

काठमाडौँ । सत्तापक्षीय दलले आगामी आर्थिक वर्षको बजेट पारित गर्ने विषयमा छलफल गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बिहान बसेको सत्तापक्षीय दलहरूको बैठकले बजेटबारे छलफल गर्दै संसदबाट आजै पास गर्ने निर्णय गरेको जनमत पार्टीका अध्यक्ष डा। सीके राउतले जानकारी दिए । ‘संसदबाट बजेट पास गर्नुपर्ने छ । त्यसैबारे छलफल भयो । आजै बजेट पास गर्नेगरी कुराकानीहरू भएका छन्’, राउतले रातोपाटीसँग भने,‘बजेट पास गर्न सत्तापक्ष एकमत भएका छौ ।’ बैठकमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, कांग्रेस नेता कृष्ण सिटौला, लोसपाका महन्थ ठाकुर, जसपाका अशोक राई, जनमतका सिके राउत,…

Read More

काठमाडौँ । नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउने सरकारको निर्णयप्रति धन्यवाद दिएको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा माओवादी उपमहासचिव वर्षमान पुनले जेठ ३० गते माओवादीसँग भएको दुई बुँदे सहमति अनुसार सरकारले छानबिन समिति बनाएको भन्दै धन्यवाद दिएका हुन् । उनले भिजिट भिसा प्रकरणमा अख्तियारले समेत अनुसन्धान गरिरहेको अवस्थामा अख्तियारको कार्यक्षेत्रभन्दा बाहिर रहेका जनताका विषयलाई सरकारले गठन गरेको समितिले अध्ययन गर्ने विश्वास व्यक्त गरे । उनले जनताको सुझाव अनुसार समितिले प्रतिवेदन बुझाउने विश्वास व्यक्त गर्दै प्रतिपक्षीको हैसियतले माओवादीले पनि खबरदारी गरिरहने धारणा राखे । पुनले लोकतन्त्र गणतन्त्र विश्वकै उत्कृष्ट व्यवस्था रहेको भन्दै लोकतन्त्रलाई सुदृढ र दिगो बनाउन…

Read More

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले शिक्षक संघ संगठनसँग भएको सहमति कार्यान्वयन हुने बताएका छन् । प्रतिनिधि सभामा विनियोजन विधेयक, २०८२ मा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शीर्षकमा उठेका विषयहरूका संसदमा जवाफ दिँदै मन्त्री पन्तले सहमति अनुसार ऐन विद्यालय शिक्षा ऐन जारी गर्न सरकारले समन्वय गरिरहेको बताए । ‘विभिन्न सरकारका पालामा शिक्षकका सङ्घ सङ्गठनसँग भएका सम्झौता बमोजिम ऐन ल्याउने विषयमा सबैको एकमत नै छ। उपसमितिले दिएको प्रतिवेदन र विभिन्न समयमा भएका सम्झौताका विषयहरू समेट्ने गरी मन्त्रालयले साझा धारणा निर्माण गरेर समितिमा प्रस्तुत गरेको छ । ऐन जारी हुनुपर्छ भन्ने विषय राख्ने माननीयज्यूहरू र उहाँहरूकै पार्टीका माननीयज्यूहरू समितिमा…

Read More

काठमाडौं । भिजिट भिसा प्रकरणबारे छानबिन गर्न गठित उच्च स्तरीय समितिको ९ वटा कार्यादेश रहेको छ । ९ वटा कार्यादेशसहित सरकारले समिति बनाएको गृहमन्त्री रमेश लेखकले जानकारी दिए । सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वमुख्यसचिव शंकरदास वैरागीको नेतृत्वमा छानबिन समिति बनाएको छ । उक्त समितिमा सम्बन्धित मन्त्रालयहरूका सहसचिवहरू रहनेछन् । समितिले सुझाव दिने र त्यसलाई कार्यान्वयन सरकारले गर्ने गृहमन्त्री लेखकले बताए । उनका अनुसार समितिले तत्कालिन र दीर्घकालिन रुपमा गर्ने कामहरूबारे सुझाव दिनेछ । नीतिगत र कानुनी सुधार आवश्यक भए त्यसको मस्यौदा समेत सुझाउनेछ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको काममा असर नपर्ने गरी समितिले काम गर्नेछ । अध्यागमनमा रहेको समस्या…

Read More

काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुने बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वमुख्यसचिव शंकरदास वैरागीको नेतृत्वमा छानबिन समिति बनाएको छ । उक्त समितिमा सम्बन्धित मन्त्रालयहरूका सहसचिवहरू रहनेछन् । समितिले सुझाव दिने र त्यसलाई कार्यान्वयन सरकारले गर्ने गृहमन्त्री लेखकले बताए । उनका अनुसार समितिले तत्कालीन र दीर्घकालीन रुपमा गर्ने कामहरूबारे सुझाव दिनेछ । नीतिगत र कानुनी सुधार आवश्यक भए त्यसको मस्यौदा समेत सुझाउनेछ ।

Read More