Author: Editor

रुकुम पूर्व । नेपाली कम्युनिष्ट पाटीका संयोजक पुष्पकमल दाहाल ( प्रचण्ड ) प्रतिस्पर्धी रहेको रुकुमपूर्वको मतगणना सुरु भएको छ। प्रमुख जिल्ला अधिकारी सिता परियारका अनुसार बिहान ६ बजेबाट मतगणना सुरु भएको हो। धेरै टाढा रहेका ३ स्थानबाट हिजै हेलिकप्टर मार्फत मतपेटिका सदरमुकाम ल्याइएको थियो। मतगणना स्थलमा तारजाली लगाएर सुरक्षा अपनाइएको प्रमुख जिल्ला अधिकारीले बताइन्। प्रारम्भिक मतगणनामा प्रचण्डको अग्रता देखिएको छ। उनले १४१५ मत ल्याउदै गर्दा कांग्रेसका कुशुम थापाले ४१७ मत ल्याएकि छिन। त्यस्तै एमालेका लिलामणि गौतमले ४३१ मत ल्याएका छन्। प्रगतिशील लोकतान्त्रिकका संदिप पुनले ३५ मत ल्याएका छन् भने रास्वपाका लखन कुमार थापाले १७६ मत ल्याएका छन्। प्रमुख जिल्ला अधिकारी…

Read More

काठमाण्डौं । प्रतिनिधि सभा निर्वाचनको मत गणना जारी छ। अहिलेसम्म ५५ क्षेत्रमा मतगणना चलिरहेको निर्वाचन आयोगले जनाएको छ। पछिल्लो विवरण अनुसार मतगणना चलिरहेका क्षेत्रमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीले ४१ स्थानमा अग्रता लिएको छ। त्यसैगरि नेकपा एमालेले ५ स्थानमा अग्रता लिएर दोस्रो स्थानमा छ। नेपाली कांग्रेसले तीन स्थानमा अग्रता लिँदा नेपाली कम्युनिस्ट पार्टीले २ स्थानमा अग्रता लिएको छ।

Read More

काठमाडौं । विषम परिस्थितिमा नेपालकै पहिलो महिला प्रधानमन्त्रीको बागडोर सम्हाल्नुभएकी प्रधानमन्त्री कार्कीले आफ्नो जिम्मेवारी पूरा गर्नुभएको छ । अब बन्ने नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्न विषयमा प्रधानमन्त्री कार्कीसँग गरिएको कुराकानी ? निकै असहज परिस्थितिमा प्रधानमन्त्रीको जिम्मेवारीमा आउनुभएको थियो। आज निर्वाचन गराउन सफल हुनुभयो । कस्तो लागेको छ ?  प्राप्त जिम्मेवारी पूरा गर्न सकेकोमा खुसी त लाग्ने नै भयो । म खुसी छु । हामीलाई प्राप्त जिम्मेवारी नै त्यही थियो । तर म एक्लैले यो सम्भव भएको होइन । सिंगो मन्त्रिपरिषद्को मेहनत लागेको छ । निर्वाचन आयोग, सुरक्षा निकाय, कर्मचारी, राजनीतिक दल, उम्मेदवार सबैको भूमिका छ । खास गरी हाम्रो आह्वान…

Read More

काठमाण्डौं । सङ्घीय संसद् सचिवालयले राष्ट्रिय सभामा नवनिर्वाचित सदस्यहरूको शपथ कार्यक्रम फागुन २५ गते तय गरेको छ। कार्यक्रम सिंहदरबारस्थित कानून, न्याय तथा मानव अधिकार समितिको हलमा दिउँसो २ बजे सञ्चालन हुने सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयले जानकारी दिए। सचिवालयका अनुसार नवनिर्वाचित सदस्यहरूलाई शपथ कार्यक्रम सुरु हुनुभन्दा कम्तीमा एक घण्टा अगावै उपस्थित हुन आग्रह गरिएको छ। उनीहरूले औपचारिक वा आफ्नो पहिचान झल्कने पोसाकमा उपस्थित भई निर्वाचन आयोगबाट प्राप्त राष्ट्रिय सभा सदस्य पदको प्रमाणपत्र तथा नागरिकताको प्रमाणपत्रको प्रतिलिपि एक–एक प्रति साथमा ल्याउनुपर्नेछ। सूचनामा उल्लेख गरिएअनुसार नेपाली भाषा बाहेक आफ्नो मातृभाषामा शपथ लिन चाहने सदस्यहरूले राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५को दफा ६८…

Read More

काठमाडौँ । केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म प्राप्त भएका ४५४ उजुरीमध्ये ९५ लाई स्पष्टीकरण सोधिएको छ । राजनीतिक दल तथा उम्मेदवारहरूलाई स्पष्टीकरण सोधिएकोमा ६२ वटाको जवाफ प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ । हालसम्म ८९ जनालाई स्पष्टीकरण र ६ जनालाई पुनः स्पष्टीकरण सोधिएको आयोगका सहायक प्रवक्ता सीता पुन श्रीसले जानकारी दिए । पुनः स्पष्टीकरण सोधिएका छ जनामध्ये पाँचवटाको जवाफ प्राप्त भएको छ । आयोगले अहिलेसम्म तीन जनालाई ताकेता पत्र लेखेको छ । ताकेतामध्ये एउटाको जवाफ प्राप्त भएको छ । स्पष्टीकरण सोध्दा पनि चित्तबुझ्दो जवाफ प्राप्त नभएपछि आयोगले आठ जनालाई कारबाही गरेको पनि उनले बताए । आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको…

Read More

धनुषा । निर्वाचन आयोगले रास्वपाको तर्फबाट धनुषा–१ मा उम्मेदवार रहेको किशोरी साह कमलको उम्मेदवारी खारेज गरेको छ । कार्यवहाक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले साहको उम्मेदवारी खारेज गर्ने निर्णय भएको स्पष्ट पारे । उनी कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेकोले उनको उम्मेदवारी आयोगबाट खारेज भएको हो । रास्वपाले भने साहलाई आम नागरिकको हितलाई प्राथमिकतामा दिने, पारदर्शी र सहभागी नेतृत्वकर्ताको रुपमा चिनाएको थियो ।

Read More

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनको दिनको अनुगमनका लागि देशैभर अनुगमन टोली खटाएको छ । आयोगले काठमाडौँ उपत्यका तथा उपत्यकाबाहिरका अन्य केही जिल्लाहरुमा निर्वाचन अनुगमनका लागि आयोगका अध्यक्ष, सदस्य तथा पूर्वपदाधिकारी सम्मिलित उच्चस्तरीय अनुगमन टोली समेत बनाएको छ । यसअघि आयोगले विभिन्न जिल्लाहरुमा निर्वाचनपूर्वको अनुगमन गरी प्राप्त तथ्यको अधारमा नेपाल सरकार, निर्वाचन आयोग, राजनीतिक दल, उम्मेदवार तथा अन्य सरोकारवालाहरुलाई ध्यानाकर्षण गराइसकेको पनि जनाएको छ । आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘निर्वाचन लोकतन्त्रको अभिन्न अङ्ग मात्र नभएर यो मानव अधिकारको सवाल पनि हो । आगामी फागुन २१ गते हुने निर्वाचनमा उत्साहपूर्ण रुपमा सहभागी…

Read More

काठमाडौं । बिहिबार हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको संख्या बढिरहेको छ। निर्वाचनका दिन आ–आफ्नो गृहजिल्लामा पुगेर मतदान गर्न सर्वसाधारण उपत्यका छाड्ने क्रम बढेको हो। ट्राफिक प्रहरी नायब उपरीक्षक सुनिलजङ्ग शाहले हालसम्म करिब सात लाख ५० हजारभन्दा बढी व्यक्तिले उपत्यका छाडिसकेको जानकारी दिए। ‘निर्वाचनका लागि उपत्यकाबाट बाहिरिने क्रम बुधबारसम्म जारी रहनेछ,’उनले भने, ‘सार्वजनिक यातायातका साधनहरू खचाखच भरिएका छन् भने निजी सवारीसाधनको आवागमन पनि उल्लेख्य रूपमा बढेको छ।’ यात्रुको चाप बढेसँगै मुख्य राजमार्ग, बसपार्क तथा उपत्यकाबाट बाहिरिने नाकाहरूमा सवारीसाधनको लामो लाम देखिएको छ। शाहका अनुसार यातायात व्यवस्थालाई थप सुरक्षित र व्यवस्थित बनाउन ट्राफिक प्रहरीको जनशक्ति वृद्धि गरिएको…

Read More

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ का लागि सरकारले घोषणा गरेको सार्वजनिक विदा तथा अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा समेत सर्वोच्च अदालत खुला रहने भएको छ। विशेषगरी बन्दीप्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइलाई निरन्तरता दिन अदालतले तोकिएको अवधिमा निश्चित समयका लागि सेवा सञ्चालन गर्ने जनाएको छ। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार यही फागुन २० गतेदेखि २३ गतेसम्म तथा २४ गते अन्तर्राष्ट्रिय महिला दिवसका दिन बन्दीप्रत्यक्षीकरणका रिट निवेदनको सुनुवाइका लागि बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म अदालत खुला रहनेछ। बन्दीप्रत्यक्षीकरणको रिट निवेदन व्यक्तिको व्यक्तिगत स्वतन्त्रता तथा मौलिक हकसँग प्रत्यक्ष सम्बन्धित विषय भएकाले सार्वजनिक बिदाका दिनसमेत सुनुवाइको व्यवस्था गरिएको सर्वोच्च अदालतले जनाएको छ। अदालतले…

Read More

पाँचथर। जिल्ला प्रशासन कार्यालयले भारतसँग सीमा जोडिएका स्थानमा निर्वाचन अवधिभर सीमाबाट आवतजावतमा रोक लगाएको छ । प्रशासनले फागुन १८ गते मध्यराति फागुन २१ गते मध्यरातिसम्म नेपाल–भारत सीमाक्षेत्रको आवागमनमा रोक लगाएको हो । यही फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र सुरक्षित वातावरणमा सम्पन्न गर्ने उद्देश्यसहित सीमानाका पूर्ण रूपमा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले जानकारी दिए । पाँचथरको भारतको सिक्किम र पश्चिम बङ्गाल राज्यसँग करिब ४४ किलोमिटर सीमा जोडिएको भए पनि सीमानाका भने छैन । तर यहाँ दुवैतर्फका बासिन्दा पारिवारिक, व्यापारिक, पर्यटन तथा पशुचौपायाको चरिचरनका लागि सीमा वारपार गर्ने गरेका छन् । दुवैतर्फ…

Read More