Author: ट्रान्सपेरेन्टखबर
काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको विशेष अदालतमा थुनछेक बहस सुरु भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्तले सुरुवातीमा बहस गरिरहेका छन् । नेपालले आज विशेष अदालतमा गएर बयान दिएपश्चात थुनछेक बहस प्रारम्भ भएको हो । बहसपश्चात नेपाललाई थुनामा पठाउने कि नपठाउने भन्ने न्यायाधीशले निर्णय लिने छन् । नेपालका तर्फबाट बहस गर्न डेढ सय जति कानून व्यवसायीले वकालतनामा लेखाएका छन् । तर, समयको पावन्दीले गर्दा थोरैले मात्रै बहसको अवसर पाउने सम्भावना छ । आज बहस नसकिएमा न्यायाधीशले नेपाललाई थुनामा पठाउन सक्ने भएकाले बहस छोट्याउने तयारी उनका वकिलहरुको छ । केही वरिष्ठ अधिवक्ताहरुले मात्रै उनको पक्षबाट बहस…
काठमाडौं । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक भएको छ । असार ९ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक भएको हो । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद्का विभिन्न १५ निर्णयहरु सार्वजनिक गरेका छन् । मन्त्रिपरिषद् बैठकले असार १५ देखि १९ गतेसम्म स्पेनको सेभिल्लामा आयोजना हुने कार्यक्रममा भाग लिन खानेपानीमन्त्री प्रदीप यादवलाई स्वीकृति प्रदान गरेको छ । त्यसैगरी असार १३ देखि १९ सम्म इटालीको रोममा आयोजना हुने कार्यक्रममा सहभागी हुन परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र असार १४ देखि जमर्नीको बोनमा आयोजना हुने ३६औंं ‘नेपाल डे’ मा सहभागी हुन महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री नवल किशोर साह सुडीलाई स्वीकृपत…
काठमाडौँ । कोशीटप्पु वन्यजन्तु आरक्ष पीडितले जग्गा सट्टापट्टा मिलाइदिन प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आग्रह गरेका छन् । आरक्ष विस्तार हुँदा विस्थापित परिवारका प्रतिनिधिले जग्गा सट्टापट्टाका लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै यस्तो आग्रह गरेका हुन् ।प्रधानमन्त्री निवास, बालुवाटारमा विस्थापित परिवारका तर्फबाट सट्टापट्टा पाउन बाँकीमध्येका ९५ वर्षीय कमलकुमारी पोखरेलसहित प्रतिनिधिले ४८ वर्षअघि आरक्ष विस्तारका क्रममा घर बसोबास अधिग्रहण गर्दा जग्गाको सट्टापट्टा दिने राज्यसँग भएको भद्र सहमति स्मरण गराएका हुन् । सो समस्याका सम्बन्धमा नेपाल सरकारबाट २०८० फागुन ६ गते रकम चेम्जोङ नेतृत्वको कोशीटप्पु वन्यजन्तु आरक्षका विस्थापितहरूको समस्या समाधान गर्ने अधिकार सम्पन्न उच्चस्तरीय आयोगले सट्टापट्टा पाउन छुट भएका ७५ परिवारलाई मोरङको लेटाङ नगरपालिकामा जग्गा…
काठमाण्डौं । नेकपा ( माओवादी केन्द्र) का अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदीय समितिबाट सर्वसम्मत रूपमा पारित भएका विधेयकहरू प्रतिनिधिसभामा पेस हुँदा चलखेल र छेडखानी हुने प्रवृत्तिप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले नेपाल प्रहरीसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथिको छलफलमा सहभागी हुँदै उक्त टिप्पणी गरेका हुन्। समितिबाट सर्वसम्मत पारित भइसकेका केही विधेयकहरू प्रतिनिधिसभामा कार्यसूचीमा राखिए पनि अन्तिम समयमा हटाइएकोप्रति असन्तुष्टि व्यक्त गर्दै प्रचण्डले त्यसो नगर्न गर्दै सरकारलाई चेतावनी दिए। उनले भने, ‘हामीले धेरै मेहनत गरेर सदनमा ल्याएका र समितिबाट सर्वसम्मत पारित गराएका…
काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संसदीय समितिको बैठकमा सहभागी भएका छन् । अहिले जारी राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रचण्ड सहभागी भएका हुन् । शीर्ष नेताहरु संसद र समितिको बैठकमा कमैमात्र सहभागी हुने गरेका छन् । बैठकमा प्रचण्डसँगै गृहमन्त्री रमेश लेखक र रक्षामन्त्री मानवीर राई पनि सहभागी छन् । संसद बैठकमै सहभागी नहुने शिर्ष नेताहरु समितिको बैठकमा सहभागी हुनुलाई अर्थपूर्ण रुपमा हेरीएको छ ।
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेको सचिवालय बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बैठक बस्ने एमाले केन्द्रीय कार्यालयका सचिव डाक्टर भीष्म अधिकारीले जानकारी दिए। आजको बैठकमा पार्टीको आगामी विधान महाधिवेशनको तयारी र समसामयिक राजनीतिक विषयवस्तुहरू मा छलफल गरिनेछ। एमालेले यसअघि नै आगामी भदौ २० देखि २२ गतेसम्म विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा गर्ने निर्णय गरिसकेको छ। विधान महाधिवेशनको तयारीमा थालेको छ। भदौमा हुने विधान महाधिवेशन विधान संशोधनको मुख्य प्रस्तावका रूपमा प्रस्तुत हुने छ। यसका साथै एमाले अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नेछन्। एमालेको यो विधान…
काठमाडौं । भ्रष्टाचार मुद्दा लागेपछि माधव नेपाल विशेष अदालतमा बयानको लागि उपस्थित भएका छन् । आफ्ना कानून व्यवसायीहरुको साथमा माधव नेपाल आज विशेष अदालतमा उपस्थित भएका हुन् । काभ्रेको पतञ्जली जग्गा प्रकरणमा नेपालमाथि अख्तिया र दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो । नेपालनिकट एक नेताकाअनुसार अहिले उनको बयान सुरु भैसकेको छ । विशेष अदालतको इजलास नम्बर २ मा न्यायाधीशहरु तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाले उनको बयान लिन सुरु गरेका छन । नेपालको बयान सकिएपछि थुनछेक बहस सुरु हुने भनिएको छ । नेपाल प्रधानमन्त्री हुँदा पतञ्जलिलाई अवैध तरिकाले जग्गा बिक्रीको अनुमति दिएको आरोपमा अख्तियारले मुद्दा दायर गरेको…
काठमाण्डौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिन पार्टीको संसदीय दललाई निर्देशन दिएको हो। ‘हाम्रो पार्टीको कार्यकारिणी बैठकले सरकारलाई दिएको समर्थन पुनर्विचार गर्न संसदीय दललाई निर्देशन दिएको छ,’ पार्टी अध्यक्ष उपेन्द्र यादवलेभने, ‘सरकारको एक वर्षको कामको डेलिभरी र मूल्याङ्कनका आधारमा निर्णय गरेका हौँ।’ अध्यक्ष यादवले संसदीय दलको बैठक बसेर केही दिन भित्रै निर्णय लिइने बताए। ‘पार्टीले सरकारको कामबारे असन्तुष्टि व्यक्त गरेको छ,’ यादवले भने, ‘सरकारले आफूले गरेको प्रतिबद्धता पूरा गर्न सकेन। त्यसैले पुनर्विचार गर्ने निर्णय भयो।’ जसपा…
काठमाडौँ । आज एकै पटक ६ वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा आर्थिक विधेयकमार्फत आयुर्वेदिक औषधिमा प्रस्तावित मूल्य अभिवृद्धि करका सम्बन्धमा नेपाल आयुर्वेद औषधि उत्पादक सङ्घले दिएको निवेदन उपर छलफल र आर्थिक विधेयकले प्रस्ताव गरेका कर सम्बन्धी व्यवस्था र करका दरहरूका सम्बन्धमा समसामयिक छलफल हुनेछ । त्यस्तै बिहान ११ बजे नै बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल प्रहरी सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक माथि सैद्धान्तिक छलफल हुनेछ । त्यस्तै दिउँसो १ बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा सुनकोशी मरिन डाइभर्सनको कार्य प्रगति सम्बन्धमा छलफल हुनेछ । त्यसैगरी, दिउँसो १…
काठमाण्डौं । मिस नेपाल २०२५ का लागि आवेदन खुला गरिएको छ। आयोजक संस्था हिडन ट्रेजरले यो वर्षबाट ‘मिस कोस्मो’को उपाधि समेत थप गरिएको जानकारी गराएको छ। सहभागी हुन चाहनेले असार २६ गतेसम्म आवेदन दिन सक्नेछ्न्। मिस नेपालको फिनाले भदौ १४ मा गोदावरीस्थित सनराइज हलमा सम्पन्न हुनेछ। यो वर्ष प्रतियोगिताबाट ४ विजेता घोषणा गरिनेछन्। मिस नेपाल वर्ल्ड, मिस नेपाल इन्टरनेस्नल, मिस नेपाल अर्थ र थप गरिएको मिस नेपाल कोस्मो रहेको छ। ‘मिस नेपाल कोस्मो’को उपाधि जित्नेले भियतनाममा हुने ‘मिस कस्मो’मा सहभागी हुन पाउनेछन्। आयोजक संस्था मिस नेपाल २०२५ को खोजीका लागि देशका विभिन्न शहरमा पुग्नेछ। त्यसैगरी, अन्तिम अडिसन २८ गते काठमाडौँमा…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रबन्ध निर्देशक: बिजय प्रकाश मिश्र
प्रधान सम्पादक: जनक राज पण्डित
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क