Author: ट्रान्सपेरेन्टखबर

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले वर्तमान सत्ता गठबन्धन लामो समय नटिक्ने कुरा पुन  दोहोर्‍याएका छन्। आइतबार चितवनमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले नयाँ वर्ष २०८२ मा नयाँ सरकार बन्ने दाबी गरेका हुन्। आज ( आइतबार )  चितवनमा उनले आफूहरुको ध्यान सरकारतिर नरहेपनि परिस्थिति बने जटिल बन्दै गएको बताएका हुन् । ‘सरकारतिर हाम्रो ध्यान छैन् । तर, परिस्थिति यस्तो बन्दैछ कि यो सरकार धेरै अगाडि जान सहज छैन भन्ने कुरा पनि देखिइराख्या छ,’– उनले भने । अध्यक्ष प्रचण्डले आफूले पहिलादेखि नै ठूलो दलको हैसियतमा कांग्रेसको सरकार बन्नुपर्छ भन्दै आएको बताए । वर्तमान सरकारविरुद्ध चौतर्फी असन्तुष्टि, आक्रोश,…

Read More

वीरगन्जमा । वीरगन्जमा हिजोदेखि लगाइएको कर्फ्यु थप १२ घण्टा लम्बिएको छ । दुई समुदायबिच उत्पन्न विवाद उग्र हुँदै गएपछि जिल्ला प्रशासन कार्यालयले हिजो साँझ साढे ६ बजेदेखि आइतबार मध्याह्न १२ बजेसम्मको लागि कर्फ्यु लगाएको थियो । तर अवस्था अझ सामान्य नरहेको र सर्वदलीय बैठकमा कर्फ्युलाई निरन्तरता राख्ने भनि आएको सुझावअनुसार समय राति १२ बजेसम्मलाई बढाइएको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए ।

Read More

भक्तपुर, । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने विश्वप्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ मा यस वर्ष पनि तेस्रोपटक स्थानीय २८ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिनुहुनेभएको छ । नवौँपटक जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिँदै आउनुभएका बोडेका ५० वर्षीय बुद्धकृष्ण बाग श्रेष्ठका कान्छो छोरा सुजनले दुई वर्ष अगाडि जिब्रो छेडाएर पुस्तान्तरण गर्नुभएको थियो । कृष्णचन्द्र बाग श्रेष्ठले १२ पटक जिब्रो छेडाएपछि उहाँका भाइ बुद्धकृष्ण बाग श्रेष्ठ नौपटकसम्म जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिनुभएको थियो । जात्राका लागि चारदाम चढाएपछि जिब्रो छेड्ने व्यक्तिले अशुद्ध व्यक्तिलाई छुन नहुने, महिलालाई छुन नहुने, जुठो, सुतक परेको व्यक्तिलाई छुन नहुने, जुठो,…

Read More

नवलपरासी । पूर्वपश्चिम राजमार्ग अन्तर्गतको नारायणगढ–बुटवल सडक खण्डमा यातायात सञ्चालन भएको छ । नवलपरासी ९बर्दघाट सुस्तापूर्व०को विनयी त्रिवेणी गाउँपालिका(१ दुम्कीबासमा रहेको विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि शनिबार बिहानदेखि पूर्णरूपमा अवरुद्ध भएको सडक राति ९स्०० बजेदेखि सञ्चालनमा आएको हो । विनयी खोलामा डाइभर्सन बनाएर एकतर्फी बाटो सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी ९बर्दघाट सुस्तापूर्व०का प्रहरी उपरीक्षक यादव ढकालले बताए । गत पुस २६ गते भारतीय हेवी ट्रक पास हुने क्रममा विनयी खोलाको पुल भाँचिएपछि बनाइएको डाइभर्सन खोलाले बगाएपछि दिनभर सडक अवरुद्ध भएको थियो । बाढीले डाइभर्सन नै बगाएपछि सयौँ यात्रु तथा सवारी बीच बाटोमा अलपत्र परेका थिए । डाइभर्सन नहुँदा…

Read More

काठमाडौं। नेपालले चारदेशिय टी–२० सिरिजको उपाधिका लागि आइतबार कुवेतसँग प्रतिस्पर्धा गर्दैछ। शुक्रबार लिग चरणको अन्तिम खेल नेपाल र हङकङ भिडिरहेका थिए। तर, खेल नौ ओभर पुग्दा नै वर्षाको कारण रद्द भएपछि नेपाल अपराजित रहँदै फाइनलमा पुग्न सफल भएको थियो। नेपालले तीन खेलमा जित निकाल्यो। यता, कुवेत भने लिग चरणमा दोस्रो हुँदै फाइनलमा पुगेको हो। नेपाल र कुवेतबीचको खेल बिहान ११, १५ बजे हुनेछ।नेपाल र कुवेत यसअघि दुईपल्ट भिडेका छन्। ती दुवै खेलमा नेपाल अपराजित छ। सन् २०१९ मा आइसिसी टी–२० विश्वकप एसिया क्षेत्रीय फाइनलमा नेपालले कुवेतलाई सात विकेटले पराजित गरेको थियो। उक्त खेलमा पारस खड्काले सर्वाधिक ६८ रन बनाएका थिए।…

Read More

काठमाडौँ । नेपालमा प्री मनसुन सक्रिय भएसँगै चट्याङले मानिसको ज्यान लिने क्रम बढेको छ । चैत २७ यता देशका विभिन्न स्थानमा वर्षासँगै परेको चट्याङले आठ जनाको ज्यान लिइसकेको छ । पछिल्लो तीन दिनभित्र २८ जना घाइते भएका छन् । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता रामबहादुर केसीका अनुसार यस वर्ष वैशाखदेखि चैत २८ गतेसम्ममा ७८ जनाको मृत्यु चट्याङकै कारण भएको छ । यो एक वर्षमा चट्याङबाट घाइते हुनेको सङ्ख्या ३०९ पुगेको छ । चट्याङले हालसम्म ५५६ घरपरिवार प्रभावित भएका छन् । जसबाट करिब एक करोड ४३ लाख रुपियाँबराबरको क्षति भएको प्राधिकरणले जनाएको छ । चट्याङबाट आमनागरिकको जीवनरक्षाका लागि प्राधिकरणले सचेतना अभिवृद्धिको पहल गरिरहेको केसीले जानकारी…

Read More

वीरगन्ज । वीरगन्जको छपकैयामा हनुमान जयन्तीको अवसरमा निकालिएको शोभा यात्राको क्रममा आगजनी, तोडफोड र झडप भएपछि कर्फ्यु लगाइएको क्षेत्रमा सेना परिचालन गरिएको छ ।दुई समुदायबीच हिंसा भड्किने अवस्था सृजना भएकाले शनिबार साँझ ६ः३० बजेदेखि आइतबार दिनको १२ बजेसम्मका लागि प्रशासनले कर्फ्यु लगाएको हो । कर्फ्युमा पनि प्रदर्शन जारी राखेपछि सडकमा सेना देखा परेको छ । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले सेना परिचालन भएको पुष्टि गरे । आज बिहानदेखि अवस्था सामान्य बनेको छ । योसँगै कर्फ्यु पालना गराउने क्रममा प्रहरीले चलाएको गोली लागेर एक वृद्ध घाइते भएका छन् । स्थानीय हरिन्द्र राउत अहिरको हातमा गोली लागेको छ । अहिले उनको…

Read More

काठमाडौं । पूर्व प्रहरी महानिरीक्षक प्रदीप शम्शेर राणाको ७८ वर्षको उमेरमा निधन भएको छ । उहाँको गएराति निधन भएको उहाँका छोरा दीप शम्शेर राणाले जानकारी दिनुभयो । राणाको पशुपति आर्यघाटमा आजै ११ बजे अन्त्येष्टि गरिने परिवारले जनाएको छ । उहाँ २०५७ असोज महिनादेखि २०५९ पुससम्म प्रहरी महानिरीक्षक बन्नुभएको थियो ।

Read More

वीरगञ्ज । वीरगञ्जको छपकैयामा हनुमान जयन्तीको अवसरमा निकालिएको शोभायात्राको क्रममा आगजनी, तोडफोड र झडप भएपछि प्रशासनले कर्फ्यु लगाएको छ । दुई समुदायबीच हिंसा भड्किने अवस्था सृजना भएकाले आज साँझ ६ः३० बजेदेखि आइतवार दिनको १२ बजेसम्मका लागि प्रशासनले कर्फ्यु लगाएको हो । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ९क० बमोजिम वीरगञ्जको पूर्वमा भेडियाही चौक, पश्चिममा सिर्सिया पुल, उत्तरमा गण्डक चौक र दक्षिणमा शंकराचार्य गेटलाई चारकिल्ला मानेर सोभित्र कर्फ्यु लगाएको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिए । तोकिएको क्षेत्रभित्र आवत जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यु आदेश जारी गरिएको छ…

Read More

काठमाण्डौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सडक प्रदर्शनमा नलागेर सरकारको प्रदर्शनमा ख्याल राख्न आग्रह गरेका छन्। शनिवार कांग्रेस बाँकेको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री शर्माले यस्तो बताएका हुन्। बाँकेबाट महामन्त्री शर्माले यस्तो सुझाव दिइरहेका बेला प्रधानमन्त्री ओली झापाको दमकमा एमालेले आयोजना गरेको जागरण सभालाई सम्बोधन गर्दै थिए। राजनैतिक दलहरूले सडकमा प्रदर्शन गर्ने र प्रदर्शनमार्फत आफ्ना एजेन्डाउपर जनमत बनाउन पहल गर्ने कार्य लोकतन्त्रमा बिलकुलै स्वाभाविक रहेको शर्माले बताए। ‘केहीअघि माओवादी र एकीकृत समाजवादी पार्टीको प्रदर्शन र पछिल्लो समय एमाले पार्टीको प्रदर्शनलाई स्वाभाविक रूपमा लिनुपर्छ,’ महामन्त्री शर्माले भने, ‘लोकतान्त्रिक गणतन्त्रको पक्षमा दृढ रूपले प्रस्तुत यी प्रदर्शन अत्यन्तै…

Read More