Author: Editor
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले इसाई धर्मावलम्बीहरुको महान् पर्व ‘क्रिसमस डे’ले विविधताबिचको राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउन सहयोग पुग्ने विश्वास लिनुभएको छ । बिहीबार क्रिसमस डेको अवसरमा शुभकामना सन्देश जारी गर्नुहुँदै राष्ट्रपति पौडेलले सो कुरा बताउनुभएको हो । उहाँले यस्ता पर्वहरूको माध्यमबाट विविध साँस्कृतिक पहिचान एवम् धार्मिक आस्था बोकेका समुदायबिच आपसी सद्भाव, सहिष्णुता र ऐक्यवद्धताको भावना अभिवृद्धि हुने बताउनुभयो । राष्ट्रपति पौडेलद्वारा जारी सन्देशमा भनिएको छ, ‘‘प्रेम, क्षमा, दया र शान्तिको आध्यात्मिक मार्गदर्शन रहेको यस पर्वमा मानवता, समानता र सेवाभावलाई बलियो बनाउँदै सामाजिक एकता कायम गर्न तथा इतिहास र संस्कृति जोगाउँदै असल आचरण, शान्तिपूर्ण जीवनशैली र भाइचारालाई प्रवर्द्धन गर्न…
काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका लागि जारी गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोगले आचारसंहिताको मस्यौदा जारी गरेको हो । निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न निर्वाचन आचारसंहिताको मस्यौदा जारी गरिएको आयोगले जनाएको छ । निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले अधिकार प्रयोग गरी आयोगले आचारसंहिताको मस्यौदा सल्लाह, सुझावका लागि जारी गरेको हो । आचारसंहितामा १० वटा परिच्छेद, पाँच वटा अनुसूची छन् । यो आचारसंहिता जारी भएसँगै निर्वाचन आचारसंहिता २०७९ खारेज गरिएको आयोगले जनाएको छ । जारी आचारसंहिता उल्लङ्घन गर्नेको नाम सार्वजनिक…
काठमाडौँ । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज सो धर्मावलम्बीहरूले ‘क्रिसमस डे’ मनाउँदैछन् । आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मएको भनिएका येशु ख्रीष्टले तीन मुख्य खुसियाली दिएको बिश्वास गरिन्छ । उनले मुक्ति, प्रेम र शान्ति दिनुभएको विश्वासमा क्रिश्चियन समुदायले आजको दिनलाई तीनवटै दिवसका रूपमा मनाउने गरेका बताए । क्रिसमस र अङ्ग्रेजी नयाँ वर्ष लगभग सँगसँगै पर्ने भएकाले काठमाडौँलगायत देशका ठुला सहरमा क्रिसमसको बेग्लै रौनक छ । क्रिसमसको रौनकसँगै यसको मनाउने तौरतरिकामा भने तडकभडक देखिन थालेका छन् । सबैतिर झिलिमिली बत्तीमा…
काठमाडौं । शीतल निवासमा ३ शीर्ष नेतासहित प्रधानमन्त्री र राष्ट्रपति रामचन्द्र पौडेल छलफलमा जुटेका छन् । शितलनिवासमा सुरु भएको छलफलमा आज पहिलोपटक प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन दल कांग्रेस, एमाले र नेपाली कम्युनिष्ट पार्टीका नेतृत्वबीच भेटवार्ता भएको हो । राष्ट्रपति पौडेलले घोषित मिति २१ फागुनमा नै प्रतिनिधिसभाको निर्वाचन गराउनको लागि सरकार र प्रमुख दलका नेतृत्वलाई आज एक ठाउँमा राखेर छलफल गरेका हुन् । प्रधानमन्त्री कार्कीले हिजोमात्रै विभिन्न ७ दलका प्रतिनिधि, नागरिक समाजका अगुवा, सुरक्षा निकायका प्रमुख र निर्वाचन आयोगका पदाधिकारीसहितको छलफल राखेकी थिईन् । सो बैठकमा समेत प्रधानमन्त्री कार्कीले तोकिएकै मितिमा निर्वाचन गराउन दलहरु गम्भीर भएर लाग्नुपर्ने र वातावरण…
काठमाडौं। रास्वपाका सभापति रवि लामिछानेले काठमाडौंका मेयर बालेन्द्र शाहसँग भएको भेटवार्ताबारे स्पष्ट पारेका छन् । हिजो बालेन र रविबीच ५ घण्टा लामो छलफल भएको छ । सो छलफलमा आगामी निर्वाचनमा बालेनलाई प्रधानमन्त्री बनाएर जाने विषयमा सहमति भएको चर्चा छ । तर, आज तारेखको लागि चितवन पुगेका लामिछानेले भने त्यो तहमा विषय प्रवेश नगरिसकेको स्पष्टपारे । उनले आफू यतिवेला वैकल्पिक शक्तिहरुलाई जोड्ने प्रक्रियामा रहेको उल्लेख गर्दै हिजो बालेनसँग भएको भेटपनि त्यही कडी भएको स्पष्ट पारे । तर, हिजोको भेटमा नै बालेनलाई प्रधानमन्त्री बनाउने विषयमा समझदारीमा नपुगेको उनको स्पष्टीकरण छ । उनले भने,‘हामी त्यो चरणमा प्रवेश गरेका छैनौं । पहिले त थाहा…
काठमाडौं। भाद्र २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२ ले जाँचबुझको सिलसिलामा अनुसन्धानको दायरामा रहेका पूर्व गृहसचिव गोकर्णमणि दुवाडी, नेपाल प्रहरीका पूर्व महानिरीक्षक चन्द्रकुवेर खापुङ र काठमाडौं जिल्लाका पूर्व प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको विदेश भ्रमण रोक्का लगाउने र आयोगको स्वीकृतिबेगर काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्था फुकुवा गर्ने निर्णय गरेको छ । सचिवालयको तर्फबाट आज उपसचिव कमल प्रसाद पाण्डेले जारी गरेको विज्ञप्तिमार्फत यो कुरा जानकारी गराईएको छ । आयोगले तीनै जनासँग यसअघि नै बयान लिईसकेको छ । आयोगले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत स्थानहद लगाएको छ । एमालेले भने आयोगको उक्त निर्णयको विरोध जनाउँदै आएको छ । आज…
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको समन्वयमा प्रधानमन्त्री सुशीला कार्की र प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूबीच आज भेटवार्ता हुँदैछ। जेनजी आन्दोलनपछि सरकार र प्रमुख दलका शीर्ष नेताहरूबीच पहिलो पटक छलफल हुन लागेको हो। छलफलका लागि शीतलनिवासबाट कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टी ९नेकपा०का संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई निम्तो पठाइसकिएको छ। छलफल राष्ट्रपति भवन शीतलनिवासमा दिउँसो ३ बजे हुने गरी निम्तो आएको प्रचण्डको सचिवालयले पुष्टि गर्यो । दिउँसो ३ बजेका लागि भनेर संयोजक ज्यूलाई शीतलनिवासबाट निम्तो आएको छ। यसैगरी एमाले अध्यक्ष ओलीनिकट एक नेताले पनि छलफलका लागि जानकारी आएको बताए। तोकिएकै समयमा निर्वाचन सम्पन्न…
काठमाण्डौं । भदौ २४ गतेको विध्वंसका क्रममा आगजनीबाट क्षतिग्रस्त बनेको नेपाली कांग्रेसको केन्द्रीय कार्यालय निरीक्षण गर्न झन्डै साढे तीन महिनापछि सरकारी टोली पुगेको छ। मंगलबार सरकारका तर्फबाट सञ्चार मन्त्री जगदीश खरेल, कानुन मन्त्री अनिल सिन्हा र प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख सल्लाहकार अजयभद्र खनाल सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालय पुगेर निरीक्षण गरेका छन्। सरकारी टोलीले निरीक्षण गर्दा कांग्रेसबाट उपसभापति धनराज गुरुङ, सहमहामन्त्रीहरू बद्री पाण्डे र जीवन परियार, कोषाध्यक्ष उमेश श्रेष्ठ, पार्टी कार्यालयमा मुख्यसचिव कृष्णप्रसाद पौडेललगायत नेता पनि उपस्थित थिए। निरीक्षणपछि सरकारी टोली र उपस्थित कांग्रेस नेताले समसामयिक राजनीतिक परिवेश र फागुन २१ को निर्वाचनका सन्दर्भमा छलफल गरेका थिए। सो क्रममा सरकारी टोलीले…
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। भोलि दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी बैठक बोलाइको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए। बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको उनले बताए। बैठकमा विकसित राजनीतिक घटना, पार्टीको महाधिवेशनको तयारीबारे छलफल हुने जनाइएको छ। कांग्रेसले पुस २६ देखि २८ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको छ। तर कार्यतालिका अनुसार काम गर्न सकेको छैन। भोलिको बैठकले महाधिवेशन कार्यतालिका हेरफेर गर्ने जनाइएको छ।
काठमाडौं । जेनजी विद्रोहका मागहरू पूरा नभएको भन्दै मिरज ढुंगाना नेतृत्वको समूहले मंगलबार पनि सरकारविरुद्ध प्रदर्शन जारी राखेको छ । सरकारले जेनजी विद्रोहको भावना अनुरुप अगाडि नबढेको भन्दै उनीहरूले काठमाडौंको माईतीघर मण्डलामा प्रदर्शन जारी राखेका हुन् । यसअघि सोमवार भएको प्रदर्शनमा प्रहरीले प्रदर्शनकारीमाथि धरपकड गर्दै जेनजी अगुवा मिराज ढुंगाना लगायतलाई नियन्त्रणमा लिएको थियो । प्रदर्शनकारीहरूले ‘जेनजीको माग हरायो, निर्वाचन भनि करायो’, ‘अति भो राजनीतिक खेल, आमा सरकार फेल’, ‘घाइतेका माग पूरा गर’, ‘जेन–जीको माग चुनाव होइन, सुशासन हो’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका छन् । केही जेनजी समूहहरूले मुलुकमा विद्यमान भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्नुपर्ने, जेनजी विद्रोहमाथि भएको दमनमा…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क