Author: Editor
काठमाडौँ,। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले महान्यायाधिवक्ता कार्यालयले फौजदारी न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको बताएका छन् । महान्यायाधिवक्ता कार्यालयको ७५औँ स्थापना दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा उनले महान्यायाधिवक्ता कार्यालयले अभियोजनमा सुधार हुँदै गएको र अझै वैज्ञानिक ढङ्गले अनुसन्धान तथा अभियोजन गर्नुपर्ने बताए । उनले न्याय सार आदेश र फैसलामा मात्रै नभई कार्यान्वयन महत्त्वपूर्ण विषय भएको तथा न्यायमा सहज पहुँच बनाएमा अभियोजनमा राम्रो हुने स्पष्ट पारे । उनले अहिलेको नागरिक प्रश्न सोध्ने र समाज जवाफ दिने भएकोले यसलाई स्वभाविकरूपमा लिएर अघि बढनुपर्ने जरुरी भएको बताए । अनुसन्धान सुष्म, गहिरो, प्रभावकारी भएन भने न्याय ठीक ठाउँ नपर्ने उल्लेख गर्दै प्रधानन्यायाधीश राउतले सभ्य समाज…
काठमाण्डौं । नयाँ प्रधानमन्त्री सानाए ताकाइइचीको क्याबिनेटको अनुमोदन दर ६४.४ प्रतिशत रहेको छ । क्योदो समाचारद्वारा प्रकाशित गरिएको एक सर्वेक्षण अनुसार। यो जापानको पहिलो महिला नेता बनेपछि गरिएको पहिलो मतदान हो। मंगलबारदेखि गरिएको दुई-दिने सर्वेक्षण अनुसार, ६४.४ प्रतिशत उत्तरदाताहरूले ताकाइइचीको लिबरल डेमोक्रेटिक पार्टी र जापान इनोवेशन पार्टीको नयाँ सत्तारूढ गठबन्धनको गठनलाई “राम्रो” भनेका छन्, उनीहरूको सोमबारको सहमतिमा आधारित सर्वेक्षणले यो पनि प्रकट गर्यो कि ७६.५ प्रतिशतले ताकाइइचीको उद्घाटनले महिलाहरूलाई सशक्त बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरेका छन्, जबकि ६६.२ प्रतिशतले २६ वर्षदेखि कायम रहेको कोमेइतो पार्टीसँगको गठबन्धन छोड्ने निर्णयलाई सराहना गरेका छन्। क्याबिनेटको समर्थन दर ताकाइइचीका दुई पूर्ववर्तीहरूको सरकारको सुरुवातमा…
काठमाडौं । सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउनेगरी बहाल रहेका कुनै पनि व्यक्ति राजनीतिक दलका तर्फबाट समानुपातिकतर्फको उम्मेदवारको सूचीमा रहेको भए अयोग्य हुने व्यवस्था गरिएको छ । निर्वाचनसम्बन्धी प्रचलित कानुनबमोजिम सजाय पाई त्यस्तो सजाय भोगिसकेको मितिले दुई वर्ष भुक्तान नगरेको भए पनि उम्मेदवार अयोग्य हुनेछन् ।निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति तय गरेको छ । कुल २७५ सदस्यीय प्रतिनिधिसभामा १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत निर्वाचित हुनेछन् । यस्तै, ११० जना भने समानुपातिक निर्वाचन प्रणालीमार्फत चयन हुने व्यवस्था छ । पछिल्लो पटक आयोगले समानुपातिक निर्वाचन प्रणालीका सम्बन्धमा एक समिति गठनगरी आवश्यक…
काठमाडौँ । केही दिनयता तराई–मधेशमा अत्यधिक चिसो बढ्दै गएपछि बारा, पर्सा र रौतहटका विभिन्न पालिकाले विद्यालयमा बिदा दिएका छन् । पर्साको वीरगंज महानगरपालिका, पोखरिया नगरपालिका तथा पकहामैनपुर र छिपहरमाई गाउँपालिकाले चिसोका कारण विद्यार्थीको स्वास्थ्यमा पर्नसक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै विद्यालयमा जाडो बिदा दिएको छ । वीरगंज महानगरपालिकाले सोमबारदेखि बुधबारसम्म तीन दिनका लागि सामुदायिक तथा संस्थागत सबै विद्यालयमा पठन–पाठन स्थगित गरेको छ । महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका प्रमुख आनन्द लामिछानेका अनुसार पुस ७ देखि ९ गतेसम्म पठन–पाठन स्थगित गरिएको हो, जसको बिदा वर्षे सट्टे बिदाबाट कट्टा हुनेछ । पुस १० गते क्रिसमसको सार्वजनिक बिदा, पुस ११ गते शैक्षिक क्यालेन्डरअनुसार बिदा र…
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहबीच मध्यरातमा भएको भेटवार्ता सकारात्मक रहेको नेताहरुले बताएका छन् । दुई जनाबिच भएको भेटवार्ता पछि सामाजिक संजाल तातेको छ । धेरैले दुबै जना मिल्नु अहिलेको आवश्यकता हो भनेका छन् भने कतिपयले बिरोध समेत जनाएका छन् । सोमबार राति काठमाडौँमा रहेको असिम साहको म्युजिक कम्पनी जी–२१ को कार्यालयमा रवि र बालेनबीच भेटवार्ता भएको हो। भेटपछि दुवै नेता एउटै गाडीमा सँगै बाहिरिएका थिए । भेटमा सहभागी असिम साहका अनुसार छलफल सौहार्दपूर्ण वातावरणमा भएको छ । भेटवार्तामा भएका ठोस विषय सार्वजनिक नगरिए पनि मिलेर अघि बढ्नुपर्ने आवश्यकता र राजनीतिक…
काठमाण्डौं । फागुन २१ गतेको निर्वाचनलाई लक्ष्य गरेर दलहरूसँग सरकारको संवाद जारी रहकै बेला नेपाली कांंग्रेस, नेकपा एमालेलगायत केही दल भने प्रतिनिधिसभा पुनर्स्थापनाको मुद्दालाई बलियो बनाउन सांसदहरूको हस्ताक्षर संकलन गर्ने र सर्वोच्च अदालतमा बुझाउने कार्यमा सक्रिय छन् छ। सोमबार दिउँसो मात्र सरकारले निर्वाचनका लागि दलहरूसँग संवाद राखेका बेला कांग्रेस, एमालेजस्ता दलहरू प्रतिनिधिसभा पुनर्स्थापनाको मुद्दालाई बलियो बनाउन सांसदहरूको हस्ताक्षर बोकेर सर्वोच्च अदालतमा पुगेका थिए। मधेसवादी दलहरूले पनि प्रतिनिधि पुनर्स्थापनाको पक्षमा उभिँदै सांसदको हस्ताक्षर संकलन गरेर सर्वोच्चमा बुझाएका छन्। प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाका लागि कांग्रेस र एमालेसँगै जनता समाजवादी पार्टी ९जसपा० नेपाल र जनमत पार्टीका सांसदले पनि सर्वोच्च अदालतमा हस्ताक्षर बुझाएका छन्। एकातिर…
काठमाडौँ। राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निर्माण ठेक्का तोडिएपछि आयोजनाको अहिलेसम्म भएको कामको मूल्याङ्कन सुरु गरिएको छ । आयोजनाको बाँध ९हेडवक्र्स०, विद्युत्गृहलगायत सिभिल संरचना, गेटलगायत हाइड्रोमेकानिकल उपकरण आपूर्ति तथा जडानको कामको मूल्याङ्कन भइरहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङको सचिवालयले जनाएको छ । आयोजनाले कात्तिक २४ गते उक्त आयोजना निर्माणका लागि पटेल–रमण जेभी, जनकपुर–९ धनुषासँगको ठेक्का सम्झौता तोड्ने १४ दिने सार्वजनिक सूचना जारी गरेको थियो । सम्झौतामा भएको व्यवस्थाबमोजिम मङ्सिर ८ गतेबाट ठेक्का तोडिएको थियो । सम्झौताबमोजिम ठेक्का तोडिएपछि निर्माण व्यवसायीका सम्पूर्ण उपकरण, साइट कार्यालय, निर्माणस्थल आयोजनाले आफ्नो नियन्त्रणमा लिएको…
काठमाडौँ। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा जलेकामध्ये सात हजार पाँच सय मिसिल सर्वोच्च अदालतले प्राप्त गरेको छ । भदौ २३ गतेसम्म कायम रहेका कुल २४ हजार २३४ मुद्दामध्ये २० हजार ३४ थान मुद्दाका मिसिल जलेका छन् । चालु मुद्दाका चार हजार दुई सय मिसिल भने सुरक्षित छन् । अभिलेखका एक लाख ९७ हजार थान मिसिल जलेका छन् । सर्वोच्चले कार्यविधि बनाएर मङ्सिर १ गतेदेखि सरोकारवालासँग मिसिल माग गरेको थियो । पुस मसान्तसम्मको समय अदालतले पक्षहरूलाई दिएको छ । सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार आइतबारसम्म सात हजार ५३५ थान मिसिल प्राप्ति भएका छन् । सर्वोच्च अदालत परिसरमा रहेको सङ्कलन कक्षबाट…
नवलपरासी । नवलपुरको मध्यविन्दु नगरपालिकामा १७ करोड ५६ लाख २८ हजारको लागतमा नगर अस्पताल भवन निर्माण गरिएको छ । मध्यविन्दु नगरपालिकाको चोरमारामा उक्त नगर अस्पताल भवन निर्माण गरिएको हो । २०७९ मंसिरमा शिलान्यास गरी भवन निर्माण शुरू गरिएको थियो । तीन वर्षको अवधिमा सुविधा सम्पन्न मध्यविन्दु नगर अस्पतालको भवन निर्माण गरिएको मध्यविन्दु नगरपालिका नगर प्रमुख भीमलाल अधिकारीले जानकारी दिए । चोरमारा प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी १५ शय्याको नगर अस्पताल पुनःनिर्माण गरिएको नगर प्रमुख अधिकारीले बताए । भवनको आइतबार उद्घाटन गरिएको छ । ४२ कोठासहितको दुई तलको अस्पताल निर्माण भएसँगै स्वास्थ्य सेवा प्रदान गर्न सहज भएको नगर प्रमुख अधिकारीले बताए…
कैलाली। यहाँको चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनका परिवार विगत तीन वर्षदेखि पालमा बसिरहेका छन् । चुरे–४ स्थित मसुरी गाउँका घर्तीको परिवारलाई केही वर्ष पहिलेको भीषण पहिरोले विस्थापित बनाएपछि उनीहरुले जग्गा भाडामा लिएर घर बनाएका थिए । तर जग्गाधनीले बिचैमा जग्गा नदिने भएपछि उनीहरू त्यहाँबाट पनि विस्थापित भए । “त्यसपछि हामी चुरे–४ कै टाँकगडा जङ्गलको बिचमा बस्न थाल्यौँ”, नवलसिंहले विगत सम्झिँदै भने, “त्यहाँ धेरै परिवार थियौँ । वन अतिक्रमण गरेको भन्दै त्यहाँबाट पनि हामीलाई हटाएपछि हाम्रो कतै जाने ठाउँ थिएन । अनि यही जङ्गलको छेउमा ओत लाग्न आइपुग्यौँ ।” सोही स्थानमा बस्दै आएका अर्का रतन नाथको पीडा…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क