Author: Editor

काठमाण्डौं । पौष २९ गते त्रिशुली नदिको किनारमा बालुवाले पुरिएको अवस्थामा गणपति डिलक्स नाम लेखिएको गाडी फेला परेको छ । तनहुँ जिल्लाको आबुखैरेनी गाउँपालिका–५ द्धोन्द्राङ बेसी नजिकै त्रिशुली नदिको किनारमा पुरिएको अवस्थामा सो गाडीको पार्ट्सपुर्जा फेला परेको थियो । पार्ट्सपुर्जा देखिएको सो गाडी खोजीकार्यको लागि सशस्त्र प्रहरी बल नेपाल नं। १७ गण चितवन र नं। २३ मनकामना गण भानु तनहुँबाट खटिएका सुरक्षा फौजले उक्त नाम लेखिएको गाडी फेला पारेको हो । काठमाडौबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स र बीरगंजबाट काठमाडौतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स २०८१ असार २८ गते…

Read More

काठमाडौं । सरकारले मानव बेचबिखन विरूद्धको राष्ट्रिय नीति, २०८२ स्वीकृत गरेको छ । पुस २८ गते बसेको मन्त्रिपरिषद्को बैठकले मानव बेचबिखन विरूद्धको राष्ट्रिय नीति, २०८२ स्वीकृत गरेको हो । बैठकका निर्णयहरु सुनाउँदै अन्तरिम सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकारले माघ ४ गते ११ बजे संघीय संसदको राष्ट्रिय सभाको अधिवेश आह्वान गर्ने निर्णय गरेको बताए । उनका अनुसार सरकारले नेपाल न्याय सेवा, कानून समूहका राजपत्राङ्कित प्रथम श्रेणीका ८ जना अधिकृतहरूको सरुवा गर्ने र सोही सेवाका राजपत्राङ्कित द्वितीय श्रेणीका ८ जना अधिकृतहरूलाई सम्बन्धित समूहको राजपत्राङ्कित प्रथम श्रेणीमा पदस्थापन गर्ने निर्णय पनि गरेको छ । २०८२ माघ २६ देखि…

Read More

काठमाण्डौं । नेपाल शैक्षिक परामर्श संघ ( ईक्यान ) को अध्यक्षमा लक्ष्मण पौडेल (एन्ड्रियु ) निर्वाचित भएका छन्। सोमबार भएको २० औ वार्षिक साधारण सभामा आफ्ना प्रतिसपर्धी दीपकराज भुसाललाई पराजित गर्दै पौडेल निर्वाचित भएका हुन्। भुसालसँगै उपाध्यक्षमा बासुदेब दाहाल,बिकल्प राज पोखरेल,गिता शिवाकोटी निर्वाचित भएका छन्। त्यस्तै महासचिवमा भवनाथ हुमागाईं निर्वचित भएका छन् भने सचिवमा सुरज सिलवाल र आशिक कार्की विजयी भएका छन्। कोषाध्यक्षमा साधना पुडासैनी सह(कोषाध्यक्षमा गोविन्द खनाल निर्वाचित भएका छन्। सदस्यहरुमा अनन्तराज घिमिरे,उद्धव बन, विवेक बस्नेत, दामोदर शर्मा, अशोक कुमार हाथी, दिनेश पौडेल, सन्जिब पाण्डे, शिवप्रसाद अर्याल र कमल प्रसाद तिमल्सिना छन्। नयाँ कार्यसमितिले ईक्यान नियमावलीलाई अघि बढाउने र…

Read More

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी ( नेकपा )  का २४९९ केन्द्रीय सदस्यहरूले आज शपथ ग्रहण गरेका छन् । नेकपा संयोजक पुष्पकमल दाहालले केन्द्रीय कार्यालय पेरिसडाँडामा शपथ गराएका हुन् । कात्तिक तेस्रो साता माओवादी र एकीकृत समाजवादी लगायत दलको एकता भए पनि केन्द्रीय कमिटी समायोजन भएको थिएन । ठूलासाना दलहरू मिलाउँदै सबै दलका केन्द्रीय समिति सदस्य मिलाएर जम्बो केन्द्रीय समिति बनेको हो । माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी लगायत १९ दल मिलेर बनेको नेकपाको केन्द्रीय समिति पहिलोपटक समायोजन भएको हो ।

Read More

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतले आफूहरूको कारणले पार्टी नफुट्ने दाबी गरेका छन् । केन्द्रीय समिति बैठकअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै विभाजन पार्टी र नेपाली जनताको हितमा नहुने बताए । उनले भने, ‘विभाजन हितमा छैन । यो हामीलाई राम्रो थाहा छ । त्यसकारण हामी कुराकानीमा अत्यधिक लचकताका साथ सबै पार्टीका साथीहरूलाई एकजुट बनाउन कोसिस गरिराख्या छौँ, कुराकानी भइराखेको छ ।’ एकता जोगाउन आफूहरू पनि लचक रहेको भन्दै महामन्त्रीहरू पनि लचक भएर आउनुपर्ने उनले बताए । महतले भने, ‘उहाँहरू पनि त्यही लचकताका साथ आउनुपर्छ । पार्टी एकताको लागि, आम निर्वाचन मुखमा एकताबद्ध भएर जानको लागि हामी उदारताका साथ प्रस्तुत भइराखेको…

Read More

काठमाण्डौं । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरले भृकुटीमण्डपमा जारी विशेष महाधिवेशन अन्तर्गत निर्वाचन प्रक्रिया अघि बढाएको छ। संस्थापन पक्षसँगको वार्ता निष्कर्षमा नपुगेपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा नेतृत्वको समूहले एकतर्फी रूपमा निर्वाचनका कार्यक्रम अगाडि बढाएको हो। भृकुटीमण्डपमा अहिले उम्मेदवारको मनोनयन फारम वितरण कार्य भइरहेको छ। निर्वाचन समितिले यसअघि दिउँसो २ बजेदेखि ३ बजेसम्म मनोनयन दर्ताको समय तोकेको भए पनि त्यसलाई संशोधन गर्दै साँझ ५ बजेपछि सारिएको छ। मंगलबार राति ९ बजेदेखि बुधबार बिहान १स्३० बजेसम्म मतदानको समय तालिका तय गरिएको छ। निर्वाचन समितिले उम्मेदवारी दर्ताका लागि पदअनुसार फरक–फरक शुल्क निर्धारण गरेको छ। जसअनुसार सभापति पदका लागि ३० हजार रूपैयाँ…

Read More

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन र विशेष महाधिवेशन पक्षबीच वार्ता जारी छ। संस्थापन पक्षले विशेष महाधिवेशन गरिरहेको महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको टोलीसँग बालुवाटारमा वार्ता गरिरहेको हो। वार्तामा सभापति शेरबहादुर देउवा पक्षबाट रमेश लेखक, बालकृष्ण खाँण र शेखर कोइराला पक्षबाट जीवन परियार र मिनेन्द्र रिजाल सहभागी छन्। विशेष महाधिवेशन पक्षबाट प्रदीप पौडेल, गुरुराज घिमिरे, मधु आचार्य र देवराज चालिसे सहभागी छन्। दुई पक्षबीच वार्ता शुरु भएपछि पार्टीको केन्द्रीय कार्यसमिति बैठक सरेको छ। बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बोलाइएको कार्यसमिति बैठक दिउसो १ बजे बस्ने गरी सरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

Read More

काठमाडौँ । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीबाट खसआर्य क्लस्टरका २० जनाले उम्मेदवारी फिर्ता लिएका छन् । उम्मेदवारी फिर्ता लिनेहरूले पार्टी उपाध्यक्ष बसन्त कुशवाहाले रकम लेनदेन गरेर समानुपातिक सूचीमा मान्छेको नाम राखेको आरोप लगाएका छन् । जनमत पार्टीले खस आर्य क्लस्टरमा ३३ जनालाई उम्मेदवार बनाएको थियो । उम्मेदवारी फिर्ता लिएकी लक्ष्मी खड्काले भनिन्, ‘पार्टीका उपाध्यक्ष बसन्त कुशवाहाले खसआर्य उम्मेदवारहरु खोजेर ल्याउनुस्, तपाईंको नाम एक नम्बरमै राखौंला भन्नुभयो । मैले मान्छेहरु खोजेर दिएँ तर पछि उहाँले मसँग दुई करोड रुपियाँ माग्नुभयो र भन्नुभयो( पार्टीका लागि दुई करोड रुपियाँ दिएपछि मात्र समानुपातिक सूचीको एक नम्बरमा राख्छौं…

Read More

काठमाडौँ । नेपाली कांग्रेसमा एकापक्षले दोस्रो विशेष महाधिवेशन गरिरहँदा आजै कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक पनि आह्वान भएको छ । नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरको जारी महाधिवेशनको बन्द आज बिहान ९ बजेबाट शुरु हुँदैछ । भृकुटीमण्डपमा विशेष महाधिवेशन भइरहेको छ । दोस्रो विशेष महाधिवेशन पुस २७ र २८ गतेका लागि आयोजना गरिएको भए पनि समय अभावका कारण कार्यतालिका संशोधन भएर मंगलबारसम्म लम्बिएको हो । सोमबार बन्दसत्र शुरु भएको र विभिन्न प्रतिवेदन उपरको छलफल लम्बिएकाले महाधिवेशनको कार्यतालिका संशोधन गरिएको दोस्रो विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यले जानकारी दिए । आज महाधिवेशन प्रतिनिधिहरूको दर्ता निरन्तर रहने छ भने हस्ताक्षर गर्ने महाधिवेशन…

Read More

काठमाण्डौं । नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय समिति आज घोषणा हुँदैछ। कात्तिक १९ गते १० वटा वाम घटकहरू एकीकरण भई नेपाली कम्युनिस्ट पार्टी गठन भएको थियो। अहिलेसम्म उक्त पार्टीमा १७ भन्दा बढी घटक र व्यक्तिहरू समाहित भएका छन्। पार्टी एकता भए पनि सबै पार्टीका अन्य कमिटी र जनवर्गीय संगठनहरू एक भइसकेका छैनन्। मंगलबार केन्द्रीय समितिको घोषणासँगै केन्द्रीय सदस्यहरूको शपथ ग्रहण समेत हुनेछ। कात्तिक २९ गते नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत दर्जनभन्दा बढी वामघटकबीच एकतापछि नेपाली कम्युनिस्ट पार्टी बनेको हो । शपथ ग्रहण कार्यक्रम दिउँसो साढे १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिएको छ।

Read More