Author: Editor
जापान । जापान सरकारले दुई प्रणाली अन्तर्गत १२ लाख ३० हजारभन्दा बढी विदेशी कामदारहरू स्वीकार गर्ने निर्णय गरेको छ । दक्ष कर्मचारीहरूको लागि र नयाँ तालिम कार्यक्रम अनतगर्त जापान सरकारले मार्च २०२९ को अन्त्यसम्ममा १० लाख कामदारहरू स्वीकार गर्ने आफ्नो योजना विज्ञहरूको प्यानलमा प्रस्तुत गरेको छ। यसले निर्दिष्ट दक्ष कामदारहरूको लागि हालको प्रणाली अन्तर्गत बिभिन्न १९ क्षेत्रमा ८लाख५ हजार ७०० मानिसहरूलाई स्वीकार गरिने बताएको छ। उद्योगको हिसाबले, १लाख ९९ हजार ५०० औद्योगिक उत्पादनहरूको निर्माणमा, १लाख ३३अजार ५०० खाद्य तथा पेय पदार्थहरूको निर्माणमा र १लाख २६हजार ९०० नर्सिङ हेरचाहमा हुनेछन्। अप्रिल १, २०२७ मा लागू हुने अर्को प्रणालीले विदेशी कामदारहरूलाई प्रशिक्षित…
सौराहा । चितवनको सौराहमा आज शुक्रबार देखि चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु हुँदैछ । क्षेत्रीय होटल संघ चितवनको आयोजनामा हुने महोत्सवको मुख्यमन्त्री इन्द्रबहादुर बानियाले उद्घाटन गर्नेछन् । सौराहासहित चितवनको पर्यटन प्रर्वद्धनको लागि हरेक बर्ष यहाँ हात्ती महोत्सव हुँदै आएको छ । तीन दिन सम्म चल्ने महोत्सव १९औं संस्करण सम्म आइपुगेको छ । रत्ननगर नगरपालिका संरक्षक र यूनाईटेड हात्ती संचालन सहकारी संस्था लि। को सह(आयोजक रहेको सो महोत्सवको सम्पूर्ण तयारी पूरा भएको संघका उपाध्यक्ष तथा महोत्सवका संयोजक गुणराज थपलियाले बताए । महोत्सव अन्तर्गत हात्तीको पेनाल्टी सुटआउट, हात्तीको श्रृंगार प्रतियोगिता, हात्ती बनभोज, हात्तीको स्वास्थ्य शिविर, हात्तीको दिनचर्या बारे जानकारी तथा हात्तीको…
चितवन । भरतपुर महानगरपालिकाले पवित्र तीर्थस्थल देवघाटको धार्मिक क्षेत्रलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरेको छ । देवघाट क्षेत्र विकास समितिले आज ९शुक्रबार० भरतपुर महानगरपालिका, गैँडाकोट नगरपालिका र देवघाट गाउँपालिकाको उपस्थितीमा एक विशेष कार्यक्रमको आयोजना गरि प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरेको हो । निषेधित क्षेत्रको घोषणा गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले प्लाष्टिक व्यवस्थापनमा आम नगरिक सचेत हुनुपर्ने बताइन् । ‘पटक पटक उपमेयर सहित हामी सडकमा सरसफाईमा निस्कने गरेका छौँ । तर नागरिक सचेत भएको पाईदैन । जथाभावि रुपमा फोहोर फालेको देखिन्छ,’ उनले भने ‘फोहोर व्यवस्थापनमा सरकारी पक्ष मात्र नभई आम नगरिक पनि लाग्न आवश्यक छ।’ उनले देवघाटमा आउने भक्तजन तथा…
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा तथा प्रतिनिधि सभा सदस्यको निर्वाचनसम्बन्धी गतिविधिबारे जानकारी दिन मिडिया सेन्टर सञ्चालनमा ल्याएको छ । निर्वाचनका गतिविधिबारे जानकारी दिन तथा सञ्चारमाध्यमहरूसँग पारस्परिक सम्बन्ध स्थापित गर्न आयोगले शुक्रवारदेखि आयोगमै कार्यालय खडा गरी मिडिया सेन्टर सञ्चालनमा ल्याएको हो । आयोगमा पत्रकार सम्मेलन गर्दै निर्वाचनसम्बन्धी सूचनाहरू एकीकृत रुपमा प्रवाह गर्नको लागि मिडिया सेन्टरको स्थापना गरिएको जनाएको छ । पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले मिडिया सेन्टरमार्फत निर्वाचनसम्बन्धी आधिकारिक सूचना प्रवाह, पत्रकार सम्मेलन आयोजना तथा सञ्चारमाध्यमलाई सत्यतथ्य समाचार उपलब्ध उपलब्ध गराउन सेन्टरको स्थापना गरिएको बताए । सामाजिक सञ्जालमार्फत फैलिने अपुष्ट र भ्रामक सूचनालाई ध्यानमा राख्दै त्यसको सत्यतथ्य पहिचान…
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीका १५औं महाधिवेशन निर्धारित मितिमा हुनेमा आशंका व्यक्त गरेका छन् । आज ( शुक्रबार ) पार्टी कार्यलय सानेपामा विशेष महाधिवेशन पक्षधरहरुको माग पत्र बुझेपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले अब पार्टीको विशेष महाधिवेशन अनिवार्य भएको बताए । ‘विधानको धारा १७ ( २ ) ले कांग्रेस पार्टीको ४० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले कुनै विशिष्ट कारण देखाएर विशेष महाधिवेशनको आवश्यक्ता बोध गरेमा विशेष महाधिवेशन डाकिनुपर्दछ। त्यो अनिवार्य छ, त्यो ऐच्छिक विषय होइन,’– सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै महामन्त्री थापाले भने । ‘पार्टीको विधानभन्दा माथि कोही पनि नरहेको बताउँदै उनले विधान नमान्ने अधिकार र सुविधा कसैलाई पनि नरहेको…
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले संसद् पुनःस्थापना नहुने ठोकुवा गरेका छन् । उनले अब निर्वाचन मुखमा आईसकेकोले कांग्रेस र एमालेपनि निर्वाचनमा आउनुपर्ने बताएका हुन् । आज ( शुक्रबार ) पार्टी कार्यालयमा नवप्रवेशीहरुलार्ई पार्टीमा स्वागत गर्दै उनले यस्तो बताएका हुन् । उनले अब संसद् पुनःस्थापना नहुने जिकिर गरेका हुन् । दाहालले भने,‘न्यायालयमा पनि जानुभएको छ। तर म तपाईँ सबै र यो जनतालाई नै भन्न चाहन्छु कुनै भ्रममा पर्न आवश्यक छैन। संसद् पुनर्स्थापना अहिले हुँदैन। निर्वाचन अब अगाडि आई नै सक्यो। निर्वाचनमा एक ढिक्का भएर लाग्नुपर्ने छ। मलाई विश्वास छ आज भोलिदेखि नै नेपाली कांग्रेस र…
काठमाडौँ । सूर्य धनु राशिमा रहेका बेला पशुपतिनाथ मूल मन्दिरमा बिहीबार रातभर धनुर्मास पूजा आराधना गरिएको छ । पुस महिनाभर सूर्य धनु राशिमा हुन्छन् । प्रत्येक वर्ष पुस महिनामा साइत जुराएर पशुपतिनाथ मूल मन्दिरमा धनुर्मास पूजा आराधना गर्ने परम्परा छ । धनुर्मास पूजा गर्नुअघि बिहीबार बिहान पशुपतिनाथलाई चिसोबाट बचाउन तातोपानीले स्नान गराइएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक सुभाषचन्द्र जोशीले राससलाई जानकारी दिए । बाला चतुर्दशीदेखि नै चिसो लाग्ने भएकाले पशुपतिनाथलाई तातोपानीले स्नान गराउने परम्परा छ । पानीमा बस्ने माछासमेत चिसोबाट बच्न पानीको सतहमुनि बस्ने मीनपचासको समयमा पशुपतिनाथलाई पनि चिसोबाट बचाउन धनुर्मास पूजासहित खिचडी खुवाउने वैदिक सनातनी परम्परा छ ।…
काठमाण्डौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज ( शुक्रबार ) दिउँसो १ः०० बजे पुनः बस्ने भएको छ। बुधबारदेखि सुरु भएको कार्यसम्पादन समितिको बिहीबारको बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरु फरमूल्लाह मन्सुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्दम्बे र महेन्द्र यादव, कोषाध्यक्ष उमेश श्रेष्ठ तथा सदस्यहरू विमलेन्द्र निधि, विजयकुमार गच्छदार, अर्जुननरसिंह केसी, प्रवक्ता डा प्रकाशशरण महत, बलबहादुर केसी र ज्ञानेन्द्रबहादुर कार्कीले आ–आफ्नो धारणा राखेका थिए। बैठकमा अबको १६ दिनमा क्रियाशील सदस्यताको काम सक्नुपर्ने अवस्था रहेको र क्रियाशील सदस्यताको काम सकेर वडा र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन गरेर सिधै केन्द्रीय महाधिवेशनको प्रस्ताव रहेको बताइएको छ।…
काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले ज्ञान, सीप र अनुभवले भरिपूर्ण ज्येष्ठ नागरिक हाम्रा लागि प्रेरणाका पुञ्ज र समाज विकासका मार्गदर्शकका रूपमा रहेको बताएका छन्। राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, २०८२ का अवसरमा स्वदेश तथा विदेशमा रहका नेपालीमा सुस्वास्थ्य, दीर्घायु एवं मर्यादित जीवनयापनका लागि शुभकामना व्यक्त गर्दै उनले माया, ममता र करुणाका स्रोत रहेका ज्येष्ठ नागरिकलाई आदर, सम्मान, उचित संरक्षण जरुरी रहेको उल्लेख गरेका हुन्। राष्ट्रपति पौडेलले ज्येष्ठ नागरिकको मर्यादित जीवनयापनमा सहजीकरण गर्न आजको दिनले सबैलाई प्रेरणा प्रदान गर्ने अपेक्षासहित राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको सफलताको शुभकामना व्यक्त गरेका छन्। विसं २०५१ पुस ११ गते ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु…
चितवन । चितवनको मुग्लिन बजारमा आजदेखि सुन्तला महोत्सव आयोजना हुँदैछ । चितवन उद्योग संघ इच्छाकामना समिति र होटल व्यवसायी संघ इच्छाकामना एकाइको संयुक्त आयोजनामा दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु हुन लागेको हो । महोत्सव पुस १५ गतेसम्म चल्ने छ । आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न टेवा पुग्ने विश्वासका साथ महोत्सवको आयोजना गरिएको चितवन उद्योग संघ इच्छाकामना समितिका अध्यक्ष रामहरि कँडेलले बताए । प्रदर्शनीमा ५० भन्दा बढी कक्ष रहने उनले जानकारी दिए । महोत्सवमा इच्छाकामनाका १०० सुन्तला उत्पादन गर्ने किसानले आफ्नो उत्पादनको प्रत्यक्ष लाभ लिनेछन् । यसबाट स्थानीय कला, संस्कृति र परम्पराको संरक्षण तथा संवर्द्धन हुने आयोजकको…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क