Author: ट्रान्सपेरेन्टखबर

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले तोकेको म्यादभित्र दर्ता नभए फेसबुकलगायतका सामाजिक सञ्जालमाथि प्रतिवन्ध लाग्ने दोहोर्‍याएका छन् । शुक्रबार काठमाडौंमा सञ्चारिका समूह नेपालको ९ औं महाधिवेशनलाई सम्बोधन गर्दै मन्त्री गुरुङले नेपालमा सञ्चालन हुने सवै सामाजिक सञ्जाल प्ल्याट्फर्महरुले नेपालको नियम मान्नुपर्ने भन्दै सरकारले तोकेको म्यादभित्र दर्ता नभए प्रतिवन्ध लाग्ने स्पष्ट पारेका हुन् । सञ्चारमन्त्रालयले चैत ७ गते सूचना निकालेर एक महिनाभित्र फेसबुक दर्ता हुन आवह्रान गरेको थियो । सामाजिक सञ्जाल दर्ताका लागि सरकारले थप गरेको एकमहिनाको म्याद सकिन केहि दिन बाँकी रहेको भन्दै उनले फेसबुक लगायतका सामाजिक सञ्जाल दर्ता हुन नआएको उल्लेख गरे । उनले सामाजिक सञ्जाल…

Read More

कपिलवस्तु । नेकपा ( माओवादी केन्द्र )  का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिलेको सरकार आफ्नै बोझ धान्न नसकेर ढल्ने दाबी गरेका छन् । पछिल्लो समय सरकार ढल्ने दाबी गरिरहेका दाहालले आज कपिलवस्तुका बहादुरगञ्जमा आयोजित जागरण अभियानलाई सम्बोधन गर्दै यस्तो दाबी दोहोर्याएका हुन् । सो क्रममा उनले अहिलेको सरकार भ्रष्टाचारमा डुबेकोपनि गम्भीर आरोप लगाए । उनले भने,‘यो सरकार भ्रष्टाचारमा डुबेको छ । अहिले सरकारकै मन्त्रीहरू असन्तुष्ट भएका छन् । सरकारले आफ्नो बोझ आफैं सम्हाल्न नसक्ने अवस्थामा पुगेको छ ।’ उनले अहिलेको सरकारलाई बिचौलियाले चलाइराखेको पनि आरोप लगाए ।

Read More

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले शुक्रबार सिन्धुपाल्चोकको तातोपानी नाका तथा भन्सार कार्यालयको निरीक्षण गरी नाकालाई थप व्यवस्थित गर्न निर्देशन दिएकी छन् । वार्षिक २० अर्बभन्दा बढी राजस्व उठ्ने नेपाल चीन व्यापारिक नाकाका रुपमा रहेको यस नाका तथा भन्सार कार्यालयको निरीक्षण गरी आज उनले सो निर्देशन दिएकी हुन् । यसका लागि नेपाल सरकारले पनि आवश्यक पहल गर्ने मन्त्री डा. राणाले सो अवसरमा बताएकी थिइन् । पर्यटन प्रवर्द्धनका हिसाबले पनि सो नाका महत्त्वपूर्ण रहेको र यहाँबाट चीनको धार्मिक पर्यटकीय स्थल मानसरोबारका लागि सहज हुने भएकाले यस नाकालाई थप व्यवस्थित गर्नुपर्नेमा उनको जोड थियो । मन्त्री डा. राणाले अन्तर्राष्ट्रिय व्यापारिक मार्ग…

Read More

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सङ्घीय सरकारकै कारण १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित भएको बताएका छन्। खेलकुद क्षेत्रका सङ्घसंस्था र प्रशिक्षकहरूसँग आज भएको भेटमा उनले प्रतियोगिता स्थगित हुनुमा प्रदेश सरकारको कुनै भूमिका नरहेको स्पष्ट पारेका छन्। १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता जेठ ३ देखि १० गतेसम्म कर्णालीमा आयोजना गर्ने तयारी थियो। खेलकुद मन्त्रालयले प्रतियोगिता आयोजना गर्ने भनिए पनि आवश्यक तयारीमा ढिलासुस्ती गरेको मुख्यमन्त्री कँडेलको भनाइ छ। सुर्खेतमा सचिवालय स्थापना भए पनि ठोस काम नभएकोमा उनले असन्तुष्टि व्यक्त गरेका छन्। प्रतियोगिताको मुख्य आयोजक सङ्घीय सरकार भए पनि पूर्वाधार निर्माणमा प्रदेशको आग्रहलाई बेवास्ता गरिएको मुख्यमन्त्री कँडेलको गुनासो छ। उनले भने, ‘विगतमा…

Read More

काठमाण्डौं । चैत २० गतेबाट काठमाडौंकेन्द्रीत आन्दोलनमा रहेको नेपाल शिक्षक महासंघलाई प्रधानमन्त्री केपी शर्मा ओलीले वार्ताका लागि बोलाएका छन्। १७ औँ दिनमा प्रधानमन्त्री ओलीले नै वार्तामा बोलाएपछि महासंघको टोली वार्तामा जान तयार भएको छ। महासंघका अनुसार प्रधानमन्त्री ओलीले शुक्रबार बेलुकी ७ बजे वार्ताका लागि बोलाएका छन्। महासंघका प्रतिनिधिहरू छलफलका लागि जाने तयार भइसकेका छन्। यता शिक्षकहरुले शिक्षा ऐन जारी नहुँदासम्म आन्दोलन जारी रहने अडानमा छन्। सरकारले शिक्षकको मागअनुसार संसद्मा विचाराधीन विद्यालय शिक्षा विधेयकमा अघि बढाउन भन्दै वैशाख १२ गतेका लागि संसद्को बर्खे अधिवेशन आह्वान गरिसकेको छ। तर, आन्दोलनरत् शिक्षक भने अहिले आन्दोलन नरोक्ने अडानमा रहँदा सरकार दबाबमा छ। शिक्षकले माइतीघर–नयाँ…

Read More

नारायणगढ । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणाधीन नारायणगढ बुटवल सडकखण्डको आज अवलोकन निरीक्षण गरेका छन् ।चितवनको पूल्चोक गोन्द्राङ्ग सडकखण्डको उद्घाटन गर्न आएका बेला प्रधानमन्त्री ओलीले पूर्वी नवलपरासीको गैंडाकोटमा पुगेर सडक विस्तारको पछिल्लो अवस्थाका बारेमा जानकारी लिएका छन् । ११३ किलोमिटर लामो यो सडकखण्ड विस्तारको कामका बारेमा ओलीले सडक आयोजनासँग पछिल्लो प्रगतिका बारेमा जानकारी लिएका हुन् । प्रधानमन्त्री पुग्दा सडक आयोजनाका अधिकारी, चिनियाँ ठेकेदार कम्पनीका प्रतिनिधीहरुले स्वागत गरेका थिए । सडक निरीक्षणका क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले नारायणगढ बुटवल सडकखण्ड विगतमा नबन्ने अवस्थामा पुगेकोमा अहिले सडक बन्ने अवस्थामा आएको बताए । ‘पहिले काम भएन भन्ने थियो, अहिले धमाधम काम हुँदैछ…

Read More

काठमाडौँ । सरकार सञ्चालनका विषयमा पार्टीभित्र बढेको असन्तुष्टिले सत्ता गठबन्धन संयन्त्रको बैठक नै प्रभावित भएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बोलाएका छन्। बुढानीलकण्ठस्थित सभापति देउवाको निवासमा जारी बैठकमा कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूलाई पनि बोलाइएको छ। देउवाको सचिवालयका अनुसार पार्टी र सरकार सञ्चालनका विषयमा छलफल गर्न पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बोलाइएको हो। सरकारका काम कारबाहीका विषयमा ब्रिफिङ लिने गरी मन्त्रीहरूलाई पनि बोलाइएको देउवाको सचिवालयले जनाएको छ। सरकारका कामकारबाही र निर्णय प्रक्रियालाई लिएर कांग्रेसभित्र असन्तुष्टि बढिरहेका बेला बुधबार बेलुका प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा कांग्रेसका दुई प्रभावशाली नेता नै अनुपस्थित थिए । जसका…

Read More

सिरहा । गत पुस ९ गते सिरहाको नवराजपुर गाउँपालिका—३ जगतपुरस्थित फूलबरिया मुसहरी टोलकी आनन्दीदेवी सदायमाथि गाउँकै दुई युवकद्वारा यौन दुर्व्यवहार भयो। माइतीघरमा बस्दै आएकी आनन्दीदेवी दुई वर्षीय दुधेबच्चा च्यापेर बरियारपट्टि गाउँपालिका–१ नरगीमा बस्ने दिदी लक्ष्मीनियादेवी सदायलाई भेट्न हिँडेको थियो। बाटोमै स्थानीय २२ वर्षीय सञ्जीव यादव र ३२ वर्षीय श्यामसुन्दर यादवले बलात्कारको प्रयास गरे। त्यहाँबाट जसोतसो उम्केर पुनः माइतमै फर्किन त सफल भइन्। तर त्यस घटनाले बाँच्न भने दिएन। घटनाका दोषीमाथि कारबाहीको माग गरी किटानी जाहेरी दिए पनि चार महिनासम्म सदाय न्यायका लागि भौँतारिए। चारैतिरबाट न्यायको आश मरेपछि अन्ततः मृत्यु नै अन्तिम विकल्प बनेर आयो। मंगलबार माइतीघरमै झुन्डिएको अवस्थामा उनी मृत…

Read More

काठमाण्डौं । आगामी शनिबार र आइतबार देशभरका २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै छ।  ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’अन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आगामी शनिबार र आइतबार भिटामिन ‘ए’ खुवाउँदै छ। स्वास्थ्य सेवा विभागका अनुसार ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’अन्तर्गत भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका करिब २२ लाख बालबालिकालाई खुवाइने छ। सोही दिन एक वर्षदेखि पाँच वर्षसम्मका करिब १९ लाख बालबालिकालाई जुकाको औषधि खुवाइने छ। बालबालिकालाई बालभिटा खुवाइने छ। सोही दिन बालबालिकामा कुपोषणको परीक्षण पनि गरिने छ। ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ मा करिब ५२ हजार महिला स्वास्थ्य स्वयम्सेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन गरिने छ। सरकारले भिटामिन ‘ए’ कमीको रोकथाम…

Read More

बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार र बिचौलियाबिच घनिष्ठ सम्बन्ध रहेको बताएका छन् । आज भैरहवामा प्रेस सेन्टरले गरेको पत्रकार भेटघाटमा प्रचण्डले बिचौलियाकै कारण गभर्नर नियुक्तिमा ढिलाइ भएको उल्लेख गरे । सरकारले राम्रालाई नियुक्त गर्ने भन्दा बिचौलियालाई अवसर दिने गरेको उनको आरोप छ । बिचौलियाकै इशारामा सरकारले राम्रा कर्मचारीलाई दुख दिने गरेको प्रचण्डले बताए । सरकार असंवैधानिक भएको आरोप लगाउँदै उनले यो सरकार दुई तिहाइको नभई षड्यन्त्र र अपारदर्शीको भएको उल्लेख गरे । कांग्रेस र एमालेका एक दुई जना नेता बाहेक अरूलाई थाहा नदिई अपारदर्शी ढङ्गले बिचौलिया र भ्रष्टाचारीलाई बचाउन ओलीको नेतृत्वमा…

Read More