Author: ट्रान्सपेरेन्टखबर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा ) को आइतबार प्रदर्शनमा नियन्त्रणमा रहेका सातै जनालाई प्रहरीले छाडेको छ । सिंहदरवारभित्रवाट पक्राउ परेका उनिहरुलाई दिनभर राखेर आन्दोलन तितरबितर भएपछि छाडिएको हो । नियन्त्रणमा लिएर जिल्ला प्रहरी परिसर भद्रकाली पुर्‍याइएका सातै जनालाई छाडिएको परिसरका एसपी अपील राज बोहराले बताए ।छुट्नेहरुमा अध्यक्ष लिङ्दनेसहित, ज्ञानेन्द्र शाही, बुद्धिमान तामाङ, अमर परियार, सरोज घिमिरे, किरण दुवाल र राप्रपाको युवा मोर्चाका अध्यक्ष कैलाश कटवाल छन् । उनीहरुले सिंहदरबारभित्रै प्रदर्शन गरेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो ।

Read More

मोरङ। नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र ) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वराष्ट्रपति एवं उपराष्ट्रपतिलाई राजनीतिमा पुनः फर्कन कुनै बन्देज नभएको बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले पूर्वराष्ट्रपति एवं उपराष्ट्रपतिलाई राजनीतिमा पुनः फर्कन संवैधानिक कानुन र अन्तरराष्ट्रिय परम्पराले पनि नरोक्ने बताए । माओवादी केन्द्रका अध्यक्ष दाहालले शनिबार प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र आफूबीच भएको बैठक शान्ति प्रक्रिया टुङ्ग्याउने विषयमा केन्द्रित भएको जानकारी दिए । अध्यक्ष दाहालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका निम्ति तीन राजनीतिक दलबीच कुनै किसिमको विमति नरहेको स्पष्ट गरे । यता पूर्व उपराष्ट्रपति नन्द बहादुर पुन सक्रिय राजनीतिमा…

Read More

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा ले अध्यक्ष राजेन्द्र लिङ्देनलगायतका नेताहरूलाई तत्काल रिहा गर्न माग गरेको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयबाट पार्टीको आन्तरिक बैठक सकेर कार्यक्रमस्थल बिजुली बजारतर्फ पैदल जाने क्रममा प्रशासनले अध्यक्ष लिङ्देनसहित नेताहरूलाई प्रहरीले गरफ्तार गरेको प्रवक्ता मोहन श्रेष्ठले बताए । उनका अनुसार प्रहरीले अध्यक्ष लिङ्देनसहित वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङ र प्रवक्ता ज्ञानेन्द्र शाहीलाई सिंहदरबारबाट गिरफ्तार गरेको छ । शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन कार्यक्रमस्थलतर्फ जाँदै गर्दा पक्राउ गरेका राप्रपाका अध्यक्ष र नेताहरूलाई अविलम्ब रिहा गर्न उनले माग गरे । साथै नेताहरू रिहा नहुञ्जेल लगातार विरोध प्रदर्शन गर्ने राप्रपाले जनाएको छ । प्रवक्ता श्रेष्ठले राज्यले सिंहदरवारभित्रै पार्टीका…

Read More

काठमाडौं । काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा का अध्यक्ष लिङ्देनलगायत नेताहरू सिंहदरबारबाट पक्राउ परेका छन् । सिंहदरबारभित्रै प्रदर्शनमा उत्रिएपछि प्रहरीले आइतबार दिउँसो नेताहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा नेताहरू ज्ञानेन्द्र शाहीसमेत छन् । उनीहरूलाई भ्यानमा हालेर प्रहरीले लगेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले सिंहदरबारस्थित संसदीय दलको कार्यालयबाट आफूहरूलाई प्रहरीले निस्किन नदिएको बताएका थिए । बानेश्वर क्षेत्रमा निषेधित क्षेत्र तोड्ने तयारीसम्बन्धी भइरहेको छलफलको क्रममा थिए । राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले आफूहरूलाई सिंहदरबारको संसद दलको कार्यालयमा डीएसपीको कमाण्डमा बन्धक बनाइएको बताएका थिए । बिना जैवाल, माननीय दीपक सिंहलगायतका सांसदहरू दलको कार्यालयमा रहेको उनले सुनाए । माननीयहरुलाई भेट्न पुगेका राप्रपा…

Read More

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा ले प्रदर्शनका क्रममा निषेधित क्षेत्र तोड्न लागेपछि प्रहरीले माइकिङ गरेको छ। शनिबार नै राप्रपाले निषेधित क्षेत्र तोड्ने अभिव्यक्ति दिएपछि गृह मन्त्रालयले निषेधित क्षेत्र तोडे कारबाही गर्ने चेतावनी दिएको थियो।आइतबार प्रदर्शनका क्रममा प्रदर्शनकारीहरूले प्रहरी घेरा तोड्न प्रयास गरेपछि माइकिङ गरिरहेको छ। माइतीघरबाट सुरु भएको प्रदर्शन अहिले बानेश्वरतर्फ अघि बढेको छ। प्रदर्शनका क्रममा राजावादीहरूले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि सचेत गराउँदै प्रहरीले माइकिङ गरेको हो। राप्रपाले राजतन्त्र पुनस्स्थापनाको माग राखेर चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । कानुनबमोजिम तोकिएका निषेधित क्षेत्र तोड्ने भनी राप्रपाका नामबाट सार्वजनिक समाचार र अभिव्यक्तिप्रति पनि गम्भीर ध्यानाकर्षण भएको गृह मन्त्रालयले जनाएको…

Read More

अछाम । नेकपा ९एमाले० का सुदूरपश्चिम प्रदेश लेखा कमिटी सदस्य बालागिरी कुँवरसहित ७० नेता कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन्। एक विज्ञप्तीमार्फत उनले ३५ वर्ष लामो पार्टी यात्रा त्याग्दै मातृभूमि जागरण अभियानमा सहभागी हुने घोषणा गरेको घोषणा गरेका छन्। २०३६ सालदेखि बहुदलीय व्यवस्थाका लागि सुरु भएको आफ्नो राजनीतिक यात्रा २०४६ को परिवर्तन, जनयुद्धको कठिन समय, र डा। भीम रावलको नेतृत्वमा चलेको शान्ति अभियान हुँदै विभिन्न चुनौतीपूर्ण क्षणहरूबाट गुज्रिएको स्मरण पनि उनले गरेका छन्। दुई पटक ९२०५४ र २०७४० वडा अध्यक्षको जिम्मेवारी सम्हाल्दै जनमुखी विकास निर्माणमा योगदान गरेका कुँवरले समाजवाद र साम्यवादको सपना बोकेर जनताको घरदैलोमा पुगे पनि त्यस्तो नभएको गुनासो गरेका…

Read More

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा ) का महामन्त्री शरदराज पाठकले राज्यले आजको आन्दोलनलाई पनि १५ गतेको जस्तै हिंसात्मक बनाउन चाहेको बताएका छन् । उनले राप्रपाको आजको आन्दोलनलाई पनि सरकारले जबर्जस्ती र बल प्रयोग गर्न चाहेको बताएका हुन् । उनले राप्रपा हिंसामा विश्वास नगर्ने पार्टी रहेको बताउँदै एकदमै संयमित भएर प्रदर्शन हुने बताए । ‘राज्यले आजको प्रदर्शनलाई पनि हिंसात्मक बनाउन खोजेको, जबरजस्ती शक्ति प्रयोग गर्न खोजेको र १५ गतेको जस्तै घटना गराउन खोजेको स्थिति छ । तर, हामी संयमित भएर एक पाइलामात्रै पनि निषेधित क्षेत्रतर्फ अगाडि बढ्ने, निषेधित क्षेत्र हामीले तोड्यौं है भनेर सन्देश दिन खोजिएको हो । राप्रपा न…

Read More

काठमाडौं । काठमाण्डौ केन्द्रित आन्दोलनगरीरहेका शिक्षकहरुले आज वि ९ बजेदेखि आन्दोलन जारी राखेका छन् । शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षक तथा कर्मचारीहरुले आज पनि काठमाडौंमा प्रदर्शन जारी राखेका छन् । उनीहरु माइतीघरबाट बबरमहल(नयाँबानेश्वर सडक पुगेर प्रदर्शन गरिरहेका छन् । अघिल्ला दिनहरुमा दिउँसो १२ बजेदेखि ३ बजेसम्म प्रदर्शन गर्दै आएका शिक्षकहरुले आज राप्रपाको प्रदर्शनलाई लक्षित गरी बिहानै प्रदर्शन गरेका हुन् । उनीहरुले १२ बजेसम्म प्रदर्शन गर्ने जनाएका छन् । राप्रपाले पनि बिहान ११ बजेदेखि बिजुली बजार क्षेत्रमै भेला हुने भनेकाले शिक्षकहरुले आज प्रदर्शन छोट्याएका छन् । शिक्षकहरूले गत चैत २० गतेबाट माइतीघर–बानेश्वर क्षेत्रमा प्रदर्शन गरिरहेका छन् । सरकारसँग निरन्तर…

Read More

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा विधेयक वैशाख २३ गते संसदमा पेश हुने भन्दै शिक्षकहरूलाई घर फर्किन आग्रह गरेका छन् । शिक्षकले आन्दोलन जारी राखे पनि घर गए पनि सरकारले विधेयक ल्याउने बताए । नेकपा एमालेनिकट पेशागत महासंघका पदाधिकारीहरूसँग प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा ओलीले वैशाख २३ अघि विधेयक ल्याउन सम्भव नरहेको बताएका हुन् । सरकारको सिफारिसमा राष्ट्रपतिले वैशाख १२ गते संसदको अधिवेशन आह्वान गरेका छन् । प्रि बजेट छलफल, नीति तथा कार्यक्रमजस्ता नियमित प्रक्रियाहरू रहेकाले विधेयक वैशाख २३ को बैठकमा पेश गर्ने तयारी छ । एमाले जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाल,पेशागत महासंघका इन्चार्ज रामेश्वर फुयाँल, अध्यक्ष पुण्य…

Read More

काठमाडौं । काठमाण्डौ उपत्यकामा राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा ) ले आज गर्ने प्रदर्शनलाई लक्षित गर्दै सुरक्षाकर्मीको संख्या बढाउनुका साथै सुरक्षा सर्तकता अपनाईएको छ । प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार, संसद भवन नयाँबानेश्वर, माइतीघर मण्डला, प्रधानमन्त्री निवास बालुवाटार, राष्ट्रपतिको कार्यालय लगायतका क्षेत्रमा अघिल्ला दिनको तुलनामा आज सुरक्षाकर्मीहरुको टोली बढी देखिन्छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एआईजी टेक तामाङले राप्रपाको प्रदर्शनलाई लक्षित गरी सुरक्षा रणनीति तयार पारिएको बताए । त्यसका लागि आवश्यक सुरक्षाकर्मीहरुलाई विभिन्न ठाउँमा परिचालन गरिएको जानकारी पनि दिए । जिल्ला सुरक्षा समितिबाट निर्णय गराएर सुरक्षा योजना लागु गरिएको प्रहरी स्रोतले बतायो । राप्रपाले प्रदर्शनको लागि जिल्ला प्रशासन कार्यालयबाट अनुमति…

Read More