Author: ट्रान्सपेरेन्टखबर
काठमाडौं । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले विद्यालय शिक्षा ऐन जारी नभएसम्म आफूहरुको आन्दोलन स्थगित नहुने बताएका छन् । . सोमबार रिपोटर्स क्लबले आयोजना गरेको साक्षात्कारमा उहाले सरकारले चाहेको खण्डमा केही दिनमा नै विद्यालय शिक्षा विधेयक टुङ्ग्याएर जारी गर्न सकिने अवस्था रहेको भन्दै विद्यालय शिक्षा ऐन टुङ्गोमा पुगेपछि मात्रै आफूहरु कार्यक्षेत्रमा फर्किने बताएका हुन् । अध्यक्ष सुवेदीले आफूहरुले सभामुख देवराज घिमिरेलाई भेट्दा १२ गते सर्वसम्मतीमा विधेयक दर्ता भएको खण्डमा १३ गते नै ऐन जारी गर्न सकिने बताएको जानकारी दिए । आफूहरुले सरकारसँग २०७५, ०७८ र ०८० विभिन्न सम्झौता गरेको र अहिले तिनै सम्झौता कार्यान्वयनको लागि आन्दोलन भइरहेको उनले बताए…
काठमाडौं । आफूलाई ‘नेपाल सरकारको उपसचिव हुँ’ भन्दै विभिन्न व्यक्तिसँग गरी ७ लाख बढी रकम ठगी गरेको आरोपमा प्रहरीले एकजना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दैलेख दुनेचौर गाउँपालिका ५ घर भई हाल ललितपुर महानगरपालिका वडा नम्बर २५ बस्दै आएकी ४० वर्षीया जानकी न्यौपानेलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले त्रिपुरेश्वरबाट पक्राउ गरेको हो । जानकीले आफूलाई कानून मन्त्रालयको उपसचिव भएको र हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत रहेको बताउँदै एयरपोर्टको विभिन्न ठेक्का मिलाइदिने भनी ७ लाख ६० हजार ८ सय रूपैयाँ ठगेको एसपी अंगुर जिसीले जानकारी दिए । प्रहरीका अनुसार उनले त्रिभुवन विमानस्थलको विभिन्न शिर्षकमा ठेक्का मिलाइदिने र त्यसका…
काठमाण्डौ. । राज्यविरुद्धको कसुर र संगठित अपराध मुद्दामा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेको विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध बैंकिङ कसुरमा अनुसन्धान हुने भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ( सीआईबी ) ले राष्ट्र बैंकको पत्र अनुसार प्रसाईंविरुद्ध बैंकिङ कसुरमा पक्राउ पुर्जी जारी गरी अनुसन्धान गर्न लागेको हो । प्रसाईं हाल जिल्ला प्रहरी परिसरको हिरासतमा छन् । सीआईबी प्रवक्ता एवं एसपी सुधीरराज शाहीका अनुसार प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । काठमाडौं परिसरको हिरासतमा रहेका प्रसाईंलाई सीआईबीले समेत बयान लिने तयारी गरेको छ । प्रसाईंले होटल, अस्पताललगायतका व्यवसायका नाममा अर्बौंको ऋण लिएर दुरुपयोग गरेको आरोप लाग्दै आएको छ । गत…
काठमाडौं। नेकपा ( एमाले ) बाट निष्काशित नेता डा.भीम रावलले शिक्षकहरु २० दिनसम्म सडक प्रदर्शनमा उत्रिँदा पनि समाधान खोज्न नसक्नुले सरकारको औचित्य सकिएको पुष्टि भएको बताएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली पनि असक्षम प्रमाणित भएको दाबी गरेका छन् । उत्तरपुस्तिका परीक्षण, नयाँ भर्ना र कक्षा १२ को परीक्षा सञ्चालन गर्नुपर्ने समयमा शिक्षकहरूको सडक आन्दोलनमा आउँदा पनि सरकारले संवाद गरेर उपाय ननिकालेर सरकारले गैरजिम्मेवार चरित्र देखाएको उनको आरोप छ । विगतमा सरकारले गरेको सहमतिको पूर्ण कार्यान्वयन गर्दै शिक्षा ऐन जारी हुनुपर्ने मागसहित शिक्षकहरु गत चैत २० गतेदेखि काठमाडौं केन्द्रीत सडक प्रदर्शनमा छन् । लामो समयदेखिको शिक्षकहरुको प्रदर्शनले नागरिकहरुको दैनिकी…
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अर्थतन्त्र एकदमै अप्ठ्यारो अवस्थाबाट सुधारतर्फ अगाडि बढिरहेको बताएका छन् । आज ( सोमबार ) एमालेनिकट प्रगतिशील प्राध्यापक संगठनको सम्मेलनलाई सम्बोधन गर्दै उनले अघिल्लो सरकार पुष्पकमल दाहाल ( ‘प्रचण्ड’ ) को पालमा देशको अर्थतन्त्र एकदमै खोक्रो र रित्तो भएकोमा अहिले सुधारको बाटोमा रहेको बताएका हुन् । तत्कालीन सरकारले बजेट भाषणको अघिल्लो रात एकैचोटी ११ हजार आयोजनाहरु थप गरी बजेट भद्रगोल बनाएको बताए । अहिले ती आयोजनाहरुलाई दिन राज्यसँग पैसा नै नरहेको उनको भनाइ छ । ‘देशको अर्थतन्त्र साँच्चै खोक्रो, रित्तो बनाएको रहेछ । यसभन्दा अगाडि वास्तवमा त्यति नबुझिकन कदम चाल्ने वा बुझेर नै देशलाई बवार्द…
काठमाडौं। शिक्षकहरुको घेराबन्दीमा परेपछि शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । उनले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएको बालुवाटार निकट स्रोतले जानकारी दियो । उनले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएकी हुन् । शिक्षकहरूले लगातार विभिन्न माग राखेर आन्दोलन गरिरहेका वेला शिक्षामन्त्री भट्टराईको राजीनामा आएको हो । आजै केहीबेरपछि मन्त्रिपरिषद् बैठक पनि बस्दैछ । सम्भवतः आजकै मन्त्रिपरिषद्बाट उनको राजीनामा स्वीकृत हुनेछ । शिक्षक महासंघसँग बारम्बार संवाद भइरहेको छ तर निचोड निस्कन नसकेपछि शिक्षामन्त्री भट्टराई घेराबन्दीमा परेकी थिइन् ।
प्रकाश सिलवाल, काठमाडौं । बिगत २१ दिनदेखि काठमाडौं केन्द्रित सडक आन्दोलनमा रहेको नेपाल शिक्षक महासंघका जायज र सम्भव हुने माग पूरा गर्न सरकार र संसद्ले पहल गरिरहेको छ। प्रधानमन्त्री केपी शर्मा ओली र प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपाल शिक्षक महासंघका पदाधिकारीसँग यही वैशाख ५ गते बेग्लाबेग्लै भेट गरी शिक्षक आन्दोलन र समस्या समाधानका विकल्पका विषयमा छलफल गरेका थिए। निकासकै सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टी ( एमाले) का महासचिव शंकर पोखरेल, नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पनि आ–आफ्नोतर्फबाट पहल गरिरहेका छन्। उच्चस्तरीय राजनीतिक पहलसँगै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र महासंघबीच अनौचारिक तहमा कुराकानी भइरहेको छ। ती कुराकानीका आधामा…
काठमाडौं । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेटका लागि स्रोतको अभाव हुनसक्ने भएकाले रुग्ण र समस्याग्रस्त आयोजनामा व्यापक कटौती गर्नुपर्ने सुझावसहितको प्रतिवेदन अर्थ मन्त्रालयलाई बुझाएको छ । आयोगले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेललाई आगामी आर्थिक वर्षको बजेट तर्जुमा सम्बन्धमा नीतिगत तथा कार्यक्रमगत छलफलसम्बन्धी प्रतिवेदन बुझाउँदै अनिवार्य दायित्वका क्षेत्रमै स्रोतको चाप देखिनसक्ने भएकाले रुग्ण आयोजनामा बजेट कटौतीका लागि सुझाव दिएको हो । ‘राजस्व परिचालनमा आगामी आर्थिक वर्षमा पनि उल्लेख्य सुधार हुने सम्भावना कम रहेको छ । वैदेशिक अनुदान प्राप्ति विगत केही वर्षदेखि न्यून हुँदै गएको र वैदेशिक ऋण प्राप्ति पनि प्रतिबद्धताअनुसार परिचालन हुन नसकेको स्थिति छ’, आयोगले बुझाएको…
काठमाण्डौं । गभर्नर हुन उमेर हद हटाएको र गुणाकर भट्टको योग्यता नपुगेको विवादको रिट आज पनि सर्वोच्च अदालतले हेर्न नभ्याउने भएको छ । गभर्नर बन्न उमेर हद संशोधन गरी हटाएको र चर्चामा रहेका गुणाकर भट्टको योग्यता नपुगेको भन्दै दायर गरिएको रिट सोमबार न्यायाधीशहरू महेश शर्मा पौडेल र नृपध्वज निरौलाको इजलासमा परेको थियो। अहिले उक्त रिट हेर्न नभ्याउनेमा राखिएको हो। आइतबार पनि उक्त रिट पेसीमा चढेको थियो। न्यायाधीशहरू हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको इजलासमा परेको थियो। तर उक्त रिट अन्तिम तिर परेपछि हेर्न नभ्याइनेमा राखिएको थियो। अधिवक्ता विशाल थापाले गभर्नरको नियुक्तिमा उमेर हदसम्बन्धी मापदण्डलाई संशोधन गरी हटाएकोविरूद्ध रिट दायर गरेका थिए।…
काठमाण्डौं । राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक डा। जगमान गुरुङले सरकारले गोष्ठी, पत्रकार सम्मेलन, जनप्रदर्शनलगायत कार्यक्रमहरूमा प्रतिबन्ध लगाउन थालेको दाबी गरेका छन्। आज एक विज्ञप्ति जारी गर्दै गुरुङले यस्तो दाबी गरेका गरेका हुन्। उनले संविधान प्रदत्त प्रजातान्त्रिक हक अधिकार, मानव अधिकारको बर्खिलाफ गर्दै सरकारले शान्तिपूर्ण भेला जम्मा भइ आयोजना गरिने गोष्ठी, पत्रकार सम्मेलन, जनप्रदर्शन लगायत कार्यक्रमहरूमा प्रतिबन्ध लगाउन थालेकोमा यस संयुक्त जनआन्दोलन समितिको गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। नागरिकको संविधान प्रदत्त नैसर्गिक अधिकार हनन गर्ने सरकारको निरंकुश कार्य निन्दनीय भएको जिकिर गर्दै उनले यस्ता असंवैधानिक कार्यहरू तत्काल रोक्न सरकारलाई चेतावनी समेत दिएका छन्। यसै सन्दर्भमा राष्ट्रिय अन्तर्राष्ट्रिय…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रबन्ध निर्देशक: बिजय प्रकाश मिश्र
प्रधान सम्पादक: जनक राज पण्डित
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क