Author: ट्रान्सपेरेन्टखबर
काठमाडौं । सरकारले आन्दोलनरत शिक्षकहरुलाई वार्तामा आउन फेरि आह्वान गरेको छ । सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूले निरन्तर सञ्चालन गरिरहेका ध्यानाकर्षण कार्यक्रमप्रति सरकार गम्भीर रहेको बताउँदै मन्त्रालयले यथाशीघ्र संवादमा आउन महासंघलाई आह्वान गरेको हो। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा. दीपक काफ्लेले महासंघलाई औपचारिक रुपमा संवादमा आउन अनुरोध गर्दै भनेका छन्, ‘विधेयक शिक्षक प्रतिनिधिहरूसँगको परामर्शमै तयार गरिएको हो। समाधान संवादबाटै खोज्नुपर्छ।’ शिक्षा मन्त्री रघुजी पन्तले समेत प्रेस विज्ञप्ति जारी गर्दै शिक्षकहरूको चासोप्रति सरकार संवेदनशील रहेको उल्लेख गरेका छन्। उनले भनेका छन्, ‘विधेयक संसदमा छलफल हुँदैछ, कानुनी प्रक्रिया अनुसार अघि बढ्छ। तर शिक्षकसँग निरन्तर संवाद गरिन्छ।’ महासंघको औपचारिक प्रतिक्रिया…
गोरखा । गोरखाको बारपाकमा १० औँ भूकम्प स्मृति दिवस समारोह सुरु भएको छ। बारपाक–सुलिकोट गाउँपालिकाले कार्यक्रम आयोजना गरेको हो। कार्यक्रमको प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ छन्। समारोहको शुभारम्भमा भूकम्पले विभत्स क्षति पुर्याएको ठिक ११५–६ बजे मौन धारणा गरियो। भूकम्पमा ज्यान गुमाएका सबैको सम्झनामा उपस्थित सबैले एकसाथ मौन गरे। त्यसअघि अध्यक्ष प्रचण्डले ‘क्षति र पुनर्निर्माण’ झल्काउने फोटो प्रदर्शनी उद्घाटन गरी ती तस्वीरहरू अवलोकन गरे। प्रदर्शनीमा २०७२ साल वैशाख १२ गतेको भूकम्पले पुर्याएको विनाश, राहत कार्य, अस्थायी आवास तथा दीगो पुनर्निर्माणका पहलहरू समेटिएका छन्। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहित उपस्थि समारोहलाई अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम…
काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले सरकार परिवर्तनको हल्ला सत्य नभएको बताएकी छन् । यसबारेमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच टेलिफोन कुराकानी समेत भएको उनले जानकारी दिइन् । थाइल्याण्डको बैंककबाट आज स्वदेश फर्किएकी मन्त्री राणालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुले सरकार परिवर्तनको हल्लाबारे सोधेका थिए । सो जिज्ञासामा उनले मनोरञ्जनका लागि हल्ला चलाइएको बताइन् । ‘तपाईंहरुले आफैं भन्नुभो हल्ला भनेर,’ उनले प्रश्नकर्ता पत्रकारलाई भनिन्, ‘अलिअलि इन्टरनेटमेन्टका लागि पनि यस्ता न्यूजहरु आउने गर्छ ।’ सरकार परिवर्तनबारे आएका समाचार हेरेर छक्क परेको उनले बताइन् ।उनले थपिन्, ‘सरकार परिवर्तन त नेपालभित्रै बसेर गर्ने होला । विदेशमा गएर त यहाँको सरकार…
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसद्लाई गर्ने भनेको सम्बोधन स्थगित भएको छ । एमाले प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीले आज संसद्मा गर्ने भनेको सम्बोधन स्थगित भएको जानकारी दिए । बर्तौलाका अनुसार विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डसमेत आजको संसद्मा अनुपस्थित हुने भएपछि प्रधानमन्त्रीको सम्बोधन स्थगित भएको हो । ‘प्रधानमन्त्री संसद्मा बोल्दा सामान्यतया विपक्षी दलसहित सबै प्रमुख दलका नेताहरू सहभागी हुने प्रचलन छ’, बर्तौलाले भने, ‘तर आज विपक्षी दलका नेता बाहिर भएकाले संसद्मा उपस्थित हुन नसक्ने भएपछि अरू कुनै दिन सम्बोधन गर्ने गरी स्थगित भएको छ ।’ संसद्को बजेट अधिवेशन आज १ बजे सुरु हुँदैछ । बजेट अधिवेशनको पहिलो…
काठमाडौँ । संघीय संसद्को हिउँदे अधिवेशन सुरु भएको छ । संघीय संसद् अन्तर्गतका प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक सुचारु भएका हुन् । प्रतिनिधिसभा बैठकमा आज दलका नेताहरूले धारणा राख्ने भएका छन् । हिउँदे अधिवेशनको पहिलो दिन दलीय आधारमा नेताहरूले धारणा राख्ने कार्यसूची संघीय संसद् सचिवालयले सार्वजनिक गरेको छ । त्यस्तै आजको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने र प्रस्तुत गर्ने कार्यसूची छ ।
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता समीकरण फेरबदल हुने कुनै सम्भावना नरहेको प्रष्टीकरण दिएका छन्। बैंककबाट फर्किएर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सत्ता समीकरण फेरबदल हुने हल्ला मात्रै भएको बताए।६ दिने बैकक भ्रमणवाट फर्किएका देउवाले अहिले सत्ता समीकरणमा फेरबदल हुने कुनै सम्भावना नभएको बताएका छन् । उपचारका लागि गत बैशाख ७ गते सपरिवार बैकक गएका देउवा आज स्वदेश फर्किएका हुन् । देउवा नेपालमा नहुदाँ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देउवा आए लगत्तै कुराकानी गरेर सरकार फेर्ने चेतावनी दिईरहेका थिए ।
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दम्पती आज स्वदेश फर्किँदैछन्। वैशाख ७ गते थाइल्याण्ड उडेका देउवा र परराष्ट्रमन्त्री आरजु राणा देउवा, छोरा जयवीर देउवा र बुहारी शिवाना आज स्वदेश फर्किन लागेका हुन्। देउवा उपचारका लागि थाइल्याण्ड गएका हुन् भने परराष्ट्रमन्त्री संयुक्त राष्ट्रसंघको एशिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक एवम् सामाजिक आयोग ( एस्क्याप) को ८१ औं सम्मेलनमा सहभागी थाइल्याण्ड पुगेकी हुन्। सरकार फेरबदलको चर्चाका बीच देउवा थाइल्याण्ड गएपछि नेपाली राजनीतिक तरंगीत बनेको छ। उनी उपचारमा गएको भन्दै प्रधानमन्त्री ओलीले स्पष्टीकरण नै दिएका थिए। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले त देउवा थाइल्याण्डबाट फर्किएपछि उनै प्रधानमन्त्री बन्ने दाबी गर्दै आएका छन्।…
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पीय जोखिमबाट बच्न आम जनतामा चेतना फैलाउनुपर्नेमा जोड दिएका छन्। भूकम्प स्मृति दिवसका अवसरमा आज उनले दिएको सन्देशमा उक्त कुरा उल्लेख छ। राष्ट्रपतिले गोरखा जिल्लाको बारपाक केन्द्रबिन्दु भई २०७२ साल वैशाख १२ गते गएको भूकम्प र त्यसपछिका पराकम्पमा परी जीवन गुमाएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन्। सन्देशमा उनले ‘भूकम्प एक प्राकृतिक विपद् भए पनि प्रत्येक वर्ष बढ्दै गएको सहकारीकरणले गर्दा भूकम्पीय जोखिमलाई बढाउँदै लगेको छ। भूकम्पलाई रोक्न नसके पनि यसबाट हुनसक्ने सम्भावित जोखिमबाट भने जोगाउन सकिन्छ। नेपाल भूकम्पीय जोखिममा पर्नुका मुख्य कारणहरूमध्ये नेपालको भौगोलिक अवस्थिति र बनावट तथा मानव निर्मिति भौतिक…
काठमाडौं । जम्मु कश्मीरमा नियन्त्रण रेखा ( एलओसी ) का केही क्षेत्रमा पाकिस्तानी सेनाले गोलीबारी गरेको भारतीय पक्षले आरोप लगाएको छ । त्यसको जवाफ पनि भारतीय सेनाले फर्काएको भारतीय मिडियाहरुले जनाएका छन् । तर, त्यसबाट क्षति भयो कि भएन भन्ने विवरण आइसकेको छैन । भारतीय सेनालाई पाकिस्तानसँग जोडिएको सीमा क्षेत्रमा तैनाथी बढाइएको छ । भारत नियन्त्रित जम्मु कश्मीरको पहलगाम भन्ने स्थानमा मंगलबार दिउँसो पर्यटकलाई लक्षित गरी आतंकवादी हमला हुँदा एक नेपालीसहित २६ जनाको मृत्यु भएको थियो । यो घटनापछि सीमा क्षेत्र वरपर सैनिक अप्रेसन जारी छ । सोही क्रममा पाकिस्तानी भूमिबाट पनि साना हतियारबाट गोलीबारी भएको भारतीय मिडिया हिन्दुस्तान टाइम्सले…
काठमाण्डौं । नेपाल चिकित्सक संघले आज ( वैशाख १२ गते ) देखि सम्पूर्ण निजी तथा सरकारी अस्पताल, मेडिकल कलेज, क्लिनिकमा आकस्मिकबाहेक सबै सेवा ठप्प पार्ने चेतावनी दिएको छ। बिहीबार एक विज्ञप्ति जारी गरी चिकित्सक संघले आकस्मिक तथा सघन उपचारजस्ता अत्यावश्यकबाहेक अन्य सबै सेवामा सहभागी नहुन चिकित्सकहरूलाई आह्वान गरेको हो। यस्तै उपत्यकाभित्रका चिकित्सक तथा स्वास्थ्यकर्मीहरू बिहान ११ बजे माइतीघर मण्डलामा भेला भई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा र उपत्यका बाहिर जिल्ला प्रशासन कार्यलयमा धर्ना दिने कार्यक्रम रहेको पनि संघले जनाएको छ। नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिलविक्रम कार्कीद्वारा हस्ताक्षरित विज्ञप्तिमा ‘आवासीय चिकित्सकहरूले हालसम्म पनि आफ्नो निर्वाह भत्ता नपाएको र ठाउँठाउँबाट धम्की आएको’…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रबन्ध निर्देशक: बिजय प्रकाश मिश्र
प्रधान सम्पादक: जनक राज पण्डित
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क