Author: ट्रान्सपेरेन्टखबर

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले नेताहरुले शिक्षकहरुको आन्दोलनको सबै सरकारलाई लगाएर उम्किन नमिल्ने बताएका छन् । लोसपाको जनकपुरधामस्थित नयाँ कार्यालय उद्घाटन गर्दै उनले अहिले शिक्षकहरु सडक आन्दोलनमा रहेको भन्दै यसको दोष सबै सरकारलाई लगाएर आफू उम्किन नमिल्ने बताए । यसको जिम्मेवारी सरकारको नेतृत्व गर्ने सबै नेताहरुले लिनुपर्ने उनको भनाइ छ । सरकारमाथि दोष थुपार्ने नभइ सरकारको आलोचना गर्न सकिने बताए । उनले निजी क्षेत्रका विद्यालय नभए नेपालको शिक्षाको स्थिति कस्तो हुन्छ भन्दै प्रश्न गरे ।

Read More

काठमाण्डौं । मन्त्रिपरिषद्को नियमित बैठक आज बस्ने भएको छ। बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा दिउँसो ५ बजे बस्ने छ। बैठकमा गभर्नर नियुक्तिबारे छलफल हुने ठानिएको छ। राष्ट्र बैंकको गभर्नर लामो समयदेखि नियुक्त हुन सकेको छैन। गुणाकर भट्टलाई गभर्नर बनाउने सहमति सत्तारुढ दलहरु नेपाली कांग्रेस र नेकपा एमालेको नेतृत्वबीच भएको भनिए पनि अहिलेसम्म उनको नाम गभर्नर नियुक्तिका लागि सिफारिस गर्न बनेको समितिबाट सिफारिस हुन सकेको छैन। सिफारिस समितिका सदस्य विजयनाथ भट्टराईले समितिबाट राजीनामा दिएका कारण रिक्त स्थानमा नयाँ सदस्य नियुक्ति गर्नुपर्नेछ। सिफारिस समितिले पूर्णता पाएपछि मात्रै नयाँ गभर्नरको नाम सिफारिस हुने छ। नाम सिफारिस भएर गएपछि मात्रै मन्त्रिपरिषद्ले नियुक्तिको निर्णय…

Read More

पाल्पा । पाल्पाको रैनादेवी छहरा १ सिद्धेश्वरमा गएराति जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । सिद्धेश्वरको असारे जंगलमा लागेको डढेलो निभाउन गएका व्यक्तिहरू सवार जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुनिल मल्लले जानकारी दिए । सर्वोत्तम सिमेन्टको खानी नजिकै लु १ ज २३७७ नम्बरको जीप जिप १५० मिटर तल खसेको हो । दुर्घटनामा रैनादेबी छहरा गाउँपालिका १ असारेका २३ वर्षीय जनक रेगामी, ३६ वर्षीय दीपेन्द्र बुढा र ३१ वर्षीय चेतनारायण विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । दुर्घटनामा घाइते भएका चालक २७ वर्षीय रन्जन रेश्मी र २३ वर्षीय…

Read More

रौतहट । रौतहट प्रहरीले बालकको हत्यामा संग्लन ४ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटले पत्रकार सम्मेलन मार्फत् उनीहरूलाई सार्वजनिक गरेको हो । वृन्दावन नगरपालिका– ७ का बालक कृष्णप्रसाद यादवको शव वैशाख ६ गते गरुडा नगरपालिका–८ स्थित चाँदी खोलामा भेटिएको थियो । प्रहरीले सोही स्थानका नागेन्द्र सहनी, साधु भन्ने अर्को नागेन्द्र सहनी, गौर नगरपालिका–४ का विकास पटेल र अनिल साहलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार १४ वर्षीय बालकलाई टिकटक बनाउन जाने भन्दै घरबाट बोलाएर चाँदी खोलामा पुर्‍याई गोली हानी हत्या गरिएको थियो । रौतहटका एसपी दिलिप घिमिरेका अनुसार बालकको छातीमा २ राउन्ड गोली हानिएको छ । बालकको…

Read More

काठमाडौं । संघीय संसद भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको बैठक बस्दैछ । अहिले बिहान ११ बजे बोलाइएको आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा अन्तर्गतको बिषयगत समितिहरूमा माननीय सदस्यहरूको नाम हेरफेर गर्ने जानकारी गराउने छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नेपालको संविधानको धारा ५३ एवम सुशासन ( ब्यावस्थापन र सञ्चालन ) ऐन, २०६४ को दफा ४१ बमोजिमको नेपाल सरकारको बार्षिक प्रतिवेदन आर्थिक बर्ष २०७९८०, २०८०८१ पेस गर्नेछ्न् । उता, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले ‘नेपाली नागरिक उड्डयन प्राधिकरण, २०८१ माथि बिचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । साथै, शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले ‘शिक्षा, स्वास्थ्य तथा सूचना…

Read More

काठमाडौँ । देशका विभिन्न स्थानमा आउँदो मङ्गलबारसम्म हल्कादेखि मध्यम वर्षाको क्रम जारी रहने भएको छ । आइतबारदेखि देशव्यापी रूपमा बदलीसहित सुरु भएको हल्का वर्षा सोमबार र मङ्गलबारसम्म पनि विभिन्न भूभागमा कायम रहने भएको हो । अत्यधिक तातो बढेका बेला भएको बदली र वर्षाले आमनागरिकलाई गर्मीबाट राहत पुगेको छ । जल तथा मौसम विज्ञान विभागले जनाए अनुसार आइतबार देशका अधिकांश भूभागमा बदलीसहित हल्कादेखि मध्यमसम्मको वर्षा भएको छ । मौसमविद् गोविन्द झाका अनुसार आइतबारदेखि नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव बढेको छ । साथै बङ्गालको खाडीबाट भित्रिइरहेको जलवाष्पयुक्त हावाको प्रभावले वर्षा गराउन मद्दत पुर्‍याएको छ । वर्षाले चिस्यान हल्का बढाए पनि लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराईका…

Read More

कैलाली। नेपालका लागि इजरायली राजदूत स्मुलिक आरी बासले हमास लडाकुको अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशीको सुरक्षित रूपमा फिर्ता गराउनका लागि आफू प्रयत्नरत रहेको बताउनुभएको छ । हमासको आतङ्कवादी समूहको आक्रमणबाट इजरायलमा १० जना नेपाली विद्यार्थी मारिएका थिए । तीमध्ये आठ जना सुदूरपश्चिमका थिए भने एक जना विपिन जोशी भने अहिले पनि सम्पर्कविहीन अवस्था छ । नेपालका लागि इजरायली राजदूत बासले हमास घटनामा मारिएका सुदूरपश्चिम प्रदेशका आठ परिवारलाई भेटेर सहानुभूति दिन यहाँ आएको बताउनुभयो । आतङ्ककारीको आक्रमणमा मारिएका विद्यार्थी डोटीका पदम थापा, राजन फुलारा, दार्चुलाका लोकेन्द्रसिंह धामी, कञ्चनपुरका दिपेश विष्ट र अपहरणमा परेका कञ्चनपुरकै विपिन जोशीको घरमा पुगेर उहाँले दुःख व्यक्त गर्नुभएको छ । दूतावासका…

Read More

काठमाण्डौं । पूर्वाधार विकास, औद्योगिक विकास तथा मानव विकास सूचकाङ्कमा कमजोर अवस्थामा रहेको सुदूरपश्चिम प्रदेशको समृद्धिको सपना साकार गर्न रूपान्तरणकारी योजना अगाडि सारी पर्याप्त बजेट व्यवस्था गर्नुपर्नेमा जोड दिइएको छ। सुदूरपश्चिम प्रदेश, नीति तथा योजना आयोगद्वारा आज काठमाडौंमा आयोजित आर्थिक वर्ष २०८२र८३ का लागि सङ्घीय बजेट र सुदूरपश्चिम प्रदेशका प्राथमिकताहरू विषयक अन्तरक्रियामामा वक्ताहरूले सो विषयमा जोड दिएका हुन्। वक्ताहरूले प्रदेशको समग्र विकास र समृद्धिका लागि नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेट्नुपर्ने प्राथमिकताका योजनाबारे सबै दलबाट प्रतिनिधित्व गर्ने सांसद तथा सरोकार भएकाहरू एकजुट हुनुपर्ने धारणा राखे। आयोगका अध्यक्ष एवं सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिम प्रदेशमा…

Read More

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)  का उपाध्यक्ष रवीन्द्र मिश्र र दुर्गा प्रसाईंलाई थप सात दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ । गत चैत्र १५ गते तीनकुने घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका मिश्र, प्रसाईंसहित २५ जनालाई थप सात दिन अनुसन्धानका लागि हिरासतमा राख्न जिल्ला अदालत काठमाडौँका न्यायाधीश ईश्वरी प्रसाद भण्डारीको इजलासले अनुमति दिएको हो । उनीहरुलाई थप अनुसन्धानका निमित्त मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १४ को ६० बमोजिम ७ (सात)  दिन म्याद थप गरिदिएको अदालतले जनाएको छ । दुर्गा प्रसाईं र पशुपति खड्काले अस्वस्थ रहेको भनेर उल्लेख गरेकोमा रवीन्द्र मिश्र र दुर्गा प्रसाईंको हकमा…

Read More

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमालेका संसदीय दलका नेता केपी शर्मा ओलीले संसद्मा बोलिएका गलत कुराहरूको तत्काल प्रतिवाद गर्न निर्देशन दिएका छन् । शनिबार नयाँ बानेश्वरमा बसेको नेकपा एमालेको संसदीय दलको बैठकमा सांसदहरूलाई प्रशिक्षित गर्दै अध्यक्ष ओलीले संसद्मा राष्ट्रियताको पक्षमा स्पष्ट दृष्टिकोण राख्ने, अडान राख्ने, उभिने काम गर्न निर्देशन दिए । उनले राष्ट्रलाई विभिन्न ढंगले कमजोर पार्ने खालका क्रियाकलाप र प्रवृत्तिहरू त्यस्ता कुरालाई आलोचना गर्न आग्रह गरे । प्रधानमन्त्री ओलीले भने, ‘हामीले राष्ट्रियताको पक्षमा स्पष्ट दृष्टिकोण राख्ने, अडान राख्ने, उभिने काम गर्नु पर्दछ । राष्ट्रलाई विभिन्न ढंगले कमजोर पार्ने खालका क्रियाकलाप र प्रवृत्तिहरू त्यस्ता कुरालाई आलोचना गर्नुपर्दछ । त्यस्ता कुरालाई…

Read More