Author: ट्रान्सपेरेन्टखबर
काठमाण्डौं । सर्वोच्च अदालतले अदालतको अवहेलना आरोपमा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापासँग लिखित जवाफ माग गरेको छ। मंगलबार कायममुकायम प्रधानन्यायाधीश सपना मल्ल प्रधान र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले थापासँग लिखित जवाफ माग्ने आदेश गरेको हो । आइतबार अधिवक्ताहरू विशाल थापा, अनन्तराज लुइँटेल र प्रतिभा उप्रेतीले थापाविरुद्ध अवहेलना मुद्दा दायर गरेका थिए । संवैधानिक निकायमा ५२ जना पदाधिकारी नियुक्तिसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले मुद्दा झुलाइरहेको भन्दै थापाले केही दिन अघि भाषण गरेका थिए।
काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेसपा ( नयाँ शक्ति ) का अध्यक्ष डा.बाबुराम भट्टराई छिमेकी मुलुक भारत भ्रमणको क्रममा राष्ट्रिय हितको निम्ति संवाद गर्ने अवसर मिलेको बताएका छन् । आज ( मंगलबार) स्वदेश फर्किएका डा.भट्टराईले विमानस्थलमा सञ्चारकर्मीहरुसँग भने, ‘हाम्रो आफ्नो पार्टीको काममा गएपनि राष्ट्रिय हितको निम्ति पनि संवाद गर्ने अवसर मिलेको छ । अवसरको सदुपयोग हामीले गर्यौं । त्यसबाट मलाई निकै प्रसन्नताको अनुभूति भएको छ । त्यहाँका पनि लोकतान्त्रिक मूल्य मान्यता राख्ने बहुसंख्यक भारतीय जनता, शुभेच्छुकहरु छन्, उनीहरु पनि निकै खुसी भएको हामीले मानेका छौं ।’ अध्यक्ष भट्टराईले नेपालीहरु आफ्नो भविष्य आफैं निर्धारण गर्न सक्षम रहेको बताउँदै छिमेकीसँग ठीक ढंगले सम्बन्ध राख्न…
काठमाडौं । विभिन्न पेशागत माग राखी आन्दोलनरत आवासीय चिकित्सक र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तबीचको छलफल निष्कर्षविहीन बनेको छ । आज ९मंगलबार० आवासीय चिकित्सकहरु मन्त्री पन्तसँग छलफलमा बसेका थिए । तर, वार्ता निष्कर्षविहीन बनेको हो । आन्दोलनरत आवासीय चिकित्सकहरुले छलफलबाट बाहिरिने क्रममा सरकार मेडिकल माफिया र विचौलीयाको प्रभावमा रहेको टिप्पणी गरे । आवासीय चिकित्सकहरुले आन्दोलन जारी राख्ने बताएका छन् । केही दिनअघि चिकित्सा शिक्षा सेवा आयोगको बैठकले निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकलाई सरकारीसरह निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरेको थियो । आवासीय चिकित्सकहरुले उक्त निर्णय सकारात्मक भएपनि ‘आठौं’ तह उल्लेख नगरिएको भन्दै आपत्ति जनाइरहेका छन् । पेशागत माग…
बुटवल । नारायणगढ–बुटवल सडकअन्तर्गतको दाउन्ने क्षेत्रमा सडक विस्तारका लागि थप आगामी वैशाख ३१ गतेसम्म सवारी आवागमन बन्द गरेर काम गरिने भएको छ। यसअघि यही वैशाख १५ गतेसम्म राति ११ देखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाएर सडक विस्तारको काम गरिएकामा त्यसलाई वैशाख ३१ गतेसम्म निरन्तरता दिइने भएको हो। नवलरासी ( बर्दघाट सुस्तापूर्व ) का प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेका अनुसार दाउन्ने क्षेत्रमा निर्माणकार्य थप केही दिन निरन्तर रहने भएकाले आगामी वैशाख ३१ गतेसम्म प्रत्येक दिन राति ११ देखि भोलिपल्ट बिहान ५ बजेसम्म आवागमन बन्द गरिने भएको हो।दाउन्ने खण्डमा आवश्यक सडक मर्मतसम्भार र निर्माणकार्य गर्ने गरी रातको समयमा सवारीसाधन सञ्चालन…
काठमाण्डौं । महिला सेवा संस्थाले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ लाई दोस्रो संशोधन गर्न बनेको विधेयकमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक र अपाङ्गता भएका व्यक्ति क्लटरलाई अन्यभित्र समावेश गर्न र निर्वाचन खर्चलाई मितव्ययी बनाउन सुझाव दिएको छ। साथै सस्थाले युवा तथा अन्य समूहलाई सुरुदेखि नै मूलधारको राजनीतिमा समावेश गर्न आवश्यक भएकाले पार्टी दर्ता गर्दा केन्द्रीय समिति र प्रदेश समितिमा विधेयकमा थप्न निर्वाचन आयोगलाई आग्रह गरेको छ। निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीलाई राजनीतिक दलसम्बन्धी ऐन, २०७३ लाई दोस्रो संशोधन गर्न बनेको विधेयकमाथि सो सस्थाले सोमबार सुझावपत्र बुझाउँदै सो आग्रह गरको हो।कार्यवाहक प्रमुख आयुक्त भण्डारीलाइ संस्थाका अध्यक्ष भावना भट्टसहितको टोलीले आयोगलाई सस्थाले…
काठमाण्डौं । आन्दोलनरत शिक्षक महासंघ र सरकारबिचको वार्ता अझै सफल हुन सकेको छैन। सोमबार राति अबेरसम्म भएको वार्ता निष्कर्षविहीन भएपछि शिक्षक महासंघले आज पनि आन्दोलनलाई निरन्तरता दिने भएका हुन्। ‘आज शिक्षा मन्त्रालयमा विभिन्न विषयमा लामो छलफल चल्यो तर निष्कर्षमा पुग्न सकिएन, हामी भर्खरै मन्त्रालयबाट बाहिर आयौँ, हाम्रो आन्दोलन जारी छ,’ अध्यक्ष लक्ष्मी किशोर सुवेदीले राति नै भनेका थिए। आज बिहान उनले आन्दोलनमा सहभागी हुनका लागि पहिला झै माइतीघर मण्डलामा आउन अनुरोध गरेका छन्। ‘हाम्रो आन्दोलन जारी छ, आज पनि ठीक ११ बजे माइतीघर मण्डला आउनुहोला,’ उनले भनेका छन्, ‘राज्य दिन चाहँदैन, आन्दोलनबिना केही पाइदैन। त्यसैले आन्दोलन बलियो गराऔँ।’ गत चैत…
काठमाण्डौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा अनियमितता भएको विषयमा छानबिनका लागि गठित संसदीय उपसमितिले आफ्नो प्रतिवेदन पूर्ण समितिलाई बुझाएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको उपसमितिले सोमबार लेखा समितिका सभापति ऋषिकेश पोखरेललाई प्रतिवेदन हस्तान्तरण गरेको हो । छानबिनका क्रममा उपसमितिले १० अर्ब बढीको अनियमितता भएको निष्कर्ष निकालेको थियो । टेन्डर आह्वानदेखि निर्माणसम्पन्न हुँदासम्म पाइला पाइलामा घोटाला भएको उपसमितिको प्रतिवेदनमा उल्लेख छ । सार्वजनिक लेखा समितिले गत वर्षको असार १४ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन गरी प्रतिवेदन तयार गर्न उपसमिति गठन गरेको थियो । भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबारे अध्ययन गर्न पनि समितिले सोही दिन उपसमिति बनाएको छ । यसैबीच, उपसमिति…
काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सोमबार भएको चिकित्सा शिक्षा आयोगको १९ औँ बैठकले निजी मेडिकल कलेजले आवासीय चिकित्सकका लागि निर्णय भएको मितिदेखि नै वृद्धि गरिएको निर्वाह भत्ता दिनुपर्ने र आवासीय चिकित्सकले आन्दोलन फिर्ता गरी आफ्ना काम र अध्ययनमा फर्कनुपर्ने निर्णय गरेको छ। आयोगको गत माघ २५ गतेको १६ औँ बैठकले निजी मेडिकल कलेजले सरकारी सरह पिजीका आवासीय चिकित्सकलाई मासिक ४८ हजार सात सय ३७ निर्वाह भत्ता दिनुपर्ने निर्णय गरेको थियो। बैठकले निजी मेडिकल कलेजको मागलाई समेत ध्यानमा राखेर स्नातक एमबिबिएस र बिडिएसको सिट संख्या र शुल्क संरचना पुनरावलोकनका लागि गठित ११ सदस्यीय कार्यदलले सुझावसहितको प्रतिवदन स्वीकार गरेको छ।…
भारत । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल समाजवादी पार्टी ( नयाँ शक्ति ) का अध्यक्ष बाबुराम भट्टराई र भारतका रक्षा मन्त्री राजनाथ सिंहबीच सोमबार भेटवार्ता भएको छ। भेटमा नेपाल–भारत सम्बन्ध सुदृढ गर्दै विकास र आर्थिक सहकार्यलाई नयाँ उचाइमा लैजाने विषयमा सकारात्मक संवाद भएको भट्टराईको सचिवालयले जनाएको छ। अध्यक्ष भट्टराईले हालै पेहलगाम कश्मीरमा सर्वसाधारणमाथि भएको आतंकवादी हमलाको घोर निन्दा गर्दै गहिरो दुःख व्यक्त गरेका थिए।भट्टराई प्रगतिशील नेपाली समाज समिति भारतको अधिवेशनमा सहभागी हुन भारतमा छन्।
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०ले आन्दोलनरत शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि सदनमा छलफल गर्न माग गर्दै जरुरी सार्वजनिक महत्वको प्रस्तावको सूचना दिएको छ । माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले आन्दोलनरत शिक्षकसँगै पेसागत हक अधिकारका लागि आन्दोलनरत चिकित्सकहरुको आवाजलाई सरकारले बेवास्ता गरेको जनाउँदै सदनमा यस विषयमाथि छलफलका लागि प्रतिनिधिसभाको सचिवालयमा उक्त प्रस्तावको सूचना दिएका हुन् । सो प्रस्तावमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का प्रमुख सचेतक सन्तोष परियार, नेपाल कम्युनिष्ट पार्टी ( एकीकृत समाजवादी )का सांसद शेरबहादुर कुँवर, आम जनता पार्टीका अध्यक्ष प्रभु साह र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले समर्थन गरेका छन् । यस जरुरी…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रबन्ध निर्देशक: बिजय प्रकाश मिश्र
प्रधान सम्पादक: जनक राज पण्डित
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क