Author: ट्रान्सपेरेन्टखबर
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न भन्दै डिल्लीबजार कारागारलाई पत्र पठाएका सर्वोच्च अदालतका शाखा अधिकृत महिमान सिंह विष्ट पक्राउ परेका छन् । उनलाई सर्वोच्च अदालत परिसरबाटै प्रहरीले पक्राउ गरेको हो । उनलाई जिल्ला प्रहरी परिसर भद्रकाली लगिएको छ । ‘टीकापुरमा मरेकाहरू सम्झिएर माया लाग्यो, विष्टको भनाइबारे सर्वोच्चका एक अधिकारीले भने, ‘टीकापुरमा मारिएकाहरू सम्झिएर पत्र नलेखी मेरो मनले मानेन । विष्टको नामबाट जारी भएको पत्र शंकास्पद र कानुनसम्मत नभएपछि विष्टलाई पक्राउ गरिएको स्रोतले बतायो । सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुईकेलले सर्वोच्च अदालतकै समन्वयमा विष्ट पक्राउ परेको बताए । रेशम चौधरीलाई कैद गर्ने पत्र कानुनसम्मत नदेखिएपछि सर्वोच्च अदालतले…
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी सरकारबाट बाहिरिने भएको छ । आफ्नो पार्टी सरकारबाट बाहिरिने तयारी गरेको नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रन्जिता श्रेष्ठले जानकारी दिइन् । वर्तमान सरकारमा नागरिक उन्मुक्तिका अरुण चौधरी संस्कृति पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री छन् । ‘ पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेलगत्तै नाउपा सरकारबाट बाहिरिन लागेको हो । रेशमजी छुट्नुहुन्छ, हामी सरकारबाट बाहिरिन्छौं,’ श्रेष्ठले भनिन् । आज दिउँसो रेसम पक्राउ परेपनि रेशमलाई छुटाउने प्रयास भईरहेको छ ।
काठमाण्डौं । सरकार र नेपाल शिक्षक महासंघका प्रतिनिधिबीच सिंहदरबारमा वार्ता सुरू भएको छ । शिक्षामन्त्री रघुजी पन्तको उपस्थितिमा अहिले वार्ता जारी छ ।नेपाल शिक्षक महासंघका प्रतिनिधिहरू सरकारसँग वार्ताका लागि बुधबार दिउँसै सिंहदरबार प्रवेश गरेका थिए । सरकार र शिक्षकबीचको वार्तामा गृहमन्त्री रमेश लेखक, सत्ता पक्षका मुख्य सचेतक महेश बर्तौला र कांग्रेस प्रमुख सचेतक श्याम कुमार घिमिरे पनि सहभागी भएका छन् । शिक्षकहरूले ऐन जारी गर्ने सुनिश्चतता खोजेपछि सरकारका गृहमन्त्री लेखक, दुई ठूला दलका प्रमुख सचेतक पनि बैठकमा सहभागी भएका हुन् । वार्तामा शिक्षा समितिका सभापति अमरबहादुर थापा र शिक्षा समितिका उपसमिति संयोजक छबिलाल विश्वकर्मा लगायत सहभागी छन् । शिक्षा, विज्ञान…
कञ्चनपुर। नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले सहिदका सपना पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । पार्टीको हुलाकी राजमार्ग केन्द्रित जनतासँग माओवादी तराई–मधेस जागरण अभियानका लागि पुनर्वास नगरपालिकाको मातियाबस्ती पुगेका अध्यक्ष दाहालले आज सहिद परिवार सम्मान कार्यक्रममा ‘एक सहिद, एक रोजगार कार्यक्रम’ सञ्चालन गरिने बताए । अध्यक्ष दाहालले सहिद, बेपत्ता योद्धा परिवारप्रतिको जिम्मेवारी र कर्तव्य पूरा गर्न आफू र आफ्नो पार्टी प्रतिबद्ध भएर लाग्ने बताए । सहिदले देखाएको सत्मार्गमा लाग्ने प्रण गर्दै उनले सहिद परिवारका सदस्यलाई पार्टीले उच्च स्थानमा राखेको बताए । जनताको बलिदानबाट गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको चर्चा गर्दै अध्यक्ष दाहालले गणतन्त्रको विकल्प अर्को शासन…
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले आगामी आर्थिक वर्षको बजेट जनतालाई प्रत्यक्ष राहत दिने खालको हुनुपर्ने बताएका छन्। काठमाडौँमा आन्दोलनरत शिक्षकका माग सम्बोधनको निम्ति जरुरी सार्वजनिक महत्वको विषय संसद्मा दर्ता गराएको पूर्वमन्त्री पाण्डेको भनाइ छ । राससका समाचारदाता सुशील दर्नालले सचेतक पाण्डेसँग लिएको अन्तर्वार्ताको सम्पादित अंशः तपाईँ आजभोलि केमा व्यस्त हुनुहुन्छ, दिनचर्या कसरी बितिरहेको छ ? यही वैशाख १२ गतेदेखि सङ्घीय संसद्को छैटौँ अधिवेशन चलिरहेको छ । त्यसैले यो अधिवेशनको बैठक, समितिहरूको बैठक र तिनीहरूको व्यवस्थापनको काम भइरहेको छ । सँगसँगै, यो अधिवेशनमा भएका सैद्धान्तिक छलफल र विधेयक संशोधनको तयारीमा व्यस्त हुँदै आएको छु । संविधान…
काठमाडौं । प्रहरीले शिष्ट र मर्यादित व्यवहार गर्नुपर्ने गरी प्रचलित ऐन संशोधन हुने भएको छ । सरकारले केही नेपाल ऐन संशोधन विधेयकमार्फत प्रहरी ऐन २०१२ मा संशोधन गर्न लागेको हो । यस निम्ति सरकारले ल्याएको विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ । प्रतिनिधि सभाबाट पारित भएको केही नेपाल ऐन संशोधन विधेयकले प्रहरी ऐन २०१२ को दफा १५ र दफा ३६ मा संशोधन गरेको छ । दफा १५ मा संशोधन गर्दै प्रहरीले सेवाग्राही र सबैसँग शिष्ट र मर्यादित व्यवहार गर्नुपर्ने भनिएको छ । दफा ३६ मा प्रहरी विशेष अदालतको स्थापना र गठन सम्बन्धी व्यवस्था छ । दफा ३६ को (ख) मा…
भाजपा विदेश विभाग प्रमुख चौथाइवाले नेपालमा काठमाडौँ काठमाडौँ । भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डाक्टर विजय चौथाइवाले नेपाल भ्रमणमा आएका छन्। उनी तीन दिन नेपालमै रहने बताइएको छ। भ्रमणका क्रममा प्रधानमन्त्री सत्ता गठबन्धनका शीर्ष नेताहरू माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत विभिन्न व्यक्तिहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वास पात्रको रूपमा चिनिएका चौथाइवाले नेपाल भारतबिच पछिल्लो समय चिसिएको सम्बन्धलाई सुधार तथा सुदृढ बनाउन भूमिका खेल्ने बताइएको छ । लामो समयदेखि नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण हुन सकिरहेको छैन । त्यस क्रममा चौथाइवालेले भ्रमणको वातावरण बनाउने काम पनि गर्ने बताइएको छ।
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सात दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध लगाउने चेतावनी दिनुभएको छ । काठमाडौँमा राष्ट्रिय सूचना आयोगद्वारा आयोजित सूचनाको हकसम्बन्धी विभागस्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । मन्त्री गुरुङले मेटालाई नेपालमा दर्ता हुन आग्रहसहित पटक पटक सूचना जारी गरे पनि नमानेको बताउनुभयो । उहाँले तेस्रो पटकको सूचनाको मिति केही दिनअघि सकिएको भन्दै अबको सात दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिवन्ध लगाउने चेतावनी दिनुभयो । मन्त्री गुरुङले नेपालबाट पल–पलमा पैसा मेटाको कार्यालयमा गएको भन्दै मेटाले नेपालमा दर्ता भई कर तिर्नुपर्ने बताउनुभयो । उहाँले मेटाले नेपालको कुल गाहस्थ्र्य उत्पादन ९जिडिपी० भन्दा आफ्नो आम्दानी धेरै भएको…
काठमाडौँ। विभिन्न पेसागत माग राखेर २८ दिनदेखि आन्दोलरत शिक्षक र सरकारबिच मङ्गलबार साँझको वार्ता सहमतिनजिक पुगेको छ । वार्तामा सहभागी दुवै पक्षका सदस्यका अनुसार सहमतिबारे बुधबार औपचारिक घोषणा हुने छ । सहमति भएपछि शिक्षकहरू पनि बुधबारदेखि नै आन्दोलनबाट विद्यालय फर्किने छन् । मङ्गलबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा राति साढे १० बजेसम्म वार्ता भएको थियो । वार्तामा शिक्षकले उठाएका मागमध्ये मन्त्रीपरिषद्बाट निर्णय गराउन सकिने मागमा दुवै पक्षबिच सहमति भएको शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले बताउनुभयो तर तत्काल पूरा गर्न सकिने मागमा मन्त्रीपरिषद्ले निर्णय गरे पनि विद्यालय शिक्षा ऐन आउने सुनिश्चितता गराउने विषयमा थप छलफल गर्नुपर्ने भएका कारण मङ्गलबार निर्णय नभएको हो । शिक्षा विधेयक अहिले…
काठमाडौँ । नेपाल शिक्षक महासंघका पदाधिकारी र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तबिच वार्ता सुरु भएको छ । शिक्षा मन्त्रालयमा सुरु भएको वार्तामा शिक्षकहरुले उठान गरेका मागका विषयमा छलफल हुनेछ । हिजोको वार्तामा सकारात्मक रहेपनि कुनै निष्कर्ष निकाल्न सकेको थिएन । मंगलबार महासंघको विस्तारित पदाधिकारी बैठक बसेको थियो । बैठक सकेपछि शिक्षामन्त्रीसँग वार्ताका लागि सिंहदरबार गएका हुन् । बैठकले आन्दोलन सँगसँगै सरकारसँग निर्णायक वार्ता गर्ने निर्णय गरेको थियो । शिक्षा मन्त्रीले दिउँसो नै शिक्षकहरुसँग बैठक बोलाएका थिए । तर, महासंघको बैठक लम्बिएपछि वार्ताको समय पर धकेलिएको थियो ।
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रबन्ध निर्देशक: बिजय प्रकाश मिश्र
प्रधान सम्पादक: जनक राज पण्डित
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क