Author: ट्रान्सपेरेन्टखबर
काठमाडौँ । आज मे दिवस अर्थात् यस वर्षको १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । श्रमिकहरूको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन तथा अधिकार स्थापित भएको दिनका रूपमा प्रत्येक वर्ष मे १ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । विश्वभरका मजदुरले यस दिवसलाई पर्वका रूपमा लिँदै आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले यो दिवस विभिन्न कार्यक्रम गरी मनाउँदै आएका छन् । यसपटक पनि नेपालमा समेत विभिन्न मजदुर सङ्गठनले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउँदैछन् । सन् १८८६ मे १ मा अमेरिकाको सिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित सुरु…
काठमाडौं । विद्यालय शिक्षा एने आगामी असार १५ गतेसम्म जारी गर्ने सहमति भएको छ । बुधबार भएको सरकार र नेपाल शिक्षक महासंघबीच भएको छलफलमा शिक्षा ऐन जारी गर्ने सहमति भएको छ । ‘असार १५ गतेभित्र शिक्षा ऐन जारी गर्ने सहमति भएको छ,’ स्रोतले भन्यो, ‘सोही सहमित बोकेर अहिले मन्त्रीहरू मन्त्रिपरिषद् बैठकमा जानुभएको छ ।’आजै मन्त्रिपरिषद् बैठक सकेर शिक्षकका मागबारे सम्बोधन गर्नेगरी निर्णय लिनेछ । मन्त्रिपरिषद् बैठकपछि निर्णयहरू सार्वजनिक गर्ने बताइएको छ । यो सँगै गत चैत २० गतेदेखि सडक रहेका शिक्षकहरूको आन्दोलन पनि स्थगित हुनेछ । शिक्षकहरूको आन्दोलन भोलि ( बिहीबार) बाट स्थगित हुने भएको छ । सरकार र शिक्षक…
काठमाण्डौं । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी फेरि पार्टी एकताबारे छलफलमा जुटेका छन्। दुई पार्टीबीच आजै एकता गर्ने तय भएको भए पनि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीलाई पक्राउ गरिएपछि एकता कार्यक्रम स्थगित भएको थियो। तर, सर्वोच्च अदालतबाट पठाइएको पत्र अनाधिकृत भएको पाइएपछि रेशम आजै छुटेका छन्। रेशम छुटैसँग एकताबारे छलफल सुरु भएको हो। नागरिक उन्मुक्ति पार्टीका सांसद लालवीर चौधरीले स्थगित भएको पार्टी एकता भोलि नै गर्नेगरी छलफलमा जुटेको जानकारी दिए। ‘भोलि नै एकता हुन्छ,’ चौधरीले भने, ‘अहिले हामी बानेश्वरमा यसबारे छलफलमा छौँ।’ जनमत पार्टीका प्रवक्ता शरदसिंह यादवले पनि एकताबारे छलफल सुरु भएको बताए। जनमत पार्टी कार्यालय नजिकैको एक…
काठमाडौँ । विगत २९ दिनदेखि सडक आन्दोलन गर्दै आएका शिक्षकहरू र सरकारबिच सहमति भएको छ। शिक्षा मन्त्रालयमा बुधबार भएको वार्तापछि सहमति भएको हो। बुधबारको सहमति मन्त्रिपरिषद् बैठकले निर्णय गर्नेछ। मन्त्रिपरिषद्को बैठकपछि सहमति भएका निर्णय सार्वजनिक गरिनेछ । कति बुँदामा सहमति जुट्यो भन्ने केही खुलाइएको छैन। मन्त्रिपरिरषद्को बैठकपछि मात्रै पत्रकार सम्मेलन गरेर निर्णय सार्वजनिक गरिनेछ । वार्ता सकिएपछि गृहमन्त्री रमेश लेखक र शिक्षामन्त्री रघुजी पन्त मन्त्रिपरिषद् बैठकका लागि हिँडेका छन्। शिक्षा समिति सभापति अम्मरबहादुर थापाले यो अधिवेशनबाट विद्यालय शिक्षा ऐन जारी हुने बताए। सहमति जुटेको र मन्त्रिपरिषद् बैठकबाट निर्णय भएपछि सार्वजनिक गरिने थापाले बताए।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा राज्यमन्त्रीमा खमबहादुर गर्बुजालाई नियुक्त गरेका छन् । प्रधानमन्त्री ओलीको सिफारिशमा राष्ट्रपतिको कार्यालय शितलनिवासले आज ( बुधबार ) गर्बुजालाई राज्यमन्त्रीमा नियुक्त गरेको हो । उनी म्याग्दीबाट निर्वाचित नेपाली कांग्रेसका सांसद हुन् ।
काठमाण्डौं । बिगत २९ दिनदेखि काठमाण्डौ केन्द्रित आन्दोलन गरीरहेका शिक्षकका माग सम्बोधन गर्न आज ९बुधबार० साँझ मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ। मन्त्रिपरिषद्बाट ९ बुँदे माग सम्बोधन गरे आन्दोलनको मोडालिटी परिवर्तन गर्ने जनाएको शिक्षक महासंघको माग सम्बोधन गर्न आज मन्त्री परिषद्को बैठक बस्ने तयारी भएको हो। तीन दिनदेखि लगातार शिक्षक महासंघ र शिक्षामन्त्रीबीच वार्ता भईरहेको छ। शिक्षा मन्त्रालयमा आज बसेको बैठकले निर्णय गरेर मन्त्रिपरिषद्बाट पास गर्ने तयार भएको जनाइएको छ।लमहासंघले विद्यालय शिक्षा ऐन ल्याउने समय तोक्ने र तत्काल ९ बुँदे प्रस्तावमा निर्णय गर्ने माग राखेको छ।
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मागपत्र बुझाएको छ । बुधबार प्रधानमन्त्री ओलीलाई भेटेर एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीका तर्फबाट मागपत्र बुझाएका हुन् । एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाका अनुसार पार्टीले उठाउँदै आएका विभिन्न माग समेटेर प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षण पत्र बुझाइएको हो । ‘समस्या र समाधानको एउटा दर्पणको रूपमा रहेको मागपत्र पार्टीको तर्फबाट प्रधानमन्त्रीलाई बुझाएका हौं,’ उनले भने । एकीकृत समाजवादीले १ चैतदेखि ‘सुशासन र रोजगारी समाजवादको तयारी’ भन्ने मूल नाराका साथ जारी राखेको आन्दोलनबारे प्रधानमन्त्रीलाई जानकारी गराइएको उनले बताए । समग्रमा आगामी वार्षिक नीति तथा कार्यक्रममा आफूहरूले उठाउँदै आएको मुद्दा पनि सम्बोधन हुन सकोस्…
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको सङ्घर्षबाट वर्तमान लोकतन्त्र प्राप्त भएसँगै तानाशाही राजतन्त्र अन्त्य भएकाले अब राजतन्त्र कहिल्यै नफर्किने बताएका छन् । राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपालको नवौँ राष्ट्रिय महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले गणतन्त्र आइसक्दा पनि स्वतन्त्र हुन नचाहेर ‘रैती हुन पाऊँ’ भन्नेहरूको समूहले व्यवस्थाको विरोध गर्ने र वर्तमान व्यवस्थामा नकारात्मकता देख्ने गरेका उल्लेख गर्दै जनताको समृद्धि, स्वतन्त्रता र शान्तिका लागि आफ्नो सृजनात्मक अभियानलाई तीव्रता दिन आग्रह गरे । “रातिमा चारवटा स्याल कराउँदा वनै घन्किएजस्तो हुन्छ । तिनले कराएर केही हुँदैन । अब राजा हुने सपना कसैले देख्छ भने त्यो सपना…
काठमाण्डौं । बुधवार दिउँसो कमलादीवाट पक्राउ परेका नागरिक उन्मुक्ति पार्टी ( नाउपा ) का संरक्षक रेशम चौधरी रिहा भएका छन् । कारागार कार्यालय डिल्लीबजारका जेलर बाबुराम अर्यालले चौधरीलाई रिहा गरिएको बताए । सर्वोच्च अदालतका कर्मचारीले कारागार कार्यालय डिल्लीबजारलाई पठाएको ‘नक्कली पत्र’का आधारमा रेशम पक्राउ परेका थिए । उक्त पत्र नक्कली भएको सर्वोच्च अदालतले नै विज्ञप्तिमार्फत जानकारी दिइसकेको छ । यस्तै सर्वोच्चले अर्को पत्र पठाएर चौधरीलाई रिहा गर्न भनेसँगै उनी साँझ रिहा भएका हुन् । यस्तै फेक पत्र पठाउने महिमान सिंह विष्ट पक्राउ परिसकेका छन् । रेशम पक्राउ परेपछि नागरीक उन्मुक्ति पार्टीकी अध्यक्ष रंजीता श्रेष्ठले सरकारबाट बाहिरिने बताएकी थिईन् । अहिले…
काठमाडौँ । भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेले कांग्रेस पार्टीका सभापति शेरबहादुर देउवालाई भेटेका छन् । बुढानीलकण्ठस्थित देउवा निवासमा दुईपक्षीय भेटवार्ता भएको हो ।चौथाइवाले बुधबार बिहान काठमाडौं आएका हुन् । यहाँ आएलगत्तै उनले उच्चस्तरीय राजनीतिक भेटवार्ता सुरु गरेका छन् । कांग्रेस सभापति देउवा र देउवापत्नी परराष्ट्रमन्त्री आरजु राणासँग चौथाइवालेले संयुक्त रूपमै भेटेका हुन् । त्यसअघि गृहमन्त्री रमेश लेखकसँग चौथाइवालेले भेटेका हुन् । लेखकले चौथाइवालसँग भेटको प्रसंग उल्लेख गर्दै समाजिक सञ्जाल ‘एक्स’मा नेपाल र भारतबीचको बहुआयामिक सम्बन्धलाई थप सुदृढ बनाउन सकारात्मक कुराकानी भएको लेखेका छन् । चौथाइवालेको नेपाल भ्रमण र भेटघाटले द्विपक्षीय सम्बन्धलाई सकारात्मक प्रभाव पार्ने विश्वास लिएको उनले…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रबन्ध निर्देशक: बिजय प्रकाश मिश्र
प्रधान सम्पादक: जनक राज पण्डित
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क