Author: ट्रान्सपेरेन्टखबर

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा ) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । काठमाडौं जिल्ला अदालतले आइतबार छैटौंपटक म्याद थप गर्दै मिश्रलाई अझै ६ दिन हिरासतमा राख्न अनुमति दिएको हो । तीनकुने घटनामा अवाञ्छित गतिविधि गरेको आरोपमा पक्राउ परेकाहरूलाई जिल्ला अदालत काठमाडौँले थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीले राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रसहित २५ जनालाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएका हुन् । मिश्र र दुर्गा प्रसाईसहित २५ जनामाथि प्रहरीले थुनामा राखेर राज्यविरुद्धको कसुरमा अनुसन्धान गरिरहेको…

Read More

काठमाण्डौं । नेकपा ९माओवादी केन्द्र० ले जेठ २ गतेदेखि ‘मध्य पहाडी लोकमार्ग अभियान’ सुरु गर्ने भएको छ । झापाबाट सुरु गरेको ‘‘हुलाकी मार्ग केन्द्रित ‘जनतासँग माओवादीस् तराई–मधेस जागरण अभियान’ सकिएको एकसाता नहुँदै माओवादीले मध्य पहाडी लोकमार्ग अभियान घोषणा गरेको हो । अध्यक्ष पुष्पकमल दाहालको खुमलटारस्थित निवासमा बसेको पदाधिकारी बैठकले मध्य पहाडी लोकमार्ग अभियानका लागि तयारी थाल्न पार्टीं नेतृत्वलाई निर्देशन पनि दिएको छ । ‘बैठकले मध्य पहाडी केन्द्रित अभियान जेठ २ गतेबाट सुरु गर्ने निर्णय गरेको छ । अभियानको सम्पूर्ण कार्यक्रम बन्न बाँकी नै रहेको छ । आजको बैठकले हुलाकी मार्ग केन्द्रित जागरण अभियानबारे समीक्षा गर्दै अभियानसोचेभन्दा बढी सफल भएको निष्कर्ष…

Read More

काठमाडौँ । भ्रष्टाचार गरेको आरोप लागेका सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई विशेष अदालतले २ वर्ष कैद र १३ करोड ५८ लाख ५२ हजार ५८० रुपैयाँ जरिवानाको सजाय सुनाएको छ । न्यायाधीशत्रय टेकनारायण कुँवर, तेजनारायण सिंह राई र रामबहादुर थापाको संयुक्त इजलासले पौडेललाई उक्त सजाय सुनाएको हो । भ्रष्टाचार कसुरमा १ वर्ष ६ महिना र सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक भएर पदीय दुरुपयोग गरेको कसुरमा पौडेललाई थप ६ महिना कैदको सजाय तोकिएको हो । प्रिन्टिङ मेसिन खरिदका लागि ७६ करोड रुपैयाँ विनियोजन भएकोमा खरिद गुरुयोजना र कार्यान्वयन योजना एवं स्वीकृत कार्यक्रम भन्दा बाहिर गई पेपर बेस्ड र कार्ड…

Read More

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल सुरु भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा जारी भेटमा संक्रमणकालीन न्याय र समसामयिक विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । छलफलमा संक्रमणकालीन न्यायसम्बन्धी प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेल र माओवादी केन्द्रका महासचिव वर्षमान पुन समेत सहभागी छन् ।

Read More

काठमाडौँ । ६ हजार १ सय मिटर उचाइको लोबुचे हिमालको सफल आरोहण गरेका सशस्त्र प्रहरी जवान विजय जंंगमलाई सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सम्मान गरेका छन् । आइतबार प्रधान कार्यालयमा आयोजित कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले जवान जंगमलाई सम्मान गर्दै बधाई दिएका हुन् । सो अवसरमा अर्यालले सशस्त्र प्रहरीले उच्च हिमाली भेगहरूमा खोज तथा उद्धार गर्न सक्ने जनशक्तिको विकासमा तथा उत्तरी सीमानामा सशस्त्र प्रहरी बलको परिचालनमा जोड दिँदै आइरहेको जिकिर गरे । उनले मनाङ जिल्लामा रहेको पर्वतीय उद्धार तालिम शिक्षालयमा समेत हिमाली खोज तथा उद्धार गर्न सक्ने जनशक्ति उत्पादनको लागि तालिम सञ्चालन गरिरहेको बताए । सशस्त्र प्रहरी जवान जंगमले वैशाख…

Read More

काठमाडौं । संसद्को लेखा समितिमा पोखरा विमानस्थलको उपसमितिले बनाएको प्रतिवेदनको विषयमा छलफल भएको छ भने, समितिले अब अर्को बैठकबाट भैरहवा विमानस्थलको पनि अध्ययनको लागि उपसमिति बनाउने भएको हो । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले अब अर्को बैठकले भैरहवा विमानस्थलको अध्ययनका लागि उपसमिति बनाउने बनाउने बताए । सभापति पोखरेलले भने, ‘पोखरा विमानस्थलको विषयमा हामी न्यायिक निकाय हो रु हामीले गर्ने निर्णय नै अन्तिम निर्णय हो । हामीले सरकारलाई झकझकाउने हो । हामीले आफुलाई गाली नगरौँ । हामी यसरी बोल्नु आवश्यक थिएन । पोखरा विमानस्थलको बारेमा अर्को बैठकमा छलफल गरौँ । २३औँ प्रतिवेदनको प्रगति के रु भैरहवा विमानस्थलको छलफलको लागि उपसमिति…

Read More

बिराटनगर । झापाको बिर्तामोडस्थित गिरीबन्धु टी–इस्टेटको जग्गा प्रकरण छानबिन गर्न माग गर्दै एकीकृत समाजवादीले कोशी प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएको छ। आइतबार एकीकृत समाजवादी कोशी समिति अध्यक्ष सरिता खड्का, पूर्वमुख्यमन्त्री राजेन्द्र राईलगायतको टोलीले भूमि व्यवस्थापनको जिम्मेवारी प्रदेश सरकारको समेत भएकाले हाल प्रश्न उठिरहेको गिरीबन्धु टी–इस्टेटको जग्गाका विषयमा उच्चस्तरीय छानबिन गर्न माग गर्दै मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई ज्ञापनपत्र बुझाएको हो। यसैगरी, आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणलाई चासो दिँदै एकीकृत समाजवादीले ज्ञापनपत्रमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन विभिन्न विषयमा ध्यानाकर्षण गराएको छ। कोशीमा अझै १७।१९ प्रतिशत नागरिक निरपेक्ष गरिबीको रेखामुनि बाँच्न विवश भएको र १८।३० प्रतिशत पूर्ण बेरोजगारको अवस्थामा रहेकाले पुरानै…

Read More

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि जापानका राजदूत माइदा तोरुले आज शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुई पक्षीय सम्बन्ध र हितका विविध विषयका साथै आपसी सहयोग आदानप्रदानलाई अभिवृद्धि गर्ने सम्बन्धमा छलफल भएको थियो । आगामी वर्ष दुई देशबीचको कूटनीतिक सम्बन्धको ७०औं वर्षगाँठ मनाइने सन्दर्भमा पनि कुराकानी भएको जनाइएको छ । भेटका अवसरमा परराष्ट्र मन्त्रालयका अधिकारीलगायत सहभागी थिए ।

Read More

काठमाण्डौं । केपी शर्मा ओली नेतृत्वको सरकारको काम गराइबारे निरन्तर आलोचना गर्दै आएका नेपाली कांग्रेस महामन्त्री गगन थापाले काम गराइको शैली सरकारले परिवर्तन गर्न जरूरी रहेको बताएका छन्। नागरिकको असन्तुष्टि चिर्न सरकारको अहिलेको जस्तो काम गराइले नपुग्ने पनि महामन्त्री थापाले बताए। सरकारले कार्यशैली बदल्न नसके यसको विकल्पको बारेमा सोच्नुपर्ने अवस्था आउनसक्ने महामन्त्री थापा बताउँछन्। महामन्त्री थापासँग न्युज एजेन्सी नेपालले गरेको अन्तर्वार्ता – केही महिना यता देश दौडाहमा हुनुहन्छ, के भन्छन् जनता  ?  म पार्टीको कार्यक्रममा सहभागी हुँदा पार्टीका साथीहरूमा ठूलो उत्साह देखेको छु, ऊर्जा पनि छ उत्सव जस्तो छ। नाचगान छ, जुलुस भेला छ। तर म यतिमै सीमित भएर आएको…

Read More

काठमाडौँ । पढ्नलाई उमेरले छेक्दैन । रहन हुने हो र ईच्छाशक्ति हुने हो भने जस्तो सुकै परिक्षा पनि सहज हुन्छ भन्ने कुराको उदाहरण बनेकी छिन् ७३ वर्षीया सूर्यवती खनाल । काठमाडौँ जिल्लाको तारकेश्वर नगरपालिका–वडा नं १० स्थित मनमैजुस्थित एन्जल्स हार्ट सेकेन्डरी स्कुलको परीक्षा केन्द्रबाट ७३ वर्षीय सूर्यवती खनालले आज कक्षा १२ को परीक्षा दिएकी छन् । उनी तारकेश्वर–११ स्थित ग्रामीण आदर्श बहुमुखी क्याम्पसकी विद्यार्थी हुन् । प्रवेशपत्रमा उनको जन्म विसं २००९ साउन ९ गते उल्लेख छ । चार छोराछोरीका आमा तथा तीन जना नातिनातिनाका हजुरआमा खनालले छोराछोरी हुर्किएका र पढ्न रहर भएपछि विद्यालय भर्ना भई नियमित पढाइ अगाडि बढाएकी हुन्…

Read More