Author: ट्रान्सपेरेन्टखबर
काठमाण्डौं । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरूङको निलम्बनसम्बन्धी मुद्दा सर्वोच्च अदालतले पुनरावलोकन गर्ने भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सांसद गुरूङको निलम्बन फुकुवा गरी संसद प्रवेशको बाटो खोल्ने सर्वोच्चकै फैसलाविरूद्ध पुनरावलोकनका लागि निवेदन दिएको थियो। सो निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले निस्सा प्रदान गर्ने निर्णय सुनाएको हो । उक्त निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीशहरू सपना प्रधान मल्ल, बालकृष्ण ढकाल र नृपध्वज निरौलाको इजलासले गुरूङको इजलासले अनुमति दिएको हो। सर्वोच्चका न्यायाधीशद्वय मनोज शर्मा र विनोद शर्माको इजलासले २०८० साल चैत १६ गते गुरूङको निलम्बन फुकुवा गरी संसद प्रवेश गर्ने बाटो खोलिदिएको थियो। निलम्बन फुकुवापछि गुरुङ संसद् बैठकमा सहभागी…
वीरगन्ज । चालु आर्थिक वर्षको छ महिनामा वीरगन्जबाट ८७ अर्ब ३२ करोड ३९ लाख ४० हजार रुपैयाँ बराबरको डिजेल,पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास ९एलपिजी०, एभिएशन टर्बाइन फ्युल ९एटिएफ०,मट्टितेल आयात हुँदा ३६ अर्ब ९६ करोड ३६ लाख २४ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । गत आवको सोही अवधिको तुलनामा चालु आवको छ महिनामा पेट्रोलियम पदार्थ आयातबाट चार अर्ब बढी राजस्व सङ्कलन भएको छ । चालु आवको छ महिनामा ४२ अर्ब २४ करोड रुपैयाँ बराबरको चार लाख ७९ हजार सात सय ९९ किलोलिटर डिजेल आयातबाट १८ अर्ब ९८ करोड रुपैयाँ राजस्व सङ्कलन भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । चालु आवको छ…
काठमाडौं । मातृभूमि जागरण अभियानका संयोजक डा।भीम रावलले प्रधानमन्त्रीसमेत रहेका नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले झापामा भ्यूटावर बनाएर बजेट दुरुपयोग गरेको आरोप लगाएका छन् ।वरिपरी सुकुम्बासी बस्ती रहेको र बीचमा लगेर ओलीले बेकामे भ्यू–टावर बनाएको बताएका छन् । दैलेखको राकममा सुदुरपश्चिम एकता सेवा समाजद्धारा आयोजित कार्यक्रममा रावलले कुखुराको छाती भएको मान्छेले देश हाक्न नसक्ने बताएका छन् । आजको कार्यक्रममा कार्यकर्तालाई नजानु भनेर उर्दी जारी गर्नेलाई के भन्ने ? आफ्नो निर्वाचन क्षेत्रमा कतै ४ अर्ब, कतै ५ अर्ब हाल्ने ओलीले कर्णाली राजमार्गमा एक सुक्कको पैसा किन हालेनन् भनेर प्रश्न समेत गरे । ओलीले सबैतिर बजेट दुरुपयोग गरेकोमा छानबीन गर्नुपर्ने…
मोरङ । मोरङ जिल्ला अदालतले ठगीको आरोप लागेका अनिलकुमार पोखरेललाई धरौटीमा छाड्ने आदेश दिएको छ । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्व स्वकीय सचिव अनिलकुमार पोखरेललाई धरौटीमा छाड्न अदालतले आदेश दिएको हो । जिल्ला अदालत मोरङका न्यायाधीश चित्रबहादुर गुरुङले पोखरेलसँग धरौटी मागेका हुन् । गत २५ पुसमा पोखरेल पक्राउ परेका थिए । पोखरेलविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय मोरङले बुधबार मुद्दा दायर गरेको थियो । ठगी आरोपमा पक्राउ परेका उनीविरुद्ध ७ वर्षसम्म कैद सजाय र ७० हजार रुपैया जरिवाना मागदाबी गरिएको थियो । अनिलविरुद्ध पार्टीको कोटामा एमबीबीएसमा नाम निकालिदिने र होस्टलको समेत व्यवस्था गरिदिने भन्दै ३८ लाख ३० हजार…
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि जापान, तुर्कमेनिस्तान, जनवादी लोकतान्त्रिक गणतन्त्र लाओस र इस्लामिक गणतन्त्र इरानका नवनियुक्त राजदूतहरूले ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । आज राष्ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा नवनियुक्त राजदूतहरु जापानका मेडा तोरु, तुर्कमेनिस्तानका शालार गेल्डिनाजारोभ, आलोसका बाउन्मी भ्यान्मानी र इरानका डा इराज इलाहीले राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् । त्यसअवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिए । नवनियुक्त राजदूतहरूलाई काठमाडौँस्थित होटल दुसित प्रिन्सेसदेखि राष्ट्रपति भवनसम्म रिसल्लासहितको बग्गीमा सवार गराइएको थियो । रासस
बुटवल । रास्वपाका सभापति रवि लामिछानेको आजको थुनछेक बहस सकिएको छ । बिहीबार रुपन्देही जिल्ला अदालतमा लामिछाने विरुद्धको थुनछेक मुद्दामा सरकारी वकिलको बहस सकिएको हो । सहकारी पीडित पक्षका पनि केही वकिलले बहस गरेका छन् । आज पनि रविलाई हिजो जस्तै परिवारको जिम्मा लगाइएको छ । सरकारी वकिलको तर्फबाट बहस अन्तिम चरणमा पुगेको र यसपछि लामिछानेका पक्षमा कानून व्यवसायीले बहस गर्नेछन् । प्रतिवादीको तर्फबाट सुशील पन्त, सुरेन्द्र थापा, पशुपति भण्डारीसहितका अधिवक्ताहरू बहस गर्ने तयारीमा छन्। बहसपछि पूर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा छाड्ने विषयमा आदेश आउनेछ । पीडित र रविका तर्फबाट भोलि बहस हुनेछ । बुटवलको…
खोटाङ्ग । खोटाङ्ग जिललाको हलेसी तुवाचुङ नगरपालिकाका उद्यमी बन्न चाहने स्थानीयले बिनाब्याजको ऋण पाउने भएका छन्। कृषि, पशुपालन, होमस्टे ( घरबास ) सञ्चालनलगायतका लघुउद्यम गर्न चाहने स्थानीय नागरिकका लागि नगरपालिकाले रु पाँच लाखसम्मको बिनाब्याजको ऋण दिने व्यवस्था मिलाएको हो। नगरपालिकाका स्थानीय उद्यमीलाई बिनाब्याजमा ऋण उपलब्ध गराउन नगरपालिकाले बुधबार प्रभु बैंक हलेसी शाखासँग सम्झौता गरेको छ। नगरपालिकाको सिफारिसको आधारमा बैंकले मूल्याङ्कन गरेर उद्यमी बन्न चाहने स्थानीय नागरिकलाई बिनाब्याजको ऋण दिने सम्झौतामा उल्लेख छ। नगरपालिकाभित्र खोलिएका लघु उद्योगको प्रवर्द्धन गर्दै उद्यम गर्न चाहने स्थानीय नागरिकलाई आफ्नै ठाउँमा कृषि, पशुपालन, होमस्टेलगायत व्यवसाय सञ्चालन गरेर स्वरोजगार बन्ने वातावरण बनाइदिनका लागि नगरपालिकाले ब्याज अनुदान कार्यक्रम…
भारत । महाराष्ट्रको जलगाउँ जिल्लामा भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ । जसमध्ये सात जनाको पहिचान खुलेको छ । ज्यान गुमाउनेमध्ये तीन जना नेपालीसमेत रहेका छन् । नेपाल निवासी करिब ११ वर्षीय नन्दराम विश्वकर्मा, २३ वर्षीय लच्छीराम पासी र ४३ वर्षीय कमला नवीन भण्डारीको सो दुर्घटनामा परी मृत्यु भएको हो । ज्यान गुमाएकामध्ये भरतको जयगढीका ५० वर्षीय जवकला बुट्टे, २० वर्षीय नसिरुद्दीन बद्रुद्दीन सिद्दीकी, ३५ वर्षीय इम्तियाज अली र ३० वर्षीय बाबु खानको पहिचान खुलेको छ । बाँकी पाँच जनाको सनाखत हुन सकेको छैन । दुर्घटनामा अन्य कयौँ घाइते भएका छन् । उनीहरूको उपचार भइरहेको छ ।…
महोत्तरी । महोत्तरीको गौशाला–८ कुष्माढीको सनीखोला किनारस्थित नदीउकास जमिन तीन वर्षअघिसम्म गेग्य्रान बलौटे खोलाको ढड्यान थियो । किसानको मेहनतले अहिले बालिनालीले हरियाली बनेको छ । दुबो पनि नमौलाउने गेग्य्रान अहिले जता हेर्यो उतै हराभरा छ । सनीखोलाले बहाव छोडेर उकासेको बगरमा कुष्माढीका भूमिहीन किसानले नङ्ग्रा खियाएका तीन वर्ष भएको छ । नदीले बहाव छाडेको नदीउकास बगरको एक सय एक बिघा जग्गामा अहिले थरिथरिका फलफूलका बोट बढ्दै छन् । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम ९युएनडिपी० ले फलफूल रोपणमा किसानलाई सघाएको छ । यहाँ आँप, लिची र कागतीसहितका ११ हजार बोट हुर्कदै छन् । बगैँचाभित्र तरकारी बाली लहलह छ । यो बगरमा कुष्माढीका…
काठमाण्डौं । नेपाली काँग्रेसको भातृ संस्था नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समितिको आयोजनामा आजबाट काठमाडौंमा सभापति कप फुटबल प्रतियोगिता सुरु हुन लागेको छ । २६ लाख रुपैयाँ राशीको सभापति कप फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आयोजना हुने सभापति कपको उद्घाटन खेलमा दिउँसो ३ बजे ब्वाइज युनाइटेड र सङ्कटा क्लबबीच प्रतिष्पर्धा हुनेछ । प्रतियोगिता माघ १७ गते सम्पन्न हुने आयोजकले जनाएको छ। प्रतियोगितामा बागमती प्रदेशसहित मच्छिन्द्र क्लब, एपीएफ क्लब, नेपाल पुलिस क्लब, एनआरटी, सङ्कटा क्लब, फ्रेन्ड्स क्लब र ब्वाइज युनाइटेड सहभागी हुनेछन्। प्रतियोगिताको विजेताले २६ लाख तथा उपविजेता टोलीले १३ लाख पुरस्कार पाउने नेपाल लोकतान्त्रिक खेलकुद…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक: जनक राज पण्डित
प्रबन्ध निर्देशक: बिजय प्रकाश मिश्र
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क