Author: ट्रान्सपेरेन्टखबर
काठमाण्डौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको भूमि चीनको बिरुद्धमा प्रयोग हुन नदिने प्रतिबद्धता जनाएका छन्। सोमबार जीपी कोइराला फाउन्डेसनले काठमाडौँमा नेपाल–चीन सम्बन्धबारे आयोजना गरेको कार्यक्रममा सम्बोधन गदैै उनले एक चीन नीति नेपालले लिएको बताए। ‘एक चीन नीति नेपालले लिएको छ,’ देउवाले भने, ‘मित्रराष्ट्र चीनको खिलाफमा नेपालको भूमि प्रयोग हुन दिइने छैन भन्ने विश्वास म दिलाउन चाहन्छु।’ उनले चीनले नेपालको पूर्वाधार विकास, व्यापार, पर्यटन, सांस्कृति, जलवायु परिवर्तन एवं वातावरणीय सहकार्य लगायतका क्षेत्रमा सहयोग गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि थप सहयोग गर्ने विश्वास व्यक्त गरे। मित्रराष्ट्र चीनले नेपालको पूर्वाधार विकास, व्यापार, पर्यटन, सांस्कृति, जलवायु परिवर्तन एवं…
भारत । भारत भ्रमणमा रहेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटवार्ता गरेका छन् ।मुख्यमन्त्री शाह र आदित्यनाथबीच उत्तरप्रदेशका मुख्यमन्त्रीको लखनउस्थित सरकारीनिवास भेटवार्ता भएको हो । मुख्यमन्त्री आदित्यनाथले सामाजिक सञ्जालमार्फत भेटवार्ताबारे जानकारी गराएका छन् । ‘आज लखनउस्थित सरकारीनिवासमा नेपालको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र प्रतिनिधिमण्डलसँग शिष्टाचार भेट भयो,’ उनले लेखेका छन् । शाह नेतृत्वको प्रतिनिधिमण्डल गत मंगलबार काठमाडौंबाट एक साता लामो भ्रमणका लागि भारतको नयाँ दिल्ली प्रस्थान गरेको थियो ।भ्रमण टोलीमा सुदूरपश्चिम प्रदेशका मन्त्रीहरू, प्रदेश सभा सदस्यहरू, मुख्यसचिव, सचिव र सचिवालयका केही सदस्य सहभागी छन् । टोली सोमबार नै लनखउबाट स्थलमार्ग हुँदै कैलाली फर्किंनेछ ।…
पोखरा । कास्की जिल्लाको पोखरा महानगरपालिका–१४ खाल्टेमसिना स्थित सेती नदिमा वेपत्ता भएका एक युबकको शव सशस्त्र प्रहरीको गोताखोरले फेला पारेको छ । बाग्लुङ्ग जिल्लाको निसिखोला गाउँपालिका–३ घर भई हाल सोही महानगरपालिका स्थित मझेरीपाटन बस्ने १८ बर्षिय युवराज वि.क. सो नदिमा पौडी खेल्ने क्रममा बैसाख २२ गते दिउँसो २. ०० बजे डुवेर वेपत्ता भएका थिए । घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल नं. २४ कालिका गण कास्कीबाट सशस्त्र प्रहरी निरीक्षक भोला श्रेष्ठको कमाण्डमा खटिएको गोताखोरसहितको सुरक्षा फौजले अन्दाजी १८ फिटको गहिराईबाट घटनाको करिब डेढ घन्टा पछि उनको शव बाहिर निकालेको हो ।
काठमाण्डौं । प्रमुख प्रतिपक्षी नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु ले महिना दिन बितिसक्दा पनि सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्न नसकेको बताएका छन्। प्रतिनिधि सभाको सोमबारको बैठक अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीतिर हेर्दै भने, ‘महिनादिन बितिसक्दा पनि एउटा गभर्नर नियुक्ति गर्न सक्नु भएको छैन तपाईंहरूले।’ अध्यक्ष दाहालले दुई तिहाइको अहंकार फुटिसकेको टिप्पणी गरे। दुई तिहाइको अहंकार त अब मैले हेर्दा त्यो बेलुन फुटिसकेको देख्छु,’ उनले भने, ‘हरेक नियुक्तिमा स्वार्थ समूह नै हाबी छन्।’ प्राविधिक रुपमा अहिलेको सरकार नढलेको भए पनि जनताको मन मस्तिष्कमा सरकार ढलेजस्तो भएको बताए । ‘प्राविधिक रुपमा त अहिले सरकार ढलेको छैन…
काठमाण्डौं । नेकपा ( माओवादी केन्द्र ) का अध्यक्ष प्रचण्डले नीति तथा कार्यक्रमलाई औपचारिक र कर्मकाण्डी मात्रै बनाएको बताएका छन्। यही जेठ १९ गते राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममाथि धारणा राख्नुहुँदै अध्यक्ष प्रचण्डले नीति तथा कार्यक्रम तयारीलाई कर्मकाण्डी बनाइएको टिप्पणी गरेका हुन्। गत वर्ष नीति तथा कार्यक्रममाथि लोकतान्त्रिक विधिबाट व्यापक छलफल र बहस गरेर अन्तिम रुप दिन खोजिएको भएपनि यस वर्ष सरकारले उक्त प्रक्रिया भत्काएको उनले बताए। मैले यही सम्मानित संसदमा माननीय सांसदका मतहरुलाइ समेत ध्यानमा राखेर नीति तथा कार्यक्रमको कर्मकाण्डीय परम्परा भत्काउन खोजेको थिएँ। उनले भने, सदनमा प्रस्तुत हुने, माननीय सांसदहरुले सुझाव दिने तर ती सुझावहरु…
मुस्ताङ । मुस्ताङका उच्चलेक तथा पाटनमा यार्सागुम्बा सङ्कलन सुरू गरिएको छ । मुस्ताङको थासाङ–१ टुकुचे, थासाङ–२ कोवाङ र घरपझोङ–४ जामसोमका संरक्षण व्यवस्थापन समितिहरूले यही महिनादेखि यार्सागुम्बा सङ्कलन फुकुवा गरेका हुन् । यसअघि राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाअन्तर्गत रहेका संरक्षण व्यवस्थान समिति ( सिएमसी ) ले यार्सा सङ्कलन अनुमति प्रदानका लागि एक्याप कार्यालयमा निवेदन पेस गरेका थिए । सोही पत्रका आधारमा एक्यापले संरक्षण नियमावलीमा अधीनमा रहेर तोकिएको सर्त पालना गर्नेगरी निवदेन पेस गरेका संरक्षण व्यवस्थापन समितिहरूलाई यार्सागुम्बा सङ्कलन अनुमति प्रदान गरेको एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्तले जानकारी दिए।हालसम्म मुस्ताङका तीनवटा संरक्षण व्यवस्थापन समितिले एक्याप कार्यालयबाट यार्सा सङ्कलन…
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग आगामी आर्थिक वर्षको बजेटबारे परामर्श लिएका छन् । सत्ता घटक दल नेपाली काँग्रेसका सभापती देउवासँग अर्थमन्त्री पौडेलले बजेटको कार्यान्वययन लगायतका बिषयमा परामर्श लिएका हुन् । सोमबार बिहान बुढानीलकण्ठस्थित देउवा निवास पुगी उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले कांग्रेस सभापति देउवासँग बजेटबारे परामर्श गरेका हुन् । सो अवसरमा सभापति देउवाले मुलुकको आर्थिक अवस्थालाई दृष्टिगत गरी मितव्ययिता अवलम्बन गर्न र स्रोतको अधिकतम सदुपयोग हुनेगरी बजेट निर्माण गर्न सुझाव दिए ।
मोरङ । उमागौरी कृषि सहकारीको रकम अपचलन अभियोगमा जिल्ला अदालत मोरङबाट धरौटीमा रिहा भएका अन्जला कोइरालासहित ६ जनालाई थुनामै राख्न माग गर्दै सरकारी वकिल कार्यालय उच्च अदालत पुगेको छ। प्रतिनिधिसभा सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अन्जला मोरङ धनपालथान(४ मा रहेको उमागौरी कृषि सहकारी संस्थाको रकम अपचलन प्रकरणमा मुछिएकी थिइन्। उनीसहितका ६ जनालाई जिल्ला अदालतले धरौटीमा छाडेर मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको थियो। जिल्ला अदालतको सोही आदेश बदर गर्दै उनीहरुलाई थुनामै राख्न माग गर्दै सरकारी वकिल कार्यालय मोरङ अदालत आएको उच्च अदालत विराटनगरका रजिस्ट्रार जगदीशप्रसाद भट्टले जानकारी दिए। उमागौरी सहकारीको २२ करोड ४८ लाख २७ हजार ७ सय रूपैयाँ…
काठमाडौँ । भारतको किट विश्वविद्यालयमा अध्ययनरत प्रिसा साहको मृत्युबारे सरकारलाई सत्य तथ्य पत्ता लगाउन सभामुखले रुलिङ गरेका छन् । सोमबारको प्रतिनिधिसभाको आकस्मिक समयमा सांसदहरूले किट विश्वविद्यालयमा नेपाली विद्यार्थीको मृत्युको विषयलाई लिएर आवाज उठाएका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले भारतको किट विश्वविद्यालयमा नेपाली विद्यार्थीको मृत्यु हुनु राष्ट्रको संवेदनशील विषय भएको भन्दै सत्य तथ्य पत्ता लगाउन सरकारलाई निर्देशन दिएका हुन् । साथै उनले घटनाबारे संवाद अघि बढाएर परिवारलाई सहयोग गर्न र विदेशमा अध्ययनरत विद्यार्थीको आवश्यक सुरक्षा मिलाउन सरकारलाई निर्देशन दिएका हुन् । उक्त विश्वविद्यालयमा अध्ययनरत प्रकृति लम्सालपछि प्रिसा साहको रहस्यमय मृत्यु भएको थियो । ‘भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी…
काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आजको बैठकबाट केपी ओली नेतृत्वको सरकारले गत बैशाख १९ प्रस्तुत गरेको आर्थिक बर्ष २०८२ /८३ को नीति तथा कार्यक्रममाथि छलफल सुरू हुने छ । जसका लागि प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममाथि छलफल गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् भने आजैबाट सो नीति तथा कार्यक्रममाथि सांसदहरूले प्रस्तुत गरेको संसोधन र नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ हुने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रबन्ध निर्देशक: बिजय प्रकाश मिश्र
प्रधान सम्पादक: जनक राज पण्डित
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क