Author: ट्रान्सपेरेन्टखबर

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ पत्रकार एवं सूचनाको हकका अभियन्ता तारानाथ दाहाललाई सम्मान गरेका छन् । सूचनाको हकको कार्यान्वयन, प्रवर्द्धन र पैरवी गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै वरिष्ठ पत्रकार दाहाललाई ‘विनय कसजु उत्कृष्ट सूचना अभियन्ता पुरस्कार’बाट सम्मान गरिएको हो । राष्ट्रपति पौडेलले राष्ट्रिय सूचना आयोगको १८औँ वार्षिकोत्सवका अवसरमा सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहकाबीच पत्रकार दाहाललाई रु ५५ हजार राशिको सर्वोत्कृष्ट सूचना अभियन्ता पुरस्कारसहित कदरपत्रबाट सम्मानित गरे। आयोगले सूचनाको हकका क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएबापत ११ वर्षअघि उनलाई ‘वरिष्ठ अभियन्ता’ बाट सम्मान गरेको थियो । सो अवसरमा अभियन्ता दाहालले मुलुकमा सूचनाको हकको कार्यान्वयनको अवस्था अझै पनि सन्तोषजनक नरहेको…

Read More

काठमाडौं । संघीय संसद्को दुवै बैठक बस्दै छन् । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक अपराह्न १२: १५ बजे बस्ने छ । सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रममाथि ती दुवै सदनमा छलफल जारी छ । आजको बैठकमा पनि सरकारको नीति तथा कार्यक्रममाथि केन्द्रित रही सांसदहरूले आ आफ्नो भनाइ राख्ने कार्यसूची छ । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते शुक्रवार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका थिए । सोमबारको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सरकारको नीति…

Read More

काठमाडौँ । आउँदो जेठ १५ मा सरकारले आर्थिक वर्ष २०८२र८३ को बजेट ल्याउँदै छ । यसमा वित्तीय क्षेत्रको स्थायित्व तथा मौद्रिक नीति निर्माण र कार्यान्वयन सम्बन्धमा सल्लाह दिन नेपाल राष्ट्र बैंक र गभर्नरको भूमिका अहम् हुन्छ । नेपाल एफएटीएफको ‘ग्रे लिस्ट’मा छ । धेरैजसो बैंकको खराब कर्जाले निर्देशित सीमा नाघेको छ, यही बेला राष्ट्र बैंकको गभर्नरजस्तो संवेदनशील पदलाई सत्तारुढ दुई दलले राजनीतिक दाउपेचको विषय बनाएका छन् । पदावधि सकिनु एक महिनाअघि नै नयाँ गभर्नर नियुक्त गर्नुपर्ने कानुनी व्यवस्था छ । तर सरकारले गभर्नर पद खाली भएको एक महिनासम्म पनि नयाँ नियुक्त गर्न नसक्दा सर्वत्र चिन्ता र चासो बढेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र गठबन्धनका…

Read More

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग अर्थमन्त्री विष्णु पौडेलले भेटवार्ता गरेका छन् । भेटवार्ता आज बिहान अध्यक्ष प्रचण्डको निवास खुमलटारमा भएको हो । आगामी आर्थिक वर्षको बजेट निर्माणको सन्दर्भमा अर्थमन्त्री पौडेलले प्रचण्डसँग छलफल गरेको प्रचण्डको सचिवालयले जनाएको छ । नीति तथा कार्यक्रम वैशाख १९ गते सार्वजनिक गरेको सरकारले जेठ १५ गते बजेट ल्याउने गृहकार्यमा जुटेको छ । यसैक्रममा अर्थमन्त्री पौडेलले यसअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि छलफल गरेका थिए । अर्थमन्त्री पौडेल निरन्तर रुपमा बजेट निर्माणका सम्बन्धमा सरोकारवालाहरुसँग छलफल गरीरहनु भएको छ । यता संसदमा सरकारको नीति तथा कार्यक्रम माथि छलफल चलीरहँदा अर्थमन्त्री पौडेल बजेटबारे छलफल…

Read More

काठमाडौँ। मनसुनजन्य विपतका कारण हुन सक्ने जनधनको क्षतिलाई कम गरी उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सरकारले तयारी सुरु गरेको छ । गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ३१ औँ कार्यकारी बैठकले विगतमा भएका मनसुनजन्य विपत्का कारण भएको जनधनको क्षतिबाट पाठ सिकेर नयाँ रणनीति अपनाउने निर्णय गरेको छ । बैठकले विगतका वर्षमा भोग्नु परेका क्षतिलाई स्मरण गर्दै यस वर्षको मनसुन पूर्वतयारी तथा प्रतिकार्यका लागि जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानसमेतका आधारमा मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२ तयार पार्ने निर्णय गरेको छ । सो कार्ययोजनालाई यथाशीघ्र अन्तिम रूप दिई कार्ययोजनामा तोकिएका निकायगत जिम्मेवारीसहित पूर्वतयारीलाई तीव्रता दिन…

Read More

काठमाण्डौं । प्रधानमन्त्री ओलीले कार्यभार सम्हालेपछि गत असार ३१ गते पहिलो निर्णयका रुपमा ३०० दिनभित्र उक्त क्रिकेट मैदानमा अन्तर्राष्ट्रियस्तरको प्यारापिट र फ्लड लाइट जडान गर्ने घोषणा गर्नुभएको थियो । उक्त ३०० दिन यही वैशाख २४ गते सकिँदैछ । ती दुई कामका लागि फरक फरक ठेकेदार कम्पनीसँग क्रमशः गत पुस १९ र २२ गते सम्झौता भएको थियो । तर अहिलेसम्म पनि दुबै काम सम्पन्न नभएपछि प्रधानमन्त्री ओली रुष्ट भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित क्रिकेट मैदानमा अन्तर्राष्ट्रियस्तरको प्यारापिट र फ्लडलाइट जडान कार्य तोकिएको समयमा सम्पन्न हुन नसकेको विषयमा आज सम्बन्धित निकायका अधिकारी र निर्माण व्यवसायीलाई डाकेर छलफल गरेका छन्…

Read More

काठमाडौँ । आर्थिक वर्ष २०८२/ ८३ को वार्षिक नीति तथा कार्यक्रममाथि ३७ वटा संशोधन प्रस्ताव परेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रमका विभिन्न बुँदाहरूमा ३७ वटा संशोधन प्रस्ताव आएको जानकारी दिए । संसद्मा प्रस्तुत सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि परेका संशोधनमाथि आजदेखि सुरू भएको छलफलमा प्रतिपक्ष सांसदले असन्तुष्टि जनाएका छन् । नीति तथा कार्यक्रमले वर्तमान समस्याको समाधान गर्न नसकेको मात्र नभई भविष्यप्रतिको स्पष्ट दृष्टिकोणसमेत नबोकेको टिप्पणी गरेका छन् । स्पष्ट योजना र दूरदृष्टिको अभाव, समावेशीता सामाजिक न्याय र सुशासनप्रतिको कमजोर प्रतिबद्धता, निराशाजनक र पश्चगामी शैली, कार्यान्वयन पक्षको अपूर्णता र अस्पष्टता, सङ्घीयता र…

Read More

काठमाडौं। क्रिकेटर मोहमद आदिल आलमको प्रतिबन्ध फुकुवा भएको छ । नेपाल क्रिकेट संघ ( क्यान ) का प्रवक्ता छुम्बी लामाले सोमबार २८ महिनापछि आदिलमाथिको प्रतिबन्ध फुकुवा भएको जानकारी दिएका हुन्। योसँगै उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताहरुमा सहभागिता जनाउन पाउने भएका छन्। २०७९ पुस ९ गतेदेखि २७ गतेसम्म किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन भएको नेपाल टी–२० क्रिकेट लिग प्रतियोगिता दौरान स्पट फिक्सिङको आरोपमा उनलाई प्रतिबन्ध लगाइएको थियो। नेपाली राष्ट्रिय टोलीमा रहेका आदिलले जनकपुर रोयल्सबाट खेल्नेक्रममा लिगको १२औं खेलमा काठमाडौं नाइट्सविरुद्ध वेस्ट हाइटमा नो–बल फालेका थिए। त्यसपछि ‘फ्री हिट’ रहेको अर्को बल अफ स्टम्पभन्दा धेरै बाहिर फालेपछि उनलाई अनुसन्धानको दायरामा ल्याइएको…

Read More

पोखरा । पोखराको फेवा तालमा  हावाहुरीसहित परेको पानीका कारण फसेका  ८ जनाको उद्धार भएको छ । सोमवार दिउँसो डुंगा चलाएर कायकिङ ( एक्लै बसेर तालमा डुंगाबाट गरिने यात्रा )  गरिरहेका केही व्यक्तिहरू अलपत्र परेका थिए । मौसम बिग्रिएसँगै फेवातालमा अलपत्र परेका उनिहरुलाई सशस्त्र प्रहरीले उद्धार गरेको छ । केहीबेरअघि तालको बीचमा पुगेर केही व्यक्तिहरू अलपत्र परेका थिए । बोटिङ गर्ने क्रममा चितवन जिल्ला भरतपुर महानगरपालिका – ५ बस्ने बर्ष २१ को रेशम थापा फेवातालमा डुबेकोमा उनको सशस्त्र प्रहरि बल नेपाल फेवाताल रेस्क्यु टावरमा तैनाथ गोताखोर सहितको बिपद् उद्दार टोलिले सकुशल उद्दार गरेको छ । हावाहुरीका कारण तालमा फसेका अन्यको उद्दार…

Read More

काठमाण्डौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसभित्र कुनै समस्या नरहेको र सरकार ढाल्न खोजेको भन्ने हल्ला गलत भएको स्पष्ट पारेका छन् । सोमबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्र्द उनले यो सरकारलाई असफल हुने छुट छैन,नभएको बताए । कोईरालाले पार्टीभित्र कुनै विवाद नभएको र सरकारप्रति आफ्नो पुरै समर्थन रहेको दोहोर्‍याए। नेता कोइरालाले सात बुँदे सहमतिको प्रभावकारी कार्यान्वयन र लोकतान्त्रिक मूल्यमान्यताको सम्मान गर्न सरकारलाई आग्रह गरे। उनले सरकार गठनका बेला नेकपा ९एमाले० सँग भएको सात बुँदे सहमति कार्यान्वयनमा सरकार चुकेको बताएका छन्। उनले संविधान संशोधन, आर्थिक सुधार, भ्रष्टाचार नियन्त्रण, दण्डहीनता अन्त्य र सुशासन कायम गर्ने सहमतिका बुँदाहरूमा…

Read More