Author: ट्रान्सपेरेन्टखबर
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले उर्जामन्त्री दिपक खड्कालाई सदनमा उभिएर नेपाल विद्युत प्राधिकरणको नाफा/घाटाबारे जवाफ दिन सदनमार्फत माग गरेकी छिन् । उनले भनिन्,‘केही महिना अगाडिसम्म ४६ अर्ब ४७ करोड नाफा भएको विद्युत प्राधिकरण एक महिनाभित्र पाँच अर्ब २६ करोड घाटामा छ भनिएको सुनिएको छ, यस विषयमा सदनमा आएर उर्जामन्त्रीज्यूले स्पष्टीकरण दिनको लागि माग गर्न चाहन्छु ।’ प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले सरकारले गभर्नर नियुक्तीको लागि लामो समय खर्चिएको भन्दै प्रश्न उठाईन् । मेरिटोक्रेसीको आधारमा गनर्भर नियुक्ती गर्न सकिने भएकोले त्यसमा विलम्ब हुनु गलत भएको उनको टिप्पणी छ ।
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आधिकारिकताको विषयमा कांग्रेस र एमालेको फरक मत देखिएको छ । शेष घले नेतृत्वको उच्चस्तरीय समितिले गराएको एकता महाधिवेशनले महेश श्रेष्ठको नेतृत्वमा सर्वसम्म्त कार्यसमिति चयन गरेको छ ।उक्त अधिवेशनमा डा. बद्रि केसी नेतृत्वको टिम सहभागी भएन । अधिवेशनको उद्घाटन परराष्ट्रमन्त्री डा. आरजु राणाले गरेकी थिईन् । क्लोजिङ सेरोमनीमा भने विपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल पुगेका थिए । सो सम्मेलनलाई लिएर एमाले नेतृत्व पँक्ति भने असन्तुष्ट छ । प्रधानमन्त्री केपी शर्मा ओलीले परराष्ट्रमन्त्री डा. राणालाई समेत एकता अधिवेशनमा नजान भनेको कुरा बाहिरिएको छ । तर, राणाकै जोडबलमा महेश श्रेष्ठ अध्यक्ष बनेको…
काठमाडौं । उप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहकी दिदी रीता सिंह बैद्यसहित १७ जनाविरुद्ध बालमन्दीरको जग्गा हिनामिनामा मुद्दा चल्ने भएको छ। महान्यायाधिवक्ता रमेश बडालले सिंहसहित १७ जनाविरुद्ध मुद्दा चलाउने निर्णय गरेको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालले बताए। यसअघि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले मुद्दा चलाउन नपर्ने रायसहित उच्च सरकारी वकिल कार्यालय हुँदै महान्यायाधिवक्ताको कार्यालयमा फायल पेश गरेको थियो। तर महान्यायाधिवक्ताले फायल अध्ययनपछि मुद्दा चल्ने निर्णय गरेका हुन्।महान्यायाधिवक्ताको निर्णयसँगै अब जिल्ला सरकारी वकिल कार्यालयले अभियोग पत्र तयार गरेर काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गर्नेछ। यसअघि नै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ( सीआईबी ) ले अनुसन्धान सकेर प्रतिवेदन जिल्ला सरकारी वकिल…
काठमाडौं । सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिने भएका छन्। राष्ट्रियसभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफल जारी छ। सङ्घीय संसद् सचिवालयका अनुसार राष्ट्रिय सभाको बैठक यही वैशाख २८ गते (आइतबार) दिउँसो १:१५ बजे बस्ने छ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिने कार्यक्रम रहेको महासचिव पद्मप्रसाद पाण्डेले जानकारी दिएका छन्। रासस
काठमाडौं । आज विभिन्न कार्यक्रम गरी ‘१०औँ राष्ट्रिय पत्रकारिता दिवस’ मनाइँदैछ । गोरखापत्र प्रकाशन भएको दिनको अवसर पारेर वैशाख २४ गते अर्थात् आजको दिनलाई राष्ट्रिय पत्रकारिता दिवस मनाउने गरिन्छ । सरकारले २०७३ सालमा पत्रकारिता दिवस राष्ट्रिय रुपमै मनाउन मान्यता दिएपछि यो दिवस वैशाख २४ गते मनाउन थालिएको हो । विसं १९५८ वैशाख २४ गतेदेखि साप्ताहिक रुपमा गोरखापत्रको प्रकाशन सुरु भएको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता गजेन्द्रकुमार ठाकुरले दशौं पत्रकारिता दिवसले पत्रकारिता जगतलाई प्रोत्साहित र जिम्मेवार पत्रकारिताको विकासका साथै नयाँ पुस्तालाई हौसला र प्रेरणा प्रदान गर्नेमा विश्वास व्यक्त गरे । उनले राज्यको चौथो अङ्गका रुपमा रहेको…
काठमाण्डौं । भारत र पाकिस्तानबीचको तनावग्रस्त अवस्थालाई मध्यनजर राख्दै दुवै देशका केही क्षेत्रमा स्कुल र कलेज बन्द गरिएका छन्। बीबीसी हिन्दीका अनुसार पाकिस्तानको राजधानी इस्लामाबाद र भारतको पन्जाब प्रान्तमा विद्यालयहरू बन्द गरिएका छन्।कश्मीरबाट बीबीसीका शफत फारुकको रिपोर्ट अनुसार कश्मीरका धेरै भागमा स्कुल र कलेज बन्द गरिएका छन्। पाकिस्तानको पञ्जाब प्रदेशमा विद्यालयहरू बन्द गरिएका छन् । उक्त प्रदेशकी मुख्यमन्त्री मरियम नवाज शरीफले जनसुरक्षाको दृष्टिले प्रान्तभरका शिक्षण संस्था बन्द गरिने घोषणा गरेकी छन्।अलजजिराका अनुसार शरीफले विश्वविद्यालय र कलेजहरूमा हुने परीक्षा पनि स्थगित गरिने बताएकी छन्, तर अन्तर्राष्ट्रिय परीक्षा बोर्डहरूद्वारा सञ्चालन हुने परीक्षाहरू भने यथावत् रहने छन्। पहलगाम आक्रमणको १५ दिनपछि भारत सरकारले…
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शौचालयमा लडेर सामान्य घाइते भएका छन्। खुमलटारस्थित निवासमा गएराति शौचालयमा लडेर उनी सामान्य घाइते भएका हुन्। मेडिसिटी अस्पतालमा उपचारपछि उनी निवास फर्किएका थिए । हिजोराति सुत्नुअघि शौचालयमा जाँदा सामान्य ठोकिनुभएको हो । उहाँ हिँडेरै मेडिसिटी अस्पताल जानुभएको हो । अहिले आफ्नै निवासमा भेटघाटमा व्यस्त हुनुहुन्छु, स्वकीय सचिव गोविन्द आचार्यले भने ।
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा पनि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल हुने छ । नीति तथा कार्यक्रममा गत सोमबारदेखि छलफल जारी छ । सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्ने छ । आज अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन, विधायन व्यवस्थापन, सार्वजनिक नीति तथा प्रत्यायोजन विधायन र सङ्घीयता सबलीकरण समितिका बैठक सदन प्रारम्भ हुनुअघि हुँदैछन् । राष्ट्रियसभाको बैठकमा पनि नीति तथा कार्यक्रममाथिको छलफल जारी छ । राष्ट्रियसभाको बैठक यही वैशाख २८ गते दिउँसो १ः१५ बजे बस्ने छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिनुहुने कार्यक्रम रहेको महासचिव पद्मप्रसाद पाण्डेले बताए ।
नयाँ दिल्ली। भारतले अपरेशन सिन्दूरु नाम दिइएको एक सैन्य कारबाही अन्तर्गत पाकिस्तानका नौ स्थानमा हवाई आक्रमण गरेको छ। भारतीय रक्षा मन्त्रालयका अनुसार, ती सबै स्थानहरूबाट भारतमाथि हुने आतंकी आक्रमणहरूको योजना र निर्देशन भइरहेको थियो। यो कारबाही अप्रिल २२ मा भारत नियन्त्रित कश्मीरमा भएको आक्रमणपछि गरिएको हो, जसमा २६ जना पर्यटकको मृत्यु भएको थियो। भारतले उक्त आक्रमणको दोष पाकिस्तानमाथि लगाएको छ। भारतको वाशिङ्टनस्थित दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, आक्रमण पूर्णरूपमा लक्षित र सटीक थियो। केवल चिनिएका आतंकी शिविरहरूलाई मात्र निसाना बनाइएको हो। पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफले भारतको कारबाहीलाई युद्धको घोर उक्साहट भन्दै कडा निन्दा गर्नुभयो र बलियो जवाफ दिने चेतावनी…
काठमाडौं । पूर्वमन्त्री तथा नेकपा एमालेका नेता प्रदिप नेपालको निधन भएको छ । लामो समयदेखि पार्किन्सन्स रोगले पीडित एमाले नेता एवं लेखक, साहित्यकार प्रदीप नेपालको ७२ वर्षको उमेरमा निधन भएको हो । अस्पतालले निधनको घोषणा गरेको नेपालका भाइ तथा एमाले नेता समिर नेपालले बताए । स्वास्थ्यमा जटिल समस्या आएपछि नेता नेपाललाई उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल लगिएको थियो ।
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रबन्ध निर्देशक: बिजय प्रकाश मिश्र
प्रधान सम्पादक: जनक राज पण्डित
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क