Author: ट्रान्सपेरेन्टखबर
काठमाण्डौं । सत्तारूढ नेपाली कांग्रेसका सांसद एवं पूर्वमन्त्री एनपी साउदले पाकिस्तानी उच्चस्तरीय सैन्य टोलीको नेपाल भ्रमणको समयप्रति असन्तुष्टि व्यक्त गरेका छन्। प्रतिनिधि सभाको बैठकमा मन्त्री साउदले भारत र पाकिस्ताबीचमा विकसित परिस्थितलाई सरकारले नजरअन्दाज गरेको बताएका हुन्। ‘छिमेकमा भएको जघन्य आतंककारी घटना र विकसित परिस्थितिलाई नजरअन्दाज गर्दै पाकिस्तानको उच्चस्तरीय सैनिक प्रतिनिधि मण्डलले नेपाल भ्रमण गरेको देखिन्छ,ु बैठकमा साउदले भने, ‘भ्रमण पूर्वनिर्धारित नै भएपनि वर्तमान स्थितिका बारे संवदेशील भएर कुटनीतिक कौशलताका साथ तत्कालका लागि भ्रमण स्थगन गर्दै उपयुक्त समयको प्रतिक्षा गर्नुपर्ने आवश्यकता थियो।’ भारतको जिम्मु काश्मिर स्थित पहलगाम घटनामा आस्थाका आधारमा नेपालीको ज्यान जाने गरी घटना भएको उल्लेख गरे। विश्वव्यापी आतंकवादी आक्रमणबाट…
काठमाडौँ । नेपाल सरकार अन्तर्गतको खानेपानी मन्त्रालय र कर्णाली प्रदेश सरकार अन्तर्गतको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयबीच खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना अन्तर्गत लागत सहभागिता सम्झौता सम्पन्न भएको छ । आज खानेपानी मन्त्रालय सिंहरबारमा एक कार्यक्रमको आयोजना गरी खानेपानी मन्त्रालयका सहसचिव ई रमाकान्त दुवाडी र कर्णाली प्रदेश सरकार, जलस्रोत तथा उर्जा विकास मन्त्रालयका तर्फबाट प्रदेश सचिव इन्द्रदेव भट्टले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । उक्त कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै खानेपानीमन्त्री प्रदीप यादवले भने, “यो सम्झौता संघीयता अन्तर्गत तीन तहका सरकारहरूबिच समन्वय र सहकार्यको उत्कृष्ट नमुना हो । खानेपानी क्षेत्रको सुशासन प्रवद्र्धन तथा पूर्वाधार विकासका लागि लागत साझेदारीमा…
काठमाडौं । नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्न माग गरेको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रवक्ता समेत रहेका उपाध्यक्ष प्रकाश ज्वालाले सम्पत्ति विवरण सार्वजनिक नगरेकोप्रति असन्तुष्टि जनाए। देशमा अनियमित, कुशासन, सरकारी कार्यालयमा ढिलासुस्ती, महंगी बढिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराए। प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति गोप्य राखेर सरकारले कस्तो पारदर्शिता पठाउने खोजेको हो रु भन्दै प्रश्न गरे। उनले सर्वसाधारणलाई सिंहदरबार छिर्नका लागि चाहिने पासको व्यवस्था हटाउन पनि माग गरे। उनले कुशासनको अर्को नमूना सिंहदबार गेटमा देखिने बताए।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले उर्जामन्त्री दिपक खड्कालाई सदनमा उभिएर नेपाल विद्युत प्राधिकरणको नाफा/घाटाबारे जवाफ दिन सदनमार्फत माग गरेकी छिन् । उनले भनिन्,‘केही महिना अगाडिसम्म ४६ अर्ब ४७ करोड नाफा भएको विद्युत प्राधिकरण एक महिनाभित्र पाँच अर्ब २६ करोड घाटामा छ भनिएको सुनिएको छ, यस विषयमा सदनमा आएर उर्जामन्त्रीज्यूले स्पष्टीकरण दिनको लागि माग गर्न चाहन्छु ।’ प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले सरकारले गभर्नर नियुक्तीको लागि लामो समय खर्चिएको भन्दै प्रश्न उठाईन् । मेरिटोक्रेसीको आधारमा गनर्भर नियुक्ती गर्न सकिने भएकोले त्यसमा विलम्ब हुनु गलत भएको उनको टिप्पणी छ ।
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आधिकारिकताको विषयमा कांग्रेस र एमालेको फरक मत देखिएको छ । शेष घले नेतृत्वको उच्चस्तरीय समितिले गराएको एकता महाधिवेशनले महेश श्रेष्ठको नेतृत्वमा सर्वसम्म्त कार्यसमिति चयन गरेको छ ।उक्त अधिवेशनमा डा. बद्रि केसी नेतृत्वको टिम सहभागी भएन । अधिवेशनको उद्घाटन परराष्ट्रमन्त्री डा. आरजु राणाले गरेकी थिईन् । क्लोजिङ सेरोमनीमा भने विपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल पुगेका थिए । सो सम्मेलनलाई लिएर एमाले नेतृत्व पँक्ति भने असन्तुष्ट छ । प्रधानमन्त्री केपी शर्मा ओलीले परराष्ट्रमन्त्री डा. राणालाई समेत एकता अधिवेशनमा नजान भनेको कुरा बाहिरिएको छ । तर, राणाकै जोडबलमा महेश श्रेष्ठ अध्यक्ष बनेको…
काठमाडौं । उप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहकी दिदी रीता सिंह बैद्यसहित १७ जनाविरुद्ध बालमन्दीरको जग्गा हिनामिनामा मुद्दा चल्ने भएको छ। महान्यायाधिवक्ता रमेश बडालले सिंहसहित १७ जनाविरुद्ध मुद्दा चलाउने निर्णय गरेको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालले बताए। यसअघि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले मुद्दा चलाउन नपर्ने रायसहित उच्च सरकारी वकिल कार्यालय हुँदै महान्यायाधिवक्ताको कार्यालयमा फायल पेश गरेको थियो। तर महान्यायाधिवक्ताले फायल अध्ययनपछि मुद्दा चल्ने निर्णय गरेका हुन्।महान्यायाधिवक्ताको निर्णयसँगै अब जिल्ला सरकारी वकिल कार्यालयले अभियोग पत्र तयार गरेर काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गर्नेछ। यसअघि नै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ( सीआईबी ) ले अनुसन्धान सकेर प्रतिवेदन जिल्ला सरकारी वकिल…
काठमाडौं । सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिने भएका छन्। राष्ट्रियसभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफल जारी छ। सङ्घीय संसद् सचिवालयका अनुसार राष्ट्रिय सभाको बैठक यही वैशाख २८ गते (आइतबार) दिउँसो १:१५ बजे बस्ने छ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिने कार्यक्रम रहेको महासचिव पद्मप्रसाद पाण्डेले जानकारी दिएका छन्। रासस
काठमाडौं । आज विभिन्न कार्यक्रम गरी ‘१०औँ राष्ट्रिय पत्रकारिता दिवस’ मनाइँदैछ । गोरखापत्र प्रकाशन भएको दिनको अवसर पारेर वैशाख २४ गते अर्थात् आजको दिनलाई राष्ट्रिय पत्रकारिता दिवस मनाउने गरिन्छ । सरकारले २०७३ सालमा पत्रकारिता दिवस राष्ट्रिय रुपमै मनाउन मान्यता दिएपछि यो दिवस वैशाख २४ गते मनाउन थालिएको हो । विसं १९५८ वैशाख २४ गतेदेखि साप्ताहिक रुपमा गोरखापत्रको प्रकाशन सुरु भएको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता गजेन्द्रकुमार ठाकुरले दशौं पत्रकारिता दिवसले पत्रकारिता जगतलाई प्रोत्साहित र जिम्मेवार पत्रकारिताको विकासका साथै नयाँ पुस्तालाई हौसला र प्रेरणा प्रदान गर्नेमा विश्वास व्यक्त गरे । उनले राज्यको चौथो अङ्गका रुपमा रहेको…
काठमाण्डौं । भारत र पाकिस्तानबीचको तनावग्रस्त अवस्थालाई मध्यनजर राख्दै दुवै देशका केही क्षेत्रमा स्कुल र कलेज बन्द गरिएका छन्। बीबीसी हिन्दीका अनुसार पाकिस्तानको राजधानी इस्लामाबाद र भारतको पन्जाब प्रान्तमा विद्यालयहरू बन्द गरिएका छन्।कश्मीरबाट बीबीसीका शफत फारुकको रिपोर्ट अनुसार कश्मीरका धेरै भागमा स्कुल र कलेज बन्द गरिएका छन्। पाकिस्तानको पञ्जाब प्रदेशमा विद्यालयहरू बन्द गरिएका छन् । उक्त प्रदेशकी मुख्यमन्त्री मरियम नवाज शरीफले जनसुरक्षाको दृष्टिले प्रान्तभरका शिक्षण संस्था बन्द गरिने घोषणा गरेकी छन्।अलजजिराका अनुसार शरीफले विश्वविद्यालय र कलेजहरूमा हुने परीक्षा पनि स्थगित गरिने बताएकी छन्, तर अन्तर्राष्ट्रिय परीक्षा बोर्डहरूद्वारा सञ्चालन हुने परीक्षाहरू भने यथावत् रहने छन्। पहलगाम आक्रमणको १५ दिनपछि भारत सरकारले…
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शौचालयमा लडेर सामान्य घाइते भएका छन्। खुमलटारस्थित निवासमा गएराति शौचालयमा लडेर उनी सामान्य घाइते भएका हुन्। मेडिसिटी अस्पतालमा उपचारपछि उनी निवास फर्किएका थिए । हिजोराति सुत्नुअघि शौचालयमा जाँदा सामान्य ठोकिनुभएको हो । उहाँ हिँडेरै मेडिसिटी अस्पताल जानुभएको हो । अहिले आफ्नै निवासमा भेटघाटमा व्यस्त हुनुहुन्छु, स्वकीय सचिव गोविन्द आचार्यले भने ।
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रबन्ध निर्देशक: बिजय प्रकाश मिश्र
प्रधान सम्पादक: जनक राज पण्डित
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क