Author: ट्रान्सपेरेन्टखबर

काठमाडौं । गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा आज गृहमन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बस्यो। भारत–पाकिस्तानबीच द्वन्द्वको अवस्था सिर्जना भएपछिको विकसित घटनाक्रम र त्यसले पार्नसक्ने प्रभाव, आन्तरिक सुरक्षालगायतका विषयमा बैठकमा छलफल भएको गृहमन्त्रालयले जनाएको छ। मुलुकमा अवाञ्छित गतिविधि हुन नदिने उद्देश्यका साथ नेपाल–भारत सीमा र विमानस्थललगायतका संवेदनशील क्षेत्रमा निगरानी बढाउने र सुरक्षा संयन्त्रलाई उच्च सर्तक अवस्थामा राख्ने निर्णय भएको गृहमन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले बताए। भारत र पाकिस्तानमा सिर्जना भएको तनावपछि विकसित घटनाक्रम र त्यसले नेपाललाई पार्नसक्ने प्रभाव, सम्भावित चुनौती र भारत र पाकिस्तानमा रहेका नेपाली नागरिकको सुरक्षाका विषयमा पनि बैठकमा छलफल भएको उनले जानकारी दिए। ुआन्तरिक सुरक्षातर्फ गर्नुपर्ने थप तयारी, समन्वय र…

Read More

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको प्रवक्ताको जिम्मेवारी डीआईजी कालिदास धौबजीलाई दिइएको छ । सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हल्चोक, स्वयम्भूले डीआईजी धौबजीलाई बुधबारदेखि प्रवक्ताको जिम्मेवारी दिएको हो । सशस्त्र प्रहरीको सम्पूर्ण गतिविधिबारे जानकारी दिन धौबजीले भूमिका खेल्ने बताइएको छ । यसअघिका प्रवक्ता डीआईजी कुमार न्यौपानेको बराह बाहिनी सुनसरीमा सरुवा भएको थियो । न्यौपानको ठाउँमा छिन्नमसता बाहिनी मुख्यालय महोत्तरीबाट सरुवा भएर आएका डीआईजी धौबजीलाई जिम्मेवारी दिइएको हो ।

Read More

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेर आईपीओ निष्कासन सम्बन्धी फाइलहरू नियन्त्रणमा लिएको छ । आईपीओ निष्कासन स्वीकृति दिनुअघि कमिसन मागेको आरोप निजी ऊर्जा उत्पादकहरूले लगाएपछि अख्तियारले बोर्डमा छापा मारेको हो । अख्तियार स्रोतका अनुसार बुधबार छापा मारेर आईपीओ निष्कासन पाइपलाइनमा रहेका ८९ कम्पनीका कागजपत्र नियन्त्रणमा लिइएको छ । निजी ऊर्जा उत्पादकहरूको संस्था ( इप्पान ) का पदाधिकारीका अनुसार हरेक कम्पनीको आईपीओ निष्कासनमा सर्वसाधारणलाई सेयर जारी हुने रकमको ५ प्रतिशतका दरले कमिसन माग गर्ने गरिएको छ । ४३ जलविद्युत् कम्पनीको आईपीओ स्वीकृति क्रममा रहेकामा त्यसमध्ये ४२ कम्पनीसँग बोर्ड अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पठाएका भनिएका व्यक्तिहरूले रकम माग…

Read More

काठमाण्डौं । पछिल्लो समय बिकशित क्षेत्रिय सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल नेपालले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएको छ । सीमा क्षेत्रबाट हुनसक्ने अवैध घुसपैठलाई रोक्नको लागि सीमा सुरक्षाको प्रमुख जिम्मेवारी पाएको सशस्त्र प्रहरी बल, नेपालले भारतिय समकक्षी सशस्त्र सीमा बल ९एसएसबि०सँगको सहकार्य र समन्वयमा सीमानामा संयुक्त रुपमा गस्ती पट्रोल र खबर आदान–प्रदानलाई तिब्रता दिएको छ । यसैगरी एक बिओपीबाट अर्को बिओपीसम्म २४ घण्टा सीमा ईलाकामा रहने गरी पट्रोलिङ गरिएको छ । अनाधिकृत घुसपैठ नियन्त्रण र निगरानीका लागि सीमा क्षेत्रमा पर्ने सबै बाहिनीपतिहरुलाई प्रधान कार्यालयबाट विशेष निर्देशन दिईएको छ, भने बाहिनी मुख्यालयहरुले सोही अनुसार सुरक्षा योजना बनाएर कार्यान्वयन गरेका…

Read More

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले पार्टीको पदाधिकारी बैठक बोलाएको छ। पार्टी सभापति शेरबहादुर देउवाले शुक्रबार बस्नेगरी बैठक बोलाएका हुन्। मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक पर्सि बिहान ९ बजे पार्टी सभापति देउवा निवासमा बस्नेछ। बैठकमा पछिल्ला विकशित राजनीतिक घटनाक्रम, सरकारले ल्याएको नीति तथा कार्यक्रमलगायतको विषयमा कुराकानी हुने उनले बताए। बैठकले भारत र पाकिस्तान युद्धमा पार्टीको धारणा पनि तय गर्नसक्ने सुनाए। सत्तारुढ दल एमालेसँग कुरा नमिल्दा राष्ट्र बैंकको गभर्नर नियुक्तिमा ढिलाइ भइरहेको छ। बैठकमा त्यसबारेमा पनि छलफल हुने जनाइएको छ। सरकारले ल्याएको नीति तथा कार्यक्रमप्रति पनि कांग्रेसभित्र मिश्रित प्रक्रिया आइरहेको छ।

Read More

काठमाडौं । लामो कसरतपछि राजावादी शक्तिहरु अन्ततः एक ठाउँ आइपुगेका छन् । उनीहरुले भोलि संयुक्त साझा आन्दोलन कार्यक्रम घोषणा गर्ने तयारी छ । बेग्लाबेग्लै गरेका आन्दोलनहरु अपेक्षितरुपमा प्रभावकारी हुन नसकेपछि राजावादीहरु सहकार्यमा आउन बाध्य भएका हुन् । यसअघि जुँगाको लडाईंले गर्दा राजावादी नेताहरुले एक–अर्काको अस्तित्व स्वीकार्न सकिरहेका थिएनन् । साझा आन्दोलन गर्नुपर्नेमा सबै सहमत भए तापनि कसले नेतृत्व गर्ने भन्नेमा हानाथाप थियो । अहिले राजावादीलाई एक ठाउँमा ल्याउन ल्याउन निर्मल निवासले पनि भूमिका खेलेको बुझिएको छ । भोलिको आन्दोलन घोषणा नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले गर्न लागेको हो । आन्दोलन घोषणा कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन र…

Read More

काठमाडौँ । किसानलाई पर्याप्त मलखाद सहजरुपमा उपलब्ध गराउन सांसदहरुले माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा सांसद प्रभु साहले वर्षायाम सुरु भएसँगै किसानहरुलाई मलखादको अभावमा खेती लगाउन समस्या भएकोतर्फ सभामुखमार्फत सरकारको ध्यानार्कषण गराएका हुन् । आमजनता पार्टीका सांसद साहले खेतीबालीको समयमा सरकारले रासायनिक मल उपलब्ध नगराउँदा किसानहरु महँगो शुल्कमा मल खरिद गर्न बाध्य भएको गुनासो गरे । “ मल खरिद र वितरणको जिम्मा केन्द्र सरकारको हो कि हैन रु”, सांसद साहले भने, “३० लाख हेक्टर जगा जहाँ ११ लाख मेट्रिक टन खाद आवश्यक पर्नेमा पाँच लाखको मात्र ठेक्का गर्छ । त्यसमा पनि तीन मेट्रिक टनमात्र भित्रिएको छ ।”…

Read More

काठमाडौँ, २४ वैशाख । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानर्कषण गराएका छन् । सांसदहरूले पूर्वमन्त्री प्रदीप नेपालको निधनप्रति शोक व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदन व्यक्त गरेका हुन्  . बैठकको शून्य समयमा सांसदहरूले छिमेकी राष्ट्र भारत र पाकिस्तानबीचको द्वन्द्वमा नेपाल सरकारको कूटनीतिक कौशलता, सडक, पुल निर्माण, खानेपानीको अभाव, विद्युत् प्राधिकरण घाटामा गएको सन्दर्भलगायत सासामयिक विषयमा ध्यानार्कषण गराए । सांसद नारायणप्रकाश (एनपी) साउदले भारत र पाकिस्तानबीच पछिल्लो समय विकसित सम्बन्धको वर्तमान स्थितिमा पाकिस्तानी उच्चस्तरीय सैन्य प्रतिनिधिको नेपाल भ्रमण तत्कालका लागि स्थगन गर्न सुझाव दिए । सांसद डोलप्रसाद (डिपी) अर्यालले भारतमा बसोबास गरिरहेका नेपालीका विषयमा सरकार संवेदनशील हुन आग्रह गरे…

Read More

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले निरङ्कुशकालमा जस्तो शासकबाट कुनै हस्तक्षेप नहुने भएकाले आफ्नो ब्रम्हले देखेको कुरा लेख्न अहिले गोरखापत्र प्रकाशन स्वतन्त्र रहेको बताएएका छन् । गोरखापत्र प्रकाशनको १२५औँ वर्ष प्रवेशका अवसरमा आज गोरखापत्र संस्थानद्वारा आयोजित कार्यक्रममा उनले इतिहासका अनेक घटनाको साक्षीका रूपमा गोरखापत्रले राष्ट्रलाई योगदान गरेको बताउँदै अहिले सरकारले लिइरहेको ‘समृद्ध नेपाल, सुखी नेपाल’ को को राष्ट्रिय आकाङ्क्षा गोरखापत्रले पहिलो दिनको प्रकाशनमै ‘सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया‘’ को उद्घोषबाट आरम्भ गरेको स्मरण गरे । “राणा र राजतन्त्रकालमा शासकविरोधी कुनै सङ्केतसम्म पनि छाप्न नपाइने स्थिति थियो । अहिले हामी स्वतन्त्र छौँ । अहिले प्रधानमन्त्रीबाट गोरखापत्रलाई कुनै दबाब, निर्देशन, इशारा केही…

Read More

काठमाण्डौं । सत्तारूढ नेपाली कांग्रेसका सांसद एवं पूर्वमन्त्री एनपी साउदले पाकिस्तानी उच्चस्तरीय सैन्य टोलीको नेपाल भ्रमणको समयप्रति असन्तुष्टि व्यक्त गरेका छन्। प्रतिनिधि सभाको बैठकमा मन्त्री साउदले भारत र पाकिस्ताबीचमा विकसित परिस्थितलाई सरकारले नजरअन्दाज गरेको बताएका हुन्। ‘छिमेकमा भएको जघन्य आतंककारी घटना र विकसित परिस्थितिलाई नजरअन्दाज गर्दै पाकिस्तानको उच्चस्तरीय सैनिक प्रतिनिधि मण्डलले नेपाल भ्रमण गरेको देखिन्छ,ु बैठकमा साउदले भने, ‘भ्रमण पूर्वनिर्धारित नै भएपनि वर्तमान स्थितिका बारे संवदेशील भएर कुटनीतिक कौशलताका साथ तत्कालका लागि भ्रमण स्थगन गर्दै उपयुक्त समयको प्रतिक्षा गर्नुपर्ने आवश्यकता थियो।’ भारतको जिम्मु काश्मिर स्थित पहलगाम घटनामा आस्थाका आधारमा नेपालीको ज्यान जाने गरी घटना भएको उल्लेख गरे। विश्वव्यापी आतंकवादी आक्रमणबाट…

Read More