Author: ट्रान्सपेरेन्टखबर
काठमाडौं । अमेरिकाले भारत र पाकिस्तान दुवैलाई युद्ध रोक्न आग्रह गरेको छ । युद्धले समस्याको समाधान नगर्ने भन्दै एकअर्कामाथि आक्रमण बन्द गर्न अमेरिकाले भनेको हो । अमेरिकी विदेश मन्त्रालयकी प्रवक्ता ट्यामी ब्रुसले पत्रकार सम्मेलनको क्रममा भनिन्, ‘हिंसा, सैन्य कारबाही र युद्ध रोकिनुपर्छ, अमेरिकाको सन्देश यही हो । मध्यपूर्वमा यो प्रमाणित भइसकेको छ कि युद्धबाट कुनै समाधान निस्कँदैन ।’ भारत–पाकिस्तान तनावबारे सोधिएको प्रश्नमा उनले सो कुरा बताएकी हुन् । उनले थपिन्, ‘युद्ध, सेना र हिंसा कुनै समाधान होइन । पुस्तौंदेखिका हिंसा र समस्यालाई रोक्न नयाँ विचार र कूटनीति नै समाधान हुन् ।’अमेरिकी मध्यस्थताबारे के भनिन् ? पत्रकारहरुले उनलाई भारत–पाकिस्तानबीच मध्यस्थता सम्बन्धी…
कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले तीन तहको सरकारले एक अर्काको अस्तित्व स्वीकार्ने वातावरण निर्माण गर्नु आवश्यक रहेको बताएका छन् । प्रदेश तथा स्थानीय शासन सवलीकरण कार्यक्रम प्रादेशिक इकाईले आज धनगढीमा आयोजना गरेको प्रदेश तथा स्थानीय तहबीच अन्तरसम्बन्ध सुदृढीकरणसम्बन्धी अन्तरक्रिया एवं नीति, कार्यक्रम तथा बजेटसम्बन्धी छलफल कार्यक्रमको आज उनले उद्घाटन गरे । एक अर्काको अस्तित्व स्वीकार्ने वातावरण नहुँदा अवस्था जटिल बन्दै जाने उनले बताए । “बजेट निर्माणमा सधैँ हामीले त्रुटी गरिरहने र जनताले गुनासो गरिरहने परिपाटीलाई पटकपटक दोहो¥याउने होभने सङ्घीय संरचनामा हामी उभिएको व्यर्थ हुनेछ”, उनले भने । मुख्यमन्त्री शाहले तीनतहको सम्बन्ध प्रगाढ बनाउनुपर्नेमा जोड दिए । प्रदेश नीति…
काठमाडौँ । प्रतिनिधिसभामा आगामी आर्थि वर्ष २०८२र८३ को वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा समेटिएका विषयहरू बर्सेनि दोहोरिने तर कार्यान्वयनमा नजाने प्रवृत्ति दुःखद रहेको सांसदहरूले बताएका छन् । आजको बैठकमा सांसदहरूले छलफलका क्रममा दिइएका सुझावलाई मनन गर्नुपर्ने र सोही अनुसार ठोस योजना बनाउनुपर्ने सुझाव दिएका हुन् । नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी० का सांसद प्रकाश ज्वालाले संविधान पुनरावलोकन गरेर कार्यान्वयनमा देखा परेका समस्या पहिचान गरी समाधान खोज्नुपर्ने आवश्यकता औँल्याए । उनले भने, “यो नीति तथा कार्यक्रममा संविधान संशोधनका बारेमा एउटा लाइन मात्र उल्लेख गरिएको छ, तर त्यसका लागि ठोस कार्ययोजना प्रस्तुत गरिएको छैन । राष्ट्रिय सहमतिकासाथ जनमुखी र अग्रगामी एजेन्डा सम्बोधन…
काठमाण्डौं । भारत– पाकिस्तानबीच बढ्दो तनावलाई मध्यनजरमा राखेर सशस्त्र प्रहरी बलले सीमा क्षेत्रमा चेकप्वाइन्टहरू राखेको छ। ४८ घण्टामा सीमा क्षेत्रमा सशस्त्र प्रहरीले एक हजार ८४४ स्थानमा चेकप्वाइन्ट बनाएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। उनका अनुसार सशस्त्र प्रहरीले ३१२ पटक सीमा क्षेत्रमा गस्ती समेत गरेको छ। सामान्यतस् नियमित रूपमा यति धेरै संख्यामा चेकप्वाइन्टहरू राखिन्न। अहिले चाहि गस्ती र जाँच गर्ने संख्या बढाइएको छ,’ उनले भने। मंगलबार बिहानदेखि बिहीबार बिहानसम्म ४८ घन्टामा भारतीय समकक्षी सशस्त्र सीमा बल ९एसएसबी० सँगको सहकार्यमा सीमा इलाकामा ८४ वटा संयुक्त र २२८ वटा एकल गस्ती गरिएको छ। एसएसबीसँग संयुक्त गस्ती मंगलबार २०…
काठमाण्डौं । नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२५ को यो १०औँ संस्करण आजबाट काठमाडौंको भुकृटीमण्डपमा सुरु भएको छ। नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयर व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र ९टीईपीसी० को सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघको आयोजना एवं ललितपुर उद्योग वाणिज्य संघ र घरेलु तथा साना उद्योग महासंघको सहआयोजनामा आजबाट मेला सुरु भएको हो। मेला वैशाख २९ गतेसम्म चल्ने आयोजकहरुले बताएका छन्। मेलाको उद्घाटन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले गरेका हुन्। उनले सरकारले निजी क्षेत्रले भनेअनुसार नीतिगत सुधारको लागि काम गरिरहेको उल्लेख गर्दै नेपाली उद्योगी व्यवसायीहरुलाई उत्पादन र उत्पादकत्व वृद्धि गरी निर्यात प्रवर्द्धनमा लाग्न आग्रह गरे। उनले नेपालको अर्थतन्त्रलाई…
काठमाण्डौं । राजतन्त्र पुर्नस्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिले जेठ १५ गतेदेखि धर्ना, जुलुस र प्रदर्शन गर्न आग्रह गरेको छ। बिहीबार समितिले आन्दोलनका कार्यक्रम घोषणा गर्न आयोजना गरेको कार्यक्रममा संयोजक नवराज सुवेदीले भने, ‘जेठ १५ देखि नै जुलुस, धर्ना र प्रदर्शन गर्न सबैमा अपिल गर्दैछौँ।’ आन्दोलनबारे विस्तृत कार्यक्रम पछि सार्वजनिक गरिने भन्दै उनले सबैलाई यसमा सहभागी हुन समेत आह्वान गरे। ‘यस आन्दोलनमा सहभागी हुन सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीमा हामी आग्रह गर्दछौँ,’ सुवेदीले भने। साथै आन्दोलनमा संलग्न समूह र दललाई वडा, पालिका र जिल्लामा संयुक्त जनआन्दोलन समिति गठन गर्न समेत उनले आग्रह गरे। सुवेदीले भने, ‘प्रत्येक जिल्ला, पालिका र वडामा संयुक्त…
काठमाडौँ । नेकपा ९माओवादी केन्द्र०का सांसद महेन्द्रबहादुर शाहीले सरकारको नीति तथा कार्यक्रमले सङ्घीयताको सम्वर्द्धन गर्न नसकेको तथा आत्मनिर्भर अर्थतन्त्रको विकासका ध्यान दिन नसकेको बर्ताएका छन् । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभाको आजको बैठकमा धारणा राख्दै उनले युवालाई उत्साहित गर्ने विषय नभएको, विकट कर्णालीलाई हेर्ने दृष्टिकोणसमेत प्रष्ट नभएको बताए । मुलुकको प्राकृतिक स्रोतको अधिकतम उपयोग गरी आर्थिक विकास गर्ने सन्दर्भमा नीति तथा कार्यक्रमले कुनै पनि मार्गदर्शन नगरेको उल्लेख गरे । उनले कर्णालीको कृषि, जडीबुटीको विकासमा ध्यान नदिएको आरोप लगाए । संविधानले समाजवादको विषय लिपीवद्ध गरेको भएपनि सरकारले निजीकरणलाई प्रोत्साहन गरेको नीति तथा कार्यक्रममार्फत प्रष्ट भएको आरोप लगाउँदै उनले आर्थिक…
काठमाण्डौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले आतंकवादविरुद्धको लडाइँमा नेपालले जुनसुकै देशलाई साथ दिनुपर्ने बताएका छन् । बिहीवार बसेको प्रतिनिधि सभा बैठकको शून्य प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापतिसमेत रहेका खतिवडाले आतंकवाद विरुद्धको लडार्इंमा भारतलाई साथ दिनुपर्ने बताएका हुन् । ‘रुस–युक्रेन युद्ध, इजरायल–हमासको युद्ध, अमेरिकी राष्ट्रपतिको वर्तमान नीति, चीन ताइवान एकीकरणको प्रयासको प्रभाव, भारतले पाकिस्तानी आंतकवादविरुद्ध गरेको युद्धजस्ता कुराले हामी झन् जोखिमयुक्त अवस्थामा छौं भन्ने लागेको छ,’ सांसद खतिवडाले भने, ‘यो समयको जटिलतालाई सामना गर्न सरकार तयारी रहोस् भनेर अनुरोध गर्न चाहन्छु । आतंकवादविरुद्धको लडाइँमा हामीले जुनसुकै देशलाई पनि साथ दिनुपर्छ भनेर अनुरोध गर्न चाहन्छु ।’ गत वैशाख…
काठमाडौँ । लघुवित्त पीडितहरूले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । विभिन्न जिल्लाबाट काठमाडौँ आएका लघुवित्त पीडितको आन्दोलन सुरु भएको १ महिना १० दिन भइसक्दा पनि सरकारले पहिला गरेका सम्झौता पुरा गर्न नसकेको भन्दै बिहीबार उनीहरूले प्रदर्शन गरेका हुन् । सरकार र सहकारी तथा लघुवित्त सङ्घर्ष समितिबिच भएको सहमति कार्यान्वयन नभएको भन्दै उनीहरू चैतमा काठमाडौँ आएका थिए । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासङ्घको अगुवाइमा काठमाडौँमा आन्दोलन सुरु भएको थियो । गत चैतमा सरकार र लघुवित्त सङ्घर्ष समितिबिच भएको सहमतिमा ऋणीहरूको साँवा ब्याज, शुल्क, जरिवाना, कालोसूची एवं धितो फुकुवा, पीडितको पुनः स्थापना तथा कर्जा भुक्तानी गर्ने कुनै आधार नभएका ९घाइते, अपाङ्ग,…
काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले किसानलाई समयमै पर्याप्त रासायनिक मल उपलब्ध गराउन सरकारसँग माग गरेका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले मुख्य बाली धान रोप्ने तयारी भइरहेका बेला किसानहरूले मलको अभाव झेल्नुपरेको बताए। उनले भने, ‘हरेक वर्ष जब मुख्य बाली धान रोप्न तयारी हुन्छ, किसानले समयमा पर्याप्त मल पाउँदैनन, कोटा प्रणाली मार्फत मल वितरण हुन्छ तर त्यो व्यवहारीक र सहज छैन, किसानले ५० किलो मल माग गर्दा मुस्किलले ५ किलो मात्रै पाउँछन्।’ सरकारको नीति तथा कार्यक्रमको बुँदा नं १६ मा ज्यादै लोकप्रिय प्रकारको कार्यक्रम अगाडि सारिएको भएपनि किसानकहाँ जाँदा किसानहरुले यो सरकार किसानमैत्री भएन भनेर गुनासो गर्ने गरेको…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रबन्ध निर्देशक: बिजय प्रकाश मिश्र
प्रधान सम्पादक: जनक राज पण्डित
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क