Author: ट्रान्सपेरेन्टखबर

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्र बैंकको गभर्नर छिट्टै नियुक्त हुने बताएका छन् । पार्टीको पदाधिकारी बैठकमा नेताहरूले गभर्नर नियुक्त ढिलो भएको प्रति जिज्ञासा राखेपछि सभापति देउवाले चाँडै नियुक्त हुने जानकारी गराएका थिए । सभापति देउवा निवासमा बूढानीलकण्ठमा शुक्रबार बिहान बसेको बैठकमा नेताहरुले राष्ट्रबैंकको गभर्नर नियुक्त गर्न धेरै ढिला भएकोमा चासो राखेका थिए । त्यसमा सभापतिले दिएको जवाफ उद्धृत गर्दै प्रवक्ता डा। प्रकाशशरण महतले भने, ‘सभापतिले यो चाँडै टुंगिन्छ । प्रोफेसनल, व्यवसायिक व्यक्तिको हातमा राष्ट्र बैंकको नेतृत्वमा जानुपर्दछ । एउटा सहमतिबाट निर्णय हुन्छ भन्नुभएको छ ।’ कांग्रेस र एमालेबीचमा सहमति हुन नसक्दा गभर्नर नियुक्त हुन सकेको छैन ।…

Read More

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी (  केन्द्र ) ले मध्यपहाडी लोकमार्ग अन्तर्गत दोस्रो चरणको अभियानको खाका तयार पारेको छ । ‘जनतासँग माओवादी – मध्यपहाडी लोकमार्ग (पुष्पलाल मार्ग )  जनजागरण अभियान’ जेठ महिनाभित्र सम्पन्न हुने गरी खाका तयार भएको छ। सुदूरपश्चिमको बैतडी जिल्लाको पाटनमा अभियान जेठ २ गते उद्घाटन गरिनेछ । कार्यक्रमको स्वरूप– मध्यपहाडी लोक मार्गमा पर्ने स्थानहरूमा पार्टीको प्रत्येक प्रदेश समितिले १–१ स्थानमा जनसभाको आयोजना गर्ने र प्रत्येक जिल्ला समन्वय समितिले ११ स्थानमा जनसंवादको कार्यक्रम आयोजना गर्ने । कोशी प्रदेशका जिल्लाहरूमा भइरहेको जनसभाहरूलाई अभियानकै कार्यक्रमको रूपमा समावेश गर्ने उनले बताए । बाँकी जिल्लाहरूमा अनुकूल समयमा जनसभाहरू आयोजना गर्नेछ…

Read More

काठमाडौं । अदालतले दिएको आदेश अटेर गर्दै नेपाल फुटबल संघ ९एन्फा० ले पूर्वअध्यक्ष गणेश थापालाई साधारणसभा प्रवेश गर्न रोक लगाएको छ । आज धुलिखेलमा हुन लागेको साधारण सभामा सहभागी हुन छोरा गौरवसहित पुगेका थापा गेटमै रोकिएका हुन् । उच्च अदालत पाटनले थापाका बाबुछोरालाई साधारण सभामा सहभागी हुन पाउने अन्तरिम आदेश गरेको थियो । सो आदेशको प्रतिलिपिसमेत बोकेर उनीहरू धुलिखेल पुगेका थिए । तर, गेटमा रहेका सुरक्षाकर्मी र स्वयम् सेवकले आफूहरूलाई भित्र पस्न नदिएको थापाले नेपाल प्रेससँग बताए । ‘हामीलाई गेटमा रोकिएको छ । प्रवेश पास चाहिने बताइरहेका छन् । तर, एन्फाले प्रवेश पास दिन मानेको छैन,’ उनले भने । यो…

Read More

काठमाडौं । गृहमन्त्री रमेश लेखक र भारतीय जनता पार्टीका वरिष्ठ नेता भगतसिंह कोश्यारीबीच भेटवार्ता भएको छ । भैंसीपाटीस्थित मन्त्री निवासमा भाजपाका वरिष्ठ नेता कोश्यारीले मन्त्री लेखकसँग भेट गरेका थिए । भेटमा मन्त्री लेखकले भारतको जम्मू–कश्मिरमा भएको आतङ्कवादी आक्रमणको निन्दा गर्दै नेपाल सरकार आतङ्कवादी हमलाको विरुद्धमा रहेको स्पष्ट पारे । आतंकवाद विरुद्धको लडाइँमा नेपाल सधैँ साथमा रहने उल्लेख गर्दै मन्त्री लेखकले छिमेकी देशहरूविरुद्ध आफ्नो भूमि प्रयोग गर्न नदिने प्रतिबद्धता व्यक्त गरे । मन्त्री लेखकले नेपाल–भारत बिचको सदियौंँदेखिको मित्रवत् सम्बन्ध थप सुदृढ गर्दै लैजाने विषयमा भारतीय जनता पार्टीका वरिष्ठ नेता कोश्यारीसित कुराकानी भएको बताए । सो भेटका अवसरमा भारतीय जनता पार्टीका वरिष्ठ…

Read More

काठमाडौँ । नेपाली काँग्रेसका सभापती एवं पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले आज पदाधिकारी बैठक बोलाएका छन् । बैठक बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्ने गरी बैठक बोलाइएको सहमहामन्त्री महालक्ष्मी उपाध्यायले जानकारी दिइन् । बैठकमा समसामयिक राजनीतिक परिस्थिति, सरकारको काम कारबाही र पार्टी गतिविधिबारे छलफल हुने बताइएको छ । त्यसरी नै गर्भनर नियुक्तिमा देखिएको समस्या लगायत सरकारको नीति तथा कार्यक्रम बारे पनि पदाधिकारी बैठकमा छलफल हुनेछ । बैठक देउवा निवास बुढानिलकण्ठमा बोलाईएको हो ।

Read More

काठमाण्डौं । नेपालले आइसिसी महिला विश्वकप एसिया छनोटमा शुक्रबार हङकङसँग प्रतिस्पर्धा गर्दैछ। बैंककको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी ग्राउन्डमा हुने खेलमा बिहान ८स्१५ बजेबाट सुरु हुनेछ। यी दुईबीच अहिलेसम्म पाँच खेल भएका छन्। ती मध्ये दुई खेल हङकङ र दुई खेलमा नेपाल विजयी भएको छ। एक खेल भने रद्द भएको छ। महिला टी–२० विश्वकप क्रिकेटको एसिया छनोट शुक्रबार ( वैशाख २६ )  देखि सुरु हुने भएको छ। पहिलो दिन नेपालले थाइल्यान्डको एसियन टेक्नोलोजी मैदानमा शुक्रबार बिहान ८ः४५ बजे हङकङको सामना गर्दैछ। नेपाल रहेको समूह ‘सी’ हङकङसँगै बहराइन पनि छ। छनोट खेलका लागि नेपाली महिला टोली यसअघि नै थाइल्यान्ड पुगेर अभ्यास गरिरहेको…

Read More

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विश्वभरबाट नेपाल आइपुगेका मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सका प्रतिस्पर्धीहरूलाई राष्ट्रपति निवास शीतल निवासमा कार्यक्रमको आयोजना गरी स्वागत गरेका छन्। परोपकारी संस्था इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको आयोजनामा नेपालमा जारी दुई रियालिटी शोहरुका प्रतिस्पर्धीहरुलाई आफ्नो कार्यालयमा स्वागत गर्दै राष्ट्रपति पौडेलले नेपाली संस्कृतिलाई जीवन्त राख्न आ(आफ्नो स्थानबाट पहल गर्न आग्रह गरे। विश्वभरबाट आएका नेपाली प्रतिभाहरूलाई राष्ट्रपति पौडेलले नेपालका सांस्कृतिकदूतहरू भएको भन्दै नेपाली संस्कृतिलाई विश्वव्यापी रूपमा नेपाली समुदायमा पुर्याउन इन्ट्रा फाउण्डेसनले गरेको प्रयासको प्रशंसा गरे। नेपाल टेलिभिजनको राष्ट्रिय प्रसारणबाट प्रत्येक हप्ता बिहीबार र शुक्रबार मेरो भ्वाइस युनिभर्स र आइतबार सोमबार मेरो डान्स युनिभर्सको…

Read More

काठमाडौँ । आज वैशाख २६ गते अर्थात् ७३औँ कानुन दिवस । न्यायपालिकाप्रतिको जनविश्वासलाई अझ बलियो बनाउन तथा न्यायमा सबैको पहुँच सुनिश्चित गर्दै न्यायिक सुशासनको प्रवद्र्धनमा जोड दिँदै आज कानुन दिवस मनाइँदै छ । कानुन र न्यायको क्षेत्रमा चासो राख्नेहरूका लागि यो विशेष दिन हो । विसं २००७ मा प्रजातन्त्र स्थापनापश्चात् २००८ सालमा प्रधान न्यायालय ऐन जारी भई २००९ साल वैशाख २६ गते राजा त्रिभुवनबाट लालमोहर लगाएको दिनको स्मरणमा यो दिनलाई कानुन दिवसका रूपमा मनाउन प्रारम्भ भएको हो । उक्त ऐन २००९ साल पुस ८ गतेको गजेटमा प्रकाशन भई प्रधान न्यायालय गठन भएको र त्यसैको जगमा हालको सर्वोच्च अदालतको स्थापना भएको…

Read More

काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बिहान ११ बजे बस्ने गरी बैठक बोलाइएको संसद् सचिवालयले जानकारी दिएको छ । बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ । त्यस्तै बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२–०८३ को वार्षिक नीति तथा कार्यक्रममाथि छलफल जारी रहने सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिएका छन् ।

Read More

काठमाडौँ । कश्मीरको पहलगाममा दुई साताअघि भएको आतंकवादी हमलाले अन्ततः भारत र पाकिस्तानलाई युद्धमै डोर्‍याएको छ । सन् १९४७ मा विभाजनयता सन् १९६५, १९७१ र १९९१ मा युद्ध लडेका दुई देश हवाई तथा स्थल युद्धमा होमिएपछि विश्वभर चिन्ता छाएको छ । ‘अपरेसन सिन्दूर’ घोषणा गरेको भारतले बुधबार बिहान पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका ९ स्थानमा मिसाइल हमला गरेको थियो जसमा आतंकवादी शिविरलाई निसाना बनाइएको दाबी भारतको थियो । उता पाकिस्तानले भने महिला बालबालिकासहित कम्तीमा ३१ जना मारिएको जनाएको थियो । पाकिस्तानले बिहीबार अपराह्न उत्तरपश्चिमी भारतका १५ सैन्य शिविरमा लक्ष्य गरी ड्रोन र मिसाइल आक्रमण गरेको भारतको दाबी छ । पाकिस्तानले अवन्तिपुरा, श्रीनगर, जम्मु, पठानकोट, अमृतसर,…

Read More