Author: ट्रान्सपेरेन्टखबर

गुल्मी । पाल्पा र गुल्मीको सङ्गम स्थल रुरु क्षेत्र धाममा पहिलो पटक शालिग्राम महोत्सव गरिएको छ। कालीगण्डकीमा पाइने शालिग्रामको प्रचारप्रसार गर्ने उद्देश्यले आजदेखि रुरु क्षेत्रस्थित रिडी ऋषिकेशव मन्दिरमा दुई दिने शालिग्राम महोत्सव आयोजना गरिएको हो।पाल्पाको तानसेन नगरपालिका, गुल्मीको रुरु क्षेत्र गाउँपालिका, स्याङ्जाको कालीगण्डकी गाउँपालिका, रुपन्देहीको पर्यटन डिभिजन कार्यालयको आयोजना तथा ऋषिकेश मन्दिर व्यवस्थापन समितिको संयुक्त आयोजनामा महोत्सव सञ्चालन भएको छ। यसका लागि लुम्बिनी प्रदेश सरकारको १० लाख सहयोग रहेको छ। महोत्सवको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शुभारम्भ गर्दै रुरु क्षेत्र नेपालकै चारधाममध्ये एक रहेको हुँदा ऐतिहासिक, धार्मिक र सांस्कृतिक स्थलको संरक्षण, प्रवर्द्धन तथा प्रचारप्रसारलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको बताए।…

Read More

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ( प्रचण्ड)  बीच शुक्रवार भेटवार्ता भएको छ। राष्ट्रपति भवन शीतलनिवासमा भएको भेटमा वर्तमान राजनीतिक तथा समसामयिक विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ। राजनीतिक वृत्तमा शंका उपशंकाका बीच भएको यस भेटवार्तालाई अर्थपूर्णरूपमा हेरिएको छ। पछिल्लो समयमा ठूला तीन दलका शीर्ष नेताहरूबीच अलगअलग भेटवार्ता बाक्लिएको छ।

Read More

काठमाण्डौं । हाल पाकिस्तानमा अध्ययनरत् नेपाली विद्यार्थीहरू तथा अन्य नेपाली नागरिकहरूको सुरक्षाप्रति सरकार पूर्ण रूपमा सजग रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। हालै पाकिस्तानमा उत्पन्न घटनाक्रमको सन्दर्भमात्यहाँ रहेका आफ्ना नागरिकहरूको सुरक्षा तथा हित सुनिश्चित गर्न आवश्यक सबै कदमहरू चालिरहेको परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्तिमार्फत स्पष्ट पारेको हो । विज्ञप्तिमा पाकिस्तानस्थित नेपाली राजदूतावासले नेपाली नागरिकहरूसँग निरन्तर सम्पर्कमा रही काम गरिरहेको उल्लेख छ। राजदूतावासले आपत्कालीन अवस्थामा सहयोग आवश्यक परेमा सम्पर्क गर्न सकिने व्यवस्था समेत विज्ञप्तिमा उल्लेख छ। मन्त्रालयका अनुसार राजदूतावासका तृतीय सचिव वृन्दा सुबेदी खड्का आर्सलान मेहमुद मार्फत २४ सै घण्टा सहायता उपलब्ध हुने व्यवस्था गरिएको छ।

Read More

काठमाडौं ।  सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत आगामी आर्थिक वर्ष २०८२/८३ को नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रतिनिधिसभामा जारी छ। छलफलमा सत्तापक्षका सांसदले समर्थन र प्रतिपक्षी सांसदले आलोचना गरेका छन्। सत्तापक्षका सांसदले नीति तथा कार्यक्रमले जनतामा आशा जगाउने, विकासको ढाँचा र संस्कृति बदल्ने, समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य प्राप्त गर्ने दिशामा अघि बढ्ने बताए। प्रमुख प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सहितका प्रतिपक्षी सांसदले यो कार्यक्रमले जनअपेक्षा पूरा गर्न नसक्ने आरोप लगाए। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद गोकुलप्रसाद बाँस्कोटाले नीति तथा कार्यक्रमले विकासको ढाँचा बदल्ने, औद्योगिकीकरणको सुरुवात गर्ने, भूमि बैंक स्थापना गर्ने, युवालाई लक्षित स्टार्टअपमा लगानी बढाउने योजना लिएको…

Read More

काठमाडौं । नेपालस्थित चिनियाँ राजदूतावासले नेपाल(भारत सीमा क्षेत्रमा भ्रमण नगर्न आफ्ना नागरिकलाई सचेत गराएको छ । दूतावासले आफ्ना नागरिकलाई नेपालतर्फबाट भारतीय भूमिमा प्रवेश नगर्न चेतावनी जारी गरेको हो । पछिल्लो पटक रक्सौल नाकाबाट केही चीनिया पक्राउ परेका थिए । भारत पाकिस्तान युद्धसँगै नेपाल भारत सीमा क्षेत्रमा कडा सुरक्षा बढाइएको छ । दूतावासको वीच्याट च्यानलमा चाइनिज भाषामा सो ट्राभल एडभाइजरी जारी भएको हो । नेपाल र भारत दुवै देशले सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाएको र तनावको स्थिति रहेको भन्दै चीनिया नागरिकलाई बोर्डर क्षेत्रमा नजान भनेको छ । दुवै देशबीच खुला सिमाना रहेको भन्दै दूतावसको सूचनामा भनिएको छ(कुनै पनि हालतमा गल्तीले पनि…

Read More

बर्दिया । बर्दियास्थित भारतसँग जोडिएका खुल्ला सिमा नाकामा विशेष निगरानी बढाइएको छ । भारतसँग जिल्लास्थित रहेको ८३ किलोमिटर खुला नाकाका मुख्य तथा सहायक नाकामा सुरक्षा निकायले निगरानी बढाएको हो ।  नेपालबाट भारततर्फ र भारततर्फबाट नेपालतर्फ आवागमन गर्ने नागरिकमाथि घुसपैठ नहोस् भनी  सुरक्षा निकायले जाँच बढाएको छ । नाकाबाट आवागमन गर्ने नागरिकको परिचय खुल्ने कागज अध्ययन गरि छोडिएको छ । त्यसैगरी खुला नाकाबाट ओहोरदोहोर गर्ने नागरिकको दैनिक अभिलेख राख्ने काम सुरक्षा निकायले गरेको छ । मुख्य नाका मूर्तिहासहित १९ वटा सहायक नाकाका चेक प्वाइन्ट, गस्ती र पेट्रोलिङ बढाइ विषेश सुरक्षा सतर्कता र निगरानी बढाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गणका…

Read More

संखुवासभा । नेपाल र छिमेकी मुलुक चिन जोड्ने बाटोको ट्रयाक खोल्ने काम तिब्र रुपमा अघि बढीरहेको छ । जिल्लाको भोटखोला गाउँपालिका वडा नं १ घोङ्गगप्पादेखि किमाथाङकासम्मको बाटोको ट्रयाकको काम भईरहेको छ । ओएसीस ईन्जिनियर्स एण्ड बिल्डर्स प्रालिले २०८१ साल मंसिर देखि खन्न शुरु गरेको सडकको चिनतर्फवाट सडक रहेपनि नेपालवाट भने सो सडक जोड्ने मार्ग थिएन । अहिले पालिकाको घोङ्गगप्पाभिरको चट्टान फुटाउने काम भईरहेको छ । दैनिक ४ वटा एक्साभेटर मार्फत सो भिरको पहरा फुटाउने काम भईरहेको उत्तर दक्षिण कोशी सडक योजनाका सूचना अधिकारी ईन्जिनियर नरेश जिरेलले बताए । सो भिर छिचोलिएपछि नेपाल र चिनबिच सडक यातायात पुग्नेछ । किमाथाङका तर्फवाट…

Read More

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले भारत र पाकिस्तानबिचको तनावलाई दृष्टिगत गर्दै दुवै देशमा बस्ने नेपालीहरूको आवश्यक सुरक्षा लगायतको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा सांसदहरूले भारत पाकिस्तान तनाव र नेपालीहरूको सुरक्षाका विषयमा सरकारलाई रुलिङ गर्न माग गरेका थिए । ‘भारत पाकिस्तानको सिर्जित अवस्था र त्यहाँ बस्ने नेपालीहरूको सुरक्षा लगायतमा पर्न सक्ने सम्भावित समस्याप्रति आवश्यक व्यवस्थापन गर्न गराउन नेपाल सरकारको म ध्यानाकर्षण गराउँछु’, सभामुखले सरकारलाई निर्देशन दिए ।

Read More

काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले भारतीय दूतावासमा प्रदर्शन गरेका छन् । कृष्ण पहाडीलगायतका मानव अधिकारकर्मीले लैनचौरस्थित भारतीय दूतावासअघि ‘युद्ध रोक, शान्ति प्रवर्द्धन गर’ भन्दै प्रदर्शन गरेका हुन् । दूतावासअघि युद्ध निषेधः शान्ति विशेष अभियान अन्तर्गत प्रदर्शन गरेको समाजका अध्यक्ष कृष्णा पहाडीले बताएका छन् । उक्त प्रदर्शन भारत(पाकबीचको बढ्दो तनाव अन्त्य र शान्तिको लागि ध्यानाकर्षण गराएको बताए । भारत र पाकिस्तानबीच गोलाबारी सुरु भएको छ । अहिले भारत र पाकिस्तानले एक अर्कामाथि आक्रमण गरिरहेको छ ।

Read More

काठमाडौँ । प्रतिनिधि सभा सांसद तथा रास्वपा नेतृ सुमना श्रेष्ठले भारत र पाकिस्तान तनाव सृजना भएकोले पाकिस्तानको संवेदनशील क्षेत्रमा रहेका नेपाली विद्यार्थीलाई स्वदेश फर्काउन माग गरेकी छिन् । परराष्ट्रमन्त्री माननीय डा. आरजु राणा देउवालाई पत्र लेख्दै उनले पाकिस्तानमा अध्ययनरत विद्यार्थीको सुरक्षाबारे ध्यानाकर्षण गराएकी हुन् । विगतका केही दिनदेखि भारत र पाकिस्तानबिच तनावग्रस्त स्थिति बनेको छ । पाकिस्तानमा मानवीय क्षति बढ्दै गएको अवस्थामा त्यहाँ अध्ययनरत विद्यार्थीहरूले आफ्नो ज्यानको सुरक्षा गरिदिनुहुन र नेपाल फर्किने वातावरण बनाइदिनुहुन आग्रह गर्दै हामीलाई पत्र लेखेका छन् । पाकिस्तानको लाहोर, फैसलाबाद, बाहावलपुर, मुल्तान, कराँची, सियालकोट, सहिवल जस्ता ठाउँहरूमा एमबीबीएस पढ्न गएका ८० भन्दा बढी नेपाली विद्यार्थीहरू रहेका…

Read More