Author: ट्रान्सपेरेन्टखबर

ललितपुर । नेपाल प्रेस युनियनको आयोजनामा ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ शनिबार ललितपुरमा सुरु भएको छ । समिटको उपराष्ट्रपति रामसहाय प्रसाद यादवले उद्घाटन गर्नुभएको छ । समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, परराष्ट्रमन्त्री डा। आरजु राणा देउवालगायत विभिन्न देशका पत्रकारहरूबाट सम्बोधन गर्ने क्रम जारी रहेको युनियनका अध्यक्ष लम्सालले जानकारी दिनुभयो । समिट काठमाडौँदेखि पोखरा हुँदै मुस्ताङसम्म वैशाख २७ गते ३० गतेसम्म चल्ने छ । विश्वका बदलिँदो परिवेशमा प्रविधिले निम्त्याएको अवसर र चुनौती तथा दक्षिण एसियामा मिडियाले भोग्नु परेका समस्या, दक्षिण एसियाको पत्रकारिताको प्रभावबारेमा दक्षिण एसियासहित विभिन्न ६ मुलुकबाट आएका विषय विज्ञहरूको कार्यक्रममा प्रस्तुति रहेको छ । समिटमा विश्व परिवेशलाई केन्द्रमा…

Read More

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यथास्थिति भत्काउने र रूपान्तरित क्रान्तिलाई अगाडि लैजान खोज्दा आफूहरूमाथि षड्यन्त्र भएको बताएका छन्। २५औं निर्मल लामा स्मृति दिवस कार्यक्रमलाई शनिवार केन्द्रीय कार्यालय पेरिसडाँडामा सम्बोधन गर्दै उनले त्यस्तो बताएका हुन्। अध्यक्ष प्रचण्डले कम्युनिष्ट आन्दोलनलाई क्रान्तिकारी आदर्श र निष्ठातिर लैजाने चुनौती रहेको पनि औंल्याए। त्यसका लागि लागिपर्दा पार्टी र नेतृत्वविरुद्ध हमला हुने गरेको उनको भनाइ छ। ‘फेरि कम्युनिष्ट आन्दोलनलाई क्रान्तिकारी आदर्श र निष्ठातिर लैजाने चुनौती हाम्रोसामू छन्। त्यसविरुद्ध लड्ने संकल्पसहित विचार, मुद्दा, वर्ग र समुदायलाई केन्द्रित गरेर एकचोटी यथास्थिति भत्काउने र रुपान्तरणसहित समाजवादी क्रान्तिको तयारीलाई अगाडि लैजान खोजेका छौं। यसो गर्न खोजेबापत प्रतिक्रियावादी,…

Read More

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले भारते आतंकवादविरुद्ध गरेको प्रतिकारको प्रयासलाई समर्थन गरेका छन् । उनले आतंकविरुद्धको लडाई कुनै एक देशको मात्र नभएर सबैको साझा लडाईं भएको उल्लेख गरेका छन् । मुख्यमन्त्री सिंहले पहलगाममा भएको हमलालाई कायरको संज्ञा दिँदै मानवताविरुद्धको अपराध भनेका छन् । उनले भनेका छन्,‘म मधेश प्रदेशको मुख्यमन्त्रीको हैसियतले भारत सरकार र त्यहाँका जनताप्रति गहिरो संवेदना र ऐक्यबद्धता व्यक्त गर्दछु। भारतमाथि भएको आक्रमणप्रति हाम्रो धारणा स्पष्ट छ—आतङ्कवादको कुनै धर्म, जात, वा सिमाना हुँदैन। यस्तो कायरता मानवता विरुद्धको अपराध हो, र यसको प्रतिकार आवश्यक छ।’ उनले आजको घडीमा नेपाल र नेपालीलई चुप लाग्नु नभएर सत्यको पक्षमा बोल्न आवश्यक…

Read More

लुम्बिनी। २५६९औं बुद्धजयन्ती एवम् लुम्बिनी दिवस २०८२ विविध कार्यक्रम गरी मनाइने भएको छ । लुम्बिनी विकास कोषले तीन दिनसम्म विभिन्न कार्यक्रम गरेर यो दिवस मनाउन लागेको जानकारी दिएको छ । कोषले शनिबार पत्रकार सम्मेलन गरी बुद्ध जयन्तीमा रुपन्देही, कपिलवस्तु र नवलपरासीमा वैशाख २८ देखि ३० गतेसम्म गरिने कार्यक्रमहरूबारे जानकारी गराएको हो । कोषका उपाध्यक्ष डा। ल्यारकाल लामाले वैशाख २८, २९ र ३० गते तीन दिन उत्सवका रुपमा बुद्ध जयन्ती मनाइने बताए । तीन दिने कार्यक्रममा एक करोड रुपैयाँ खर्च हुने लामाले बताए । गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति र निधनको त्रियोग बौद्ध पूर्णिमाकै दिन हुनुले पनि यो दिन विशेष महत्वको…

Read More

काठमाडौं। नेपालले आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटमा विजयी सुरुआत गरेको छ। शनिबार सम्पन्न खेलमा नेपाल नौ विकेटले विजयी भएको हो। हङकङसँगको पहिलो खेल वर्षाको कारण रद्द भएको थियो। दोस्रो खेल पनि वर्षका कारण पाँच ओभरमा छुट्टाइएको थियो। तर, नेपालले अन्तिम चार बल बाँकी रहँदा एक विकेट गुमाउँदै लक्ष्य भेट्टाएको हो। बहराइनले दिएको ४२ रनको लक्ष्य नेपालले ४।२ ओभरमा भेट्टाएको हो। नेपालकी ओपनर कविता कुँवरले सर्वाधिक १८ रन बनाइन्। ११ बल खेलेकी उनले चार चौका प्रहार गरिन्। उनले पहिलो विकेटका लागि सम्झना खड्कासँग ३३ रनको साझेदारी गर्दै नेपाललाई जितनजिक पुर्‍याएकी थिइन्। तर, उनी ३।२ ओभरमा पवित्रा सेठ्ठीबाट रन आउट भइन्।…

Read More

काठमाण्डौं । पाकिस्तानका सरकारी टीभी र सेनाको जनसम्पर्क विभागले भारतविरुद्ध प्रतिआक्रमण सुरु गरेको बताएका छन्। यसअघि पाकिस्तानी सेनाका प्रवक्ताले भारतले पाकिस्तानका तीन सैन्य हवाई अड्डामा क्षेप्यास्त्र प्रहार गरेको आरोप लगाउँदै जवाफ दिन आफ्नो सेना तयार रहेको बताएका थिए। पाकिस्तानी सेनाको जनसम्पर्क विभाग, आईएसपीआरका अनुसार भारतविरुद्ध बदलाको कारबाहीलाई ुबुन्यान(अन(मार्सुसु नाम दिइएको छ। पाकिस्तानको दाबीमा भारतले भने अहिलेसम्म केही भनेको छैन। जम्मु कश्मीरको पहलगाममा अप्रिल २२ का दिन भएको आतंकवादी हमलामा २६ जना मारिएपछि पाकिस्तानलाई दोष दिँदै भारतले उसविरुद्ध ‘अपरेसन सिन्दूर’ कारबाही चलाइरहेको थियो। त्यसयता दुई देशबीच गोलाबारी भइरहेको खबर आइरहेका थिए। तर पाकिस्तानले आफूले आक्रमण गरेको कुरा अहिलेसम्म स्वीकार गरेको थिएन।…

Read More

काठमाण्डौं । पाकिस्तानसँगको तनाव उत्कर्षमा पुगेपछि भारतले ३२ वटा विमानस्थल बन्द गरेको छ। भारतीय अखबार द हिन्दुस्तान टाइम्सका अनुसार सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै शनिबारदेखि पाँच दिनसम्मका लागि ३२ वटा विमानस्थल बन्द गरेको हो। शनिबार बिहानै श्रीनगर विमानस्थलमा पाकिस्तानले ड्रोन हमला गरेको थियो। यसअघि २४ वटा विमानस्थल शनिबारसम्मका लागि बन्द गरिएको थियो। भारतीय नागरिक उड्डयन प्राधिकरणले सूचना जारी गरेर सुरक्षा जोखिमलाई मध्यनजर गरेर थप ८ वटा विमानस्थलसहित ३२ विमानस्थल मे १५ सम्मका लागि बन्द गरिएको जनाएको छ। अपरेसन सिन्दुर नाम दिएर भारतले बुधबार पाकिस्तानका ९ ठाउँमा हवाइ आक्रमण गरेपछि पाकस्तानले बिहीबार त्यसको जबाफ दिएको थियो। त्यसपछि दुवै देशबीच मिसाइल र ड्रोन…

Read More

कास्की । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका तथा पोखरा महानगरपालिका स्थित सेती नदीमा २५ मेगावाट क्षमताको सेतीनदी जल विद्युत आयोजनाको निर्माण सम्पन्न भएको छ । भिजन लुम्बिनी ऊर्जा कम्पनीद्वारा प्रवर्द्धित आयोजना निर्माण सम्पन्न भई औपचारिक उदघाटन भई नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा जोडिइसकेको छ । विसं २०७५ असोज २६ गते पब्लिक लिमिटेड कम्पनीको रूपमा दर्ता भएको भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडबाट एक हजार ५०० सयभन्दा बढि संस्थापक लगानीकर्ता यस आयोजनाका मालिक भएको कम्पनीका अध्यक्ष जगत पोखरेलले जानकारी दिए । विसं २०७७ सालमा निर्माण सुरुवात गरेको आयोजनाको निर्माणकार्य सम्पन्न भई मिति २०८१ कात्तिक २७ गतेदेखि प्राधिकरणले विद्युत् खरिद गर्न सुरु गरेको छ ।…

Read More

सोलुखुम्बु । डोरी टाँग्ने काम सकिएसँगै यो वर्षको सगरमाथा आरोहण सुरु भएको छ । बाक्लो हिउँ परेकाले डोरी टाँग्ने ९रोप फिक्सिङ्० गर्न गाह्रो भएको बताइँदै छ । खुम्बु आइसफल क्षेत्रमा ठूला रक र कालापत्थरले भर्‍याङ टाँग्न पनि कठिन भयो’ रोप फिक्सिङ्ग गर्ने दक्ष शेर्पा आरोहीलाई जनाउँदै आधार शिविरबाट एक्सपीडिसन अगुवा लाक्पा शेर्पाले बताए । एटके एक्सपीडिसन कम्पनीबाट खटिएका सात जनाको शेर्पा टोलीले शुक्रबार साँझ ५ बजे सगरमाथाको चुचुरोमा टोरी टाँगेर आरोहणको ढोका खोलेपछि यो वर्षको वसन्त ऋतुको सगरमाथा आरोहण सुरु भएको हो । त्यही कम्पनीबाट खटिएका पाँच जना शेर्पाले बिहीबार ल्होत्से र त्यसअघि आमादब्लम हिमालको चुचुरोमा डोरी टाँगेका थिए ।…

Read More

कपिलबस्तु । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा चालु आर्थिक वर्षको साउनदेखि चैत महिनासम्म कपिलवस्तु जिल्लाबाट मात्रै २८० भ्रष्टाचारका उजुरी परेका छन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलद्वारा कपिलवस्तुको तौलिहवामा आयोजित भ्रष्टचार नियन्त्रण तथा सुशासन प्रबद्र्धन सम्बन्धी जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रममा सो तथ्याङ्क प्रस्तुत गरिएको हो । संघीय, प्रदेश र स्थानीय तह गरी सो उजुरी परेको हो । आयोगका बुटवलस्थित कार्यालयका प्रमुख बिनिता भट्टराईले आफ्नो कार्यक्षेत्रमा पर्ने लुम्बिनी प्रदेशका नौ जिल्लामा कुल एक हजार ४८ उजुरी परेको बताउनु भयो । सबैभन्दा बढी कपिलवस्तु नगरपालिकाका ६१, कृष्णनगरका ५९, बुद्धभूमि नगरपालिका, मायादेबी र यशोधरा गाउपालिकाका ३१÷३१, बाणगंगा नगरपालिका १७, शुद्धोधन १६, बिजयनगर १४, महाराजगन्ज…

Read More