Author: ट्रान्सपेरेन्टखबर

काठमाण्डौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ। आइतबार बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची छ। राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते संघीय संसद्‍को संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/ ८३ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। त्ययताका संसद् बैठकमा नीति तथा कार्यक्रममाथि निरन्तर छलफल चलिरहेको छ। आज पनि बोल्न बाँकी सदस्यले सुरुमा नीति तथा कार्यक्रममाथि आफ्ना धारणा राख्ने कार्यसूची छ। त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि सांसदले उठाएका प्रश्नहरुको जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। प्रधानमन्त्रीको सम्बोधनपछि सरकारको…

Read More

चितवन । चितवनको विकट कान्दामा अझै सवारी साधन पुगेको छैन। चेपाङ समुदायको बसोबास रहेको सो स्थानमा सवारी साधान पुगेको ठाउँबाट दुई घण्टा बढी पैदलयात्रा गर्नुपर्ने बाध्यता छ। तर, बोकेरै भए पनि यहाँका चेपाङ समुदायले गाउँमा पहिलोपटक हाते ट्रयाक्टर पुर्याएका छन्। पहिलोपटक बारी जोत्ने ट्रयाक्टर पुग्दा उनीहरु दङ्ग छन्। मितेरी कृषक समूहका अध्यक्ष सीताबहादुर चेपाङ गाउँमै हाते ट्रयाक्टर आइपुग्दा सबै स्थानीय खुसी भएको बताए। उनले भने, ‘युवाहरु श्रम गर्न बाहिर जाँदा गाउँमा बुढाबुढी र बालबालिकामात्र रहनुपर्ने अवस्था छ, गोरु पाल्ने परम्परा पनि घट्दै जाँदा खेतबारी बाँझै हुने अवस्था थियो । अब हाते ट्रयाक्टरले जोत्न पाउँदा सहज हुने भयो।’ राप्ती नगरपालिका–१३ मा…

Read More

काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्ने भएको छ । बिहान ११ बजेको लागि बोलाइएको बैठकमा सरकारको आर्थिक वर्ष २०८२–८३ को वार्षिक नीति तथा कार्यक्रम निर्णयार्थ पेस हुने भएको छ ।राष्ट्रपतिले वैशाख १९ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको आगामी वर्षको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । उक्त नीति तथा कार्यक्रमलाई आज प्रतिनिधिसभाको बैठकमा निर्णयार्थ पेस गर्ने कार्यसूची रहेको छ । त्यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ ।आजैको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२–०८३ को लागि विनियोजन विधेयकका…

Read More

काठमाडौँ । काठमाडौँवासीलाई बाह्रै महिना मेलम्चीको पानी उपलब्ध गराउने घोषणासँगै काठमाडौँ उपत्यकाको चक्रपथबाहिरका क्षेत्रमा मेलम्चीको पानी वितरण सञ्जाल निर्माण सुरु गरिएको छ । मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी ) ले काठमाडौँ उपत्यका खानेपानी सुधार आयोजना ( दोस्रो चरण)  अन्तर्गत काठमाडौँ उपत्यकाको चक्रपथबाहिर पनि मेलम्चीको पानी वितरण सञ्जाल निर्माण गर्न सुरु गरेको हो । निर्देशनालयका निर्देशक टीकाबहादुर चौधरीले नेपाल सरकारको बजेट र एसियाली विकास बैङ्क (एडिबी)  को सहयोगमा काठमाडौँको बुढानीलकण्ठ, गोकर्णेश्वर, कीर्तिपुर, चन्द्रागिरि र भक्तपुरको सूर्यविनायक र मध्यपुर थिमी नगरपालिकामा मेलम्चीको पानी वितरण सञ्जाल निर्माण सुरु गरिएको हो । उहाँका अनुसार भक्तपुर नगरपालिका र सूर्यविनायक नगरपालिकाका विभिन्न क्षेत्रमा गरी १५१.३०…

Read More

काठमाण्डौं । भारत र पाकिस्तान एक अर्काविरूद्धको आक्रमण रोक्न सहमत भएका छन्। शनिबार साँझ ५ बजेदेखि लागु हुनेगरी दुवै देशले ुयुद्धविरामुमा सहमति जनाएको भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिश्रीले पत्रकार सम्मेलनमा भनेका छन्। उनले दुई देशबीच जमिन, आकाश र समुद्र तीनै ठाउँबाट एक अर्कालाई आक्रमण नगर्ने भन्ने सहमति भएको बताए। मिश्रीले शनिबार अपराह्न ३–३५ बजे पाकिस्तानी सेनाका वरिष्ठ अधिकारीले भारतीय सेनाका वरिष्ठ अधिकारीलाई टेलिफोन गरेको बताए। दुई जनाबीचको टेलिफोन संवादपछि दुवै पक्षबीच जमिनबाट हुने गोलाबारी, आकाशबाट हुने सैन्य कारबाही र समुद्रबाट हुने आक्रमण रोक्न तयार हुनुभएको छ,मिश्रीले भनेका छन्। पाकिस्तानका विदेशमन्त्री इशाक डारले पनि तत्कालै लागू हुनेगरी भारत र पाकिस्तानबीच…

Read More

भैरहवा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पोखरा र भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्टाचार गर्ने नियतका कारण ठूलो योजना भएको दाबी गरेका छन् । सिद्धार्थ उद्योग वाणिज्य संघले शनिबार भैरहवामा आयोजना गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा संचालनसम्बन्धी छलफल कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले धेरै कमिसन पाइने नियतले यी दुवै योजना पूर्वयोजना र अध्ययनबिना बनाइएको आरोप लगाए । ठूला योजना ल्याउँदा ठूलै पैसा खान पाइन्छ भनेर विमानस्थल बनाइएको आरोप उनको थियो । उनले ४ सय बिघा जग्गा अधिग्रहण गरेर हुनेमा ८ सय बिघाभन्दा बढी अधिग्रहण गरी गौतमबुद्ध विमानस्थल भ्रष्टाचार भएको दाबी गरे । ‘यी योजना पैसा खानकै लागि…

Read More

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र विदेशमन्त्री मार्को रुबियोले सामाजिक सञ्जालमा घोषणा गरेजस्तै युद्धविरामका लागि सहमति भएको भारत र पाकिस्तानका अधिकारीहरूले पुष्टि गरेका छन् । भारत र पाकिस्तानले तत्काल युद्धविराम गर्ने र एक तटस्थ स्थानमा विभिन्न मुद्दाहरूमा वार्ता सुरु गर्ने सहमति गरेको बुझिएको छ । भारतीय विदेश सचिव विक्रम मिस्रीले भनेका छन्,शनिबार भारतीय समयअनुसार ३.३५ बजे भारत र पाकिस्तानका सैन्य कारबाही निर्देशकहरूबीच फोन वार्तालाप भएको छ । सो कुराकानीका आधारमा भारतीय समय अनुसार शनिबार ५ बजेदेखि दुवै पक्षबीच स्थल, हवाई र जल गरी तीनै क्षेत्रमा युद्ध र सैन्य क्रियाकलाप तत्काल रोक्न दुई पक्षबीच सहमति भएको छ । यस्तै, पाकिस्तानी…

Read More

काठमाडौं । भारत–पाकिस्तानबीच युद्धविरामको सहमति भएको छ । दुवै देशका उच्च अधिकारीहरूले तत्काल लागू हुनेगरी युद्धविरामको सहमति भएको जानकारी गराएका छन् । पाकिस्तानका उपप्रधानमन्त्री इसाक डार र भारतका विदेशसचिव विक्रम मिस्रीले युद्धविरामको सहमति भएको जानकारी गराएका हुन् । भारतका विदेश सचिव मिस्रीले पाकिस्तानका सैन्य अपरेशन्स प्रमुख ९डीएमजीओ० ले आज दिउँसो भारतीय समकक्षीसँग फोनवार्ता गरेका र पूर्ण युद्धविरामको सहमति भएको पुष्टि गरेका छन् । छोटो विज्ञप्तिमा मिस्रीले भनेका छन्, ‘दुवै पक्षबीच आज साँझ भारतीय समय अनुसार १७ः०० बजेदेखि स्थल, आकाश र समुद्रमा सबै प्रकारका युद्ध र सैन्य कारबाही रोक्ने सहमति भएको छ ।’ दुवै पक्षका डीएमजीओहरूलाई यो सहमति कार्यान्वयन गर्न निर्देशन…

Read More

काठमाडौं । पाकिस्तानले हाई स्पीड मिसाइल प्रयोग गरेको भारतले बताएको छ। शनिबार एक पत्रकार सम्मेलनमा कर्नेल सोफिया कुरेशीले शुक्रबार र शनिबारको मध्यरातमा पाकिस्तानसँगको सीमामा भारतको बदला लिने कारबाहीको बारेमा बोल्दै यस्तो बताएकी हुन्। उनले पाकिस्तानी सेनाले पश्चिमी मोर्चाभरि आक्रामक गतिविधिहरू जारी राखेको बताइन्। उनका अनुसार नियन्त्रण रेखामा ड्रोन घुसपैठ र भारी हतियारबाट गोलीबारी भएको र श्रीनगरदेखि नालियासम्म २६ स्थानमा हवाई घुसपैठको प्रयास गरिएको छ, जसमध्ये धेरैजसोलाई विफल पारिएको थियो। कर्नेल कुरेशीले भनिन्, पाकिस्तानले उधमपुर, भुज, पठानकोट, भटिंडा र आदमपुर सैन्य एयरबेसमा रहेका उपकरण र कर्मचारीहरूलाई क्षति पुर्‍याएको छ। पाकिस्तानले बिहान १।४० बजे पञ्जाबको सैन्य अड्डामा उच्च गतिको मिसाइल प्रहार गरिएको…

Read More

काठमाडौँ । काठमाडौँमा टीआरसी छनोट प्रक्रिया खारेज गरी नयाँ सिफारिस प्रक्रिया थाल्न माग गर्दै द्वन्द्व पीडित समुदायले प्रदर्शन गरेका छन् । टीआरसी छनोट प्रक्रिया खारेज गर्दै तत्काल पीडित समुदायको अर्थपूर्ण परामर्श र अपनत्व सुनिश्चित गरी नयाँ सिफारिस प्रक्रिया थाल्न माग गर्दै उनीहरूले शनिबार काठमाडौँको माइतीघरमा प्रदर्शन गरेका हुन् । उनीहरूले आम द्वन्द्व पीडित समुदायलाई पूर्णतः उपेक्षा गरी अपारदर्शी, देखावटी र भागबन्डाका आधारमा टीआरसी छनोट प्रक्रिया अघि बढाइएको भन्दै आपत्ति जनाएका छन् । प्रदर्शनकारीहरूले सिफारिस समिति खबरदार, जबरजस्ती गरे बहिष्कार, नयाँ सिफारिस प्रक्रिया थालियोस्, भागबन्डाको समिति मान्दैनौ लगायतका प्लेकार्ड प्रदर्शन गरेका छन् । उनीहरूले सरकार र दल नियन्त्रित प्रक्रियाबाट बनाइने आयोग…

Read More