Author: ट्रान्सपेरेन्टखबर

काठमाडौं । प्रधानमन्त्री केपी ओली र कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच भेट भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा पछिल्लो समसामयिक घटनाक्रमबारे छलफल भएको जनाइएको छ । प्रधानमन्त्री ओलीको अस्वस्थताका कारण प्रतिनिधिसभाको बैठकमा हुने प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाइएको छ । आज पनि स्वास्थ्य त्यति राम्रो नभए पनि बाहिरको कार्यक्रममा सहभागी नभई प्रधानमन्त्री निवासमै भेटघाटको कार्यक्रम राखिएको हो । सत्तारुढ दलहरूबीच रस्साकस्सीका कारण गभर्नर नियुक्ति हुन सकेको छैन । हिजोको क्याविनेट बैठक पनि स्थगित गरियो । हिजै देउवा र ओलीबीच भेट तय गरिएकोमा हुन नसकेपछि आज भेटघाट भएको हो ।

Read More

काठमाडौं । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी ९ रास्वपा ०का सभापति रवि लामिछानेका तर्फबाट श्रीमती निकिता पौडेलले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा परेको छ । सहकारी ठगी प्रकरणमा कारागार कार्यालय भैरहवा रुपन्देहीमा पुर्पक्षमा थुनामा रहेका लामिछानेका तर्फबाट दायर भएको बन्दीप्रत्यक्षीकरणको मुद्दामा यसअघि पनि पटक पटक पेशी तोकिए पनि हेर्न नमिल्नेमा परेको भन्दै सुनुवाइ हुन सकेको छैन । मंगबार भने दोस्रो नम्बरमै पेशी परेकाले सुनुवाइको पालो आउने सम्भावना रहेको छ । उनीसँगै सहकारी प्रकरणमा थुनामै रहेका पूर्वडीआईजी छविलाल जोशीको मुद्दा पनि न्यायाधीशद्वय सुवेदी र ढकालको इजलासमा तोकिएको छ । हिजो पनि प्रधानन्यायधीश सहितको…

Read More

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले गोपनीयतासँग जोडिएका सूचनाहरू दिन जरुरी नरहेको बताएका छन् । मंगलबार राष्ट्रिय सूचना आयोगले आयोजना गरेको मन्त्रालयस्तरीय सूचना अधिकारीहरूसँग अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लेखकले संविधानले नागरिकलाई सूचनाको हकको अधिकार दिएको तर मुलुकको शान्ति सुरक्षा, मुलुकको प्रतिरक्षा, वैदेशिक सम्बन्ध, कूटनीतिक सम्बन्ध लगायतका सूचनाहरू दिन जरुरी नरहेको स्पष्ट पारेका हुन् । उनले यी सूचनाहरू मुलुकको प्रतिरक्षासँग जोडिएकाले पारदर्शिता, सुशासनको नाममा सबै सूचना दिँदा मुलुक थितिमा बस्न नसक्ने जिकिर गरे । गृहमन्त्री लेखकले भने, ‘सूचनाको हक दिने हाम्रो कर्तव्य हो । सूचना प्राप्त गर्ने नागरिकको कर्तव्य हो । सूचनाको हक भन्ने बित्तिकै जे सूचना माग्यो त्यही दिनुपर्छ भन्ने…

Read More

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूको प्रश्नोत्तर आज नहुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि संसदमा आज हुने भनिएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तरको कार्यक्रम स्थगित हुने भएको छ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्री सोमबारबाट अस्वस्थ भएका कारण आजको प्रश्नोत्तर कार्यक्रममा सहभागी हुने सम्भावना कम रहेको बताए । सोमबार काठमाडौँमा भएको एक कार्यक्रममा प्रधानमन्त्री ओलीले आफू केही अस्वस्थ रहेको भन्दै आफ्नो सम्बोधन छोट्याएका थिए । उनलाई रुघाखोकीको समस्या देखिएको बताइएको छ । ‘प्रधानमन्त्रीज्यू हिजोबाटै अस्वस्थ हुनुहुन्छ, त्यसैले आजको प्रश्नोत्तर कार्यक्रममा उहाँ सहभागी हुनसक्ने सम्भावना छैन’, बर्तौलाले भने । प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली,…

Read More

काठमाण्डौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा जापान प्रस्थान गरेकी छन्। जापानको टोकियोमा भोलिदेखि सुरु हुने एक अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन उनी गएराति त्यसतर्फ प्रस्थान गरेकी हुन्। मन्त्री राणा ज्येष्ठ नागरिकहरूमा हुने सामाजिक एकान्तता सम्बन्धी सो सम्मेलनमा सहभागी भइ नेपालका तर्फबाट सम्बोधन गर्ने छन्। एसियाली नागरिकको कल्याण तथा शिक्षाका लागि प्रतिष्ठान (फाउण्डेसन फर द वेलफेयर एण्ड एजुकेशन अफ द एसियन पिपुल) द्वारा आयोजित सो सम्मेलनमा १२ भन्दा बढी देशका मन्त्री, सरकारी उच्च अधिकारी एवं वरिष्ठ सामाजिक अभियन्ताहरूको सहभागिता रहने छ। उनी नियमित उपचारका लागि जापान गएको उनको सचिवालयले बताएको छ । ग्रामीण महिला तथा विकास केन्द्र (रुडुक), सुरक्षित मातृत्व सञ्जाललगायतका…

Read More

बुटवल ।   नारायणगढ–बुटवल सडक निर्माण योजनाको भौतिक प्रगति ६६ दशमलव ५० प्रतिशत पुगेको छ। आयोजनका सूचना अधिकारी शिव खनालका अनुसार नारायणगढ–बुटवल सडकको कुल लम्बाइ एक सय १३ दशमलव ५३ किलोमिटरमध्ये हाल एकतर्फी रूपमा ९० दशमलव ८७ किमी सडक कालोपत्र भएको छ। समग्रमा कुल भौतिक प्रगति ६६ दशमलव ५० प्रतिशत पुगेको छ। पुलहरूले ओगटेको क्षेत्रबाहेक एक सय १० दशमलव ४६ किमी कालोपत्र गर्नुपर्ने छ। पुलले तीन दशमलव ०७ किमी क्षेत्र ओगटेको सूचना अधिकारी खनालले बताए। हाल यस खण्डमा यात्रा गर्ने सवारीले ९३ दशमलव ९४ किमी कालोपत्र सडकमा यात्रा गर्न सक्ने उनले बताए। यो भनेको कुल लम्बाइको ८३ प्रतिशत भाग कालोपत्र सडकमा…

Read More

जाजरकोट । नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहालले जनताको सुझाव र आलोचना गम्भीर रूपमा ग्रहण गर्दै पार्टीलाई आत्मसमीक्षा गरेर अघि बढाइरहेको बताए।अध्यक्ष दाहाल नेतृत्वको मध्यपहाडी लोकमार्ग जनसंवाद अभियान टोलीले जाजरकोटको भेरी नगरपालिकामा आयोजना गरिएको अन्तरसंवाद कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दल, कर्मचारी, पत्रकार, नागरिक समाज तथा स्थानीय सरोकारवालासँग विचार आदानप्रदान गरेको हो। कार्यक्रममा बोल्दै सहभागी वक्ताहरूले जाजरकोटमा भेरी करिडोर, मध्यपहाडी लोकमार्ग, लुम्बिनी–रारा लोकमार्ग जस्ता विकास आयोजना अघि बढेको बताए। गाउँ–गाउँमा सडक पुगेको, तर नलगाड जलविद्युत् आयोजना अझै अघि नबढेको भन्दै त्यसलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याए। प्रदेश सरकार कमजोर भएको र जनतामा यसको प्रभावकारितामाथि प्रश्न उठेको भन्दै वक्ताहरूले संघीयताको कार्यान्वयनमा…

Read More

झापा । नेपालमा पछिल्लो चार वर्षमा चट्याङबाट दुई सय ३७ जनाको मृत्यु भएको छ। यो अवधिमा ९०८ जना घाइते भएका छन्। कोशीको झापाबाट सुदूरपश्चिमको कञ्चनपुरसम्म र कर्णालीको हुम्लाबाट मधेसको धनुषासम्म चट्याङको जोखिम छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी सहसचिव रोशनीकुमारी श्रेष्ठले नेपालमा झापा, उदयपुर र मकवानपुर जिल्ला चट्याङको जोखिममा रहेका जानकारी दिइन्। उनका अनुसार २०७८ साउन १ देखि विसं २०८२ जेठ ५ गतेसम्ममा चट्याङका एक हजार ११८ वटा घटना भएका छन्। यसबाट एक हजार ६०७ परिवार प्रभावित बनेका छन्। विश्वमा चट्याङबाट हुने विपद् जोखिमका आधारमा नेपाल पाँचौँ स्थानमा पर्ने उनले बताइन्। ‘घरगोठ र अग्ला टावर चट्याङको निशानामा पर्छन्।…

Read More

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भ्रष्टाचारी जोगाउने नेतृत्व गरेको आरोप लगाएका छन् । उनलेले प्रधानमन्त्री ओलीलाई भ्रष्टाचारीुको आरोप लगाएका छन्। उनले सामाजिक सञ्जाल मार्फत यस्तो आरोप लगाएका हुन् । सोमबार सिंहदरबारमा गणतन्त्र दिवस आयोजनाका लागि भएको बेठकमा प्रधानमन्त्री ओलीले मेयर बालेनको अनुपस्थितिबारे प्रश्न उठाउँदै कारण सोध्न भनेका थिए । त्यसको जवाफ पर्काउँदै बालेनले कार्यक्रममा नजाने भनेर जवाफ फर्काएका हुन् । सामाजिक सञ्जालमा त्यसको जवाफ दिँदै बालेनले ओलीलाई भ्रष्ट प्रणाली चलाएको र भ्रष्टाचारीलाई जोगाएको समेत आरोप लगाए । आफूले भ्रष्टचार रोक्छु भन्दा सबै दल मिलेर भ्रष्टचारी जोगाउँछु भनेको र प्रधानमन्त्री ओलीले त्यसको नेतृत्व गरेको…

Read More

काठमाडौं । चेक बाउन्स मुद्दामा राप्रपा केन्द्रीय सदस्य तथा मोडल खुस्बु ओलीले सर्वोच्च अदालतवाट सफाइ पाएकी छिन् । २०७६ सालमा जिल्ला अदालत काठमाडौंले ओलीलाई चेक अनादर मुद्दामा दोषी ठहर गर्दै तीन महिना कैद र ३ हजार रुपैंया जरीवानाको फैसला गरेको थियो । त्यो फैसलाविरुद्ध उनले उच्च हुँदै सर्वोच्चमा पुनरावेदन गरेकी थिइन् । उनीविरुद्ध मुद्दा हालेका गोपाल कटुवालले आफूले ओलीबाट पाउनुपर्ने पैसा पाएको भनेपछि ६ वर्षपछि न्यायाधीश कुमार चुँडाल र अब्दुल अजिज मुसलमानको इजलासले ओलीलाई सफाइ दिएको हो । २०७६ जेठ ८ गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले ओलीलाई ३ महिना कैद र ३ हजार जरिवानाको फैसला सुनाएको थियो…

Read More