Author: ट्रान्सपेरेन्टखबर

काठमाण्डौं । काठमाडौं उपत्यकामा निरन्तर चिसो बढिरहेको छ । यो क्रम जारी रहने मौसमविद्हरूले बताएका छन् । यद्यपि, आजको मौसम भने सफा रहनेछ । आज बिहान यहाँको न्यूनतम तापक्रम चार डिग्री सेल्सियस रेकर्ड गरिएको मौसमविद् रोजन लामिछानेले बताए । आज यहाँको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसबिच रहनेछ । जल तथा मौसम विज्ञान विभागको नियमित मौसम बुलेटिनअनुसार अहिले देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । साथै, तराई तथा उपत्यकाका धेरै स्थानमा हुस्सु र केही स्थानमा कुहिरो लागेको छ । विभागका अनुसार आज दिउँसो कोशी प्रदेशमा…

Read More

काठमाडौँ । भारत र नेपालबिच सर्किट टुरिजमको कार्यान्वयनलाई प्रोत्साहन गर्न उत्तर प्रदेशको प्रयागराजमा महाकुम्भ २०२५ को प्रवर्द्धन गरिने भएको छ । त्यसको विषयमा नेपालस्थित भारतीय राजदूतावासले नेपाल पर्यटन बोर्डको सहकार्यमा मंगलवार एक कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीले नेपालको पर्यटनमा विशेषगरी स्थलमार्गबाट हुने अन्तर्देशीय पर्यटनको ठुलो योगदान रहेको धारणा राखेका थिए । उनले नेपाल–भारतले दुर्गम क्षेत्र सुदूरपश्चिम प्रदेशमा अन्तर्देशीय कनेक्टिभिटिमा ध्यान दिनुपर्ने सुझाव पनि दिएका थिए । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपाल भ्रमण गर्ने विदेशी पर्यटकहरूको सबैभन्दा ठुलो स्रोत भारत रहेको धारणा राखेका थिए । नेपाल पर्यटन बोर्डले…

Read More

काठमाडौँ । आज एकैपटक तीन वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत बिहान ११ बजे अर्थ समितिको बैठक बस्दै छ । बैठकमा समितिमा प्राप्त विधेयकहरू माथिको कार्यवाहीको लागि प्राथमिकता र कार्ययोजना सम्बन्धमा अर्थमन्त्री समेतको उपस्थितिमा छलफल, मुलुकको समग्र आर्थिक प्रणालीमा राजश्व सङ्कलनको अवस्था र भन्सार कार्यालयहरूले व्यहोर्नुपरेका नीतिगत एवं व्यवहारिक समस्या र समाधानका उपाय सम्बन्धमा छलफल हुनेछ । त्यस्तै बिहान ११ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० का सम्बन्धमा विज्ञहरूसँग छलफल हुनेछ । त्यस्तै दिउँसो २ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त…

Read More

दमास्कस ।  सिरियमा बसर अल(असदको शासन अन्त्य गर्न मद्दत गर्ने विद्रोही नेता मोहम्मद अल(बसिर सिरियाको अन्तरिम प्रधानमन्त्रीमा नियुक्त भएका छन् । अल(बसिरले विद्रोहीको नियन्त्रणमा रहेको इडलिबको सरकारको नेतृत्व गर्दै आएका थिए । इस्लामवादी हायात तहरिर अल–साम ९एचटीएस० को नेतृत्वामा गत शनिबार विद्रोहीहरूले राष्ट्रपति असदलाई सत्ताच्यूत गर्नुअघि नै इडलिब विद्रोहीको कब्जामा थियो । सिरियाको उत्तर(पश्चिमी भागमा शासन गर्ने सिरियाली मुक्ति सरकारु को अल(बसिरले नेतृत्व गर्थे । उक्त समूह एचटीएससँग निकट मानिन्छ । एक टेलिभिजन सम्बोधनमा अल(बसिरले आफूले संक्रमणकालीन सरकारको नेतृत्व गर्न मार्च १ सम्म पदमा रहने बताएका छन् । बीबीसीका अनुसार उनले सार्वजनिक सेवाहरू पुनस् सञ्चालनमा ल्याउन एउटा सानो मन्त्रिपरिषद् गठन…

Read More

काठमाण्डौं । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल भारत प्रस्थान गरेका छन्। आज मंगलबार उनी भारतको नयाँ दिल्ली प्रस्थान गरेको नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी गौरवकुमार केसीले जानकारी दिए। प्रधानसेनापति सिग्देल भारतका स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीको निमन्त्रणामा भ्रमणमा गएका हुन्। यसअघि मंसिर ५ गते पाँचदिने औपचारिक भ्रमणमा सेनाध्यक्ष द्विवेदी नेपाल आएका थिए। मानार्थ महारथीको दर्जा ग्रहण गर्ने प्रचलनअनुसार उनी नेपाल आइपुगेका थिए। भारतमा पनि नेपाली सेनाका प्रधानसेनापतिले मानार्थ महारथीको दर्जा दिने गरेको छ। उनले मंसिर ६ गते राष्ट्रपति रामचन्द्र पौडेलबाट मानार्थ महारथी दर्जाको चिह्न ग्रहण गरेर मंसिर ९ गते फर्किएका थिए।

Read More

काठमाडौं । यस वर्षको ‘दयाराम परियार स्मृति पुरस्कार’ वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई प्रदान गरिएको छ । अधिकारकर्मी दयाराम परियारको स्मृतिमा राष्ट्रिय मानव अधिकार आयोगद्वारा स्थापित पुरस्कार प्रत्येक वर्ष मानवअधिकार र सामाजिक न्यायको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने एक जना व्यक्तिलाई प्रदान गरिंदै आएको छ । ७६औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा आयोगले मंगलबार आयोजना गरेको समारहोमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले वरिष्ठ अधिवक्ता भण्डारीलाई पुरस्कार प्रदान गरे । समारोहमा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले उनलाई सम्मान गरे । मानव अधिकार, कानुनी शासन तथा सामाजिक न्यायको क्षेत्रमा भण्डारीले पुर्‍याएको योगदानको कदर गर्दै पुरस्कार प्रदान गरिएको आयोगले जनाएको छ । अधिकारकर्मी…

Read More

काठमाण्डौं । चीनले याँ पुस्ताको सुपरकम्युटिङ प्रणाली ‘तिहान्ये जिङ्गी’ ल्याएको छ । यसमा कम्प्युटिङ पावरदेखि भण्डारणसम्मका धेरै क्षेत्रमा थप क्षमता समावेश छन् । राष्ट्रिय सुपरकम्प्युटिङ सेन्टरले दक्षिण चीनको गुआङ्डोङ प्रान्तको राजधानी ग्वाङ्जाउमा सुपर कम्प्युटरको अनावरण गरेको हो । सेन्टरका निर्देशक लू युटाङका अनुसार नयाँ कम्प्युटरले सिपियु, कम्प्युटिङ, नेटवर्क, स्टोरेज र एप्लिकेसनजस्ता क्षमतामा विश्वको सबैभन्दा तीव्र सुपर कम्प्युटरहरू मध्येको एक तियान्हे–२ लाई पछाडि पारेको छ । सेन्टरका अनुसार तियान्हे जिङ्गीको सञ्चालनले उच्च प्रदर्शन कम्प्युटिङ, कृत्रिम बौद्धिकता ९एआई०, ठूलो मोडेल प्रशिक्षण र ठूलो डेटा विश्लेषणको क्षेत्रमा बढ्दो कम्प्युटिङ मागहरूलाई पूरा गर्ने अपेक्षा गरिएको छ । रासस

Read More

काठमाण्डौं । नागरिक लगानी कोष र लोअर इर्खुवा हाइड्रो पावर कम्पनी लिमिटेडबीच सेयर प्रत्याभूति सम्झौता भएको छ । सम्झौतामा कोषका कार्यकारी निर्देशक पवर्त कुमार कार्की र इर्खुवा हाइड्रोका प्रबन्ध सञ्चालक बिश्वेश्वर सुवेदीले आइतबार हस्ताक्षर गरेका हुन्। इर्खुवा हाइड्रोले प्रति सेयर एक सय रुपैयाँका दरले २८ लाख ५ हजार ७ सय ५० कित्ता बापतको २८ करोड ५ लाख ७५ हजार रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने सम्बन्धमा कोषसँग प्रत्याभूति सम्झौता गरेको हो । सम्झौताको अवधि हस्ताक्षर भएको मितिले ६ महिनासम्म रहनेछ । रासस

Read More

काठमाण्डौ । नेकपा (माओवादी केन्द्र ) का अध्यक्ष पुष्पकमल दाहालकी छोरी गंगा दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद ज्ञापन गरेकी छिन् । छोरी स्मितालाई विवाहको शुभकामना सन्देश पठाएको भन्दै गंगाले मोदीलाई सामाजिक सञ्जालमार्फत धन्यवाद ज्ञापन गरेकी हुन् । पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी समेत रहेकी स्मिता गत शुक्रबार प्रेमी सायुज्य श्रेष्ठसँग विवाह बन्धनमा बाँधिएकी थिइन् । शुभकामना सन्देशमा प्रधानमन्त्री मोदीले स्मिता र सायुज्यलाई जीवनभरको विश्वास र एकताको यात्रा सुरु गरेकोमा हार्दिक बधाई दिएका छन् । गंगा दाहाललाई सम्बोधन गर्दै गत डिसेम्बर २ मा पठाइएको पत्रमा भनिएको छ, ‘उहाँहरूको दाम्पत्य जीवनको हार्दिक शुभकामना व्यक्त गर्दछु…

Read More

काठमाण्डौं । नेपाल प्रिमियर लिग ९एनपिएल० मा आज दुई खेल हुने भएका छन् । पहिलो खेलमा चितवन राइनोज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्सबीच खेल हुने छ . त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी एनपिएलमा हालसम्मको खेल प्रदर्शनका आधारमा सबैभन्दा बलियो जनकपुर बोल्ट्स देखिएको छ । जनकपुर बोल्टस्ले उद्घाटन खेलमै विराटनगर किङ्ग्सलाई आठ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा कर्णाली याक्सलाई आठ विकेटले नै हराएको थियो । तेस्रो खेलमा पोखरा एभेन्जर्सलाई सात विकेटले हराएको जनकपुरले चौथो खेलमा लुम्बिनी लायन्सलाई एक रनले पराजित गर्दै जितको यात्रालाई कायमै राखेको छ । यसैगरी जारी एनपिएलमा चार…

Read More